वितेको २४ घण्टामा, अमेरिकी प्रशासनले युरोपसम्बन्धी अतिरञ्जनालाई तीब्र बनाएको छ। मंगलबार आफ्नो ह्वाइट हाउस प्रेस सम्मेलनमा ट्रम्पले, “युरोपियन युनियन अमेरिकाबाट फाइदा उठाउन गठन गरिएको हो” भने। त्यसको लगत्तै बुधबार अमेरिकी विदेश सचिव माइक पम्पेओले युरोपलाई रसियासँग जोडिएको पाइपलाइनको नर्डिक र टर्किस खण्डबाट हात झिक्न धम्क्याउँदै भने “बाहिर निस्क अन्यथा परिणाम भोग्न तयार होऊ” ।
महादेश विरुद्ध युद्धको हाँक आइपुगेजसरी नै प्रचार गर्दै अमेरिकी प्रशासनले बेजिङका सम्बन्धमा वासिङ्टनको साथमा उभिनु पर्ने माग गरेको छ र शीत युद्धको नोस्टाल्जियाको धङ्धङीमा उसले तथाकथित “चिनियाँ चुनौति विरुद्ध ट्रान्सअट्लाटिक जागरण” को विषयमा पनि बोलेको छ।
अन्तत: युरोपियन युनियन दो-बाटोमा उभिन पुगेको छ। उसका वरिपरिको विश्वमा व्यापक परिवर्तन भइरहेको छ र उ भने वासिङ्टनले सिर्जना गरिरहेको शत्रुवत वातावरणले दविएको छ।
युरोपियन युनियनको चिनसँग आफ्नै विमतिहरु छन् तथापी सम्बन्धित सबै जोखिमहरु बुझेर पनि सामुहिक रुपमै मुठभेड वा अस्थिरता (विघटन) को मार्गबाट अलग्ग बसेको छ।
यद्यपि यसको अर्थ उनिहरुले दवाव अनुभव गरिरहेका छैनन् भन्ने होइन। वासिङ्टनले उच्च तहको बर्बराहटका साथै उसले थिङ्ट्याङ्कहरुको जटिल सञ्जाल र मिडिया संगठनहरु मार्फत नकारात्मक सन्देश प्रवाह गरिरहेको छ। यी माध्यमहरुबाट चीनसँग सम्बन्ध तोड्नु पर्ने कारणहरु तथाकथित “विघटन (decoupling)” लाई प्रमाण जुटाउनुका साथै अन्य धेरै कर्मद्वारा चिनविरोधी अझ कठोर मत निर्माण पनि गरिरहेको छ।
युरोपले यस प्रकारको मार्ग अपनाउनु विवेकपूर्ण ठहरिदैन किनभने अमेरिकी प्रशासनले युरोपका चासोहरुलाई अपमानित गर्न बाहेक अरु केही गरेको छैन। राष्ट्रपति ट्रम्पले युनियन विरुद्ध भन्सार वृद्धि गर्ने कोसिस जारि राखेका छन् र अमेरिकी सरोकारहरुलाई नजरअन्दाज गरेको बारम्बार आरोप लगाइरहेका छन्।
ट्रम्पको ध्येय कृषि, उड्डयन र मोटर गाडीको क्षेत्रमा युरोपमा खुला सुरक्षित बजार सुनिश्चत गरि उनीहरुलाई अमेरिकी प्राथमिकताहरु समक्ष घुँडा टेकाउनु हो।
हामीले पोलेन्डसँग अमेरिकाले के गर्यो देखिसकेका छौं, वासिङ्टनले नाटो जस्ता संस्थाहरु मार्फत युरोपको बहुपक्षीय सुरक्षालाई अझ कम गर्न चाहेको छ र यसको साटो वासिङ्टनको मौद्रिक लाभका लागि प्रत्येक देशसँग एकपक्षीय सम्बन्ध कायम राख्न चाहन्छ जसको प्रतिफल स्वरुप उसले जर्मनीबाट आफ्ना सेना हटाएको छ ।
यो व्यवहार अन्य क्षेत्रहरुमा पनि विस्तारित भएको छ। तथ्यहरु झुट बोल्दैनन् अमेरिकालाई मन नपर्ने कुनै पनि काम युरोपले गर्छ भने त्यसप्रति कठोर दृष्टिकोण अपनाइन्छ।
