Thursday, June 8, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » जंगललाई माइत ठान्थिन् वातावरण योद्धा गौरादेवी

जंगललाई माइत ठान्थिन् वातावरण योद्धा गौरादेवी

रूख जोगाउन रूखमै टाँसिएर बनमाराहरूको प्रतिरोध गर्ने चिपको आन्दोलनले विश्वव्यापी रूपमा ठूलो चर्चा पायो। यो आन्दोलन पर्वतीय मानिसहरूको इच्छाशक्तिको आयाम बन्यो। विश्वका मानिसहरूले यस आन्दोलनको अनुशरण गरे, तर आफ्नै ठाउँमा भने आज यसलाई बिर्सिँदै गइएको छ।

शैलेन्द्र चौहान by शैलेन्द्र चौहान
May 25, 2021
in यो हप्ता, समाचार
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सन् १९२५ जन्मेर १९९१ म बितेकी ‘चिपको आन्दोलन’ (रुखमा टाँसिएर रुख जोगाउने आन्दोलन)की प्रणेता दिवंगत गौरादेवीलाई आज मानिसहरूले बिर्सिएका छन्। आज चिपको आन्दोलनको प्रतिछवीसम्म पनि बाँकी रहेको छैन। अहिले भारतको उत्तराखण्डमा जंगलको भयंकर विनाश भइरहेको छ। रुख कटान भइरहेको छ, तर यसलाई रोक्न कोही पनि सक्रिय छैन र चिपको आन्दोलनजस्तै दुनियाँको ध्यान केन्द्रित गर्नेखालको आन्दोलनको अस्तित्व अहिले त्यहाँ छैन।

रुखलाई अँगालो हालेर बन कटान रोक्ने चिप्को आन्दोलन

र, भनै दुःखको कुरा, चिपको आन्दोलनकी प्रणेता गौरादेवीलाई समेत आज मानिसहरू सम्झिन चाहँदैनन। उनको ऐतिहासिक योगदानका बारेमा जानकारी लिनुभन्दा उनको जीवनको बारेमा जान्दा अझै बढी प्रेरणादायी हुन्छ।

२२ वर्षकै उमेरमा श्रीमान बिते

गौरादेवीको जन्म सन् १९२५ मा भारत, उत्तराखण्डको चमोली जिल्लाको लाता गाउँको मरछिया परिवारमा भएको थियो। गौरादेवीले कक्षा ५ सम्मको शिक्षा ग्रहण गरेकी थिइन्। जुन पछि उनको अदम्य साहस र उच्च विचारहरूको सहायक बन्यो। उनको विवाह ११ वर्षको कलिलो उमेरमा रैंणी गाउँका मेहरबान सिंहसँग भयो। रैंणी भोटिया (तोलछा) को स्थायी आवासीय गाउँ थियो।

उनीहरू आफ्नो गुजाराका लागि पशुपालन, ऊनी कारोबार र खेतीपाती गर्थे। जब गौरा देवी २२ वर्षकी थिइन् र उनका एकमात्र छोरा चन्द्रसिंह लगभग अढाइ वर्षका थिए, त्यतिबेला उनको श्रीमानको मृत्यु भयो। जनजाति समाजमा एकल महिलालाई कति संघर्षमा बाँच्नुपर्छ, त्यो संकट गौरादेवी पनि झेलिन्।

छोराले व्यवहार सम्हालेपछि सामाजिक काम

तपाईंहरुलाई रुचि लाग्न सक्छ

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

May 29, 2023
मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

May 16, 2023
सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

May 12, 2023
अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

April 24, 2023

श्रीमान बितेपछि गौरादेवी सानो बच्चाको हेरविचार, वृद्ध सासु–ससुराको सेवा, खेती र व्यपारका लागि अत्यन्त कष्टको सामना गर्नुप¥यो। उनले आफ्नो छोरालाई स्वावलम्बी बनाइन्, त्यस समयमा त्यहाँ भारत–तिब्बत व्यापार हुने गथ्र्यो। गौरादेवीले त्यसको माध्यमबाट आफ्नो जीवन निर्वाह गर्दै आएकी थिइन्। सन् १९६२ को भारत–चीन युद्धपछि त्यहाँ व्यापार बन्द भयो र चन्द्र सिंहले ठेकेदारी, ऊनी कारोबार र मजदुरीद्धारा जीविका चलाए। त्यसपछि गौरादेवी खाली समयमा गाउँका मानिसहरूको सुख–दुःखमा सहभागी हुन लागिन्।

