Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » लोकतन्त्र केवल सिद्धान्त मात्रै हो या अभ्यास पनि?

लोकतन्त्र केवल सिद्धान्त मात्रै हो या अभ्यास पनि?

यदि चुनाव एउटा सिद्धान्त वा सरकारको वैधताको मापक मात्र हुन गयो भने यसरी चुनिएको प्रणालीलाई वास्तविक लोकतन्त्र भन्न सकिँदैन।

nepal_readers by nepal_readers
January 25, 2022
- यो हप्ता, समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

-अबु नसीर अल फरवि- ट्रम्प प्रशासनको तुलनामा अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनको विदेश नीतिले ‘लोकतन्त्रको प्रबर्द्धन’लाई बढी महत्व दिएको केही राजनीतिक विश्लेषकहरू बताउँछन्। हुन त यो कुनै नौलो कुरा होइन। किनकि अमेरिकासँग यस्ता विषयगत क्षेत्र रोज्ने र आफ्नो वरिपरि ‘आफूविरुद्ध अन्य’ को अवधारणालाई आत्मसाथ गर्ने लामो इतिहास छ।

अमेरिकाको यस खालको विभाजनकारी प्रयासको नतिजास्वरुप विश्वव्यापी राजनीतिको विभाजन र साझा चुनौतीको समाधानमा भएका विचलनका प्रशस्त उदाहरणहरू छन्। जसले वैश्विक शान्ति र समृद्धिलाई प्रतिबन्ध गर्छ।

लोकतन्त्र सम्मेलन केका लागि ?

आफ्नो एजेण्डामा आधारित रहेर अमेरिकाले गत डिसेम्बरमा कथित लोकतन्त्र सम्मेलनको आयोजना गर्यो। जसमा विश्वभरका करिब १०० जना नेताहरू सहभागी थिए। विश्वव्यापी राजनीतिलाई विभाजित गर्नका लागि भएको ‘भूराजनैतिक कुटील चाल’को रूपमा सम्मेलनको विश्वभरबाट आलोचना भयो। सम्मेलनले आसन्न वैश्विक समस्याहरूबारे ध्यान दिनुको सट्टा स्पष्ट रूपमा बेवास्ता गरिएको देखियो।

आफ्नै देशमा लोकतन्त्रको खराब स्थितिका बावजूद अमेरिकाले यसखालको शिखर सम्मेलन विश्वसनीय रूपमा आयोजना गर्न गरेको हो वा होइन, यो बहसको विषय हुने नै भयो। तर लोकतन्त्रको सिद्धान्तको चर्को रूपमा वकालत गर्ने र लोकतन्त्रलाई व्यवहारमा उतार्नका लागि भारी सम्झौताका लागि तयार रहेको दाबी गर्ने अमेरिकासँग आफ्नै खालको लोकतन्त्र अर्थात ‘वान साइज, फिट फर अल’ लोकतन्त्रको इतिहास छ। त्यसैले अमेरिका कस्तो खालको लोकतन्त्रलाई प्रवर्द्धन  गर्न चाहन्छ र कुन अन्तर्निहित एजेण्डालाई आफ्नो विदेश नीति योजनामार्फत ल्याउन चाहन्छ भन्नेबारे प्रश्न उठाउन आवश्यक छ।

आफ्नै परिभाषा !

RelatedPosts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

May 19, 2022
Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

May 17, 2022
अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

May 16, 2022

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

May 12, 2022

लोकतन्त्रका बारेमा अमेरिकाकै पूर्व राष्ट्रपति अब्राहम लिंकनले गरेको एउटा परिभाषा विश्वप्रख्यात छ। उनले भनेका थिए, ‘लोकतन्त्र जनताको त्यस्तो सरकार हो, जुन जनताद्वारा र जनताका लागि बनेको हुन्छ।’ तर लोकतन्त्रका केही पश्चिमा–कथित व्याख्याताहरूले लिंकनको यस परिभाषाको एउटामात्र पाटोलाई महत्व दिने गरेका छन्। अर्थात्, उनीहरू ‘जनताद्वारा चुनिएको सरकार’लाई नै लोकतन्त्र भन्छन्। जबकि लिंकनको परिभाषामा रहेका अन्य महत्वपूर्ण घटकहरूः ‘जनताको सरकार’ र ‘जनताका लागि सरकार’ लाई नजरअन्दाज गरिदिन्छन्।

अतः चुनावी–लोकतन्त्रको निर्विकल्पतामाथि प्रश्न उठ्ने मुख्य कारकहरू : सरकारमाथि कुलिनहरूको प्रभाव, कर्पोरेटको प्रभुत्व, पैसाबाट सञ्चालित ध्रुविकृत राजनीति र चुनावका धाँधलीबीच ‘जनताद्वारा’ निर्वाचित सरकारले जनताको ईच्छा र आंकाक्षालाई कत्तिको प्रतिबिम्बित गर्छ भन्ने प्रश्न उठ्छ। त्यस्तो प्रश्न उठ्नु नित्तान्त जायज हो।

