Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हेडसरले चाहे बदलिन्छ सरकारी स्कुल

धनञ्जय शर्मा धनञ्जय शर्मा
भदौ २७, २०७६
- यो हप्ता, समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मैंले विद्यालय सेवाबाट अवकास लिएको चार वर्ष भैसक्यो। यो बीचमा महिनामा तीन चार पटक स्वेच्छाले स्कुलमा पुग्ने गरेको छु। आफ्नो स्कुल माया लाग्छ नै। म स्कूल भित्र पस्दा स-साना नानी-बाबुहरु आफ्ना कलिला हात मतिर तेसार्छन् मलाई हात मिलाउन भ्याई नभ्याई हुन्छ। उनीहरुसँग हात मिलाउन पाउँदा मलाई आनन्द आउँछ । उनीहरु म भन्दा अझ बढी खुशी भएको अनुभव गर्छु। विद्यार्थी र शिक्षक साथी सबैको अहिले पनि म हेडसर नै छु। सबैले हेडसर भनेरै सम्बोधन गर्छन्। सञ्चो बिसञ्चो सोध्छन्। स्कूलमा आइरहन आग्रह गर्छन्।

    म पनि कहिले काँही अलमलिन्छु। म त अहिले हेडसर छैन भन्ने बिर्सदो रहेछु। केही त्रुटि कमजोरी अगाडि देखिहाल्यो भने सँच्याउन निर्देशन दिन पुग्दो रहेछु । स्कूल भित्र मात्र होइन समुदायमा पनि म ‘हेडसर’ ले नै चिनिन्छु। सबैले हेडसर भन्छन्। हेडसर अचम्मको पद रहेछ। सेवा छोडे पछि पनि सधैँ सबैको हेडसर भइने। विद्यार्थीको हेडसर, शिक्षकको हेडसर र समुदायको पनि हेडसर। म अहिले हेडसर छैन र पनि यो सम्बोधन मलाई मिठै लाग्ने गरेको छ।

    सामुदायिक विद्यालयहरु मध्ये देश भरिमै उत्कृष्ट मानिने ज्ञानोदय उच्च माध्यमिक विद्यालय बाफल काठमाडौको म निवृत्त हेडमास्टर हुँ। त्यो सामान्य स्कुल कसरी राम्रोमा दरियो ? त्यहाँ के कस्ता राम्रा अभ्यासहरु गरिए ? के गर्नु पर्थ्यो जो गर्न सकिएन? निवृत्ति भए पछि म कस्तो अनुभव गरिरहेछु ? देशभरिका आदरणीय हेडसरहरुसँग अनुभव बाँड्नु यस लेखको उद्देश्य हो।

    म शिक्षक, सहायक हेडसर हुँदै हेडसर भएको थिएँ। मलाई पहिला देखि नै के विश्वास थियो भने, “स्कूल राम्रो बनाउन हेडसर नै कस्सिनु पर्छ।” हेडसरले “म यो स्कुललाई यति वर्ष भित्र यस्तो बनाउँछु। यस्तो उचाइसम्म पुर्याउँछु । यी यी स्रोत साधनलाई यसरी जुटाउँछु। यस्ता यस्ता तरिका अपनाएर पढाइ र सिकाइलाई प्रभावकारी बनाउँछु ।” स्पष्ट भिजन सहित दह्रो अठोट लिएर काम थाल्ने हो भने लक्ष्य प्राप्तिको बाटोमा आइपर्ने बाधा, व्यवधान, बिरोध र असहयोगलाई निश्चित रुपमा चिर्न सकिँदो रहेछ। हाम्रो स्कूलको अनुभवले त्यही भन्छ।

    यो युग व्यवस्थापनको युग हो। हाम्रा सामुदायिक विद्यालयहरुमा मानवीय र भौतिक स्रोत साधनको कमी भन्दा पनि व्यवस्थापकीय कमजोरी रहेको मेरो बुझाइ छ। हेडमास्टर मुख्य कर्मचारी व्यवस्थापक भएको हुँदा स्कुलका राम्रा नराम्रा कुराहरु हेडमास्टरसँग ठोकिन पुग्दा रहेछन्। जस-अपजसको भागी हेडसर नै हुनुपर्दो रहेछ। मेरा अनुभवहरु सार्वदेशिक र सार्वकालिन नहुन सक्छन्। ठाउँ र परिवेशले व्यवस्थापनलाई प्रभाव पार्छ। यसो भए पनि कुनै कुनै गरिका सबै ठाउँ र परिवेशका लागि उपयुक्त हुन सक्छन् भन्नेमा आशावादी छु।

    आफ्ना शिक्षक साथीहरु मध्ये को सँग कुन प्रकारको क्षमता छ, त्यसको पहिचान गरेर उहाँहरुलाई स्कूलको हितका निम्ति अधिकतम् प्रयोग गर्न सक्नु नै हेडमास्टरको सफलता हो। यस्तो गर्न नसक्ने हेडमास्टर कसैगरी पनि सफल हुनसक्दैन।
    स्कुल राम्रो बनाउन अभिभावकहरुको सहयोग र समर्थन जरुरी रहेछ।

