Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

फ्रान्सेली क्रान्तिको पाठ र नेपाली क्रान्तिका चुनौती

नेपालका कम्युनिष्ट भनिने पार्टीमा समेत दलाल पुँजीवादीहरूको हालिमुहाली छ। दक्षिणपन्थी, नवमण्डले र वामपन्थकै नकाव लगाएका मण्डलेहरू पनि प्राप्त प्रगतिशिल उपलब्धिहरूका विरुद्ध निरन्तर लागिरहेकै छन्। तसर्थ नेपाली क्रान्तिकारीहरूले पनि यदि लक्ष्यमा पुग्ने नै हो भने फ्रान्सेली क्रान्तिकारी जनताले जस्तै निरन्तर र आवश्यक परे निर्मम संघर्षका लागिसमेत सधैँ तयार रहनुपर्छ।

nepal_readers nepal_readers
चैत्र १८, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् १७८९ मा भएको आधुनिक युरोपको इतिहासमा सबैभन्दा असाधारण क्रान्तिका रुपमा स्थापित फ्रान्सेली राज्यक्रान्ति सामन्तवादी व्यवस्थाविरुद्ध विशाल, निर्मम, रक्तपातपूर्ण र सम्झौताहिन क्रान्ति थियो। फ्रान्सका मध्यम वर्गीय नागरिकको नेतृत्वमा तत्कालिन निरंकुश राजतन्त्र विरुद्ध गरेको कठोर क्रान्ति भएकाले यस क्रान्तिलाई पूँजीवादी क्रान्ति पनि भनिन्छ। यो कुनै एक पटकको महान् संघर्षबाट आएको क्रान्ति थिएन। क्रान्तिपश्चात पनि पटक पटक राजतन्त्रको स्थापना भएको थियो। तर पनि उक्त क्रान्तिले आफ्नो लक्ष्य हासिल नगर्दासम्म संघर्षलाई निरन्तरता दिएको थियो। तसर्थ, क्रान्तिकारीहरुका लागि अहिले पनि फ्रान्सेली क्रान्तिको इतिहास ठूलो शिक्षाको स्रोत हो।

    दन्त्य कथाजस्तो इतिहास

    १८ औँ शताब्दीमा फ्रान्सका राजा थिए–लुई द फोर्टिन्थ। भएजति सबै राज्यशक्ति राजाको दरबारमा थियो। लुई स्वेच्छाचारी, अति विलासी र लडाईं मनपराउने, आसेपासे भाइभारदारलाई भएभरको बक्सिस उपहारको बन्दोबस्त गराउन खोज्ने, आलिसान जीवनयापन खोज्ने र सेवाचाकरी चाहिने व्यक्ति थिए। फ्रान्समा युद्धको उन्माद उनका बाजे बराजुकै पालादेखिको थियो। युरोपका धेरै युद्धहरूमा सहभागी पनि हुँदै आएका कारण त्यतिखेर फ्रान्स राज्य जसोतसो चल्दै थियो। तत्कालीन युवराज लुई द फोर्टिन्थका ज्येष्ठ पुत्र युवराज लुईले १७११ मा प्राण त्यागे। युवराज लुईका पनि ज्येष्ठ सुपुत्र तथा फ्रान्सेली नरेश लुई द फोर्टिन्थका नाति लुई पनि आफ्ना बाबुको निधन भएको एक वर्ष नबित्दै बिते। नाति लुईको वंश धान्ने सन्तानमा दुई पुत्रहरू थिए– माइला र कान्छा।

    नाति लुईका जेष्ठ पुत्र सन् १७०४ मा जन्मेका थिए, १७०५ मै मरे। नाति लुईका माइला छोरा पनि ५ वर्षको उमेरमा नै सन् १७१२ मा बिते। राजाका कान्छा छोरा पनि सिकिस्तै बिरामी थिए, तर जसोतसो बाँचे। अब राजा हुने लाइनको एक नम्बरमा आए, नाति लुईका कान्छा छोरा, बर्बन। नरेश लुई द फोर्टिन्थको सन् १७१५ देहान्त भयो। राजा बन्ने पालो आयो नरेश लुई द फोर्टिन्थका पनातिको। यि लुई द फिफ्टिन्थ भनेर कहलाउँछन्। राजाको गद्दीमा बस्दा लुई द फिफ्टिन्थको उमेर केबल ६ वर्षको थियो।

