Date
मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026
Tuesday, March 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

लोकतन्त्र केवल सिद्धान्त मात्रै हो या अभ्यास पनि?

यदि चुनाव एउटा सिद्धान्त वा सरकारको वैधताको मापक मात्र हुन गयो भने यसरी चुनिएको प्रणालीलाई वास्तविक लोकतन्त्र भन्न सकिँदैन।

nepal_readers nepal_readers
माघ ११, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -अबु नसीर अल फरवि- ट्रम्प प्रशासनको तुलनामा अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनको विदेश नीतिले ‘लोकतन्त्रको प्रबर्द्धन’लाई बढी महत्व दिएको केही राजनीतिक विश्लेषकहरू बताउँछन्। हुन त यो कुनै नौलो कुरा होइन। किनकि अमेरिकासँग यस्ता विषयगत क्षेत्र रोज्ने र आफ्नो वरिपरि ‘आफूविरुद्ध अन्य’ को अवधारणालाई आत्मसाथ गर्ने लामो इतिहास छ।

    अमेरिकाको यस खालको विभाजनकारी प्रयासको नतिजास्वरुप विश्वव्यापी राजनीतिको विभाजन र साझा चुनौतीको समाधानमा भएका विचलनका प्रशस्त उदाहरणहरू छन्। जसले वैश्विक शान्ति र समृद्धिलाई प्रतिबन्ध गर्छ।

    लोकतन्त्र सम्मेलन केका लागि ?

    आफ्नो एजेण्डामा आधारित रहेर अमेरिकाले गत डिसेम्बरमा कथित लोकतन्त्र सम्मेलनको आयोजना गर्यो। जसमा विश्वभरका करिब १०० जना नेताहरू सहभागी थिए। विश्वव्यापी राजनीतिलाई विभाजित गर्नका लागि भएको ‘भूराजनैतिक कुटील चाल’को रूपमा सम्मेलनको विश्वभरबाट आलोचना भयो। सम्मेलनले आसन्न वैश्विक समस्याहरूबारे ध्यान दिनुको सट्टा स्पष्ट रूपमा बेवास्ता गरिएको देखियो।

    आफ्नै देशमा लोकतन्त्रको खराब स्थितिका बावजूद अमेरिकाले यसखालको शिखर सम्मेलन विश्वसनीय रूपमा आयोजना गर्न गरेको हो वा होइन, यो बहसको विषय हुने नै भयो। तर लोकतन्त्रको सिद्धान्तको चर्को रूपमा वकालत गर्ने र लोकतन्त्रलाई व्यवहारमा उतार्नका लागि भारी सम्झौताका लागि तयार रहेको दाबी गर्ने अमेरिकासँग आफ्नै खालको लोकतन्त्र अर्थात ‘वान साइज, फिट फर अल’ लोकतन्त्रको इतिहास छ। त्यसैले अमेरिका कस्तो खालको लोकतन्त्रलाई प्रवर्द्धन  गर्न चाहन्छ र कुन अन्तर्निहित एजेण्डालाई आफ्नो विदेश नीति योजनामार्फत ल्याउन चाहन्छ भन्नेबारे प्रश्न उठाउन आवश्यक छ।

    आफ्नै परिभाषा !

    लोकतन्त्रका बारेमा अमेरिकाकै पूर्व राष्ट्रपति अब्राहम लिंकनले गरेको एउटा परिभाषा विश्वप्रख्यात छ। उनले भनेका थिए, ‘लोकतन्त्र जनताको त्यस्तो सरकार हो, जुन जनताद्वारा र जनताका लागि बनेको हुन्छ।’ तर लोकतन्त्रका केही पश्चिमा–कथित व्याख्याताहरूले लिंकनको यस परिभाषाको एउटामात्र पाटोलाई महत्व दिने गरेका छन्। अर्थात्, उनीहरू ‘जनताद्वारा चुनिएको सरकार’लाई नै लोकतन्त्र भन्छन्। जबकि लिंकनको परिभाषामा रहेका अन्य महत्वपूर्ण घटकहरूः ‘जनताको सरकार’ र ‘जनताका लागि सरकार’ लाई नजरअन्दाज गरिदिन्छन्।