    निरन्तर अभिभावकसँग छलफल गर्नु, उनीहरुका कुरा रुचिपूर्वक सुन्नु, उनीहरुका सुझाव र गुनासोलाई सकारात्मक रुपमा लिनु, उनीहरु प्रति आदरभाव राख्नु, सबै काम कारवाहीमा पारदर्शिता राख्नु, विद्यालयका आवश्यकता र समस्याबारे उनीहरुसँग छलफल गर्नु, आफ्ना छोरा छोरी प्रति अभिभावकको दायित्व के हो भन्ने बारे राम्ररी बुझाउने, बाल बालिकालाई उमेर अनुसार भिन्न व्यवहार गर्नु पर्छ भन्ने बारेमा जानकारी गराउने, बालबालिकाको शिक्षामा लगानी गर्न प्रोत्साहन गर्ने, क्षमता अनुसार विद्यालयलाई आर्थिक सहयोग गर्न प्रेरित गर्ने, यो विद्यालय हाम्रो हो भन्ने भावनाको विकास गर्न प्रयत्न गर्ने। सक्ने अभिभावकसँग लिने र नसक्नेलाई दिने पद्धतिको विकास गर्ने। अभिभावकका व्यक्तिगत पीर मर्कालाई पनि महत्व दिने। यसो गर्न सकेमा अभिभावकको सहयोग लिन सजिलो हुने रहेछ । यस्तो प्रयत्न एक पटक होइन नथाकिकन पटक पटक गरिरहनु पर्दो रहेछ। “अभिभावकसँग जति धेरै सम्वाद त्यति धेरै सहयोग।”

    मानव जीवनमा मात्र नभएर प्रकृति जगतमै मायाको ठूलो भूमिका हुँदो रहेछ। विद्यार्थी, शिक्षक र समुदाय सबैले ‘माया’ खोज्दा रहेछन् । विद्यार्थीलाई माया गर्दा विद्यार्थी सङ्ख्या बढ्ने र स्कुल छोड्ने दर घट्दो रहेछ । शिक्षकलाई गर्यो भने उहाँले राम्रो पढाउनु हुँदो रहेछ र हेडसरलाई सहयोग गर्नु हुँदो रहेछ। अभिभावकलाई माया गर्दा स्कुललाई सहयोग जुट्दो रहेछ। आफैँलाई माया गर्दा आत्मवल बढ्ने रहेछ। विद्यार्थीलाई डाँटेर पिटेर, उपदेश मात्र दिएर, एकोहोरो पाठ्यपुस्तक मात्र घोकाएर, फेल गरेर कक्षा दोहोर्याउन लगाएर राम्रो बनाउन नसकिँदो रहेछ। उनीहरुलाई त माया, प्रेरणा र स्यावासी दिनु पर्दोरहेछ। विद्यार्थीसँग भावनात्मक सम्बन्ध गाँस्ने, रमाइलो वातावरण निर्माण गरी घुलमिल हुनु पर्दो रहेछ।

    विद्यार्थीलाई पढाउन भन्दा पनि हामीले उनीहरुलाइृ पढ्नु पर्दो रहेछ। उसका असल पक्ष, कमसल पक्ष, उसको रुचि, क्षमता, उसको विचार, उसका समस्या र इच्छा र चाहनालाई बुझ्नुपर्दो रहेछ। विद्यार्थीको बाहिरी रुप होइन भित्री रुप चिन्नु पर्दो रहेछ। शिक्षक आफैँ हनुमान बन्न खोज्ने होइन, हनुमानको शक्ति चिनाइदिने जाम्बवन्त बन्नु पर्दो रहेछ । कमजोर विद्यार्थीको पहिचान गर्ने, कमजोर हुनाको कारण पत्ता लगाउने र सहानुभुति पूर्वक उसका कमजोरी हटाउन प्रयास गर्ने हो भने हाम्रा स्कुलमा कमजोर विद्यार्थी नै रहँदैनन्।

    हाम्रा शिक्षक साथीहरुले जसरी पढाइरहनु भएको छ, त्यो शैलीमा अलिकति परिवर्तन गर्न, भिन्न तरिका अपनाउन, विद्यार्थीलाई अझ बढी सक्रिय बनाउन, उनीहरुको सहभागिता बढाउन कोशिस गर्ने हो कि! उनीहरु आफैँले सोच्ने, सिक्ने, बुझ्ने, विश्लेषण गर्ने, तर्क गर्ने, सहमति–असहमति जनाउन सक्ने वातावरण निर्माण गर्ने हो कि! सुनेर, पढेर, हेरेर, छोएर, छामेर, जाँचेर, प्रयोग गरेर सिक्न सक्ने व्यवहारिक विधि बारे छलफल चलाउने र सकिन्छ भने यस्ता छलफलमा विद्यार्थीलाई पनि सहभागी गराउने हो कि! भनेर सुनाउने भन्दा गरेरै देखाउने विधि प्रभावकारी होला कि! हाम्रा शिक्षक साथीहरुले कक्षा कोठामा साह्रै मिहिनेत गरिरहनु भएको छ र पनि परम्परागत शिक्षक विधिका कारण त्यो मिहिनेत बालुवामा पानी सरह हुन गएको छ।

