Saturday, July 2, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » चुनावी परिणाम र पार्टी अध्यक्ष ओलीबारे के भनेका थिए घनश्याम भूसालले?

चुनावी परिणाम र पार्टी अध्यक्ष ओलीबारे के भनेका थिए घनश्याम भूसालले?

कमरेड ओलीकै गीत, ओलीकै फोटो र जिल्ला तथा पालिकाका कार्यक्रम पनि ओलीले एक्लै उद्घाटन गर्नु यो ‘वान म्यान सो’ थियो। इतिहासमा हामीले कति क्षति व्यहोर्नुपर्यो, त्यसको अर्को हिसाब होला।

nepal_readers by nepal_readers
June 6, 2022
- यो हप्ता, समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

एमाले अनुशासन आयोगले एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही गर्न सिफारिस गरेपछि यसले राजनीतिक वृत्तमा तरंग ल्याएको छ। एउटा टेलिभिजन अन्तरवार्तामा अध्यक्ष ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै आयोगले भूसाललाई कारवाही गर्न सिफारिस गरेको हो। जेठ ८ गते लिइएको उक्त अन्तरवार्तामा भूसालले के भनेका थिए, जसले पार्टीको अनुशासन आयोगलाई भूसाललाई कारवाही गर्ने निस्कर्षमा पुर्‍यायो? भूसालको अभिव्यक्तिको सम्पादित अंश।

“चुनाव हामीले भनेको जस्तो भएन। सामान्यत : हामी पार्टी विभाजनदेखि नै गलत बाटोमा थियौँ। संसद विघटन गलत थियो। तर, यो गलत थियो भनेर एमालेले भनेन। त्यतिमात्रै होइन, संसद विघटन गलत थियो भन्ने कुरा त यो संविधान रहेसम्मका लागि स्थापित भइसक्यो।

हामी त्यो पार्टी हौँ, जसले त्यत्रो सम्भावनाको ढोका खोलेको थियो, त्यो एकता वामपन्थी आन्दोलनका लागि भयंकर ठूलो अवसर ढोका खोलेको घटना थियो। अदालतले हामीलाई नाजायज रुपले विभाजित गर्दा समेत दिपावली गर्ने हाम्रो मति थियो। यो हामी कसरी गलत बाटो हिँड्दैथियौँ भन्ने कुरा हो।

विभाजनपछिको एमालेमा ओलीकै बहुमत थियो, केन्द्रीय कमिटीमा आफ्नो बहुमत हुँदाहुँदै पर्याप्त ठूलो अल्पमतलाई बाहिर राखेर आफ्नो गुटको बैठक बसेर त्यो बैठक एमालेको हो भनेर अरुलाई पाखा लगाउने काम पनि भयो।

त्यही क्रिया/प्रतिक्रियामा गएर हामीले फेरि संसद विघटन गर्‍यौं। दश बुँदे गर्यौँ, त्यसमा म आफैं छु। डेढ/दुई महिना हामीले कसैलाई थाहा नदिइकन हाम्रो लेभलमा छलफल गर्यौँ। धेरै विश्वासका साथ कुराकानी गर्यौँ। जब दश बुँदे सहमति भयो, माथि बसेका मान्छेबाट खिसिट्युरी गरियो।

कार्यकारण सम्बन्धको हिसाबले भन्नुहुन्छ भने यी यस्ता कारण हुन्, जसले हामीलाई यी परिणाम दिए। पार्टीको आन्तरिक सञ्चालनमा पनि हामीले भयंकर गल्ति गर्दैथियौँ। म सौराहा काण्ड भन्छु। जुन परम्पराबाट एमाले बनेको थियो, त्यस विपरीत गएर एकजनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने। जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेद्वार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड पर्सेन्ट (शतप्रतिशत) देखिएको छ।

