Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कथित जवजवादीहरुलाई बहस गर्न चुनौती

जबजको सट्टा जनताको जनवाद राख्ने निर्णयमा सही गर्नेहरु केपी ओली र विष्णु पौडेल हुन्

राजेन्द्र राई राजेन्द्र राई
फाल्गुन १४, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हुनत सबभन्दा सुनिने, हेरिने, जनताको सबैभन्दा ठूलो प्रतिनिधि र एक हिसाबले दिशानिर्देशक, गुरु प्रधान मन्त्रीले गाली संस्कृति भित्राएको, गाली संस्कृतिलाई मलजल, प्रोत्साहन गरिरहेको बेला यस्ता सैद्धान्तिक, तर्क र तथ्यपूर्ण बहसमा नी गालीकै बहुछार आउन सक्छ तर त्यसो नगरियोस्, स्वस्थ बहस गरियोस्, कम्युनिष्टहरू विचार, बहस, सभ्यतामा उत्कृष्ट हुन्छन् भन्ने देखाउने प्रयास गरियोस् भन्ने अनुरोध सहित केही कुरा राख्ने अनुमति लिएंः
    १.
    जबजको सट्टा जनताको जनवाद राख्ने निर्णयमा तत्कालीन एमालेको तर्फबाट सही गर्नेहरु केपी ओली र विष्णु पौडेल हुन् । यहाँ राखिएको सहमति पत्रले देखाउँछ, हेर्नुस् : त्यसो भए त्यतिबेला गल्ती गरिएछ भनेर केपी ओलीले सार्वजनिक रूपमा माफी माग्नु हुन्छ?


    २.
    जबजको प्रतिपादक जननेता मदन भन्डारीले नौलो जनवाद, बहुदलीय जनवाद, जनताको जनवाद, लोक जनवाद, राष्ट्रीय जनवाद आदि एउटै हुन् भन्नु भएको छ । यहाँ राखिएको मदन भण्डारीको लिखत हेर्नुस्: त्यसो भए दुई प्रश्न : १. के मदन भण्डारी गलत थिए, २. अहिले जबजवादी एक हौँ भन्नेहरुले बताउनु पर्यो की जबज र जनताको जनवादमा के फरक छ?
    ३.
    जबज देखाउने चीज मात्रै हो कि कार्यान्वयन गर्नु पर्ने हो? कार्यान्वयन गर्नु पर्ने हो भने जबजको १४ विशेषतामा उल्लेख भएका, संविधानको सर्वोच्चता, कानुनको शासन, बहुमतको शासन, अल्पमतमा प्रतिपक्ष जस्ता मान्यता किन जबजको नारा लगाउने ओली पक्षले उल्लंघन गरिरहेको त?
    ४.
    सर्वाधिक महत्वपूर्ण सैद्धान्तिक सवाल, जबज आधारभूत रूपमा सामन्तवाद विरुद्धको क्रान्तिको कार्यक्रम हो तर खुलै केपी ओली सहभागी भएको, केपी ओलीलाई अध्यक्ष छान्ने एमालेको महाधिवेशनले नेपाली समाज अब सामन्तवादी रहेन, नेपाली समाज अब पुँजीवादी चरणमा प्रवेश गर्यो, सामन्तवाद विरुद्धको जबजवादी क्रान्ति मूल रूपमा पूरा भयो भन्ने निष्कर्ष निकाली सकेको हुनाले अब हाम्रो कम्युनिस्ट पार्टीको कार्यक्रम जबज नै हुन सक्छ? के अब जबजले सम्पूर्ण रूपमा हामीलाई गाइड गर्न सक्छ वा जबजको सम्पूर्ण पक्ष हाम्रो लागि बोक्नै पर्ने अवस्था छ? सक्दैन, छैन र यसको लामो व्याख्या हुन सक्छ, तर यहाँ सम्भव छैन, त्यसैले छोटो, मोटोमा केही राख्नु पर्दाः

    एक, जबजले क्रान्तिको मुख्य सत्रु सामन्तवाद मान्छ, त्यसै अनुसारको कार्यनीति, कार्यक्रमको माग गर्छ तर नेपालमा सामन्तवाद नै छैन भन्ने कुरा आधारभूत रूपमा भनेपछि जबजलाई जस्ताको तस्तै मान्दा क्रान्तिको सत्रु चिन्ने कुरामा गल्ती हुने भो। एक पाइलो अगाडि सार्ने कार्यनीति, कार्यक्रमबाटै बाटो विराइने भो, आदि।

    दुई, जबज र नौलो जनवाद सारमा एउटै भए पनि जबजमा दुई कुरा थप र विशेष छन्ः पहिलो क्रान्तिको बाटो सम्भव भएसम्म शान्तिपूर्ण हुने छ। दोस्रो, क्रान्तिपछि सर्वहारा वर्गको, जनताको, कम्युनिस्ट पार्टीको अधिनायकत्व रहने छैन, एकदलीय व्यवस्था रहने छैन, बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था, प्रणाली रहनेछ ।

    स्वभाविक रूपमा नेपालमा सामन्तवाद आधारभूत रूपमा खत्तम भईसक्यो भनेपछि क्रान्ति कस्तो हुने, शान्तिपूर्ण हुने भन्ने च्याप्टर क्लोज भयो। अनि क्रान्तिपछि प्रतिस्पर्धात्मक व्यवस्था या प्रणाली रहन्छ भन्ने जबजको मान्यताको उलंघन वा अस्वीकार के जनताको जनबादीहरुले गरेका छन् त वा गर्न खोजिरहेका छन् त? किम्मार्थ छैनन् । त्यसो भए यस मामलामा जबजवादी र जनताको जनवादी बीच के फरक भयो त?

    प्रारम्भमा यत्ति नै, थप बहसको निम्तो स्वीकार गरे फेरि पनि आउँला।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राजेन्द्र राई

      राजेन्द्र राई

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.