    उनले जवान नहुँदासम्म आफैँ शासन गर्न भने पाएनन्। लुई द फोर्टिन्थ मर्नुअघि एक कबोलनामा गरेर प्रतिनिधिहरुबाट लुई द फिफ्टिन्थ् लक्का जवान नहुँदासम्म शासन गर्ने व्यवस्था मिलाएका रहेछन्। नरेश लुई द फोर्टिन्थका झड्केला छोराहरु पनि कच कच गरिरहेका रहेछन् त्यसबेला। उनीहरूलाई पनि शासन प्रतिनिधिमण्डल तथा दरबारमा राम्रै सम्मानजनक स्थान दिएका रहेछन् लुई द फोर्टिन्थले।
    बालक राजा देखेपछि शक्ति हत्याउनका लागि दरबारभित्र किचलो सुरु हुनु सामान्य हो। तैपनि उनलाई र उनको राजकीय शक्ति जोगाएर राख्न त्यतिबेलाका धर्माधिकारी, न्यायाधिकारी, कार्यकारी शासनाधिकारी, सैन्याधिकारी तथा उनको प्रतिनिधित्वमा शासन चलाउनेले कुनै कसर बाँकी राखेनन्। लुई द फिप्टिन्थले १७२३ मा सक्रिय शासन चलाउन थाले।

    त्यतिबेला युरोपका विभिन्न मुलुकमा राजाको पद हत्याउने विषयमा एक देश र अर्को देशबीच लामो समयसम्म युद्ध चलिरहेको थियो। तैपनि फ्रान्स जसोतसो अघि बढि नै रहेको थियो। लुई फिफ्टिन्थले सन् १७२६ मा मुख्यमन्त्री बनाएका हेक्युल ड फ्ल्येरी भन्ने व्यक्ति राजाको प्रतिनिधिको रुपमा जिम्मेवार थिए। फ्ल्येरीको १७४४ मा निधन भयो।

    त्यसपछि नरेश लुईले फ्रान्सेली राज्यसञ्चालनको सबै जिम्मा आफ्नो हातमा लिन पुगे। यसअघि राजनीति र राज्यसञ्चालनका विषयमा कुनै ज्ञान नभएका लुई द फिफ्टिन्थले राज्यसञ्चालनमा अकर्मण्यता देखाउन थाले। अब फ्रान्सको अवस्था सबै लथालिङ्ग भयो। उनको राज्यकालमा फ्रान्सको सामाजिक, आर्थिक, प्रशासनिक, सैनिक, न्यायिक, नैतिक सबै क्षेत्र रसातलमा पुग्न लाग्यो। राजकीय सुखशयलमा हुर्केका लुई द फिफ्टिन्थले राज्य सञ्चालनमा खेलवाड गर्न थाले।

    मोजमस्ती र भोगविलास

    उनलाई सुख सुविधा भए केही नचाहिने भयो, राज्य चलाउने विषयमा उनलाई मतलब भएन। उनका मन्त्रीहरु र प्रधानमन्त्रीले पनि उनलाई राज्य सञ्चालन र राजनीतिबाट टाढै राख्ने र आफू बलियो हुने उपाय खोजे। युद्धले फ्रान्सको एकपछि अर्को गरी उपनिवेशहरू गुम्दै जान थाले। लुई द फिफ्टिन्थका १० सन्तान ८ छोरी र दुई छोरा थिए। दुई छोरामध्ये जेठा छोराको बालखैमा देहान्त भएको। अर्का कान्छा छोरा पनि राजा बन्न नपाइकनै सन् १७६५ मा मरे। यद्यपि, उनले बर्बन कुलका लागि छोराहरू जन्माइदिएका थिए। उनकै ज्येष्ठ पुत्र तथा लुई द फिफ्टिन्थका नाति पछि लुई द सिक्सिटिन्थ भनेर कहलाए। फ्रान्सको अवस्था बिजोग बनाएर लुई द फिफ्टिन्थ सन् १७७४ मा मरे।