    अतः चुनावी–लोकतन्त्रको निर्विकल्पतामाथि प्रश्न उठ्ने मुख्य कारकहरू : सरकारमाथि कुलिनहरूको प्रभाव, कर्पोरेटको प्रभुत्व, पैसाबाट सञ्चालित ध्रुविकृत राजनीति र चुनावका धाँधलीबीच ‘जनताद्वारा’ निर्वाचित सरकारले जनताको ईच्छा र आंकाक्षालाई कत्तिको प्रतिबिम्बित गर्छ भन्ने प्रश्न उठ्छ। त्यस्तो प्रश्न उठ्नु नित्तान्त जायज हो।

    यदि चुनाव एउटा सिद्धान्त वा सरकारको वैधताको मापक मात्र हुन गयो भने यसरी चुनिएको प्रणालीलाई वास्तविक लोकतन्त्र भन्न सकिँदैन। कुनै पनि प्रणालीमा सरकार जनताद्वारा निर्वाचित हुन्छ, तर यसमा सरकारले जनताका आकांक्षाहरूको साँच्चिकै प्रतिनिधित्व गरिरहेको छ वा छैन र जनताको हित सुनिश्चित गर्ने काम भएको छ वा छैन भन्ने कुरामा भने बेवास्ता गरिन्छ भने त्यस्तो व्यवस्था वास्तविक लोकतन्त्र हुन सक्दैन।

    ‘जनताद्वारा चुनिएको सरकार’बाहेक वास्तविक लोकतन्त्रको अर्को पाटो अर्थात् सरकार ‘जनताको’ हुन सकेको छ वा छैन र यसले ‘जनताका लागि’ काम गरिरहेको छ वा छैन भन्ने कुरा प्रमुख हो। सरकारले जनतालाई नीतिगत रूपमा कत्तिको समावेश गरेको छ र त्यसको स्तर कस्तो छ भन्ने कुरा महत्वपूर्ण हो। यसले नै चुनावमार्फत चुनिएको सरकारले गरेको जनताको प्रतिनिधित्वको वास्तविक परीक्षण हुन्छ।

    प्रणालीगत छल

    एउटा लोकतन्त्रिक प्रणालीमा निर्वाचनका दौरान जनतालाई लोभ्याइन्छ तर निर्वाचनपछि जनताका मुद्दालाई छोडिन्छ भने त्यो ‘प्रणालीगत छल’ मात्र हो। सर्वव्यापी प्रणालीमा टिकेको जनसहभागिता र विश्वासमा नै वास्तविक लोकतन्त्र बाँच्दछ। वास्तविक लोकतन्त्र समाजको सबैभन्दा तल्लो तहदेखि सरकारको उच्च नीतिनिर्माता तहसँग राम्ररी जोडिएको हुन्छ।

    फेरि पनि प्रष्ट पारौँ, लोकतन्त्र सरकारभन्दा बढी शासन हो। कुन एकै प्रणालीको ‘सच्चाई’लाई न्याय गर्ने नाममा लामो समयदेखि तय गरिएको मान्यताको अन्धसेवा गर्नु गलत हो। स्याललाई मासु खुवाएर पोस्नुजस्तै हो। जब परम्परा र संस्कृतिबाट लोकतन्त्र शासित हुन्छ, तबमात्रै सच्चा लोकतन्त्रको महशुस हुन्छ। सच्चा लोकतन्त्रले समयको प्रवृत्तिसँग झुकाव राख्छ र ‘आफ्ना जनताका लागि’ आर्थिक विकास, न्याय, सामाजिक स्थायित्व र विगतको भन्दा राम्रो जीवनस्तरको ग्यारेन्टी दिन्छ।

    चीनको उदयलाई कसरी कमजोर बनाउने भन्ने उद्देश्यसहित र शीतयुद्धबाट प्रेरित मानसिकताबाट अहिलेको बाइडेन प्रशासन सञ्चालित छ। अमेरिकाको उद्देश्य अन्तरनिहित छन् तर सबैसामू चिरपरिचित छन्। त्यसैकारण बाइडेन प्रशासनले संसारलाई नै ध्रुविकरण गर्ने खालको ‘लोकतन्त्र सम्मेलन’ आयोजना गरेको हो।