यदि चुनाव एउटा सिद्धान्त वा सरकारको वैधताको मापक मात्र हुन गयो भने यसरी चुनिएको प्रणालीलाई वास्तविक लोकतन्त्र भन्न सकिँदैन। कुनै पनि प्रणालीमा सरकार जनताद्वारा निर्वाचित हुन्छ, तर यसमा सरकारले जनताका आकांक्षाहरूको साँच्चिकै प्रतिनिधित्व गरिरहेको छ वा छैन र जनताको हित सुनिश्चित गर्ने काम भएको छ वा छैन भन्ने कुरामा भने बेवास्ता गरिन्छ भने त्यस्तो व्यवस्था वास्तविक लोकतन्त्र हुन सक्दैन।

‘जनताद्वारा चुनिएको सरकार’बाहेक वास्तविक लोकतन्त्रको अर्को पाटो अर्थात् सरकार ‘जनताको’ हुन सकेको छ वा छैन र यसले ‘जनताका लागि’ काम गरिरहेको छ वा छैन भन्ने कुरा प्रमुख हो। सरकारले जनतालाई नीतिगत रूपमा कत्तिको समावेश गरेको छ र त्यसको स्तर कस्तो छ भन्ने कुरा महत्वपूर्ण हो। यसले नै चुनावमार्फत चुनिएको सरकारले गरेको जनताको प्रतिनिधित्वको वास्तविक परीक्षण हुन्छ।

प्रणालीगत छल

एउटा लोकतन्त्रिक प्रणालीमा निर्वाचनका दौरान जनतालाई लोभ्याइन्छ तर निर्वाचनपछि जनताका मुद्दालाई छोडिन्छ भने त्यो ‘प्रणालीगत छल’ मात्र हो। सर्वव्यापी प्रणालीमा टिकेको जनसहभागिता र विश्वासमा नै वास्तविक लोकतन्त्र बाँच्दछ। वास्तविक लोकतन्त्र समाजको सबैभन्दा तल्लो तहदेखि सरकारको उच्च नीतिनिर्माता तहसँग राम्ररी जोडिएको हुन्छ।

फेरि पनि प्रष्ट पारौँ, लोकतन्त्र सरकारभन्दा बढी शासन हो। कुन एकै प्रणालीको ‘सच्चाई’लाई न्याय गर्ने नाममा लामो समयदेखि तय गरिएको मान्यताको अन्धसेवा गर्नु गलत हो। स्याललाई मासु खुवाएर पोस्नुजस्तै हो। जब परम्परा र संस्कृतिबाट लोकतन्त्र शासित हुन्छ, तबमात्रै सच्चा लोकतन्त्रको महशुस हुन्छ। सच्चा लोकतन्त्रले समयको प्रवृत्तिसँग झुकाव राख्छ र ‘आफ्ना जनताका लागि’ आर्थिक विकास, न्याय, सामाजिक स्थायित्व र विगतको भन्दा राम्रो जीवनस्तरको ग्यारेन्टी दिन्छ।

चीनको उदयलाई कसरी कमजोर बनाउने भन्ने उद्देश्यसहित र शीतयुद्धबाट प्रेरित मानसिकताबाट अहिलेको बाइडेन प्रशासन सञ्चालित छ। अमेरिकाको उद्देश्य अन्तरनिहित छन् तर सबैसामू चिरपरिचित छन्। त्यसैकारण बाइडेन प्रशासनले संसारलाई नै ध्रुविकरण गर्ने खालको ‘लोकतन्त्र सम्मेलन’ आयोजना गरेको हो।

जब अमेरिकी रणनीतिक तीरहरूलाई अर्को कुनै देशले विफल तुल्याउँछ, त्यसले आजको विश्वव्यापी प्रणालीको सन्दर्भमा अप्रचलित भाष्य खडा गर्छ, त्यो हो प्रजातन्त्रविरुद्ध भर्सेसअधिनायकवादको भाष्य। यसरी एउटा वैश्विक दरार पैदा गर्न खोजिन्छ। अमेरिकी रणनीति निस्फल हुनेवित्तिकै अमेरिका चिच्याउँछ–देख्यौ अधिनायकवादीहरूको चाला !

