Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

देवी-देउता र मादक पदार्थ

आम मान्छेहरू चाहीँ ‘देवताहरू सधैँ सत्कर्ममात्रै गर्छन्, ‘गलत’ काम गर्दैनन्, देवताहरू माम्स, मदिरा खाँदैनन् र व्यभिचार गर्दैनन्’ भन्ने ठान्छन्। तर पुराना शास्त्रहरूको अध्ययनले सो कुरालाई गलत ठहर्याउँछ। चर्चित पुराण र कथापात्रहरूले आजको ‘नैतिकता’को सीमा नाघेका देखिन्छन्। र, उतिखेरका देवीदेवता र ऋषिमुनिहरूले आनन्दका लागि प्रयोग गरेका सोम, सुरा, गाँजा, भाङ, धतुरो इत्यादिलाई आजका आम मानिसहरूले जीवन दर्शनमा या आर्ट, डक्युमेट्री र चलचित्रमा देखाउँदा आपत्तिजनक ठान्नु आवश्यक छैन।

प्रशान्त ‘पुष्प’ रिजाल प्रशान्त ‘पुष्प’ रिजाल
असार २४, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

वैदिक कालिन रचनामा सोमलाई भगवानका रूपमा उल्लेख गरिन्छ। वेदका कतिपय ऋचाहरूमा सोमलाई त्यस्तो वृक्षका रूपमा पनि चित्रण गरिएको छ, जसबाट मादक पदार्थको निर्माण गरी देवताहरूलाई अर्पण गरिन्थ्यो। उतिखेर आम मानिसहरूले सेवन गर्ने मादक पदार्थलाई सुरा भन्ने गरको देखिन्छ। सोमको निर्माण भने विशेष देवताहरूकै लागि अर्पण गर्न बनाइएको थियो। यसको अर्थ सोम राजामहाराजाहरूका लागि खुवाउन बनाइएको विशेष रक्सी थियो।

देवी–देवताहरूको सबैभन्दा प्रिय वस्तु थियो सोम। सोही कारण अधिकांश यज्ञमा ऋषिहरुले इन्द्र, अग्नी, वरुण, मारुती आदि देवतालाई प्रसन्न पार्नकै लागि सोम अर्पण गर्दथे। र, ऋग्वेदमा इन्द्र, अग्नी, वरुण, मारुतीको नाम अक्सर चर्चा गरिएको पाइन्छ। यी देवताहरूमध्ये इन्द्रको नाम धेरै लिइएको भेटिन्छ। ऋग्वेदका हजारभन्दा धेरै ऋचाहरूमध्ये करीब २५० ऋचाहरूमा इन्द्रको उच्चारण भएको भेटिन्छ। ऋग्वेदका अनुसार आर्यहरूका सर्वप्रिय भगवान इन्द्र नै थिए। इन्द्र युद्वका देवतासमेत थिए। वज्र लगायत तमाम शस्त्रहरूका मालिक नै इन्द्र थिए। घमन्डी, झगडालु तथा अत्यन्त व्यभिचारी थिए इन्द्र। मदिरा (सोम) उनको सर्वप्रिय पेय पदार्थ थियो। वैदिक मन्त्रहरूमा इन्द्रलाई पियक्कड तथा जँड्याहाका रूपमा चित्रित गरिएको छ। एक कथा अनुसार दैत्य व्रीत्राको बध गर्नुपूर्व तीन पोखरी बराबरको मदिरा पिएका थिए।

इन्द्रबाहेक अन्य धेरै देवताहरू सोमप्रति लिप्त भएको सन्दर्भ प्राचिन टिकाहरूमा उल्लेख भएको पाइन्छ। यद्दपी इन्द्रजति जँड्याहा र कामलिप्त अरु पाइँदैन। अग्निद्वारा संयम मुद्रामा सोम सेवन गरीएको कुरा पनि ऋग्वेदमा उल्लेख छ। अतः वैदिककालिन देवताहरूमा मदिरा दैनिक उपभोग्य वस्तुझैँ देखिन्छ। र, मदिरालाई अत्यन्त सम्मान र प्रतिष्ठाको विषयका रूपमा लिइन्थ्यो। ‘वाजपेय यज्ञ’ गर्नुपूर्व गरिने अनुष्ठानमा ऋषिहरू सामुहिक रूपमा सोम सेवन गर्थे। वाजपेय यज्ञअन्र्तगत प्रत्यके ऋषिहरूले इन्द्रलाई पाँचपाँच कप मदिरा अर्पण गर्दथे।

