Date
आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
Sunday, May 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जंगललाई माइत ठान्थिन् वातावरण योद्धा गौरादेवी

रूख जोगाउन रूखमै टाँसिएर बनमाराहरूको प्रतिरोध गर्ने चिपको आन्दोलनले विश्वव्यापी रूपमा ठूलो चर्चा पायो। यो आन्दोलन पर्वतीय मानिसहरूको इच्छाशक्तिको आयाम बन्यो। विश्वका मानिसहरूले यस आन्दोलनको अनुशरण गरे, तर आफ्नै ठाउँमा भने आज यसलाई बिर्सिँदै गइएको छ।

शैलेन्द्र चौहान शैलेन्द्र चौहान
जेष्ठ ११, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् १९२५ जन्मेर १९९१ म बितेकी ‘चिपको आन्दोलन’ (रुखमा टाँसिएर रुख जोगाउने आन्दोलन)की प्रणेता दिवंगत गौरादेवीलाई आज मानिसहरूले बिर्सिएका छन्। आज चिपको आन्दोलनको प्रतिछवीसम्म पनि बाँकी रहेको छैन। अहिले भारतको उत्तराखण्डमा जंगलको भयंकर विनाश भइरहेको छ। रुख कटान भइरहेको छ, तर यसलाई रोक्न कोही पनि सक्रिय छैन र चिपको आन्दोलनजस्तै दुनियाँको ध्यान केन्द्रित गर्नेखालको आन्दोलनको अस्तित्व अहिले त्यहाँ छैन।

    रुखलाई अँगालो हालेर बन कटान रोक्ने चिप्को आन्दोलन

    र, भनै दुःखको कुरा, चिपको आन्दोलनकी प्रणेता गौरादेवीलाई समेत आज मानिसहरू सम्झिन चाहँदैनन। उनको ऐतिहासिक योगदानका बारेमा जानकारी लिनुभन्दा उनको जीवनको बारेमा जान्दा अझै बढी प्रेरणादायी हुन्छ।

    २२ वर्षकै उमेरमा श्रीमान बिते

    गौरादेवीको जन्म सन् १९२५ मा भारत, उत्तराखण्डको चमोली जिल्लाको लाता गाउँको मरछिया परिवारमा भएको थियो। गौरादेवीले कक्षा ५ सम्मको शिक्षा ग्रहण गरेकी थिइन्। जुन पछि उनको अदम्य साहस र उच्च विचारहरूको सहायक बन्यो। उनको विवाह ११ वर्षको कलिलो उमेरमा रैंणी गाउँका मेहरबान सिंहसँग भयो। रैंणी भोटिया (तोलछा) को स्थायी आवासीय गाउँ थियो।

    उनीहरू आफ्नो गुजाराका लागि पशुपालन, ऊनी कारोबार र खेतीपाती गर्थे। जब गौरा देवी २२ वर्षकी थिइन् र उनका एकमात्र छोरा चन्द्रसिंह लगभग अढाइ वर्षका थिए, त्यतिबेला उनको श्रीमानको मृत्यु भयो। जनजाति समाजमा एकल महिलालाई कति संघर्षमा बाँच्नुपर्छ, त्यो संकट गौरादेवी पनि झेलिन्।

    छोराले व्यवहार सम्हालेपछि सामाजिक काम

    श्रीमान बितेपछि गौरादेवी सानो बच्चाको हेरविचार, वृद्ध सासु–ससुराको सेवा, खेती र व्यपारका लागि अत्यन्त कष्टको सामना गर्नुप¥यो। उनले आफ्नो छोरालाई स्वावलम्बी बनाइन्, त्यस समयमा त्यहाँ भारत–तिब्बत व्यापार हुने गथ्र्यो। गौरादेवीले त्यसको माध्यमबाट आफ्नो जीवन निर्वाह गर्दै आएकी थिइन्। सन् १९६२ को भारत–चीन युद्धपछि त्यहाँ व्यापार बन्द भयो र चन्द्र सिंहले ठेकेदारी, ऊनी कारोबार र मजदुरीद्धारा जीविका चलाए। त्यसपछि गौरादेवी खाली समयमा गाउँका मानिसहरूको सुख–दुःखमा सहभागी हुन लागिन्।

    श्रीमानले छोडेर गएपछि खेतीपातीको जिम्मेवारीका साथै सानो छोरा र बुढा भएका सासु–ससुरालाई रेखदेख गर्नेसम्मका हरेक काम उनले नै गर्ने गर्थिन्। सासु–ससुराको मृत्युपछि उनले छोरा चन्द्रसिंहलाई आफ्नो खुट्टामा उभ्याएकी थिइन्। यस समयसम्म तिब्ब्तसँगको व्यापार बन्द भइसकेको थियो। सडक जोशीमठदेखि अगाडि आउनेवाला थियो। सेना तथा भारत तिब्बत सीमा प्रहरीको आगमन भएको थियो। चन्द्रसिंहले खेती, ऊनी कारोबार, मजदुरी र सानोतिनो ठेकेदारीको माध्यमबाट आफ्नो जीवन संघर्ष जारी राखेका थिए।

    यसबीचमा गौरादेवीको छोरा चन्द्रसिंहको विवाह भयो र छोराछोरी पनि भए। गौरादेवीलाई परिवारबाहिर गाउँको काममा भाग लिने मौका मिल्यो र आफ्नो जिम्मेवारी निर्वाह गरिन्। पछि उनी महिला मंगल दलको अध्यक्ष पनि बनिन्।