RelatedPosts

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

June 30, 2022
Auto Draft

कम्युनिष्ट नेताहरूले कम्तिमा सरल जीवनशैली अपनाऔँ

June 28, 2022
प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

June 25, 2022
धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

June 24, 2022

दुई वटा बाटो छन्, एउटाः परम्परागत रुपमा हाम्रो सोच, सामाजिक संस्था, संगठनहरू र समाजमा एउटा महान् आत्मा हुन्छ। उ सचेत, सक्रिय, सर्वव्यापी र सर्वदर्शी हुन्छ। प्रकृति उसका आकांक्षाले जन्मिन्छ, प्रकृति केही होइन, उसको छायाँ मात्रै हो, यो एउटा सोचाईको प्रक्रिया हो, म सत्य हुँ र अरु सबै मिथ्या हो भन्ने एउटा तरिका हो।

अर्कोः लोकतन्त्रमा सचेत, सक्रिय, सहभागी र महान् जनता हुन्छन्। जनताको महान् कर्मले एउटा महान् नेता जन्माउँछ। अर्को बाटो यो हो। तर हामी अघिल्लो बाटो गयौँ। कमरेड ओलीसँग सबै समाधान छ, उहाँसँग सबै ज्ञान छ, उहाँ सर्वशक्ति सम्पन्न हुनुन्छ भन्ने बाटोतिर गयौँ।

कमरेड ओलीकै गीत, ओलीकै फोटो र जिल्ला तथा पालिकाका कार्यक्रम पनि ओलीले एक्लै उद्घाटन गर्नु यो ‘वान म्यान सो’ थियो। इतिहासमा हामीले कति क्षति व्यहोर्नुपर्यो, त्यसको अर्को हिसाब होला।

एउटा खास यस्तो बेला हुन्छ, जतिबेला परिणामहरू देखिन्छन्। त्यतिखेर नीति र नेतृत्व छुट्याउन गाह्रो हुन्छ। यस हिसाबले हेर्दा नेकपा एमाले भनेको ओली र ओली भनेको नेकपा एमाले दुवै असफल भएका हुन्, समग्रतामा। तर, फेरि यसलाई छुट्याएर हेर्ने हो भने यत्रो गलत कामहरू हामी गर्दै थियौँ, नेतृत्वको हिसाबले हामी त अझ डरलाग्दो अवस्थामा थियौँ। केन्द्रीय कमिटीमा जे रिपोर्ट भयो, त्यो रिपोर्टका हिसाबले १६० वरिपरि मात्रै (स्थानीय तह निर्वाचनमा) आउने हो कि भन्ने थियो। जे होस् पछि बन्यो।यस हिसाबले हेर्दा नेतृत्वले अझ बर्बाद पार्न खोजेको थियो, तर जनताले इतिहासको हाम्रो मूल्यांकन गरे। यो वर्तमान मूल्यांकन होइन,आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन। एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो।

आज हामीले जसरी गर्यौँ, जसरी हिँड्यौँ, यस हिसाबले अझै बर्बाद हुन सक्थ्यो। यही तरिका हो भने हामी भिरको नजिक–नजिक जाँदै छौँ । हामी एउटा कान्लाबाट खस्यौँ, धेरै कान्लाबाट खसेर भिरको नजिक पुगेका छौँ।

हामी सांगठनिक रुपले पहिलेदेखि अन्यौलग्रस्त थियौँ। यो त्यसको परिणाम हो। आफ्नो सत्ताका लागि, आफ्नो प्रतिष्ठाका लागि, लाभ र पदका लागि जे गरेपनि हुन्छ भन्ने कुरा नेताहरूले नै नाङ्गो रुपले कार्यकर्तालाई र कार्यकतामार्फत जनतालाई सिकाएका थियौँ। त्यो अन्तरघात हामीले सिकाएको हो। एउटा आँखाले हेर्नुहुन्छ भने त्यो विद्रोह हो।

हामीले कमिटी, पार्टी र जनतालाई हेप्यौँ, हामीले धेरै हेप्ने काम गर्यौँ। यसको व्याख्या होला। त्यसैले उनीहरूको आँखाले हेर्दा त्यो विद्रोह हो। पार्टीको परम्परा, सिद्धान्त र नैतिकताको हिसाबले भन्ने हो भने त्यो अन्तर्घात हो। तर, डरलाग्दो कुरा, यदि यसको सही मूल्यांकन गर्न सकेनौँ भने कोत पर्व हुने हो कि!