वैदिक रचनापश्चात अब महाकाव्यहरूबारे चर्चा गरौँ। मध्यकालिन आर्यरचनाहरूमा ईश्वरको स्थान प्राप्त गर्ने चरित्रहरू मदिराप्रिय भएको यथेष्ट प्रमाणहरू भेटिन्छन्। महाभारतको एक प्रसङ्गमा संजयद्वारा कृष्ण (भगवान बिष्णुका अवतार) अर्जुन, द्रौपदी तथा सत्यभामा (कृष्णपत्नी, उनी भूदेवीको अवतार थिइन्) ‘बास्सिया मदिरा’ पिएर मदमस्त रहने गरेको सन्दर्भ उल्लेख छ। महाभारतकै एक परिशिष्ट ‘हरिवंश’मा कृस्णका दाजु बलराम ‘कदंब मदिरा’ सेवन गरी पत्नीसँग मदहोसपूर्ण नृत्य गरिएको प्रसङ्ग उल्लेख छ।

वाल्मिकिकृत रामायणको एक प्रसङ्गमा विस्णु अवतार राम आफ्नी पत्नी सितासँग आलिंगनबद्व भई ‘शुद्व माइरेया मदिरा’ पिइने गरेको उल्लेख छ। एक अन्य प्रसङ्ग अनुसार राम पत्नी सिता समेत मदिराको खुब सौखिन थिइन्। जब सीता गंगा नदी पार गर्दै थिइन्, सिता गंगालाई चामल र मदिरा अर्पण गर्ने प्रतिबद्वता गर्छिन्। यमुना नदी पार गरिरहँदा रामले नदीले आफ्नो प्रतिज्ञा पुरा गर्न सहयोग गरेको खण्डमा एक हजार गाई र मदिरा अर्पण गर्ने प्रतिवद्वता गर्छिन्। एक कथाअनुसार समुद्र मन्थनपश्चात निस्किएको बरूणीलाई समेत मदिराकी देवीको रूपमा उल्लेख गरिएको छ।

तान्त्रिक परम्परामा पाँच वस्तुलाई प्रमुख रूपमा उल्लेख गरिएको छः मद्य (रक्सी), माम्स, मत्स्य, मुद्रा, तथा मैथुन। यी पाँच विषय देवताहरूलाई खुसी पार्नका लागि चढाइन्थ्यो। यद्दपी ‘बामाचारी भगवान’लाई मात्र यिनको सेवन गर्ने अधिकार थियो। देवी काली तथा उनका अनेकौँ रूपबारे कैयौँ कथाप्रसङगहरू उल्लेख छन्। कालीको सबैभन्दा महत्वपुर्ण चण्डमारी अवतार हो।

मध्यकालिन रचनाअनुसार चामुन्डा देवी मानब खोपडीलाई मदिरा सेवनकै लागि प्रयोग गर्थिन्। दुर्गासप्तशतीको एक प्रसंग अनुसार कालीमाता राक्षससँग युद्व गर्दा थाकेपछि विश्रामको क्षणमा ‘मधुपान’ (रक्सी सेवन) गर्छिन्। मधुपानपश्चात उनका आँखामा लालिमा उत्पन्न हुन्छ। त्यसपश्चात उनी राक्षसको वध गर्छिन्। आर्थत् रक्सी खाएर, त्यसकै उन्माद र क्रोधमा वैरीउपर हावी भएर त्यसको विनास गर्छिन्।

मध्यकालको एक अर्को रचनाअनुसार मदिरा र माम्स क्रमशः शक्ति र शिवको प्रतिक हो। मदिरा र माम्स भोग गर्नेलाई भैरव भनी त्यहाँ उल्लेख गरिएको छ। र, भैरबको मन्दिरमा मदिरा अर्पण गर्ने चलन निकै पुरानो हो । अहिले पनि भारतको दिल्ली र उज्जैनको काल भैरव मन्दिरमा अहिले पनि श्रद्वालुहरू मदिरा अर्पण गर्छन्। अहिले पनि पश्चिम बंगालको बिरभुममा प्रचलित परम्पराअनुसार मदिरालाई धर्मदेवता पात्र बनाई अर्पण गरिन्छ। देवताहरूको एक जुलुस बनाई मदिरा उत्पादन गर्ने सुण्डि (वैश्य) को घरमा लगिन्छ।