श्रीमानले छोडेर गएपछि खेतीपातीको जिम्मेवारीका साथै सानो छोरा र बुढा भएका सासु–ससुरालाई रेखदेख गर्नेसम्मका हरेक काम उनले नै गर्ने गर्थिन्। सासु–ससुराको मृत्युपछि उनले छोरा चन्द्रसिंहलाई आफ्नो खुट्टामा उभ्याएकी थिइन्। यस समयसम्म तिब्ब्तसँगको व्यापार बन्द भइसकेको थियो। सडक जोशीमठदेखि अगाडि आउनेवाला थियो। सेना तथा भारत तिब्बत सीमा प्रहरीको आगमन भएको थियो। चन्द्रसिंहले खेती, ऊनी कारोबार, मजदुरी र सानोतिनो ठेकेदारीको माध्यमबाट आफ्नो जीवन संघर्ष जारी राखेका थिए।

यसबीचमा गौरादेवीको छोरा चन्द्रसिंहको विवाह भयो र छोराछोरी पनि भए। गौरादेवीलाई परिवारबाहिर गाउँको काममा भाग लिने मौका मिल्यो र आफ्नो जिम्मेवारी निर्वाह गरिन्। पछि उनी महिला मंगल दलको अध्यक्ष पनि बनिन्।

चिपको आन्दोलन

नोभेम्बर १९७३ र त्यसपछि गोविन्दसिंह रावत, चण्डीप्रासद भट्ट, वासनानन्द नौटियाल, हयात सिंह तथा दर्जनौ छात्र त्यस क्षेत्रमा आए। रैंणी तथा आसपासको गाउँमा अनेक सभा भए। जनवरी १९७४ मा रैंणी जंगलको २,४५१ रुखको बोलकबोल देहरादूनमा हुने वाला थियो।
तर मण्डल र फाटा भन्ने ठाउँमा भएका रूख जोगाउने आन्दोलनको सफलताले आन्दोलनकारीहरूमा आत्मविश्वास बढेको थियो।

त्यहाँ आफ्नो कुरा राख्ने कोशिसमा गएका चण्डीप्रसाद भट्टले जंगल काट्ने ठेकेदारका मान्छेलाई चिपको आन्दोलनको सामना गर्नुपर्ने चेतावनी दिए र यो कुरा आफ्ना ठेकेदारलाई बताउन पनि आग्रह गरे। उता गोविन्द सिंह रावले ‘आए लाल निशान, ठेकेदार सावधान’ लेखिएको पर्चा स्वयम् गएर बाँडे। अन्ततः मण्डल र फाटाको जस्तै रैंणीमा पनि प्रतिरोधको नयाँ रुप प्रकट भयो।

रूख जोगाउन रूखमै टाँसिएर बनमाराहरूको प्रतिरोध गर्ने चिपको आन्दोलनले विश्वव्यापी रूपमा ठूलो चर्चा पायो। यो आन्दोलन पर्वतीय मानिसहरूको इच्छाशक्तिको आयाम बन्यो। विश्वका मानिसहरूले यस आन्दोलनको अनुशरण गरे, तर आफ्नै ठाउँमा भने आज यसलाई बिर्सिँदै गइएको छ। एक क्रान्तिकारी घटना, जसको सम्झनामा देशभरी चर्चा, गोष्ठि र सम्मेलन आयोजना हुनुपर्ने थियो। अफसोच! कसैले त्यसलाई अघि बढाउने काम पनि गरेन।

‘पहिले हामीलाई काट, त्यसपछि मात्रै जंगल काट’ को नाराका साथ २६ मार्च, १९७४ मा सुरु भएको यो आन्दोलन त्यस समय जनमानसको आवाज बनेको थियो। १९७४ मा सुरु भएको विश्वविख्यात आन्दोलनको जननी अर्थात् प्रणेता गौरादेवी हुन्, उनी चिपको वुमनको नामबाट लोकप्रिय छिन्।

