Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
Thursday, May 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रदुषण र अमिर खानको पटका विरोधी विज्ञापन

पटका, हल्ला र आतसावाजीमा रमाउने पुरानो मनोविज्ञानलाई छाडौँ। शान्त र रङमय प्राकृतिक फूलहरूमा पर्व मनाउँ। प्लास्टिकजन्य तथा रसायनजन्य प्रदुषणलाई कम गरौँ।

nepal_readers nepal_readers
कार्तिक १७, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘सिएट’ टायरको पहलमा, दिपावलीमा हुने पटकाबाजीविरुद्ध निर्माण गरिएको एक विज्ञापनमा चर्चित भारतीय फिल्म अभिनेता अमिर खानले छोटो अभिनय गरे। विज्ञापनमा खानले दीपावलीको अवसरमा सडकमा पटका नपड्काउन सबैसँग आग्रह गरे। अन्धाधुन्ध पटाका पड्काउनाले सडकमा यातायातमात्र अवरुद्ध हुने होइन, प्रदूषण पनि फैलन्छ। पटका पड्काउँदा कतिपय अवस्थामा मान्छे घाइते पनि हुन्छन्, कहिलेकाहिँ त मान्छेको ज्यानैसमेत जान्छ। यसबाहेक पटाकाको नाममा हामी विदेशी कम्पनीहरूलाई धनी बनाइरहेका छौँ। अचेल भारतमा समेत चीनियाँ पटका पड्कन थालेका छन्।

    आजभोली जब चलचित्र कलाकारहरूले कट्टु, गञ्जी र जुत्ताको विज्ञापनमा खेल्छन्, मलाई त्यस्तो देख्दा दिक्क र लाज लाग्छ। तिनीहरू केवल आफ्नो सेलिब्रिटीहुड र लोकप्रियताको आडमा मात्रै व्यापार गरिरहेका छन्। म बिरलै भारतीय सिनेमा हेर्छु। त्यसो हुँदाहुँदै पनि अमिर खानलाई एक फरक प्रकारको र अब्बल अभिनेताका रूपमा लिन्छु। म अमिर खानजस्तै हाम्रा सबै अभिनेता र अभिनेत्रीहरूलाई त्यस्ता विज्ञापनहरूमा भाग लिउन् भन्ने चाहन्छु, जसले आम जनतालाई समाज सुधारको लागी प्रेरित गर्दछन्। यस कार्यले अपराध घटाउनेछ र सरकारको बोझ पनि हलुका हुनेछ। तर आमिर खानले टायरको विज्ञापनमा खेलेको कुरालाई साम्प्रदायिक रंग दिनु कदापि उचित छैन।

    तर यति भन्दाभन्दै पनि यदि भारतलाई पूर्ण रूपमा धर्म निरिपेक्षताको अभ्यास गराउने हो भने कर्नाटकका सांसद अनन्त हेगडेको माग पनि जायजै छ। अनन्त हेगडे भन्छन्, ‘मन्दिर होस् या मस्जिद, लाउडस्पीकरबाट चर्को आवाजमा वस्तीहरूलाई लक्षित गरेर सुनाइने भजन र अजानबिरुद्ध अब आवाज उठाउनुपर्छ।’ मलाई लाग्छ सिएट टायरका हिन्दू मालिकले दीपावलीमा हुने पटाकाको प्रदुषणविरुद्ध पहल गरेझैं केही मुस्लिम समुदायका उद्योगीहरूले पनि अजानको ध्वनी प्रदुषणविरुद्ध पहल लिनु राम्रै हुन्छ। आमिर खान आफैँले पनि त्यस्तो पहल लिए त झनै राम्रो। उसो त भारतीय सर्वोच्च अदालतले अजानको आवाज दिने लाउडस्पिकरमाथि बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म प्रतिबन्ध नै लगाएको छ। स्मरण रहोस्, इन्डोनेसिया संसारको सबैभन्दा ठूलो मुस्लिम देश हो, त्यहाँ पछिल्लो हप्तामात्रै धेरै प्रकारका धार्मिक प्रतिबन्धहरूको घोषणा भएको छ।

    म आफँै १५–२० वटा मुस्लिम देशहरूमा बसेको छु। केही ठाउँहरूबाहेक, मैले नमाज वा अजानको नाममा कहिल्यै कुनै चर्को आवाज सुनेको छैन। ५२ वर्षअघि अफगानिस्तानको हेरात शहरमा ‘मिश्रको कुरान’का सुमधुर पदहरू सुन्दा म छक्क परें। कुनै पनि धर्मशास्त्रमा यसका मन्त्र, श्लोक वा वाणीहरू कान फुट्नेगरी चर्को आवाज लगाएर पढ्नुपर्छ वा सुन्नुपर्छ भनी कतै लेखिएको छैन। र, यदि लेखिएकै छ भने पनि त्यो गलत हो। हाम्रा गीतहरू अरुले चर्को आवाजले सुन्दा तिनको हृदयमा कस्तो प्रतिक्रिया हुन्छ? यसबारे हामी सोच्छौं वा सोच्दैनौं? यसबारे हामीले ध्यान दिनुपर्दैन? यदि भगवान वा अल्लाह सर्वशक्तिमान र सर्वव्यापी हुनुहुन्छ भने, उहाँलाई तपाईंको चर्को आवाज किन आवश्यक छ? मुर्ती पुजाबारे हिन्दूहरूको चर्को आलोचना गर्ने सन्त कबीरले अजानको हल्ला नमच्चाउन उहिल्यै सल्लाह दिएका थिए :

