Date
बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026
Wednesday, May 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चुनावी परिणाम र पार्टी अध्यक्ष ओलीबारे के भनेका थिए घनश्याम भूसालले?

कमरेड ओलीकै गीत, ओलीकै फोटो र जिल्ला तथा पालिकाका कार्यक्रम पनि ओलीले एक्लै उद्घाटन गर्नु यो ‘वान म्यान सो’ थियो। इतिहासमा हामीले कति क्षति व्यहोर्नुपर्यो, त्यसको अर्को हिसाब होला।

nepal_readers nepal_readers
जेष्ठ २३, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एमाले अनुशासन आयोगले एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही गर्न सिफारिस गरेपछि यसले राजनीतिक वृत्तमा तरंग ल्याएको छ। एउटा टेलिभिजन अन्तरवार्तामा अध्यक्ष ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै आयोगले भूसाललाई कारवाही गर्न सिफारिस गरेको हो। जेठ ८ गते लिइएको उक्त अन्तरवार्तामा भूसालले के भनेका थिए, जसले पार्टीको अनुशासन आयोगलाई भूसाललाई कारवाही गर्ने निस्कर्षमा पुर्‍यायो? भूसालको अभिव्यक्तिको सम्पादित अंश।

    “चुनाव हामीले भनेको जस्तो भएन। सामान्यत : हामी पार्टी विभाजनदेखि नै गलत बाटोमा थियौँ। संसद विघटन गलत थियो। तर, यो गलत थियो भनेर एमालेले भनेन। त्यतिमात्रै होइन, संसद विघटन गलत थियो भन्ने कुरा त यो संविधान रहेसम्मका लागि स्थापित भइसक्यो।

    हामी त्यो पार्टी हौँ, जसले त्यत्रो सम्भावनाको ढोका खोलेको थियो, त्यो एकता वामपन्थी आन्दोलनका लागि भयंकर ठूलो अवसर ढोका खोलेको घटना थियो। अदालतले हामीलाई नाजायज रुपले विभाजित गर्दा समेत दिपावली गर्ने हाम्रो मति थियो। यो हामी कसरी गलत बाटो हिँड्दैथियौँ भन्ने कुरा हो।

    विभाजनपछिको एमालेमा ओलीकै बहुमत थियो, केन्द्रीय कमिटीमा आफ्नो बहुमत हुँदाहुँदै पर्याप्त ठूलो अल्पमतलाई बाहिर राखेर आफ्नो गुटको बैठक बसेर त्यो बैठक एमालेको हो भनेर अरुलाई पाखा लगाउने काम पनि भयो।

    त्यही क्रिया/प्रतिक्रियामा गएर हामीले फेरि संसद विघटन गर्‍यौं। दश बुँदे गर्यौँ, त्यसमा म आफैं छु। डेढ/दुई महिना हामीले कसैलाई थाहा नदिइकन हाम्रो लेभलमा छलफल गर्यौँ। धेरै विश्वासका साथ कुराकानी गर्यौँ। जब दश बुँदे सहमति भयो, माथि बसेका मान्छेबाट खिसिट्युरी गरियो।

    कार्यकारण सम्बन्धको हिसाबले भन्नुहुन्छ भने यी यस्ता कारण हुन्, जसले हामीलाई यी परिणाम दिए। पार्टीको आन्तरिक सञ्चालनमा पनि हामीले भयंकर गल्ति गर्दैथियौँ। म सौराहा काण्ड भन्छु। जुन परम्पराबाट एमाले बनेको थियो, त्यस विपरीत गएर एकजनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने। जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेद्वार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड पर्सेन्ट (शतप्रतिशत) देखिएको छ।

    दुई वटा बाटो छन्, एउटाः परम्परागत रुपमा हाम्रो सोच, सामाजिक संस्था, संगठनहरू र समाजमा एउटा महान् आत्मा हुन्छ। उ सचेत, सक्रिय, सर्वव्यापी र सर्वदर्शी हुन्छ। प्रकृति उसका आकांक्षाले जन्मिन्छ, प्रकृति केही होइन, उसको छायाँ मात्रै हो, यो एउटा सोचाईको प्रक्रिया हो, म सत्य हुँ र अरु सबै मिथ्या हो भन्ने एउटा तरिका हो।

