Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतीय चुनाव-नतिजा विश्लेषण : के साँच्चै, कांग्रेस मरेको हो?

nepal_readers nepal_readers
बैशाख २३, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -शुसील उपाध्याय-

    भारतका पाँच राज्यमा भएका विधानसभाको चुनाव परिणामलाई आधार बनाएर मूलधारका मिडियाहरू कांग्रेस पूरै साफ भएको र राष्ट्रिय स्तरको एक मात्र पार्टी भारतीय जनता पार्टी (भाजपा) मात्रै बचेको कुरा स्थापित गर्न लागि परेका छन्। जबकि निर्वाचन आयोगको आँकडाले बेग्लै तस्वीर प्रस्तुत गर्दछ। यस तस्वीरका हिसाबले कांग्रेसले पश्चिमबंगाल बाहेक अन्य चार राज्यमा आफ्नो राम्रो उपस्थिति देखाएको छ।

    आँकडाले के देखाउँछ?

    अब आँकडाको स्थिति हेरौँ, कांग्रेसले केरलमा २१ सिटमा जीत हात पारेको छ, जबकि उसको भोट त्यहाँ २५ प्रतिशतले बढी छ। यहाँ माकपालाई पनि लगभग यति नै भोट मिलेको छ। तर उसको सिट ६२ छ। यस राज्यमा भाजपालाई कुनैपनि सिट प्राप्त भएको छैन। मिडिया भने सुरुबाटै केरलमा भाजपा मुख्य प्रतिस्पर्धी पार्टी भएको देखाउन खोज्दै थिए। यहाँ उल्लेखनीय छ कि भाजपाले ११ प्रतिशत भन्दा बढी भोट प्राप्त गरेको छ ।

    तमिलनाडुमा कांग्रेसले आफ्नो अपेक्षाभन्दा राम्रो नतिजा ल्याएको छ। यहाँ कांग्रेसले २५ सिटमा चुनाव लडेकोमा १८ सिट जितेको छ र लगभग ४.३ प्रतिशत भोट प्राप्त गरेको छ। यसको तुलनामा भाजपालाई केवल ४ सिट प्राप्त भएको छ र कुल मतमा उसको हिस्सेदारी २.६ प्रतिशत छ।

    टिभी च्यानल तथा पत्रपत्रिकाहरूमा तमिलनाडुदेखि पुन्डुचेरीमा भाजपाको सरकार बन्ने प्रचार गरिएको छ। जबकि, यहाँ भाजपा लाई ३० मध्ये केवल ६ सिट मात्रै प्राप्त भएको छ। र, यो जित्नेवाला गठबन्धनको हिस्सा हो। ठीक यसैगरी कांग्रेस तमिलनाडुमा कांग्रेस जित्नेवाला गठबन्धनको हिस्सा हो। यस राज्यमा कांग्रेसले २ सिट पाएको छ। तर उसले भाजपाको तुलनामा २ प्रतिशत बढी भोट ल्याएको छ। यहाँ भाजपालाई १३.७ र कांग्रेसलाई १५.७ प्रतिशत भोट प्राप्त भएको छ। केरल र पुन्डुचेरीमा कांग्रेसले आफ्नो भोट प्रतिशतलाई सिटमा बदल्न भने पाएन।

    मूलधारका मिडियामा खासगरी सत्ता समर्थक पत्रकारहरूको समूह आसाममा कांग्रेस पतन भएको कुरालाई बढाईचढाई प्रसारण गरिरहेका छन्। जहाँसम्म सिटको संख्याको कुरा गर्ने हो भने भाजपालाई कांग्रेसभन्दा दुई गुणा बढी सिट मिलेको छ तर दुबैको भोट प्रतिशत मात्र ३.५ प्रतिशतको अन्तर मात्र छ। यहाँ भाजपालाई ३३.२ र कांग्रेलाई २९.७ प्रतिशत भोट प्राप्त भएको छ। यहाँ पनि कांग्रेस आफ्नो भोटलाई सिटमा बदल्न असफल रह्यो।