    अब लुई द फिफ्टिन्थको गद्दि धान्न आएपुगे उनका नाति लुई द सिक्सिटिन्थ। लुई द सिक्सटिन्थले राज्य सञ्चालन गर्नु त कता हो कता, मोजमस्ती र भोगविलासमै आफ्नो दिनचर्या बिताउन थाले। लुई द सिक्सटिन्थको स्वेच्छाचारीता यसअघिका राजाहरूको भन्दा कडा, थियो। उनको जीवनयापन पनि उस्तै रह्यो। मोजमस्ती, सामान्य जनतामाथि शोषण, उत्पीडन र करको भार, राज्यकोषको समस्त सम्पत्ति राजाका लागि खर्च गर्न प्रयोग हुँदै आएपछि जनतामाथि कर लगाउनबाहेक के नै बाँकी रह्यो? त्यसबाहेक त्यतिबेला चर्चले पनि बेग्लै कर उठाउने गरेको थियो। जनता राजा, चर्च तथा स्थानीय सामन्तहरूबाट प्रताडित थिए।

    जब जनता जागे

    फेरि लुई फिफ्टिन्थकी पत्नी मेरी अन्टोनेट पनि उस्तै भोगविलास मन पराउने, नयाँ–नयाँ कपडा र गरगहना लगाउनुपर्ने खालकी थिइन्। त्यतिमात्र नभएर उनको सम्बन्ध अन्य पुरुषहरुसँग समेत रहने गरेको ईतिहासकारहरु बताउँछन्। राजा दिन प्रतिदिन भोगविलासी बन्दै जाने, जनताहरूमाथि करको भार, भोकमरी र गरिबीले आक्रान्त थिए। अब बिस्तारै गाउँगाउँबाट मानिसहरु पेरिस आएर राजाको दरबार अघि प्रदर्शन गर्न लागे।

    अब फ्रान्सेली जनताहरुले राजा फाल्ने निधो गरे। गाउँ गाउँबाट मानिसहरू शहर निस्के, हतियार बोकेर। यो सन् १७८९ को। क्रान्ति सन् १७९९ सम्म जारी रह्यो। पछि क्रान्तिकारीहरू विजयी भए। राजा लुई द सिक्सिटिन्थ र रानी मेरी अन्टोनेटलाई बीच चोकमा ल्याइयो। गुलेटिनले उनीहरूको घाँटी छिनालियो। त्यसपछि फ्रान्समा जनताको प्रतिनिधिले मात्रै शासन गर्न पाउने नियम ल्याइयो, मानवअधिकारको सुनिश्चितता भयो, चर्चको सबै शक्ति खोसियो। यसले फ्रान्समा सामन्तवादको अन्त्य भयो। दासप्रथा अन्त्य गर्ने सन्दर्भमा यो क्रान्तिले महत्वपूर्ण भूमिका खेल्यो। यसले मानिसहरूमा कट्टर राष्ट्रप्रेमको भावना उजागर ग¥यो। यो क्रान्तिले राजा अथवा कुनै निरंकुश तानाशाहकविरुद्ध आवाज उठाउनु जनताको हक मात्रै नभई कर्तव्य समेत भएको सिद्ध गरिदियो।

    क्रान्तिका मुख्य कारणहरु

    फ्रान्सेली क्रान्तिको मुख्य कारण अत्यन्तै विलाशी र निरंकुश सामन्तवादी राजतन्त्र नै थियो। फ्रान्सको राजतन्त्रको विलाशितालाई पुष्टि गर्ने भर्साइलको दरवार निकै चर्चित छ। यो दरवार निकै विशाल थियो, जसमा १८ हजार मानिसहरु बस्थे । तीमध्ये १६ हजार त राजा र राजपरिवारको सेवामै खटिन्थे। रानीको सेवाका लागि मात्र पाँच सय नोकरचाकरहरु राखिएको थियो। राजाको तबेलामा १९ हजार घोडाहरु र २ सय बग्गीहरू थिए। यसका लागि मात्रै वर्षमा ४० लाख डलर खर्च हुन्थ्यो। राजाको डाइनिङ टेबलको मूल्य १५ लाख डरल थियो। दरबारमा यस्तो विलाशिता थियो तर फ्रान्सेली जनता भने भोकभोकै मरिरहेका थिए। नागरिकलाई धार्मिक, सामाजिक, आर्थिक र कुनै पनि राजनीतिक स्वतन्त्रता थिएन।