संयुक्त राष्ट्र संघको सन्धिको मर्म विपरित इरान माथि अमेरिकाले लादेको एकपक्षीय नाकाबन्दीमा सहमत हुन युरोपलाई बाध्य बनाइयो। युरोपेली राष्ट्रहरुलाई स्वयं मूल्य चुकाएर दुरसंचार संस्था ह्वावेई बन्द गर्न बाध्य पारियो। हाल जब हामी देखिरहेका छौं कि रोमानियामा आणविक शक्ति स्थापित गरेर अमेरिकाले उर्जा पुर्वाधारबाट पनि चिनलाई निकाल्ने कोसिस गरिरहेको छ जस्तो कि नर्ड स्ट्रिम २ परियोजना। यसले अमेरिका युरोपले आफ्नो उर्जा निर्भरताको विकल्प अमेरिकी बजार बाहिर खोजेको सहन सक्दैन भन्ने उदाहरण प्रस्तुत गरेको छ।
जब कसैले यसलाई हेर्छ उसले अमेरिकी प्रशासनको शीत युद्ध र ट्रान्सअट्लान्टिसिजमको अतिरञ्जना अनुसरणबाट र आफैलाई हसुर्न खोज्ने राष्ट्रपतित्व माथि निर्भरता बढाएर युरोपेली देशहरुले के कस्ता सम्भावित लाभ लिन सक्छन भनी गम्न थाल्छ।
चाइना विरोधिअतिरञ्जना युरोपेली राष्ट्रहरुका सामू स्पष्ट देख्न सकिने पासो हो। बेजिङविरुद्ध एकताको दावी गर्ने पम्पेओको नीति जस्तै अन्य हरेक नीतिका उदेस्यको वास्तविकता बहुपक्षीय नभएर एकपक्षीय हुन्छ भन्ने तथ्य लुकेको हुन्छ।
माथिको कथनले पहिलो शीतयुद्ध र नाटो गठनको समयमा जस्तो आजका दिनमा अमेरिका चिनसँग प्रतिस्पर्धा गरेर युरोपलाई सहयोग हुने कार्य गर्नेछैन भन्ने कुरा तर्फ संकेत गर्दछ।
यस विपरित, यो चीनविरोधी द्वन्द्व विश्वमा निरपेक्ष, एक पक्षीय अमेरिकी प्रभुत्व पुन स्थापित गर्ने प्रयाशस्वरुप रचिएको हो। यो रचना वास्तविक आदर्श अडानका निम्ति होइन, सबै देशहरु र घटनाहरु वासिङ्टनको वरिपरि घुम्नु पर्छ भन्ने १९९१ को तर्कका आधारमा गरिएको हो।
यस कुरालाई युरोपले कुन बिन्दुमा पुगेपछि बुझ्नेछन् र सोच्नेछन्? उनीहरुका नीति निर्माताहरुले सोच्नु पर्ने प्रश्न “हामी चिनबाट कसरी अलग्ग्ग हुने?” होइन बरु त्यो प्रश्न “हामी अमेरिकाबाट कसरी अलग्ग हुने?” हो।
यस्तो वातावरणलाई दिशा निर्देश गर्न, युरोपियन युनियनले ट्रम्प प्रशासनद्वारा सिर्जित जोखिमहरु चिन्नुपर्छ र वासिङ्टनबाट रणनीतिक, वित्तीय र सैनिक हस्तक्षेपबाट स्वतन्त्रता प्राप्त गर्ने कामलाई जोड दिनुपर्छ र विजिङसँगको उसको प्रतिश्पर्धामा सन्तुलन खोज्नुपर्छ।
यी कार्य भित्र डलर ब्यवस्था बाहिर विविधिकरण गर्ने प्रयत्न, युरोपेली प्रतिरक्षा सामर्थ्यको विस्तार र त्यसको चाँजोपाँजो अमेरिकासँग अलग्ग रहेर गर्ने र महादेशका नियमहरु र निर्यात बजारलाई कायम राख्ने लक्ष्य राखि बलियो बहुपक्षीय व्यापार ब्यवस्था निर्माण गरिनु पर्दछ।
सारमा युरोपलाई ट्रम्पमाथि भर पर्न सकिँदैन भनी पुनस्मरण गराइएको छ। यसको अर्थ महादेशको अग्रगामी मार्ग भनेको युरोपलाई वासिङ्टनका स्वार्थहरु अधिनस्थ राख्ने अमेरिकी एकपक्षीय प्राथमिकताहरुसँग गठजोड गर्नु होइन बरु रणनीतिक स्वतन्त्रताको मार्ग हो जसले अन्ततः ठुला शक्ति प्रतिस्पर्धामा आफ्ना पाइला अड्याउने कोसिसमा पुर्याउनेछ।
यसको अर्थ अमेरिका वा चिनसँग वैमनश्य राख्ने भन्ने होइन, बरु युरोपले आफ्ना स्वार्थहरुको पक्षमा दृढतापूर्वक उभिन र अमेरिकाले उसबाट गरिएका सबै मागहरु सदाशयले भरिपुर्ण हुदैनन् भनी सामुहिक रुपमा स्विकार गर्न आफु स्वयं भित्रको ताकत पहिल्याउनु हो।
भावानुवाद साभार . १६ जुलाइ २०२० मा सिजिटिएनमा प्रसारित।