Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विश्वमा युरोपको बाटो के हुन्छ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ १०, २०७६
- यो हप्ता, समाचार
A A
0
19 January 2020, Berlin: Sentries of the Bundeswehr stand in front of the flags of the participating states of the Libya Conference in front of the Federal Chancellery. Heads of government from Germany, Turkey, France, Russia, Egypt and Great Britain discuss the future in Libya. The aim of the conference is a lasting ceasefire in the civil war country. Photo: Kay Nietfeld/dpa (Photo by Kay Nietfeld/picture alliance via Getty Images)

19 January 2020, Berlin: Sentries of the Bundeswehr stand in front of the flags of the participating states of the Libya Conference in front of the Federal Chancellery. Heads of government from Germany, Turkey, France, Russia, Egypt and Great Britain discuss the future in Libya. The aim of the conference is a lasting ceasefire in the civil war country. Photo: Kay Nietfeld/dpa (Photo by Kay Nietfeld/picture alliance via Getty Images)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सिग्मर गैब्रिएल, माइकल हेथर। ऐतिहासिक कारणहरूले गर्दा युरोपले लामो समयदेखि संयुक्त राज्य अमेरिकाको रणनीतिक छायामा बास गर्यो, जुन दशकौंको विश्वव्यापीकरण र द्रुत गतिमा विस्तार हुँदै गइरहेको समृद्धिलाई युरोप आफैंले लेखेको छ। तर विश्वव्यापी शक्ति सन्तुलन द्रुत गतिमा परिवर्तन हुँदै गइरहेको छ र यो गतिले युरोपलाई बढ्दो रूपमा पछि पारिरहेको छ।

    संयुक्त राज्य अमेरिकाको वैश्विक नेतृत्वबाट बर्लिन(युरोपेली संघ र विशेष गरी जर्मनी)ले पछि हटेको चुनौतीलाई सामना गर्न सकिरहेको छैन। तर, पश्चिमी देशहरूले चीनको नयाँ प्रतिस्पर्धात्मकता र रूसको उत्थानसँगै नजिकबाट सहयोगको लागि एक मार्ग खोज्नु पर्छ।

    त्यसका लागि पाँचवटा मुद्दा महत्वपूर्ण देखिन्छ। पहिलो– जर्मनीसँग अमेरिकाको सम्बन्ध हो जुन अहिले गम्भीर तनावमा छ। किनकि जर्मनीको असफलता भनेको २०१४ को वेल्समा नाटो शिखर सम्मेलनमा सहमति भएको २ प्रतिशत रक्षा खर्च बढाउन नसक्नु हो जुन उसको लागि सेतो हात्ती सावित भइरहेको छ । जर्मनी प्रष्टसँग र ऐतिहासिक कारणले युरोपको सैन्य शक्ति बन्न हिचकिचाउँछ। यदि यसको खर्च प्रतिबद्धता पूरा गर्ने हो भने, यसले बुन्डेश्वर९जर्मनीको सैन्य संगठन(लाई प्रति वर्ष ८० अर्ब युरो ९८९ अर्ब डलर) विनियोजन गर्नुपर्ने हुन्छ, जुन फ्रान्सले खर्च गरेको भन्दा ४६ अर्ब युरो बढी हो।

    अझै, पूर्वी युरोपमा डर नबनाई यो गठबन्धनमा आफ्नो भूमिका खेल्न जर्मनीले आफ्नो जीडीपीको १.५ प्रतिशत सैन्य–कर्मचारी र अन्य सामग्रीमा खर्च गर्न सक्दछ भने बाँकी ०.५ प्रतिशत नाटोको अपरेसन बालाटिक्स र पोल्याण्डमा संचालन गर्न सक्नेछ । यसले पूर्वी सदस्य राष्ट्रहरूको क्षमतालाई बढाउन, उनीहरुलाई स्वरक्षक बन्न र रूसी आक्रामकताबाट आफूलाई बचाउन प्रोत्साहित गर्दछ।

    दोस्रो ठूलो मुद्दा युएस– ईयू सम्बन्ध हो। अमेरिका र युरोपले सामना गरिरहेका तात्कालिक चुनौतीहरू विगत सात दशकमा परिवर्तन भएका छन्। हालसालै रूसले आफ्नो प्रभाव क्षेत्र क्रेमिया, पूर्वी युक्रेन र अजोभको समुद्रमा विस्तार गरेको छ र चीनले युरेसियामा आर्थिक र प्राविधिक प्रभुत्व जमाउन थालिसकेको छ।