यदि नेकपा एमाले राज्यलक्ष्मीले गगनसिंहको हत्यारा खोज्ने काम गरेजस्तै कोत पर्व गर्नेतिरको बाटो लिन्छ कि समीक्षा गर्ने र जिम्मेवारी लिने बाटो लिन्छ। कमरेड ओलीले यो अन्तिम बेलामा पनि बुद्धि पुर्याउनु भएन भने, उहाँले यसलाई कोतपर्वतिर लैजाने प्रयत्न गर्नुभयो भने हामी भयंकर ठूलो संकटमा छौँ।

यो चुनावभन्दा अगाडि नै मैले भनेको थिएँ, हाम्रो दुरबुद्धिले जे कृत्य गर्यौँ त्यो नगरिदिएको भए, अन्तिममा पनि यदि थोरै सद्बुद्धि पलाएको भए, हामी वाम गलबन्धन गरेर गएको भए हामी ६०० स्थानीय तह वरिपरि जितेर अगाडि बढ्थ्यौँ।

अघि मैले कोतपर्वको कुरा गरेको थिएँ, ओली कमरेडले यसलाई निकास दिने चान्स छ। त्यो भनेको यसको सप्पै जिम्मा उहाँले लिने। ‘सप्पै म हुँ अरु केही होइन’ भन्ने जुन प्रयोग थियो, ठिकै छ, यो एउटा प्रयोग भयो, उहाँले यसलाई यसैगरी लिनुभयो भने उहाँको पनि प्रतिष्ठा थोरधेर कायम रहनेगरी यसको सेटलमेन्ट हुने ठाउँ छ।

ओली कमरेडसँग विलक्षण प्रतिभा छन्, असाधारण प्रतिभा छन्। व्यवहारिक राजनीतिको हिसाबले हेर्ने हो भने मान्छु। तर, समस्या के छ भने उहाँँको त्यो ‘म’ को आकार यति ठूलो छ कि ती सबै प्रतिभाहरू निस्प्रभावी हुन्छन्। कमरेड ओलीले नै यी कुराको जिम्मेवारी लिनुहुनेछ भन्ने लाग्छ मलाई। उहाँको यो ‘म’ सिद्धान्तको प्रयोग असफल भयो।

ओलीले ‘म अब कोत पर्वको बाटो रोज्दिनँ, बरु माधव नेपालको बाटो रोज्छु’ भनेर लाग्नुपर्यो। २०६४ सालमा हामी हार्यौँ, माधव नेपालले राजीनामा दिनुभयो। म आज कमरेड ओलीलाई राजीनामा गर्नुस् भन्दिनँ, पहिला त उहाँले जिम्मेवारी लिनुपर्यो।

मैले माधव कमरेडको राजीनामाले पार्टी बचाउन ठूलो योगदान गर्यो भन्ने अर्थमा यो कुरा गरेको हुँ। के गर्ने भन्ने कुरा त पार्टीमा सामूहिक रुपले जाँदा कमरेड ओलीसँगकै सरसल्लाहमा पार्टीलाई कसरी लैजादा ठीक हुन्छ भन्ने ठाउँमा पुग्नेछौँ। हाम्रो वर्तमान बिग्रियो, तर भविस्य बाँकी छ। अझै पनि हामी भविस्यको ख्याल गरौँ।

महाकाली पछि इन्डिया संसदलाई हान्ने, माओवादी जनयुद्धका नाममा हान्ने, राजा आफ्नो सत्ता गुमेका नाममा संसदलाई हान्ने, आज पनि संसदमाथिको अतिक्रमण। संसद हाम्रो मुलुकको सार्वभौमसत्तासँग समेत जोडिएको कुरा हो। यस अर्थमा म त्यो कुरामा सम्झौता गर्दिनँ भन्ने मेरो प्रतिबद्धता हो। फेरि पनि संसदमाथि आक्रमण, त्यसमार्फत अस्थिरता तर्फ लैजाने भूराजनीतिक र भागभित्री शक्तिहरू, त्यसलाई म रोक्न त सक्दिनँ तर मैले गर्न सक्ने प्रतिक्रिया म गर्न सक्छु।