    कांकर–पाथर जोडि़के मसजिद लई चुनाय।
    ता चढि़ मुल्ला बांग दे, बहरा हुआ खुदाय ।।

    (ढुङ्गाले बनेको मस्जिदमा मुल्ला चर्को स्वरमा अजान गाउँछौ। के भगवानले कान सुन्दैनन् र?)

    पटकाले गम्भीर वातावरणीय क्षति

    सन् २०२० मा भारतको उत्तर प्रदेशका १३ जिल्लामा वायु प्रदूषणको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै त्यहाँको सरकारले एनजीटी (भारतको वातावरणीय निकाय)को आदेशमा पटाका पड्काउनमै प्रतिबन्ध लगाएको थियो। दिल्ली सरकारले नोभेम्बर ७ देखि नोभेम्बर ३० सम्म ‘हरियो पटाका’सहित सबै प्रकारका पटाकाहरूमा प्रतिबन्धको घोषणा गरेको छ। वातावरणमा कम क्षति पुर्याउने खालका पटकालाई हरियो पटाका भनिने गरेको छ। यद्यपि, यस्ता पटाकाले पनि वातावरणलाई क्षति पुर्याउँछन्।

    त्यस्तै, भारतकै ओडिसामा नोभेम्बर १० देखि नोभेम्बर ३० सम्म पटाका पड्काउन प्रतिबन्ध छ। पश्चिम बंगालमा पनि गतबर्ष काली पूजा, दिपावली र छठको समयमा पटाका बेच्न र पड्काउन प्रतिबन्ध लगाइएको थियो। गत ४ अक्टोबरमा, एनजीटीले २३ राज्य र केन्द्र शासित प्रदेशका १२२ शहरहरूको हावा लगातार खराब भइरहेको बताएको थियो।

    आईआईटी कानपुरको सिभिल इन्जिनियरिङ विभागका प्राध्यापक एसएन त्रिपाठी भन्छन्,‘हामीले दिपावलीको समयमा पटाइएका पटकाले सिर्जना गर्ने प्रदूषणबारे अनुसन्धान गरेको थियौं। त्यसमा दिपावलीको दिन पटाका पड्काउँदा दुई–तीन दिनसम्म हावा प्रदुसित हुने गरेको पाइयो। यसमा भारतको सर्वोच्च अदालतले पनि सकारात्मक कदम चालेको छ। उसले अक्टोबर २०१८ मा, पटाकाको बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउन नमाने पनि ‘सुरक्षित र हरियो’ पटाकाको बिक्री र प्रयोगमा छुट दिन निर्देश गरेको थियो।

    हरियो पटाका

    सन् २०१८ मा सर्वोच्च अदालतले ‘हरियो पटका’को परिभाषा दिएको थियो। जसअनुसार हरियो पटाकामा कण पदार्थ १५–२०% कम हुन्छ, धुवाँ पनि कम आउँछ र यो आम पटाकाभन्दा ३०–३५% कम प्रदुषक छ। यस्तो पटकामा नाइट्रोजन अक्साइड र सल्फर डाइअक्साइडमा अरुमा भन्दा कम हुन्छ। यसबाहेक ग्रिन पटकामा सिसा, पारा, लिथियम, आर्सेनिक र एन्टिमोनीजस्ता कुनै पनि प्रतिबन्धित रसायन पटाकामा प्रयोग गर्ने अनुमति हुँदैन।

    त्रिपाठी भन्छन्, ‘हरियो पटकाले प्रदुषण कम गर्छ तर प्रदुषण त गर्छ नै। र, यस्ता पटकाले पनि वायु प्रदुषण हुनेमात्रै होइन, थोरै पनि असावधानीले मान्छेहरू घाइते हुनसक्छन्। ज्यानै जान सक्छ। ग्रिन होस् वा सामान्य, त्यसले बालबालिका, जनावर र चराचुरुङ्गीलाई समेत असर गर्दछ। पटका फ्याक््ट्रीमा हुने दुर्घटना र मृत्युका कुरा छाडौँ, हरेक बर्ष चाडबाड मनाउने क्रममा पटकाकै कारण आगलागी र धनजनको क्षति पनि हुने गरेको छ।’

    अतः पटका, हल्ला र आतसावाजीमा रमाउने पुरानो मनोविज्ञानलाई छाडौँ। शान्त र रङमय प्राकृतिक फूलहरूमा पर्व मनाउँ। प्लास्टिकजन्य तथा रसायनजन्य प्रदुषणलाई कम गरौँ।

    यो पनि हेर्नुहोस् –

    सत्यहिन्दीमा डा. वेदप्रताप वैदिकको लेख तथा अन्य एजेन्सीको सहयोगमा।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.