    उहि समयमा पश्चिमी प्रजातन्त्रले भूमण्डलीकरण, माइग्रेसन, टेक्नोलोजी र जलवायु परिवर्तनले ल्याएको संकटहरूसँग संघर्ष गरिरहेको छ। यही बीचमा बिग्रिएको आर्थिक सुरक्षा र सामाजिक एकतामाथि पपुलिस्ट र राष्ट्रवादी आन्दोलनले जनताको चिन्तालाई मातृभूमिको रक्षा गर्ने आश्वासन दिएर शहरी बुर्जवा र बहुराष्ट्रिय निगम विरुद्ध प्रयोगगरी शोषण गरिरहेका छन् जुन दोस्रो विश्वयुद्धदेखि नै जारी थियो ।

    पपुलिस्ट बयानबाजीको बाबजुद आर्थिक भूमण्डलीकरणले वास्तवमा समृद्धि ल्याएको छ र गरीबी घटाएको छ । र विश्वभरि नयाँ विकासका अवसरहरू खोलेको छ। तर पश्चिमको समर्थन बिना, यो प्रणाली कायम गर्न सकिँदैन। विश्व व्यवस्थाका लागि नयाँ सम्भावनाहरू खोल्न हामीलाई चाहिने कुरा भनेको नागरिक समाजको भूमण्डलीकरण हो, र जनता र समुदायहरूलाई यो राज्यलाई प्रभावकारी रूपमा कार्य गर्न सक्षम छ भन्ने कुरा सम्झाउनु पर्नेछ। त्यो काम शिक्षा, अनुसन्धान, र पूर्वाधारमा अधिक लगानीको साथ सुरू हुन्छ र सीमापार सहयोग र सांस्कृतिक विशेषताको सम्मान र सन्तुलन कायम गर्नुपर्नेछ।

    यसले हामीलाई तेस्रो मुद्दामा ल्याउँछ– रूस। यहाँ, इयुको सन्तुलित नीतिको अनुसरणले ट्रान्साटलान्टिक गठबन्धनको बीचमा घर्षण पैदा गरेको छ। जस्तो कि संयुक्त रूसी–जर्मन पाइपलाइन परियोजना नर्ड स्ट्रीम २ को तनावले देखाएको छ। जर्मन सरकारको दृष्टिकोणमा, नोर्ड स्ट्रिम २ मौलिक रूपमा आर्थिक मुद्दा हो। जे भए पनि, जर्मन, फ्रान्सेली, र अन्य यूरोपीयन कम्पनीहरूले यस परियोजनामा ठूलो लगानी गरेका छन अनि निजी युरोपेली ग्यास बजारमा हस्तक्षेप गर्नु गम्भीर राजनीतिक गल्ती हुनेछ।

    ग्यास बजारको उदारीकरणले वास्तवमा युरोपको ऊर्जा आपूर्तिको ठूलो विस्तारको लागि अनुमति दिएको छ। अन्ततः कम्पनीहरूले बजारको संकेत पछ्याए पछि उनीहरूले कसको ग्यास किन्ने भनेर निर्णय गर्नुपर्दछ। तर न त युरोपीयनहरूले युक्रेन जस्ता छिमेकी देशहरूको राजनीतिक स्वतन्त्रतामा हुने खतरालाई वेवास्ता गर्न सक्दछन्–जसले नर्ड स्ट्रिम २ बाइपास गर्दछ। सन्तुलनमा, द्रुत प्राकृतिक ग्यासको लागि थप टर्मिनलहरू निर्माण गर्ने क्रममा युरोपको उर्जा आपूर्तिलाई सुरक्षित गर्ने उत्तम तरिका भनेको यूरोपको प्राकृतिक ग्यास पूर्वाधारको विस्तार र थप एकीकृत गर्नु हो। यस तरिकाले, कुनै पनि देश रुसी ऊर्जामा निर्भरताको परिणामस्वरूप बंधक बनाउन सकिँदैन।