    अर्कोः लोकतन्त्रमा सचेत, सक्रिय, सहभागी र महान् जनता हुन्छन्। जनताको महान् कर्मले एउटा महान् नेता जन्माउँछ। अर्को बाटो यो हो। तर हामी अघिल्लो बाटो गयौँ। कमरेड ओलीसँग सबै समाधान छ, उहाँसँग सबै ज्ञान छ, उहाँ सर्वशक्ति सम्पन्न हुनुन्छ भन्ने बाटोतिर गयौँ।

    कमरेड ओलीकै गीत, ओलीकै फोटो र जिल्ला तथा पालिकाका कार्यक्रम पनि ओलीले एक्लै उद्घाटन गर्नु यो ‘वान म्यान सो’ थियो। इतिहासमा हामीले कति क्षति व्यहोर्नुपर्यो, त्यसको अर्को हिसाब होला।

    एउटा खास यस्तो बेला हुन्छ, जतिबेला परिणामहरू देखिन्छन्। त्यतिखेर नीति र नेतृत्व छुट्याउन गाह्रो हुन्छ। यस हिसाबले हेर्दा नेकपा एमाले भनेको ओली र ओली भनेको नेकपा एमाले दुवै असफल भएका हुन्, समग्रतामा। तर, फेरि यसलाई छुट्याएर हेर्ने हो भने यत्रो गलत कामहरू हामी गर्दै थियौँ, नेतृत्वको हिसाबले हामी त अझ डरलाग्दो अवस्थामा थियौँ। केन्द्रीय कमिटीमा जे रिपोर्ट भयो, त्यो रिपोर्टका हिसाबले १६० वरिपरि मात्रै (स्थानीय तह निर्वाचनमा) आउने हो कि भन्ने थियो। जे होस् पछि बन्यो।यस हिसाबले हेर्दा नेतृत्वले अझ बर्बाद पार्न खोजेको थियो, तर जनताले इतिहासको हाम्रो मूल्यांकन गरे। यो वर्तमान मूल्यांकन होइन,आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन। एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो।

    आज हामीले जसरी गर्यौँ, जसरी हिँड्यौँ, यस हिसाबले अझै बर्बाद हुन सक्थ्यो। यही तरिका हो भने हामी भिरको नजिक–नजिक जाँदै छौँ । हामी एउटा कान्लाबाट खस्यौँ, धेरै कान्लाबाट खसेर भिरको नजिक पुगेका छौँ।

    हामी सांगठनिक रुपले पहिलेदेखि अन्यौलग्रस्त थियौँ। यो त्यसको परिणाम हो। आफ्नो सत्ताका लागि, आफ्नो प्रतिष्ठाका लागि, लाभ र पदका लागि जे गरेपनि हुन्छ भन्ने कुरा नेताहरूले नै नाङ्गो रुपले कार्यकर्तालाई र कार्यकतामार्फत जनतालाई सिकाएका थियौँ। त्यो अन्तरघात हामीले सिकाएको हो। एउटा आँखाले हेर्नुहुन्छ भने त्यो विद्रोह हो।

    हामीले कमिटी, पार्टी र जनतालाई हेप्यौँ, हामीले धेरै हेप्ने काम गर्यौँ। यसको व्याख्या होला। त्यसैले उनीहरूको आँखाले हेर्दा त्यो विद्रोह हो। पार्टीको परम्परा, सिद्धान्त र नैतिकताको हिसाबले भन्ने हो भने त्यो अन्तर्घात हो। तर, डरलाग्दो कुरा, यदि यसको सही मूल्यांकन गर्न सकेनौँ भने कोत पर्व हुने हो कि!