    सामाजिक रूपमा तत्कालिन फ्रान्समा विभिन्न वर्गहरू थिए। त्यसमा चर्चका एकथरी पादरीहरूको राज्य सञ्चालनमा मुख्य भूमिका रहन्थ्यो। चर्चको शक्तिका कति थियो भन्ने सन्दर्भमा इतिहासकार हेजेनको भनाइले पनि पुष्टि गर्दछ। हेजेनले चर्चलाई ‘राज्यभित्रको राज्य’ भएको बताएका छन्। चर्चको आफ्नै कानुन, आफ्नै न्यायालय र प्रशासन थियो, आफ्नै अर्थतन्त्र थियो। किसानहरूबाट चर्को कर असुली गरिन्थ्यो। यसमा पनि तल्लो तहका पादरीहरु उपल्लो दर्जाका पादरीहरुबाट हेपाइमा परेका थिए। त्यहाँ अन्तरविरोध पनि थियो। ती पुजापाठको काम गर्ने पादरीहरूको संख्या ठूलो थियो। उनीहरुले पनि राजतन्त्र र चर्चको अन्यायका विरुद्ध गरिएको फ्रान्सेली क्रान्तिको समर्थन गरेका थिए।

    फ्रान्समा अर्को कुलिन वर्ग थियो। कुलिन वर्गका व्यक्तिहरुलाई राज्य, चर्च र सेनाको उच्च पद दिइन्थ्यो। उनीहरू आफैँमा जमिन्दार पनि थिए। कुलिनहरूसँग फ्रान्सको एक चौथाइ जमिन थियो । उनीहरूले राज्यलाई कर तिर्नु नपर्ने मात्र होइन, जनताबाट निर्वाद रूपमा कर असुलीसमेत गर्न पाउने अधिकार थियो। फ्रान्सका जनताहरु चर्च र कुलिनहरूको चरम शोषण व्यहोर्न बाध्य थिए।

    फ्रान्सेली क्रान्तिमा किसान मुख्य शक्ति थयो तर यस क्रान्तिको मुख्य नेतृत्व भने बुर्जुवा वर्गले गरेको थियो। फ्रान्समा त्यो समय दुईथरी किसानहरु थिए–स्वतन्त्र र भूदास। भूदास–किसानहरूसँग आफ्नो जमिन हुँदैन थियो। उनीहरूले कुलिनहरूको जमिनमा काम गर्थे। किसानहरू तेस्रो दर्जाका नागरिकमा गनिन्थे। भूदासहरूको अवस्था निकै दयनीय थियो। उनीहरू कुलिनहरुले जमिन बेचे भने जमिनसँगै बेचिन्थे। स्वतन्त्र किसानहरूसँग आफ्नो जमिन त हुन्थ्यो तर उनीहरूले चर्काे कर तिर्नुपर्दथ्यो।

    आफ्नो उब्जनिको करिब ८० प्रतिशतसम्म करका रुपमा चर्च र कुलिनहरुलाई बझाउनुपर्ने भएकाले उब्जनीको २० प्रतिशतबाट उनीहरूले आफ्नो गुजारा चलाउनुपथ्र्यो। त्यही भौतिक परिवेशका कारण किसानहरूका अगाडि क्रान्तिको अर्को विकल्प थिएन। त्यसैगरी फ्रान्समा उत्पादनको क्षेत्रमा मेसिनहरूको प्रयोगले घरेलु र साना उद्यमीहरु सडकमा पुगेका थिए। उनीहरू थोरै ज्यालामा ठूला कारखानाहरूमा काम गर्न बाध्य थिए, जसको कारण उनीहरु पनि क्रान्तिकै पक्षमा उभिए।

    निर्णायक : मध्यम वर्ग

    फ्रान्सेली क्रान्तिको निर्णायक वर्ग मध्यम÷बुर्जुवा वर्ग थियो । उनीहरु राज्य, पादरी र कुलिन वर्गबाट अपमानित थिए । मध्यम वर्गमा शिक्षित, बुद्धिजिवी, वकिल, पत्रकार, डाक्टर, लेखक, दार्शनि, कालिगड र व्यापारिहरु थिए । उनीहरु आर्थिक रुपमा पनि बलिया थिए, तर उनीहरुलाई पनि राज्यले राजनीतिक अधिकार दिएको थिएन । बुर्जुवा वर्ग सम्पान र राजनीतिक अधिकार चाहन्थे । राजतन्त्रसँग रुष्ट यो वर्ग सामाजिक र राजनीतिक रुपान्तरणको पक्षमा थिए । यही परिवेशमा किसानहरुले भोकभरी र अनिकालका कारण जमिन्दारहरुसँग निमर्म संघर्ष शुरु गरिरहेका थिए । सरकार टाट पल्टदै गएपछि मध्यम वर्गबाट सरकरले ऋण थिएको थियो।

