इटालीले कोभिड १९ को प्रकोपको सामना गर्न मेडिकल उपकरणको थप आपूर्ति सुनिश्चित गर्न गरेको अनुरोधलाई कुनै पनि इयू राष्ट्रहरुले सकारात्मक प्रतिक्रिया नदिएको आरोप लगाएको छ। त्यसले भनेको छ “संलग्नता र परामर्श” मात्र होइन “छिटो, ठोस र प्रभावशाली आपतकालीन कार्यवाही” गर्नका लागि आग्रह गरेको थियो।”
सबैले बुझुन् “आज, इटालीका लागि हो; भोली, अरु कहिँ पनि आवश्यकता पर्न सक्छ। इटालीले व्यक्तिगत सुरक्षाका लागि मेडिकल उपकरणको आपूर्तिका लागि नागरिक संरक्षणसम्बन्धी युरोपियन युनियन संयन्त्रलाई सक्रिय गर्न आग्रह गरिसकेको छ। तर दुर्भाग्यवश कुनै पनि ईयूका मुलुकहरुले यस आग्रहलाई वास्ता गरेनन्। “केवल चीनले द्विपक्षीय रुपमा प्रतिक्रिया देखायो। निश्चय पनि यो युरोपियली ऐक्यबद्धताको राम्रो संकेत होइन,” ईयूका लागि इटालीका राजदूत मौरीजियो मसारीले पोलिटिको वेबसाइटमा भने।
“हामीले ईयूको समन्वयमा, आवश्यक पर्ने मेडिकल उपकरणको आपूर्ति र यसको आवश्यकता पर्ने देशहरु र क्षेत्रहरुमा पुनर्वितरण हुनेगरी सुनिश्चित गर्नैपर्छ” राजदूतले आग्रह गरेका छन्।
मंगलबार १० हजारमाथि निदान भइसकेका कारण इटाली चीन बाहिर कोभिड–१९ ले सबैभन्दा बढी संकट पारिएको मुलुक बनेकोछ। बुधवार ३१ प्रतिशतले मृत्यु बढेपछि त्यहाँ देशव्यापी नाकाबन्दीको उपायलाई कडा बनाइएको छ जसमा बार, रेष्टुरेन्ट र ब्यूटी पार्लरलाई समेत बन्द गर्न आदेश दिइएकोछ।
इटालीबाट आएको आपतकालीन सहयोगलाई स्वीकार गर्दै चीन र इटालीका दुई विदेश मन्त्रीहरुले फोनवार्ता पछि हस्ताक्षर गरिएको सम्झौतामा २० लाख मास्कहरु, ५० हजार टेस्टकिटसहित करिब १०,००० फोक्सो भेन्टिलेटर, र २०,००० सुरक्षात्मक सूट पठाउन सहमति जनाइएकोछ।इटालीको अनुरोधमा महामारीसँग लड्न मद्दत गर्न चिनले एक चिकित्सा विशेषज्ञ टोली पनि पठाएकोछ।