ज्याक पिट।लामो समय देखि पुँजीवादी समाजको आधारस्तम्भका रुपमा पूँजीको बृद्धिले अन्य सबै कुरालाई ओझेलमा पारिदिएको छ। हामी त्यसलाई हाम्रो मानव जातिको स्वास्थ्य भन्दा बढि प्राथमिकता दिन्छौं, पृथ्वीको स्वास्थ्यलाई भन्दा बढि प्राथमिकता दिन्छौं र हाम्रो सुख तथा कल्याणलाई भन्दा बढि प्राथमिकता दिन्छौं।
तर कुनै पनि अर्थतन्त्रको काम धानिन सकिने (subsistence) वातावरण प्रदान गर्नु हो भनियो भने त्यो अल्पदृष्टि हुनेछ।
अर्थशास्त्री केनेथ बाउल्डिङले कुनै समयमा भनेका थिए कि हामी अघाएको अवस्थामा पुग्न खाना खान्छौं र हामीले च्यापु चलाउनु भनेको त्यहाँ पुग्नुको मूल्य हो। यदि हामीले च्यापु चलाउनुलाई नै इच्छित लक्ष्य ठान्यौं भने त्यो भूल हुनेछ किनभने त्यो त केवल हामी अघाउनुको मूल्य चुकाउनु हो।
तर जबसम्म वृद्धि हाम्रो आर्थिक ब्यवस्थाको लक्ष्य बनिरहन्छ तबसम्म मानिसहरुले चबाउन मै ध्यान केन्द्रित गरिरहनेछन, जो अर्थतन्त्रको न दिगो न त इच्छित गुण हो ।
त्यसैले न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा एर्डेनले बजेट अघि सारेकी राष्ट्रिय बजेटलाई मैले स्वागत गरें। जुन बजेटले उत्पादकत्व र आर्थिक बृद्धि जस्ता मापनका आधारभूत मानकमा केन्द्रित नभई नागरिकहरुको “कल्याण” लाई सबैभन्दा बढि प्रोत्साहित गर्ने क्षेत्रहरुमा खर्च केन्द्रित गर्नेछ।
एर्डेनको बजेटले उत्पादकत्व र आर्थिक बृद्धि जस्ता मापनका आधारभूत मानकमा केन्द्रित नभई नागरिकहरुको “कल्याण” लाई सबैभन्दा बढि प्रोत्साहित गर्ने क्षेत्रहरुमा खर्च केन्द्रित गर्नेछ।
सरकारले समुदाय, सांस्कृतिक अन्तरसम्बन्ध र पुस्तौं पुस्तासम्मको कल्याणमा समता जस्ता लक्ष्यहरुमा जोड दिनेछ, जसलाई एलएसईका प्रोफेसर रिचार्ड लेयार्ड “खेल परिवर्तन गर्ने घटना” भनी व्याख्या गर्छन्।
फ्रेमवर्कको हिस्साको रुपमा एर्डेनले २० करोड डलर घरेलु र यौन हिंसा पिडितहरुको सेवा प्रबर्धन गर्न छुट्याएकी छिन् र त्यसमा घरबारविहिनहरुका लागि आवासको ब्यवस्था गर्ने प्रतिबद्धता पनि समावेश गरिएको छ।
नयाँ नीति निर्देशिका अनुसार खर्च सरकारका निम्न पाँच प्राथमिकताहरु मध्येमा गरिनु पर्नेछ १) मानसिक स्वास्थ्य सुधार, २) बालबालिकाको गरिवी निवारण, ३) आदिवासी माओरिहरु र प्यासिफिक टापुका जनताले सामना गरिरहेको असमानताको सम्बोधन, ४) डिजिटल युगमा फड्को मार्ने र ५) न्यून उत्सर्जन सहितको दिगो अर्थतन्त्रमा रुपान्तरण।
विश्वभरी सामना गरिरहेका सबैभन्दा ठुला समस्याहरुमा नजर घुमाउनुहोस् अनि तपाईंले एर्डेनले अघि सारेका अन्तरिम प्रस्तावहरुको तुलनामा अरु धेरै गम्भीर समस्याहरुका उदाहरणहरु फेला पार्नुहुनेछ। बढ्दो असमानता, मानसिक स्वास्थ्य संकट र जलवायु परिवर्तन ठुला खतराहरु हुन् तर जबसम्म अन्य प्रमुख अर्थतन्त्रहरुले मानव कल्याणको साटो आर्थिक बृद्धिलाई प्राथमिकतामा राखिरहन्छन् त्यसबेलासम्म न्युजिल्यान्ड भोकाईरहेको भालु फस्ने खोरमा एक्लो ब्वाँसो बन्नसक्ने छ।