    चिपको आन्दोलन

    नोभेम्बर १९७३ र त्यसपछि गोविन्दसिंह रावत, चण्डीप्रासद भट्ट, वासनानन्द नौटियाल, हयात सिंह तथा दर्जनौ छात्र त्यस क्षेत्रमा आए। रैंणी तथा आसपासको गाउँमा अनेक सभा भए। जनवरी १९७४ मा रैंणी जंगलको २,४५१ रुखको बोलकबोल देहरादूनमा हुने वाला थियो।
    तर मण्डल र फाटा भन्ने ठाउँमा भएका रूख जोगाउने आन्दोलनको सफलताले आन्दोलनकारीहरूमा आत्मविश्वास बढेको थियो।

    त्यहाँ आफ्नो कुरा राख्ने कोशिसमा गएका चण्डीप्रसाद भट्टले जंगल काट्ने ठेकेदारका मान्छेलाई चिपको आन्दोलनको सामना गर्नुपर्ने चेतावनी दिए र यो कुरा आफ्ना ठेकेदारलाई बताउन पनि आग्रह गरे। उता गोविन्द सिंह रावले ‘आए लाल निशान, ठेकेदार सावधान’ लेखिएको पर्चा स्वयम् गएर बाँडे। अन्ततः मण्डल र फाटाको जस्तै रैंणीमा पनि प्रतिरोधको नयाँ रुप प्रकट भयो।

    रूख जोगाउन रूखमै टाँसिएर बनमाराहरूको प्रतिरोध गर्ने चिपको आन्दोलनले विश्वव्यापी रूपमा ठूलो चर्चा पायो। यो आन्दोलन पर्वतीय मानिसहरूको इच्छाशक्तिको आयाम बन्यो। विश्वका मानिसहरूले यस आन्दोलनको अनुशरण गरे, तर आफ्नै ठाउँमा भने आज यसलाई बिर्सिँदै गइएको छ। एक क्रान्तिकारी घटना, जसको सम्झनामा देशभरी चर्चा, गोष्ठि र सम्मेलन आयोजना हुनुपर्ने थियो। अफसोच! कसैले त्यसलाई अघि बढाउने काम पनि गरेन।

    ‘पहिले हामीलाई काट, त्यसपछि मात्रै जंगल काट’ को नाराका साथ २६ मार्च, १९७४ मा सुरु भएको यो आन्दोलन त्यस समय जनमानसको आवाज बनेको थियो। १९७४ मा सुरु भएको विश्वविख्यात आन्दोलनको जननी अर्थात् प्रणेता गौरादेवी हुन्, उनी चिपको वुमनको नामबाट लोकप्रिय छिन्।

    बाढीपछि चेतना

    यसैबीच अलकनन्दामा सन् १९७० मा प्रलयकारी बाढी आयो। जसबाट त्यहाँका मानिसहरूमा बाढीको कारण र यसबाट बच्ने उपायका बारेमा जागरुकता बन्यो। यसका लागि प्रख्यात पर्यावरणविद् श्री चण्डीप्रसाद भट्टले पहल गरे। भारत–चीन युद्धपछि भारत सरकारलाई ‘चमोली सुध’ आयो र त्यहाँ सैनिकहरूका लागि सुगम मार्ग बनाउनका लागि रुख कटान सुरु भयो। जसबाट बाढी प्रभावित मानिसहरूमा संवेदनशील पहाडप्रति चेतना जाग्यो। यसै चेतनाको प्रतिफल थियो, हरेक गाउँमा महिला मंगल दलको स्थापना। र, गौरा देवीलाई रैंणी गाउँको महिला मंगल दलको अध्यक्ष चुनियो।

    जंगल हाम्रो ‘माइत’

    गौरादेवी रुख कटानलाई रोक्नुका साथै वृक्षारोपण कार्यमा पनि संलग्न रहिन्, उनले यस्ता धेरै कार्याक्रमको नेतृत्व गरिन्। उनी आकाशवाणी नजीबाबादको ग्रामीण कार्याक्रमहरूको सल्लाहकार समितिको सदस्य पनि थिइन्। सीमित ग्रामीण दायरामा जीवन यापन गर्नुको बावजुद पनि उनी टाढाको कुरामा पनि सरोकार राख्ने गर्थिन्।

    उनको विचार जनहितकारी थियो। जसमा पर्यावरणको रक्षाको भावना निहित थियो। नारी उत्थान र सामाजिक जागरणप्रति पनि उनको विशेष रुचि थियो। गौरादेवी जंगलसँग आफ्नो सम्बन्ध बनाउँदै भन्थिन कि जंगल हाम्रो माइत हो।

    आज वातावरणको कुरा गर्दा पूरै भारतको स्थिति सोचनीय छ। देशका सबै ठाउँमा सुनियोजित तरिकाबाट जंगलको विनाश भइरहेको छ र सरकारको पनि त्यसमा मौन स्वीकृति छ। कहीँ त खुल्ला सहमति पनि छ। आदिवासी क्षेत्र वनविनाशको निशानमा छन्। र, उनको पुनर्वास तथा जीवन यापन, रोजगारको विषयमा सोच्ने फुर्सद कसैको छैन।

    चिपको आन्दोलनकी प्रणेता गौरादेवीको वास्तविक र सच्चा सम्मान त उनीद्वारा चलाइएको अभियानलाई अगाडि बढाउनु हो। यो आन्दोलनलाई जनजनको आन्दोलन बनाउन एंव समृद्ध तथा सक्रिय गर्नुमा छ।

    सबलोगडटआइएनबाट मेनुका बस्नेतको अनुवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      शैलेन्द्र चौहान

      शैलेन्द्र चौहान

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.