    यदि नेकपा एमाले राज्यलक्ष्मीले गगनसिंहको हत्यारा खोज्ने काम गरेजस्तै कोत पर्व गर्नेतिरको बाटो लिन्छ कि समीक्षा गर्ने र जिम्मेवारी लिने बाटो लिन्छ। कमरेड ओलीले यो अन्तिम बेलामा पनि बुद्धि पुर्याउनु भएन भने, उहाँले यसलाई कोतपर्वतिर लैजाने प्रयत्न गर्नुभयो भने हामी भयंकर ठूलो संकटमा छौँ।

    यो चुनावभन्दा अगाडि नै मैले भनेको थिएँ, हाम्रो दुरबुद्धिले जे कृत्य गर्यौँ त्यो नगरिदिएको भए, अन्तिममा पनि यदि थोरै सद्बुद्धि पलाएको भए, हामी वाम गलबन्धन गरेर गएको भए हामी ६०० स्थानीय तह वरिपरि जितेर अगाडि बढ्थ्यौँ।

    अघि मैले कोतपर्वको कुरा गरेको थिएँ, ओली कमरेडले यसलाई निकास दिने चान्स छ। त्यो भनेको यसको सप्पै जिम्मा उहाँले लिने। ‘सप्पै म हुँ अरु केही होइन’ भन्ने जुन प्रयोग थियो, ठिकै छ, यो एउटा प्रयोग भयो, उहाँले यसलाई यसैगरी लिनुभयो भने उहाँको पनि प्रतिष्ठा थोरधेर कायम रहनेगरी यसको सेटलमेन्ट हुने ठाउँ छ।

    ओली कमरेडसँग विलक्षण प्रतिभा छन्, असाधारण प्रतिभा छन्। व्यवहारिक राजनीतिको हिसाबले हेर्ने हो भने मान्छु। तर, समस्या के छ भने उहाँँको त्यो ‘म’ को आकार यति ठूलो छ कि ती सबै प्रतिभाहरू निस्प्रभावी हुन्छन्। कमरेड ओलीले नै यी कुराको जिम्मेवारी लिनुहुनेछ भन्ने लाग्छ मलाई। उहाँको यो ‘म’ सिद्धान्तको प्रयोग असफल भयो।

    ओलीले ‘म अब कोत पर्वको बाटो रोज्दिनँ, बरु माधव नेपालको बाटो रोज्छु’ भनेर लाग्नुपर्यो। २०६४ सालमा हामी हार्यौँ, माधव नेपालले राजीनामा दिनुभयो। म आज कमरेड ओलीलाई राजीनामा गर्नुस् भन्दिनँ, पहिला त उहाँले जिम्मेवारी लिनुपर्यो।

    मैले माधव कमरेडको राजीनामाले पार्टी बचाउन ठूलो योगदान गर्यो भन्ने अर्थमा यो कुरा गरेको हुँ। के गर्ने भन्ने कुरा त पार्टीमा सामूहिक रुपले जाँदा कमरेड ओलीसँगकै सरसल्लाहमा पार्टीलाई कसरी लैजादा ठीक हुन्छ भन्ने ठाउँमा पुग्नेछौँ। हाम्रो वर्तमान बिग्रियो, तर भविस्य बाँकी छ। अझै पनि हामी भविस्यको ख्याल गरौँ।

    महाकाली पछि इन्डिया संसदलाई हान्ने, माओवादी जनयुद्धका नाममा हान्ने, राजा आफ्नो सत्ता गुमेका नाममा संसदलाई हान्ने, आज पनि संसदमाथिको अतिक्रमण। संसद हाम्रो मुलुकको सार्वभौमसत्तासँग समेत जोडिएको कुरा हो। यस अर्थमा म त्यो कुरामा सम्झौता गर्दिनँ भन्ने मेरो प्रतिबद्धता हो। फेरि पनि संसदमाथि आक्रमण, त्यसमार्फत अस्थिरता तर्फ लैजाने भूराजनीतिक र भागभित्री शक्तिहरू, त्यसलाई म रोक्न त सक्दिनँ तर मैले गर्न सक्ने प्रतिक्रिया म गर्न सक्छु।

    एउटा राजनीतिक पार्टी विचारधारात्मक रुपले प्रशिक्षित नभएपछि मान्छेका निजी हितहरू अगाडि आउँछन् र त्यो अनन्त लडाईँको एउटा रणमैदान बन्छ। वैचारिक प्रशिक्षणका हिसाबले २०७१ साल पछाडिहामीले अहिलेसम्म वैचारिक भन्न मिल्ने, वैचारिक प्रशिक्षण, वैचारिक छलफल र वैचारिक विमर्शका हिसाबले एउटा पनि काम गरेको छैन।”

    हेर्नुहोस् अन्तर्वार्ताको भिडियो –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.