    जब अमेरिकी रणनीतिक तीरहरूलाई अर्को कुनै देशले विफल तुल्याउँछ, त्यसले आजको विश्वव्यापी प्रणालीको सन्दर्भमा अप्रचलित भाष्य खडा गर्छ, त्यो हो प्रजातन्त्रविरुद्ध भर्सेसअधिनायकवादको भाष्य। यसरी एउटा वैश्विक दरार पैदा गर्न खोजिन्छ। अमेरिकी रणनीति निस्फल हुनेवित्तिकै अमेरिका चिच्याउँछ–देख्यौ अधिनायकवादीहरूको चाला !

    अमेरिका र चीनको लोकतन्त्र

    अमेरिकाले सुरुमा आफ्नै देशभित्र लोकतन्त्रको अवस्थालाई नियाल्नुपर्ने हुन्छ। उसले पहिले आफ्नै देशको शासन प्रणालीलाई हेर्न आवश्यक छ, जसले महामारीको सुरुवातका दौरान आफ्नो प्रणालीगत निस्क्रियता र कमजोरीलाई राम्रैसँग प्रदर्शन गरिसकेको छ। यसका कथित विश्वव्यापी लोकतान्त्रिक सिद्धान्तहरूले नश्लियता, जातिवाद, असमानता, र जेनोफोविया (विदेशीद्वेस) सिर्जना गरेर सामाजिक र राजनीतिक ध्रुविकरणलाई पैदा गरेको छ। यसका लागि अमेरिकाले सम्प्रेषण गरेको लोकतन्त्रले झन् धेरै अस्थिरता, युद्ध र विभाजनको दुनियाँ निर्माण गरेको छ।

    यता चीनले भने महामारीलाई नियन्त्रण गर्न र आफ्नो अर्थव्यवस्थालाई तीव्र र मजबुद बनाउन एउटा बलियो ‘प्रणालीगत लचिलोपन’ देखाएको छ। महामारीसँग जुझ्न चीनले हासिल गरेको सफलतामा पश्चिमाले आरोप लगाएजस्तो कुनै कठोर उपाय अपनाइएको थिएन। चीनले महामारीलाई अंकुश लगाउनका लागि महामारी सुरु भएलगत्तै नै अनुकूल वातावरण तयार गरेको थियो। यो सबै सफलताको कारक पूर्ण प्रक्रिया र प्रविधिहरू सम्मिलित शासन प्रणाली हो।

    चीनले स्थापना गरेको शासन संयन्त्र आफ्नै संस्कृति, परम्परा र जनताका आकांक्षामा आधारित छ। चीनको प्रणाली कुनै विदेशी विचारहरूमा आधारित होइन। तर यसको अर्थ चीनको प्रणाली जडतामा आधारित छ भन्ने पनि भने होइन। इतिहासका भिन्न–भिन्न चरणहरू पार गर्दै चीनले समयको मागअनुसारको परिवर्तनलाई आत्मसात गर्ने अद्भूत क्षमताको विकास गरेर आफूलाई विश्वसमामु उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

    चीनको शासन संयन्त्रहरूले बलियो एकता र समस्या निवारणका उपायहरूसहित समाजको प्रत्येक कुनालाई सरकारको केन्दसँग जोडेको छ। यसका साथै चीनको सरकारले जनताका आवाज र गुनासोहरूप्रति संवेदनशीलता देखाएको छ। पछिल्ला ३ दशकमा चीनको शासन प्रणाली ‘चिनियाँ चरित्रसहितको समाजवाद’मा आधारित देखिएको छ। वास्तविक लोकतन्त्रले जनताको सेवा गर्छ भन्ने कुरा चीनले प्रमाणित गरेको छ। चीनको लोकतन्त्र व्यर्थ रूपमा पश्चिमाहरूले प्रचार गरेजस्तो र स्वार्थसिद्ध विशेषाधिकारयुक्त सिद्धान्त हुँदै होइन।

    सीजीटीएनबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.