    आसाम र केरलमा कांग्रेस मुख्य विपक्षी पार्टी हो, जबकि भाजपा आसाममा सबैभन्दा ठूलो पार्टी र पश्चिम बंगालमा मुख्य विपक्षी दल बनेको छ। ध्यान दिनुपर्ने कुरा यो छ कि यी पाँच मध्ये कुनैपनि राज्यमा भाजपाको आफ्नै बलबाट पूर्ण बहुमतको सरकार बनेको छैन। यद्यपि पश्चिम बंगालमा पछिल्लो विधान सभाको चुनावमा भाजपाले राम्रो प्रदर्शन गरेको छ, जबकि कांग्रेसको स्थिति यहाँ खराब भइरहेको छ। पछिल्लो लोकसभा चुनावको सिट र मत प्रतिशतलाई हेर्ने हो भने पश्चिम बंगालमा भाजपालाई ठूलो नोक्सान भएको छ।

    भ्रम छरिरहेका छन् मूलधारका मिडिया

    अब यी सबै आँकडालाई एक व्यापक परिदृश्यमा हेर्ने हो भने मूलधारका भनिने मिडियामा प्रचार गरिएजस्तो कांग्रेस पार्टी काहीँ पनि पत्तासाफ भएको पाइँदैन र राष्ट्रिय स्तरमा केवल भाजपामात्रै बचेको भन्ने तर्क निराधार छ। तर मूलधारका मिडियाको स्वर कांग्रेसप्रति अत्याधिक अलोचनात्मक र भाजपा प्रति धेरै हदसम्म सकरात्मक छ।

    यी पाँच राज्यको चुनावका साथै अरु धेरै राज्यमा लोकसभा तथा विधान सभाको उपचुनाव पनि सम्पन्न भएका छन्। लोकसभाको ४ सिटमध्ये एक सिट भाजपालाई, एक कांग्रेसलाई, एक कांग्रेसको सहयोगी मुस्लिम लिग र एक ‘वाईएसआर कांग्रेस’लाई प्राप्त भएको छ । जबकि विधानसभा उपचुनावमा भाजपालाई ६ र कांग्रेसलाई ५ सिट हासिल भएको छ।

    यी आँकडाहरूलाई निश्पक्ष रुपले हेर्दा राष्ट्रिय स्तरमा यदि कुनै पार्टी भाजपाको सामुन्ने खडा छ भने त्यो कांग्रेस नै हो। यहाँ एक अर्को प्रसङ्गबाट पनि मूल्यांकन गर्न सकिन्छ, विगतको लोकसभा चुनावमा यी पाँच राज्यमा कांग्रेसलाई प्राप्त भएको भोटको संख्यामा धेरै बढी नकारात्मक अन्तर आएको छैन। तर भाजपाको भोटको कुल संख्यामा विगतको भन्दा कमी देखिएको छ।

    मूलधारका मिडियामा सत्ताधारी पार्टीको एक व्यापक वैचारिक र आर्थिक दवाब भएका कारण ती मिडिया चाहेर वा नचाहेर भाजपाका नेताहरूको रणनीतिक कौशलता र कांग्रेसका नेताको विफलताको भ्रमपूर्ण व्याख्या गरिरहेका छन्। केन्द्रित भइरहेका छन्। अहिले देखिएको यो प्रवृत्ति नयाँ भने होइन, सन् २००९ को लोकसभाको चुनावमा कांग्रेसको पक्षमा पनि यस्तै प्रवृत्ति देखाइएको थियो, जुन आज भाजपाको पक्षमा देखिंदैछ।

    यी चुनावमा देशका मुख्य पत्रपत्रिकाहरू तथा टिवी च्यानल(विशेषगरी हिन्दी पत्रपत्रिका र च्यानलहरू) मा भाजपा तथा उसका ठूला नेताहरूलाई जति स्थान दिइएको छ, विपक्षी नेताहरूलाई सम्भवतः त्यसको आधा पनि स्थान दिइएको छैन। यसकारण आम पाठक र दर्शकलाई पनि यस्तो लाग्छ कि वास्तवमा देशमा केवल भाजपा मात्रै फैलिरहेको छ र अन्य सबै पार्टी, विशेष रुपले कांग्रेस निरन्तर खस्किने क्रममा छ।

    तर भारतको निर्वाचन आयोगको विगतका वर्षका चुनावी आँकडाले यो कुरालाई पुष्टि गर्दैन।

    (सबलोगडटआएनबाट। अनुवादः मेनुका बस्नेत)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.