तान्त्रिक परम्परा तथा आदिवासी उपासनाहरूमा देवी–दवताहरूको अक्सर मदिरासँग सम्बन्ध रहेको उल्लेख गरिन्छ। वैदिक परम्परामा करीब ५० किसिमका नशालु मदिराको नाम उल्लेख छ। र, वैदिक साहित्य पढ्दा पुरूषहरु मदिरामा रमाइएको देखिन्छ। र, महिलाहरूले पनि मदिरा सेवन गरेका उदारहणहरू टन्नै भेटिन्छन्। बौद्व जातक कथाहरूमा मदिरा सेवनपश्चात् महिलाहरु नतमस्तक हुने गरेको यथेष्ट उदारहणहरू छन्।

अन्य संस्कृत साहित्यमा पनि मदिरा सेवनका अनेकौँ प्रसङ्गहरू भेटिन्छन्। कालिदासलगायत संस्कृत साहित्यका महाविद्वानका अनेकौँ रचनाहरूमा मादक पदार्थबारे बारबार चर्चा गरिएका छन्। अक्सर शास्त्रकथामा उल्लेख यस्ता बिषयमा आलोचनात्मक चेत राखी जिज्ञासा वा आलोचना गर्दा अचेलका तथाकथित ‘धर्मधुरन्धर पन्डित’हरू ‘देवताहरूले आनन्दमय जीवन व्यतित गर्नका लागि त्यस्ता नशालु पदार्थ सेवन गर्ने गरेको’ भन्ने तर्क गर्छन्।

र, आम मान्छेहरू चाहीँ ‘देवताहरू सधैँ सत्कर्ममात्रै गर्छन्, ‘गलत’ काम गर्दैनन्, देवताहरू माम्स, मदिरा खाँदैनन् र व्यभिचार गर्दैनन्’ भन्ने ठान्छन्। तर पुराना शास्त्रहरूको अध्ययनले सो कुरालाई गलत ठहर्याउँछ। चर्चित पुराण र कथापात्रहरूले आजको ‘नैतिकता’को सीमा नाघेका देखिन्छन्। र, उतिखेरका देवीदेवता र ऋषिमुनिहरूले आनन्दका लागि प्रयोग गरेका सोम, सुरा, गाँजा, भाङ, धतुरो इत्यादिलाई आजका आम मानिसहरूले जीवन दर्शनमा या आर्ट, डक्युमेट्री र चलचित्रमा देखाउँदा आपत्तिजनक ठान्नु आवश्यक छैन।

नशालु पदार्थ दालभातझैँ खानु गलत हो। सकेसम्म नखानु उचित हो। नशालु पदार्थ नखाइकनै जीवन मादकमय र आननन्दमय बनाउने खालको समाज बनाउन सके झनै राम्रो। तर मदिरा, गाँजा र भाङलगायत नशालु पदार्थ सेवन गर्नेहरूप्रति गलत नजरले हेर्ने र गाली गर्नेहरूले यो कुरा बुझ्नु जरूरी छ कि यदि भगवान छन् भने ‘भगवानको नजर सबैमा छ।’ भगवानको प्रिय वस्तुलाई भगवानकै सन्तानले सेवन गर्दा, भगवानकै अर्को सन्तान (कलाकार)ले आर्टमार्फत प्रस्तुत गर्दा भगवान, भगवती या कालीहरू किन रिसाउँथे होला र? उल्टो भगवान त रिसाउँथे होला र धर्मका मठाधिस र पण्डितहरूलाई उल्टै दण्डित गर्लान्। कि कसो?

प्रशान्त ‘पुष्प’ रिजाल

प्रशान्त ‘पुष्प’ रिजाल

Related Posts

हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

तीर्थ कोइराला
साउन ४, २०८२

विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

रामबहादुर भण्डारी 'आर. बी'
पुस १, २०८१

संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

घुस नखाने पार्टी समाजवादको सर्त

घुस नखाने पार्टी समाजवादको सर्त

घनश्याम भूसाल
साउन ८, २०८१

डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

जेकोब ड्रेयर
असार २७, २०८१

१६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

रामराज रेग्मी
असार १२, २०८१

यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

नेपाल रिडर्स
असार ३, २०८१

मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

गुगल मार्फत साइन इन गर्नुहोस्
Sign In with Linked In
वा

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

गुगल मार्फत साइन अप गर्नुहोस्
Sign Up with Linked In
वा

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share via
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

Add New Playlist

नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • मल्टिमिडिया
  • ब्लग

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.