बाढीपछि चेतना

यसैबीच अलकनन्दामा सन् १९७० मा प्रलयकारी बाढी आयो। जसबाट त्यहाँका मानिसहरूमा बाढीको कारण र यसबाट बच्ने उपायका बारेमा जागरुकता बन्यो। यसका लागि प्रख्यात पर्यावरणविद् श्री चण्डीप्रसाद भट्टले पहल गरे। भारत–चीन युद्धपछि भारत सरकारलाई ‘चमोली सुध’ आयो र त्यहाँ सैनिकहरूका लागि सुगम मार्ग बनाउनका लागि रुख कटान सुरु भयो। जसबाट बाढी प्रभावित मानिसहरूमा संवेदनशील पहाडप्रति चेतना जाग्यो। यसै चेतनाको प्रतिफल थियो, हरेक गाउँमा महिला मंगल दलको स्थापना। र, गौरा देवीलाई रैंणी गाउँको महिला मंगल दलको अध्यक्ष चुनियो।

जंगल हाम्रो ‘माइत’

गौरादेवी रुख कटानलाई रोक्नुका साथै वृक्षारोपण कार्यमा पनि संलग्न रहिन्, उनले यस्ता धेरै कार्याक्रमको नेतृत्व गरिन्। उनी आकाशवाणी नजीबाबादको ग्रामीण कार्याक्रमहरूको सल्लाहकार समितिको सदस्य पनि थिइन्। सीमित ग्रामीण दायरामा जीवन यापन गर्नुको बावजुद पनि उनी टाढाको कुरामा पनि सरोकार राख्ने गर्थिन्।

उनको विचार जनहितकारी थियो। जसमा पर्यावरणको रक्षाको भावना निहित थियो। नारी उत्थान र सामाजिक जागरणप्रति पनि उनको विशेष रुचि थियो। गौरादेवी जंगलसँग आफ्नो सम्बन्ध बनाउँदै भन्थिन कि जंगल हाम्रो माइत हो।

आज वातावरणको कुरा गर्दा पूरै भारतको स्थिति सोचनीय छ। देशका सबै ठाउँमा सुनियोजित तरिकाबाट जंगलको विनाश भइरहेको छ र सरकारको पनि त्यसमा मौन स्वीकृति छ। कहीँ त खुल्ला सहमति पनि छ। आदिवासी क्षेत्र वनविनाशको निशानमा छन्। र, उनको पुनर्वास तथा जीवन यापन, रोजगारको विषयमा सोच्ने फुर्सद कसैको छैन।

चिपको आन्दोलनकी प्रणेता गौरादेवीको वास्तविक र सच्चा सम्मान त उनीद्वारा चलाइएको अभियानलाई अगाडि बढाउनु हो। यो आन्दोलनलाई जनजनको आन्दोलन बनाउन एंव समृद्ध तथा सक्रिय गर्नुमा छ।

सबलोगडटआइएनबाट मेनुका बस्नेतको अनुवाद

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
शैलेन्द्र चौहान

शैलेन्द्र चौहान

Related Posts

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

by nepal_readers
May 29, 2023

मे, २०२० मा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोएडलाई श्वेत प्रहरीले यातनापूर्वक हत्या गरे। प्रहरीले आफ्नो घुँडाले थिचेर फ्लोएडको हत्या...

मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

by उमा सी
May 16, 2023

जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक...

सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

by याङ नान
May 12, 2023

१७ अप्रिल, १९६१ को सबेरै  १४०० भन्दा बढी सशस्त्र समूह (क्युवाबाट निर्वासितहरूको समूह) क्युवाको दक्षिणी क्षेत्रमा पर्ने बे अफ पिगको...

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

by रुकिया अन्वर
April 24, 2023

संयुक्त राज्य अमेरिकाको जासुसी संयन्त्रले लामो समयदेखि संयुक्त राष्ट्र संघ (यूएन) भित्रका हरेक गतिविधिलाई सुन्न लोभी र दुष्ट अक्टोपस जस्तै...

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

by पत्रपत्रिकाबाट
April 18, 2023

गत साता इन्टरनेटमा झन्डै एक सय वटा गोप्य अमेरिकी दस्तावेज चुहियो । अमेरिकी सरकारले ती दस्तावेजहरू नक्कली नभई आधिकारिक दस्तावेज...

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

by डा. प्रकाशचन्द्र लोहनी
April 6, 2023

हाम्रो विकासको महत्वपूर्ण विन्दू नै नेपालमा स्थायित्व र लगानीमैत्री वातावरण सिर्जना गर्नु हो। हाम्रा पुर्खाले विशेषतः राणाकालीन सामन्ती व्यवस्थामा त्यसबेलाका...

Leave Comment

सिफारिस

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

2 weeks ago
हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

3 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist