Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूर्वाग्रहका जन्जिरहरूबीच संघर्षको बीउ

छोरी जन्मनेबित्तिकै पूर्वाग्रह सुरु हुन्छन्। र, त्यस्ता पुर्वाग्रहहरू परम्परा र चलनहरूका कारण बलिया हुन्छन। ‘छोरी मान्छेले यो गर्नहुन्छ यो गर्नहुन्न, यो लगाउन हुन्छ यो लगाउन हुँदैन, यसरी बोल्नपर्छ यसरी बोल्न हुँदैन, यसरी हाँस्नुपर्छ यसरी हिड्न पर्छ’ आदि।

nepal_readers nepal_readers
चैत्र ६, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हरेक वर्ष मार्च ८ का दिनमा महिला दिवसको मनाइने गरेको छ र हरेक वर्ष त्यस दिवसमा एक बिशेष नारा बनाइने चलन छन्। यस बर्ष ‘सामाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित नारी दिवस मनाइयो। लैंगिक समानताको बिषय कैयौँ देशमा विमर्शको केन्द्रमा छ। तर आज पनि असमानताको खाडललाई पुर्न सकिएको छैन। विभिन्न किसिमका योजना, सरकारी सुविधा र समावेशिता लगायतका प्रयासहरू असफल सावित हुँदैछन्। फेरी पनि यो खाडल पुर्ने काम निरन्तर जारी छ।
    यही प्रयासमा राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइयो जसकार कारण महिलालाई उनीहरूको पहिचान मिलोस् र शताब्दीदेखि चलि आएको रुढीवादी सोचको अन्त्य हुन सकोस्। एक स्वस्थ्य समाजका लागि महिला पुरुषको समानता अत्यन्त आवश्यक छ र यसैकारण यस बर्षको महिला दिवसमा ‘पुर्वाग्रह तोडौं’ बिशेष अभियान पनि चलाइयो। यस्ता अभियान तबसम्म सफल हुन सक्दैनन्, जबसम्म हामी आफ्नो सोचमा क्रान्तिकारी परिवर्तन ल्याउँदैनौं। एक साधारण वर्गकी महिलाको सामाजिक र पारिवारिक संघर्ष आज पनि निकै कठिन छ।

    मध्यप्रदेश, भारतकी अहिल्या बाइ होल्करले स्वयं रानी भएर पनि कैयौं संघर्ष गर्नुपरेको थियो। यस क्रममा उनले शताब्दीऔं पुराना कुप्रथाहरु तोडिन्। उनलाई उनका बुवा र ससुराबुवाको सहयोग हरेक कदममा मिल्दै गयो र उनी स्वयंले पनि हिम्मत हारिनन्। तर जब हामी साधारण परिवारका महिलाहरूका संघर्षका बारेमा कुरा गर्छौँ, तब उनीहरूका लागि संघर्ष दुई गुणा बढी हुन्छ। महिला दिवसका अवसरमा हामी असंख्य योद्वाहरुलाई सम्झन सक्छौं। जसले शताब्दीदेखि चलि आएका पुर्वाग्रहलाई तोडे तर यसका लागि उनीहरुले जुन मूल्य चुकाए त्यो तातो घाममा आगोमा जल्नु जस्तै थियो।

    शताब्दीदेखि चल्दै आइरहेको पुर्वाग्रह तोड्न हामीले शुरुवातमा समाजको सबैभन्दा तल्लो तहबाट शुरु गर्नु आवश्यक छ। मध्यम वर्ग र निम्न वर्गका अधिकांश मानिसहरू छोरी–बुहारीका लागि आज पनि शताब्दीयौँ पुरानो सोच राखेर हेर्छन्। स्त्रीका रूपमा बाल्यकालदेखि लिएर आजसम्म हामीले कुनै न कुनै पुर्वाग्रहसँग लड्दै आइरहेका छौँ। यो पूर्वाग्रह हामीमाथि कुनै ग्रहण जसरी हाम्रो टाउकोमाथि घुमिरहेको छ। फेरी एक समयपछि यो ग्रहणले महिलाको सम्पूर्ण जीवन औँशीको रातमा डुबाइ दिन्छ।

    छोरी जन्मनेबित्तिकै पूर्वाग्रह सुरु हुन्छन्। र, त्यस्ता पुर्वाग्रहहरू परम्परा र चलनहरूका कारण बलिया हुन्छन। ‘छोरी मान्छेले यो गर्नहुन्छ यो गर्नहुन्न, यो लगाउन हुन्छ यो लगाउन हुँदैन, यसरी बोल्नपर्छ यसरी बोल्न हुँदैन, यसरी हाँस्नुपर्छ यसरी हिड्न पर्छ’ आदि। महिलाका लागि एक पुरै आचार संहिता नै समाजले तयार गरेको छ। कहिलेकाहिँ त यस्तो लाग्छ, देशको संविधानमा पनि त्यति नियम कानून छैनन् होला, समाजले जति महिलाका लागि बनाएका कानूनहरू छन्। र, जुन महिलाले यी विधानहरू अपनाउन सक्दैनन्, समाजले त्यस्ता महिलालाई चरित्रहिन र संस्कारहिन भन्छ। यो सिलसिला यहाँ मात्र सकिदैन्। पुर्वाग्रह त यहाँसम्म छ कि महिलाहरूलाई यसरी तालिम गराइएको छ कि उनीहरूले आफ्नो बारेमा सोच्न छोडेर आफ्ना बुवा, श्रीमान, प्रेमी, सासु–ससुरा र बालबच्चाका लागि सोच्नु र उनीहरूकै लागि जीवन समर्पित गर्नु नै सबैभन्दा ठूलो उदेश्य हुनुपर्छ।

    हिजोको तुलनामा आजका महिला घरका चार भित्ताभन्दा बाहिर निक्लिएर अधिकांश क्षेत्रमा आफ्नो उपस्थिति जनाइरहेका छन्। तर उनीहरुको प्रतिनिधित्व आजपनि नाम मात्रको छ। पुर्वाग्रहको हद त तब हुन्छ जब एक महिलाको सम्पूर्णता आमा बन्नुमा मात्रै मानिन्छ। एक छोरीको जन्मका साथ नै उनको आमा–बुवालाई उनको बिहेको चिन्ताले सताउन थाल्छ र उनी जब अलि ठूली हुन्छिन्, तब यो चिन्ता आफन्त र छिमेकीलाई बढी सताउँछ। जब उनको बिहे हुन्छ, केहि महिनामैं बच्चा पाउन कहिले भनेर सोधिन थाल्छ । बर्ष दिनमा बच्चा भएन भने आफन्त र टोलभरका लागि यो चर्चाको बिषय बन्छ। महिलालाई पटक–पटक यो भनिन्छ कि ‘यदि तिमी आमा बन्न सकिनौं भने तिमी महिला हुन निरर्थक हो, एक महिला आमा बनेपछि मात्रै पूर्ण हुन्छिन्।’ कुनै महिला जति नै सफल होस्, यस्ता सोचका सामू उनको सफलताको कुनै महत्व हुँदैन।

    एउटै आमाका गर्भबाट जन्मिएका छोरा र छोरीले पनि जीवनभर असमानता भोग्नुपर्छ। छोरीलाई पनि सम्पत्तिको कानूनी अधिकार छ तर अधिकांश आमाबुवा, दाजुभाइ चाहँदैनन् कि उनीहरूको सम्पत्तिमा छोरी वा दिदीबहिनीलाई पनि हिंस्सा मिलोस्। वा, छोरीले सम्पत्तिमा हक दावि गरिन् भने पनि उनलाई गलत मानिन्छ। उनलाई नराम्रा कुराहरू सुनाइन्छ, बिहेपछि माइतिका लागि आज पनि अधिकांश छोरीहरु बोझ मानिन्छन्। माइतबाट उनका सबै अधिकार सिध्याइन्छन्। छोरीले आमाबुवाका लागि जति नै जिम्मेदारी निर्वाह गरुन्, खानदानको वंश छोरालाई नै मानिन्छ, छोरा जतिसुकै नालायक नै किन नहोस्।