    त्यो ऋण तिर्न नसके पनि उनीहरु सरकारको विरुद्धमा उत्रिए । त्यो वर्ग राजतन्त्रको स्वैच्छाचारीको विरुद्धमा पनि थियो । यी सम्पूर्ण परिणामस्वरुप मध्यम वर्ग क्रान्तिको नेतृत्व गर्न मैदानमा उत्रियो । किसान, मजदुर र मध्यमवर्गको सयुंक्त संघर्षबाट फ्रान्समा राजतन्त्रको पतन भएर पुँजीवादी गणतन्त्रको यदय भयो। यस क्रान्तिले पहिलो पटक संसारलाई प्रजातन्त्रको पाठ सिकाउँदै समानता, स्वतन्त्रता र भातृत्वको नाराई सिंगो युरोपमा जबर्जस्त स्थापित गरेको थियो। आज पनि फ्रान्सेली क्रान्तिले अगाडि सारेको समानता, स्वतन्त्रता र भातृत्वको माग पूरा हुन सकेको छैन। यही अधिकारका लागि आज पनि विभिन्न रूपमा संघर्ष र विद्रोहहरू भइ नै रहेको छ।

    फ्रान्सेली क्रान्तिले तत्कालिन राज्यव्यवस्थाको आमूल परिवर्तनको मार्ग प्रशस्त गरेको थियो। यस क्रान्तिको प्रभावले युरोपभरी नयाँ राजनीतिक उथलपुथलहरू आएका थिए। त्यसैगरी समाजवादी क्रान्तिका लागिसमेत यसले आधार तयार गरिदिएको थियो। पूँजीवादी व्यवस्थाले युरोपका मजदुरहरूको हालत निकै बिग्रँदै गएको अवस्थामा त्यस क्रान्तिले उत्पिडनमा परेका कारखानाका मजदुरहरूमा ठूलो जागरण ल्यायो। मजदुरहरूले आफ्नो हक अधिकारका लागि विद्रोह गर्न थाले।

    फ्रान्सेली क्रान्ति र नेपाल

    फ्रान्सेली क्रान्तिले राजारानीलाई काटेर गणतन्त्रको घोषणा गरेको थियो। तर त्यो गणतन्त्र नेपालमा जहानीय निरंकुश शासन ढालेर २००७ सालमा प्रजातन्त्र आयो भनिएजस्तै भयो। तिनै क्रान्तिकारीहरूले पछि सन् १८०४ मा नेपोलियन बोनापार्टको शासन स्विकार गर्नुपर्यो। फ्रान्समा १८१४ सम्म नेपोलियनले शासन गरे। उनको पतनसँगै त्यहाँ राजतन्त्रको पुनःस्थापना भयो। लुई अठारौँ फ्रान्सका राजा भए। राजतन्त्रीय शासनबाट असन्तुष्ट रहेका फ्रान्सका जनताले फेरि संघर्ष थाले। जसको परिणाम सन् १८४८ को क्रान्तिले राजतन्त्रको पुनः अन्त्य गरेर पूँजीवादी गणतन्त्रको घोषणा गर्यो।

    त्यसपछि नेपोलियन तृतीय शासनमा आए। उनले आफूलाई सम्राट घोषणा गरेपछि उनका विरुद्ध पनि फ्रान्सेलीहरूले संघर्ष गरे। १८७० मा फेरि अर्को क्रान्ति भयो, जुन क्रान्तिले फ्रान्समा गणतन्त्रको पुनःस्थापना गर्यो र फ्रान्सेली क्रान्तिले पूर्णता पायो। ८० वर्षे लामो संघर्ष श्रृंखलाहरूपछि फ्रान्सेली क्रान्तिकारी जनताले पूँजीवादी गणतन्त्र प्राप्त गरे। यो क्रान्तिले सिंगै युरोपको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा उथलपुथल ल्याएको थियो ।