एउटा राजनीतिक पार्टी विचारधारात्मक रुपले प्रशिक्षित नभएपछि मान्छेका निजी हितहरू अगाडि आउँछन् र त्यो अनन्त लडाईँको एउटा रणमैदान बन्छ। वैचारिक प्रशिक्षणका हिसाबले २०७१ साल पछाडिहामीले अहिलेसम्म वैचारिक भन्न मिल्ने, वैचारिक प्रशिक्षण, वैचारिक छलफल र वैचारिक विमर्शका हिसाबले एउटा पनि काम गरेको छैन।”

हेर्नुहोस् अन्तर्वार्ताको भिडियो –

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

by पत्रपत्रिकाबाट
June 30, 2022

पुँजीवाद, र त्यसबाटै विस्तारित साम्राज्यवाद, वर्गीय शोषण र उत्पीडनको सबैभन्दा उन्नत र विकसित स्वरूप हो । श्रमिकलाई श्रमको प्रतिफलबाट विमुख...

Auto Draft

कम्युनिष्ट नेताहरूले कम्तिमा सरल जीवनशैली अपनाऔँ

by nepal_readers
June 28, 2022

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले जित्नकै लागि मात्र जस्तोसुकै कदम पनि चालेको देखियो। दलहरू नैतिकता, मूल्य र जनतालाई दिने सेवाको...

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

by पूजा राठी
June 25, 2022

कल्पना गर्नुहोस् त, यदि तपाईँले कुनै पार्कमा एउटी युवती निस्फक्री र निर्धक्क सुतिरेहेको देख्नुभयो भने तपाईँको मनमा कस्तो विचार आउला?...

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

by प्रशान्त ‘पुष्प’ रिजाल
June 24, 2022

सन् १९४८ मा बेलायती उपनिवेशबाट मुक्त भएपश्चात् श्रीलङ्का राष्ट्र बन्ने प्रक्रियामा बिधिवत रूपमा प्रवेश गर्यो। तत्कालिन श्रीलङ्कामा तीनवटा राज्यहरू थिए।...

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

by संजय श्रमण
June 23, 2022

अघिल्लो सालको कुरा हो, कक्षा १२ मा टप गरेका मेरा मित्रको छोरासँग मेरो कुराकानी भइरहेको थियो। उ आफ्नो कुकुरलाई लिएर...

फेरि पनि ओलीजी र प्रचण्डजीहरूकै नेतृत्वमा एकता हुन्छ भन्ने लाग्दैन

फेरि पनि ओलीजी र प्रचण्डजीहरूकै नेतृत्वमा एकता हुन्छ भन्ने लाग्दैन

by हेमराज भण्डारी
June 22, 2022

गठबन्धनको अपेक्षाअनुसारको निर्वाचन परिणाम आएन। गठबन्धन गरिएका ठाउँमा क्रस चुनाव चिन्हका कारणले धेरै भोट बदर पनि भए। धेरै मात्रामा भोट...

Leave Comment

Recommended

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक, मन्त्रीहरु सुनका पारखी (पूर्ण विवरणसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस

2 years ago

सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

3 years ago

Connect with us

Popular Post

  • मदन भण्डारीको त्यो व्याख्यालाई पनि यिनीहरूले फालिदिए

    मदन भण्डारीको त्यो व्याख्यालाई पनि यिनीहरूले फालिदिए

    0 shares
    Share 0 Tweet 0
  • मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

    0 shares
    Share 0 Tweet 0
  • पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

    0 shares
    Share 0 Tweet 0
  • ‘तन्नेरी शरीरमा गाँसिएका बुढा टाउकोहरू’ले यो आन्दोलनलाई लैजान सक्दैनन्

    0 shares
    Share 0 Tweet 0
  • नेपालका वामपन्थीहरू एकताबद्ध हुनुपर्छ, यो राष्ट्रिय आवश्यकता हो

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In