Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नक्कली, झुटा समाचारको व्यापार र मिडियामाथि उठ्ने प्रश्नहरु

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १०, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पच्चीस बर्ष अघिको कुरा हो। १९९५ मा २१ सेप्टेम्बर (गणेश चतुर्थी) मा गणेश मूर्तिहरूले दूध पिइरहेका कुराको हल्ला फैलियो। हेर्दाहेर्दै मन्दिरहरूमा भीड जम्मा भयो। विभिन्न समाचार र टिभी च्यानलमा अटल बिहारी वाजपेयी लगायत धेरै नेताहरूले गणेश मूर्तिलाई दूध पिलाइरहेको देखिए। यसपछि, मानिसहरूले एक अर्कालाई फोन गरेर जानकारी दिए र  गणेस मन्दिर बोलाए। यो बेला मोबाइल फोन, सामाजिक सञ्जाल वा इन्टरनेटको युग थिएन।

    एसटीडी र पीसीओहरू कालो र पहेंला बुथहरूमा भीड जम्मा भएका देखिन्थे। मानिसहरूले आफ्नो गोजीबाट पैसा खर्च गरेर आफ्ना आफन्तहरू, सहकर्मीहरूलाई उनीहरुको ठाउँमा पनि गणेश मूर्तिले दूध पिइरहेका छन्? भनेर सोध्ने लहर नै चल्यो।

    जहाँ पनि त्यस्तै कुराहरु आउँथे, कैयन व्यक्तिहरु गणेश मन्दिरको ठेगाना सोध्दै आइपुग्थे। एक पछि एक गर्दै मानिसहरूले दूध पिलाउन थाले र गणेश मूर्तिहरूले दूध पिएको देख्ने यत्रतत्र देखिन थाले । केही समय पछि मन्दिरका गणेशका मूर्तिहरूले  मात्र होइन घरभित्रकाले पनि दूध पिउन थालेका चर्चा हुन थाले। मानिसहरू चम्चाले घरमा मूर्तिहरूलाई दूध पिलाउथे र मूर्तिले दूध पिउँथे।

    दूरदर्शन जस्ता सरकारी समाचार च्यानलहरू र अखबारहरूले यो खबर प्रमुख समाचारका रूपमा प्रकाशित गरे। सेप्टेम्बर २२ को यो घटना समाचारको रूपमा अन्य देशहरूमा पनि फैलियो। अन्य देशहरूमा बस्ने भारतीयहरूले पनि गणेशलाई दूध खुवाए र त्यहाँ पनि गणेशले दूध पिए।

    देशको मिडियाले गणेशले दूध पिउने खबरलाई हल्कासित लिएन। मिडियामा यस चमत्कारको सत्यलाई जान्नुको सट्टा यस घटनालाई महत्त्व दिइयो र प्राथमिकताका साथ यसलाई समाचार र फोटोमा छापियो। भारतीय मिडियाले मात्र नभएर विदेशी मिडियाले पनि यस चमत्कारलाई प्रचार गर्ने काम गरे।

    सीएनएन, बीबीसी, वाशिंगटन पोस्ट, द न्यू योर्क टाइम्स, गार्जियन र डेली एक्सप्रेस जस्ता पत्रपत्रिकाहरूले यस अनौठो घटनालाई समेटे। धेरै पत्रकारहरूले आफैले गणेश मूर्तिलाई दूध खुवाएर यकिन गरे कि गणेशले दूध पिए। यो दावी आजका न्यूज च्यानलहरू वा यो भनौ कि गोदी मिडियामा प्रस्तोताले गर्ने दावी जस्तै थियो। तर आज यो दावी गरिएको छ कि यो सबैको पछाडि एक प्रणालीको समर्थन वा सहयोग छ र उसले संभव भएसम्म यसलाई बलियो बनाउने कोसिसमा लागिरहेको छ।

    झूटको क्रान्ति
    आज देशमा “नक्कली समाचार” वा झूटा समाचारको चर्चा व्यापक छ। तर यसको उदयको आधार पत्ता लगाउन पच्चीस वर्ष पुरानो मूर्तिले दूध पिउने घटनाबाट सुरुवात गर्नु पर्छ। केवल यो भन्न सकिन्छ कि यो “झूटको क्रान्ति” हो। जुन केवल भारतमा मात्र नभइ आफूलाई प्रगतिशील भन्ने युरोपेली देशहरू र अमेरिकामा समेत भयो।

    पर्चा नबाँडे अनिष्ट हुने 
    गणेशलाई दूध खुवाउनु अघि साना शहर र शहरहरूमा धर्मको चमत्कारबारे पर्चा  वितरण गरिएको थियो। ती पर्चामा सन्तोषी माता र बजरंग बली प्रकट हुने वा सपनामा आउने लेखिएका हुन्थे। ती सबै पर्चाको अन्त्यमा एउटा धम्कीपूर्ण सन्देश  हुन्थियो। त्यो के भने यदि तपाईंले १०० वा १००० यस्तै पर्चा छाप्नुभएन भएन भने तपाईंलाई अनिष्ट वा  विपत्ति हुनेछ। यदि तपाईं त्यस्ता पर्चाहरू प्रिन्ट गर्नुहुन्छ र बाँड्नुहुन्छ भने चमत्कार हुनेछ। आज यस्तै केही म्यासेन्ज, व्हाट्सएपमा आइरहेका हुन्छन्।

    मुलुकको मिडिया प्रणाली नयाँ प्रविधिको माध्यमबाट प्रगति हुँदै जाँदा झूटको यो यात्रा पनि यस्तै मार्गमा चलिरहेको छ। यस मार्गका लागि मोबाइल, इन्टरनेट, सोशल मिडिया जस्ता नयाँ हतियारहरू हाम्रा हातमा आइपुगेका छन्ए। र उनीहरूबाट फैलिएको असत्य नै देशमा घटेका हिंसात्मक घटनाहरू र दंगाको परिणामका रूपमा हेरिएको छ।

    मूलधारका मिडियामा त्यस्तै आधारमा प्रसारण मिडियामा समाचार संकलन र प्रसारित गर्ने व्यवसाय राजनीतिक दलका नेताहरूका भनाइहरूको केही अंश कटौती नगरी फस्टाउँदैछ।

    झूटको सेवा गर्दै मिडिया
    नक्कली समाचारको यस व्यवसायको बिचमा, उनीहरूलाई पर्दाफास गर्ने केहि प्रयासहरू पनि शुरु भएका छन्। , तर “झूटाको कुनै खुट्टा हुँदैन” भन्ने भनाइको नयाँ प्रसंगमा अर्थ परिवर्तन भएको छ। यो उखान यस प्रकारले भनिएको छ: “सत्यको उदय हुनु अघि झुट सारा संसारको चक्कर लगाएर आइसकेको हुन्छ”। झूट अब गतिशिल भएको छ र यसलाई गतिशील बनाउन ती माध्यमले गरिरहेका छन् जसले सत्यको सामना गर्नुपर्दथ्यो। आज फैलिएको झूट अब योजनाबद्ध ढंगले प्रस्तुत गरिएको छ।

    मिडियाको भूमिका र यसको नयाँ अवतारको बारेमा, उच्च अदालत र सर्वोच्च अदालतले पनि केही टिप्पणी गरेको छ – ‘अभिव्यक्ति स्वतन्त्रताका पनि केही सीमा हुनुपर्छ।’ तर यो बहस अहिले जारी छ।

    समाचारको नाममा एजेन्डा?
    समाचार च्यानलहरूका स्टुडियोहरूमा अदालत बनाउनु र एजेन्सीहरूको आधिकारिक बयान आउनु भन्दा पहिले उनीहरूको एजेन्डा बमोजिम धेरै नक्कली समाचारहरू दिइरहन्छ। सरकारहरू मौन दर्शक नै रहन्छन् र विपक्षी दलहरू यस मामलामा त्यति आक्रामक हुँदैनन् जति उनीहरु हुनुपर्थ्यो ।

    चुनाव हुनु भन्दा अघि कंग्रेस पार्टीले यस्ता बहसमा आफ्ना प्रवक्ता नपठाउने निर्णय गरेर प्रतीकात्मक विरोध पनि जनाएको थियो। यस्तै एक बहसपछि का‍ंग्रेसका एक राष्ट्रिय स्तरका प्रवक्ता राजीव त्यागीको हृदयघातको कारण मृत्यु भयो। तर फेरि कांग्रसका प्रवक्ता यस्ता समाचार च्यानलहरूको स्टुडियोमा जान थालेका छन्।

    सरकारी तंथ्याङ्क माथि प्रश्न
    सरकारको योजना, देशको सुरक्षा, आर्थिक अवस्था, पेशा देखि उपचारसम्मका सुविधाहरुको सरकारी तथ्याङ्कहरु सही छ कि छैन भन्ने प्रश्न उठ्न थालेको छ? सत्यको काउन्टर-आरोपहरू केवल सत्तारुढ पार्टी र विपक्षी दलहरूबीच मात्र छैनन्। देश र विश्वका धेरै एजेन्सीहरू वा विज्ञहरूले यी तथ्यांकहरूको सत्यतामाथि प्रश्न गरिरहेका छन् र उनीहरूको आफ्नै अनुसार समीक्षा पनि गरिरहेका छन्। तर असत्य सामू सत्य पराजित भएको देखिन्छ।

    यद्यपि हाम्रो देशका अभिनेताहरू हुन् या नेता हुन्, उनीहरूले आफ्नो ट्वीटमा “सत्यलाई अपमानित गर्न सकिन्छ र पराजित गर्न सकिन्न” भन्ने कुरा उल्लेख गरिरहन्छन् तर उनीहरूले कुन चाँही सत्य कुरा गर्छन् भन्ने कुरा बुझ्नुपर्दछ। देशका पिता महात्मा गान्धीले “सत्यको प्रयोग” भन्ने पुस्तक लेखेका थिए, तर स्वतन्त्र भएपछि आज राजनीतिज्ञहरू चाहे गान्धीको विचारधाराको विपक्षमा छन् वा उनीहरूका आफ्नै समर्थकहरू “असत्यको प्रयोग” मा संलग्न छन्।

    प्रजातन्त्र र स्वतन्त्रताको कुरा गरिरहेका व्यक्तिहरूले अगस्ट १५ र जनवरी २६ का मितिहरू र देशहरूमा ठूलो परिवर्तनको लागि आधारशिला भएको मितिहरू पनि सम्झनु पर्छ, यो “झूट तन्त्र” कै भए पनि! यस्ता दिनहरुलाई झुटा/निषेध दिवस जस्ता दिनहरू मनाएर हामीले मानिसहरूलाई चेतावनी दिनुपर्दछ जहाँ झूटको जग राखिएको थियो।

    (२०२०, २३ सेप्टेम्बरमा सत्य हिन्दीमा प्रकाशित यो खबर नेपाल रिडर्सका लागि अनुवाद।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.