    सन् २०२१ मा वर्ल्ड् इकोनमिक फोरमद्वारा जारी ग्लोबल जेन्डर ग्यापको कुरा गर्दा भारत १५८ देशको सूचीमा १४० नम्बरमा पर्दछ। यो तथ्याङ्कले लैंगिक असमानतालाई स्पष्ट रूपमा पुष्टि गर्दछ साथै महिलाको संघर्ष तथा प्रतिनिधित्वको पनि उजागर गर्छ। जुन समानताको कुरा महिला दिवसका अनेकन् नाराहरूमार्फत गरिँदैछ, त्यो तबसम्म समाजमा सम्भव हुन सक्दैन, जबसम्म महिलालाई लिएर मानिसहरुको सोचाइमा परिवर्तन हुँदैन।

    यो परिवर्तन तब संभव छ, जब शताब्दीयौँदेखि चलिआइरहेका पुर्वाग्रहको जन्जिरलाई हामी तोड्छौँ। महिला दिवस धेरै लामो समयदेखि मनाइँदैछ तर हरेक पटक यस्तो लाग्छ कि यो दिवस एक उत्सवमा मात्र सीमित भएको छ। यो दिवसको मुख्य उदेश्य आज पनि कहिँ हराएझैँ भएको छ। यसका बारेमा अधिकांश मुख्य धारासित जोडिएका महिलाहरूले मात्रै जानकारी राख्छन्। ग्रामिण भारतका निम्न र मध्यम वर्गका महिलाहरुलाई त यो दिवसको कुनै जानकारी नै छैन न त योसँग कुनै सरोकार नै छ। महिलाहरू बिहानदेखि साँझसम्म निस्वार्थ भावले घर गृहस्थी सम्हाल्छन्। तर महत्व दिइन्छ पुरुषलाई मात्र। महिलाहरूले गर्ने दिनभरको कामलाई बेकार मानिन्छ। यदि त्यही पुरुषले घरको काममा अलिकित पनि सहयोग ग-यो भने उसको महिमा गाउन थालिन्छ।

    कार्यस्थल होस् वा घरमा वा अन्य ठाउँमा, महिलाहरूप्रतिको दृष्टिकोण अझै बदलिएको छैन। तमाम संघर्ष र बलिदान गर्दा पनि महिलामाथि व्यंग्य गरिन्छ, उडाइन्छ। आज पनि महिला र पुरुषलाई समान कामका लागि समान ज्याला अधिकांश स्थानमा दिइँदैन। पुरुषहरू शिशु स्याहारको जिम्मेवारी लिँदैनन्। र, मिडिया पनि उनीहरूलाई यसरी प्रस्तुत गर्दछ कि उनीहरू भोग्या वस्तु मात्र हुन्।
    यदि पूर्वाग्रह तोडेर समानताको बीज छर्नु छ भने सामाजिक सोच त बदल्नु त पर्छ नै, योसँगै सरकारले पनि यो दिशामा सार्थक कदम उठाउनुपर्छ। सिक्किम सरकारले सबै गैर–कामकाजी महिलाहरूलाई ‘आमा योजना’ अन्तर्गत वार्षिक २० हजार रुपयाँको सहयोग गर्ने निर्णय गरेको छ। यो सबै घरेलु महिलाहरूका लागि एक महत्वपूर्ण कदम हुनेछ यसकारण पनि हुनेछ कि घर–समाजले आर्थिक रूपमा अरुमा निर्भर हुने कारणले नै पनि महिलामाथि अपमान हुने गरेको छ।सरकारद्वारा उठाइने यस्ता कदमले पनि केही हदसम्म लैंगिक असमानतालाई हटाउने काम गर्छन्।

    सरकारले ‘शिशु स्याहार बिदा लिने अधिकार’ (भारतको हकमा) आमाबुवाको स्वेच्छामा छोडोस्। महिलाहरूमा मात्र यस्तो जिम्मेवारी लाद्नु महिलाको सफलतामा बाधा निम्त्याउनु पनि हो। साथै, समान कामका लागि समान ज्याला नदिनु दण्डनियलाई अब सबै देशका सरकारहरूले अपराध भनेर घोषणा गर्नुपर्छ। महिला शिक्षामा पनि बिशेष रूपमा जोड दिनु आवश्यक छ। यस्ता कदमले लैंगिक असमानता हटाउन सार्थक हुन सक्छन्।

    अमिताले सबलोग डटकममा लेखेको लेखलाई नेपाल रिडर्सका लागि महेश पाण्डेले गरेको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.