Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आर्थिक वृद्धि अनपेक्षित परिणाम होः जासिन्डा एर्डेनले यसलाई प्राथमिकता दिइनन्- ठीक गरिन्

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख २१, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     ज्याक पिट।लामो समय देखि पुँजीवादी समाजको आधारस्तम्भका रुपमा पूँजीको बृद्धिले अन्य सबै कुरालाई ओझेलमा पारिदिएको छ। हामी त्यसलाई हाम्रो मानव जातिको स्वास्थ्य भन्दा बढि प्राथमिकता दिन्छौं, पृथ्वीको स्वास्थ्यलाई भन्दा बढि प्राथमिकता दिन्छौं र हाम्रो सुख तथा कल्याणलाई भन्दा बढि प्राथमिकता दिन्छौं।

    तर कुनै पनि अर्थतन्त्रको काम धानिन सकिने (subsistence) वातावरण प्रदान गर्नु हो भनियो भने त्यो अल्पदृष्टि हुनेछ।

    अर्थशास्त्री केनेथ बाउल्डिङले कुनै समयमा भनेका थिए कि हामी अघाएको अवस्थामा पुग्न खाना खान्छौं र हामीले च्यापु चलाउनु भनेको त्यहाँ पुग्नुको मूल्य हो। यदि हामीले च्यापु चलाउनुलाई नै इच्छित लक्ष्य ठान्यौं भने त्यो भूल हुनेछ किनभने त्यो त केवल हामी अघाउनुको मूल्य चुकाउनु हो।

    तर जबसम्म वृद्धि हाम्रो आर्थिक ब्यवस्थाको लक्ष्य बनिरहन्छ तबसम्म मानिसहरुले चबाउन मै ध्यान केन्द्रित गरिरहनेछन, जो अर्थतन्त्रको न दिगो न त इच्छित गुण हो ।

    त्यसैले न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा एर्डेनले बजेट अघि सारेकी राष्ट्रिय बजेटलाई मैले स्वागत गरें। जुन बजेटले उत्पादकत्व र आर्थिक बृद्धि जस्ता मापनका आधारभूत मानकमा केन्द्रित नभई नागरिकहरुको “कल्याण” लाई सबैभन्दा बढि प्रोत्साहित गर्ने क्षेत्रहरुमा खर्च केन्द्रित गर्नेछ।

    एर्डेनको बजेटले  उत्पादकत्व र आर्थिक बृद्धि जस्ता मापनका आधारभूत मानकमा केन्द्रित नभई नागरिकहरुको “कल्याण” लाई सबैभन्दा बढि प्रोत्साहित गर्ने क्षेत्रहरुमा खर्च केन्द्रित गर्नेछ।

    सरकारले समुदाय, सांस्कृतिक अन्तरसम्बन्ध र पुस्तौं पुस्तासम्मको कल्याणमा समता जस्ता लक्ष्यहरुमा जोड दिनेछ, जसलाई एलएसईका प्रोफेसर रिचार्ड लेयार्ड “खेल परिवर्तन गर्ने घटना” भनी व्याख्या गर्छन्।

    फ्रेमवर्कको हिस्साको रुपमा एर्डेनले २० करोड डलर घरेलु र यौन हिंसा पिडितहरुको सेवा प्रबर्धन गर्न छुट्याएकी छिन् र त्यसमा घरबारविहिनहरुका लागि आवासको ब्यवस्था गर्ने प्रतिबद्धता पनि समावेश गरिएको छ।

    नयाँ नीति निर्देशिका अनुसार खर्च सरकारका निम्न पाँच प्राथमिकताहरु मध्येमा गरिनु पर्नेछ १) मानसिक स्वास्थ्य सुधार, २) बालबालिकाको गरिवी निवारण, ३) आदिवासी माओरिहरु र प्यासिफिक टापुका जनताले सामना गरिरहेको असमानताको सम्बोधन, ४) डिजिटल युगमा फड्को मार्ने र ५) न्यून उत्सर्जन सहितको दिगो अर्थतन्त्रमा रुपान्तरण।

    विश्वभरी सामना गरिरहेका सबैभन्दा ठुला समस्याहरुमा नजर घुमाउनुहोस् अनि तपाईंले एर्डेनले अघि सारेका अन्तरिम प्रस्तावहरुको तुलनामा अरु धेरै गम्भीर समस्याहरुका उदाहरणहरु फेला पार्नुहुनेछ। बढ्दो असमानता, मानसिक स्वास्थ्य संकट र जलवायु परिवर्तन ठुला खतराहरु हुन् तर जबसम्म अन्य प्रमुख अर्थतन्त्रहरुले मानव कल्याणको  साटो आर्थिक बृद्धिलाई प्राथमिकतामा राखिरहन्छन् त्यसबेलासम्म न्युजिल्यान्ड भोकाईरहेको भालु फस्ने खोरमा एक्लो ब्वाँसो बन्नसक्ने छ।

     लण्डन इकोनमिक मई ३१, २०२० मा ज्याक पिटको विचार। (ज्याक पिट आर्थिक तथा व्यापार पत्रकार हुन्।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.