    चौथो मुद्दा चीन हो, जसले स्पष्ट पार्दछ कि त्यसले अन्तर्रा्ष्ट्रिय शक्ति सन्तुलनको संशोधन खोज्छ। यसका लागि ट्रम्प प्रशासनले चीनलाई व्यापारमा सहि चुनौती दियो। जब एउटा देशले विश्वको पाँच भागको दुई भाग बराबरको आर्थिक हिस्सा ओगट्छ उसले सबैलाई लागू हुने नियम अन्तर्गत गरिने व्यापारले “निष्पक्ष व्यापार“ गर्न सक्दैन। चीनले आफ्ना उद्योगहरूमा अनुदान दिन्छ, यसको बजारमा पहुँच सीमित गर्दछ, र नियमित रूपमा बौद्धिक सम्पत्ति अधिकारहरूको उल्लंघन गर्दछ। यसबाहेक, चीनको अधिनायकवादी राज्यको पूँजीवादको मोडेलले दोहोरो चुनौती खडा गर्छ, किनकि यसले आर्थिक प्रतिस्पर्धा र वैकल्पिक राजनीतिक मोडेल दुबै प्रतिनिधित्व गर्दछ। यस्तै, युरोपियन युनियन र अमेरिकाले तुरुन्तै चीनसँग सम्झौताको लागि स्पष्ट, पारस्परिक सहमत नियमहरू बनाउनु पर्छ।

    पाँचौं प्रमुख मुद्दा फराकिलो विश्वमा युरोपको भूमिका हो। यदि युरोप नयाँ चीन–अमेरिकी प्रतिस्पर्धाको वास्तविकतामा सजग भएन भने, युरोप भौगोलिक राजनीतिक अप्रासंगिकताको स्थितिमा जान सक्छ। वास्तवमा, युरोपको खस्कँदै गइरहेको वैश्विक महत्वका संकेतहरू पहिले देखि नै छन्। युरोपेली परिधि वरिपरिका युद्ध र द्वन्द्वमा अन्य शक्तिहरू निर्णायक बनिरहेका छन्। युरोपले ती युद्ध र द्वन्द्व समाधानमा कुनै स्पष्ट भूमिका खेलिरहेको छैन।

    युरोपको हिचकिचाहटमा आफ्नै प्रकारको एक ऐतिहासिक आयाम छ। राम्रो कारणका लागि युरोपेली युनियन लामो समयदेखि अमेरिकी सुरक्षा छाता मुनि रहन्छ, तर यसले युनियनको प्रभावकारितालाई कमजोर पनि बनाइदिन्छ। तर युरोपको भौगोलिक अवधारणा मार्शल योजनामा आधारित अमेरिकी कलाकृति हो। नाटोको पहिलो सेक्रेटरी जनरलको रूपमा हेस्टिंग्स ईस्माएले प्रख्यात उक्ति उल्लेख गरे कि नाटोको उद्देश्य “रुसीहरूलाई रोक्नु, अमेरिकीहरू र जर्मनहरूलाई तल राख्नु थियो।“

    १९५० को दशकदेखि धेरै परिवर्तन भएको छ। आज, हामी युरोपियनहरूले केवल बिस्तारै बुझ्न थालेका छौं कि हामीले एक्काईसौं शताब्दीको भौगोलिक वास्तविकतामा छाँटकाँट गर्नुपर्छ। एट्लान्टिक युगले प्रशान्त युग को मार्ग दिदैछ। युरोपियनहरूले कुनै पनि भ्रमलाई समेट्नुपर्दैन जुन आफैंमा राम्रोसँग परिणत हुनेछन्। अबको समय भनेको साहस र इच्छाशक्ति बढाउने र हाम्रो रणनीतिक चासोहरूको लागि उत्तरदायी हुनुपर्नेछ।

    जनवरी २१, २०२० सिग्मर गैब्रियल र माइकल हेथर
    सिग्मार गेब्रियल–जर्मनीका पूर्व उपकुलपति र विदेश मंत्री सिग्मर गब्रिएल एट्लान्टिक–ब्रोकका अध्यक्ष हुन्।

    माइकल हेथर– जर्मन इकोनोमिक इन्स्टिच्युटका निर्देशक तथा अध्यक्ष मण्डलका सदस्य हेथर एट्लान्टिक–ब्रोकका उपाध्यक्ष हुन्। साभार– प्रोजेक्ट सिण्डिकेटबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.