अमेरिका र चीनको लोकतन्त्र

अमेरिकाले सुरुमा आफ्नै देशभित्र लोकतन्त्रको अवस्थालाई नियाल्नुपर्ने हुन्छ। उसले पहिले आफ्नै देशको शासन प्रणालीलाई हेर्न आवश्यक छ, जसले महामारीको सुरुवातका दौरान आफ्नो प्रणालीगत निस्क्रियता र कमजोरीलाई राम्रैसँग प्रदर्शन गरिसकेको छ। यसका कथित विश्वव्यापी लोकतान्त्रिक सिद्धान्तहरूले नश्लियता, जातिवाद, असमानता, र जेनोफोविया (विदेशीद्वेस) सिर्जना गरेर सामाजिक र राजनीतिक ध्रुविकरणलाई पैदा गरेको छ। यसका लागि अमेरिकाले सम्प्रेषण गरेको लोकतन्त्रले झन् धेरै अस्थिरता, युद्ध र विभाजनको दुनियाँ निर्माण गरेको छ।

यता चीनले भने महामारीलाई नियन्त्रण गर्न र आफ्नो अर्थव्यवस्थालाई तीव्र र मजबुद बनाउन एउटा बलियो ‘प्रणालीगत लचिलोपन’ देखाएको छ। महामारीसँग जुझ्न चीनले हासिल गरेको सफलतामा पश्चिमाले आरोप लगाएजस्तो कुनै कठोर उपाय अपनाइएको थिएन। चीनले महामारीलाई अंकुश लगाउनका लागि महामारी सुरु भएलगत्तै नै अनुकूल वातावरण तयार गरेको थियो। यो सबै सफलताको कारक पूर्ण प्रक्रिया र प्रविधिहरू सम्मिलित शासन प्रणाली हो।

चीनले स्थापना गरेको शासन संयन्त्र आफ्नै संस्कृति, परम्परा र जनताका आकांक्षामा आधारित छ। चीनको प्रणाली कुनै विदेशी विचारहरूमा आधारित होइन। तर यसको अर्थ चीनको प्रणाली जडतामा आधारित छ भन्ने पनि भने होइन। इतिहासका भिन्न–भिन्न चरणहरू पार गर्दै चीनले समयको मागअनुसारको परिवर्तनलाई आत्मसात गर्ने अद्भूत क्षमताको विकास गरेर आफूलाई विश्वसमामु उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

चीनको शासन संयन्त्रहरूले बलियो एकता र समस्या निवारणका उपायहरूसहित समाजको प्रत्येक कुनालाई सरकारको केन्दसँग जोडेको छ। यसका साथै चीनको सरकारले जनताका आवाज र गुनासोहरूप्रति संवेदनशीलता देखाएको छ। पछिल्ला ३ दशकमा चीनको शासन प्रणाली ‘चिनियाँ चरित्रसहितको समाजवाद’मा आधारित देखिएको छ। वास्तविक लोकतन्त्रले जनताको सेवा गर्छ भन्ने कुरा चीनले प्रमाणित गरेको छ। चीनको लोकतन्त्र व्यर्थ रूपमा पश्चिमाहरूले प्रचार गरेजस्तो र स्वार्थसिद्ध विशेषाधिकारयुक्त सिद्धान्त हुँदै होइन।

सीजीटीएनबाट मेनुका बस्नेतको अनुवाद।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

by nepal_readers
May 19, 2022

-संजय राय- आवश्यकता र वस्तुबीचको एउटा स्थानको नाम हो बजार। वास्तवमा आवश्यकताका वस्तुहरू आपूर्तिका लागि बजार अस्तित्वमा आएको हुनुपर्छ। बजारको...

Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

by nepal_readers
May 17, 2022

-चन्द्रप्रकाश बानियाँ- स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणामले अहिले नै खासै केही संकेत गर्दैन। अहिलेसम्म देखिएको यो नतिजा परम्परागत ढाँचामै...

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

by मीना पौडेल
May 16, 2022

नेपालको अहिलेको राजनीतिलाई निस्पक्ष र आलोचनात्मक रुपले हेर्दा यहाँ विचारको शुन्यता देखिन्छ। कुनैपनि पार्टीले एउटा निश्चित विचार दिन सकेका छैनन्।...

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

by सरिता तिवारी
May 12, 2022

हाम्रो राजनीतिमा एउटा वामपन्थ, अर्को दक्षिणपन्थ पक्ष तथा वाम र दक्षिणपन्थीबीचको अर्को पक्ष छ। समाजलाई प्रगतिशील बनाउनका लागि फरक शक्तिहरूबीच...

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

by nepal_readers
May 10, 2022

-कैटलिन हेकनहठ- वातावरणमा निरन्तरको औपनिवेशीकरण र र्हासले सबैभन्दा बढी सिमान्तकृत, गरीब र मजदुर वर्गका समुदायलाई असर पुर्याएको छ। तर, यही...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

Leave Comment

Recommended

रासायनिक मल आउने क्रम जारी

रासायनिक मल आउने क्रम जारी

2 years ago
धरानका वाम बुद्धिजीवि बि.ए. श्रेष्ठको ८७ वर्षको उमेरमा निधन

धरानका वाम बुद्धिजीवि बि.ए. श्रेष्ठको ८७ वर्षको उमेरमा निधन

1 year ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In