    नेपालको इतिहासमा पनि राणशासन विरुद्धको कठोर संघर्षमा हजारौँ सपुतहरूले नागरिक तहबाट बलिदान गरे। तर २००७ सालमा तिनै राणाशासनविरुद्ध अथक संघर्ष गर्ने नागरिकले २०१७ मा आएर फेरि एकतन्त्रीय निरंकुश राजतन्त्रात्मक व्यवस्था स्वीकार गर्नुपर्यो। त्यसपछि करिब ३० वर्ष लामो निरंकुश पञ्चायती व्यवस्था नेपाली जनाले भोगे। ठूलै संघर्षबाट २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय प्रजातन्त्र स्थापना भयो तर राजतन्त्रको शासनबाट नेपाली नागरिकले उन्मुक्ति पाउन सकेनन्। फेरि पनि राजा ज्ञानेन्द्र शाहले निरंकुश राजाका रूपमा शासन गर्ने लालसा देखाए।

    तर माओवादीको नेतृत्वमा भएको दश वर्षे जनयुद्ध र सबै राजनीतिक दलहरुको संयुक्त जनआन्दोलनको बलबाट राजतन्त्रको अन्त्य भयो र नेपालमा लोकतान्त्रीक गणतन्त्र स्थापना भयो । फ्रान्सको पूँजीवादी क्रान्ति सम्पन्न भएको करिब डेढ सय वर्षपछि नेपालमा समाजवादी शक्तिको मुख्य पहलमा र पुँजीवादी शक्तिहरुसँगको पनि सहकार्यमा पुँजीवादी गणतन्त्र आयो। जनताको सत्ता स्थापना गर्ने भन्दै कम्युनिष्ट शक्तिहरूले करिब ७० वर्षको लामो संघर्ष गरिसकेका छन्। तर कम्युनिष्टहरुले भन्ने गरेको समाजवादी व्यवस्था आउन सकेको छैन। सामन्ती राजतन्त्रको स्थानमा पूँजीवादी गणतन्त्र आउनु रूपमा त ठूलै उपलब्धी भने हो। तर सारमा हेर्दा फरक के छ भने राजतन्त्रमा एउटै शासन वेहोर्न नागरिकहरू बाध्य थिए, अहिले चुनावको समयमा आफ्नो मताधिकारमार्फत शासक छान्ने अधिकार नागरिकले गर्न पाएका छन्।

    तर नेपालको राजनीतिले अहिले पनि सुशासन र समृद्धि दिन सकेको छैन। राजनीति, सरकार र कर्मचारीतन्त्र पहिलेजस्तै भ्रष्टाचारले गाँजिएको छ। नेपालका कम्युनिष्ट भनिने पार्टीमा समेत दलाल पुँजीवादीहरूको हालिमुहाली छ। दक्षिणपन्थी, नवमण्डले र वामपन्थकै नकाव लगाएका मण्डलेहरू पनि प्राप्त प्रगतिशिल उपलब्धिहरूका विरुद्ध निरन्तर लागिरहेकै छन्।

    तसर्थ नेपाली क्रान्तिकारीहरूले पनि यदि लक्ष्यमा पुग्ने नै हो भने फ्रान्सेली क्रान्तिकारी जनताले जस्तै निरन्तर र आवश्यक परे निर्मम संघर्षका लागिसमेत सधैँ तयार रहनुपर्छ। यो क्रान्तिको इतिहास आजका क्रान्तिकारीहरूका लागि पनि ऊर्जाको स्रोत हो। उन्नाइसौँ शताब्दीमा सम्पन्न फ्रान्सेली क्रान्तिको इतिहासबाट क्रान्ति र प्रतिक्रान्ति बेहोर्दै इतिहासको पाँग्रा अगाडि बढ्दछ, यस्तो अवस्थामा निरन्तर संघर्षबाहेक क्रान्तिलाई पूर्णता दिने अर्को बाटो हुँदैन भन्ने शिक्षा लिन सकिन्छ।

    विभिन्न अनलाइनमा प्रकाशित सामग्रीहरूको सहयोगमा।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.