    हेडसर स्कुलको कार्यकारी व्यवस्थापक हो । शिक्षकहरुको नेता हो। समाजको अगुवा हो। समन्वयकर्ता, सहजकर्ता, द्वन्द्व व्यवस्थापक सबै हो । राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक पक्षप्रति सचेत नागरिक पनि हेडमास्टर नै हो । हेडमास्टरका धेरै दायित्वहरु छन् । राम्रो स्कुल बनाउने हेडसरको मुख्य दायित्व हो । आफ्ना शिक्षक साथीहरु मध्ये को सँग कुन प्रकारको क्षमता छ, त्यसको पहिचान गरेर उहाँहरुलाई स्कूलको हितका निम्ति अधिकतम् प्रयोग गर्न सक्नु नै हेडमास्टरको सफलता हो । यस्तो गर्न नसक्ने हेडमास्टर कसैगरी पनि सफल हुनसक्दैन । शिक्षक साथीहरुलाई नियम कानुनको डर देखाएर भन्दा आत्मीय र सौहार्द सम्बन्ध कायम गरेर उत्तरदायी बनाउन सकिँदो रहेछ । राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त व्यवहार गर्नाले साथीहरुको टीम निर्माण गर्न सजिलो हुने रहेछ । शिक्षकहरुका कमी, कमजोरी र गल्ती औँल्याएर भन्दा उनीहरुका असल पक्ष उजागर गरेर, प्रशंसा गरेर, प्रेरणा दिएर मन जित्न सकिने रहेछ । शिक्षकका व्यक्तिगत समस्या प्रति उत्तिकै संवेदनशीलता र सहानुभूति राख्दा शिक्षकसँग निकटता बढाउन र आत्मीयता सिर्जना गर्न सजिलो हुने रहेछ। शिक्षक जुन सुकै तहको भए पनि तहगत विभेद नगरी समान सम्मान र महत्व दिनु पर्ने रहेछ। पिठ्यूँ पछाडि कुनै पनि शिक्षकको आलोचना नगर्नु राम्रो।

    विषय शिक्षक र कक्षा शिक्षकलाई उहाँको विषय र कक्षाको पूर्ण जिम्मेवारी दिने, यस्तो जिम्मेवारी दिँदा साधन, स्रोत र निर्णय गर्ने अधिकार समेत दिनाले उत्तरदायी बनाउन सजिलो हुने रहेछ। शिक्षकसँग औपचारिक र अनौपचारिक बैठक र छलफल निरन्तर गरिरहनु पर्दो रहेछ। कहिले विषयगत शिक्षकसँग, कहिले तहगत शिक्षकसँग कहिले व्यक्तिगत रुपमा यस्तो छलफल र सम्वाद चलाउन पर्ने रहेछ। स्टाफ मिटिङ भन्दा यस्तो सम्वादले हेडसरको आलोचना कम हुने र गुटबन्दी गर्ने प्रवृत्ति घट्दो रहेछ।

    सम्वाद नै द्वन्द्व व्यवस्थापनको पहिलो आधार रहेछ। विद्यार्थी वा कक्षा कोठासँग सम्बन्धित शैक्षिक सामग्रीको माग शिक्षकबाट आएमा त्यसलाई सकारात्मक रुपमा लिई तत्काल पूर्ति गर्न चासो देखाउनु उचित हुँदो रहेछ। आवधिक परीक्षाको परीक्षाफल विश्लेषण गर्ने, पृष्ठपोषण लिने , शिक्षकलाई आफ्नो विषय र विद्यार्थी प्रति पूर्ण उत्तरदायी बनाउने, कक्षामा मनिटर, सहायक मनिटर बनाई कक्षाकोठाको जिम्मेवारी दिने, जान्ने र नजान्नेलाई सँगै राखी जान्नेले नजान्नेलाई सिकाउने पद्धति प्रभावकारी हुने रहेछ।

    शिक्षक साथीहरुलाई नियम कानुनको डर देखाएरभन्दा आत्मीय र सौहार्द सम्बन्ध कायम गरेर उत्तरदायी बनाउन सकिँदो रहेछ। राजनीतिक आग्रह, पूर्वाग्रहबाट मुक्त व्यवहार गर्नाले साथीहरुको टीम निर्माण गर्न सजिलो हुने रहेछ। शिक्षकहरुका कमी, कमजोरी र गल्ती औँल्याएर भन्दा उनीहरुका असल पक्ष उजागर गरेर, प्रशंसा गरेर, प्रेरणा दिएर मन जित्न सकिने रहेछ।

    स्कूल ससाना बालबालिकाको सिक्ने थलो भएकोले व्यवस्थापकले साना तिना, झिना मसिना कुरामा बढी ध्यान दिनु पर्ने रहेछ। सरसफाइ, बगैचा निर्माण, कक्षाकोठा सजावट, शैक्षिक सामग्री निर्माण, कक्षाकोठाको रेखदेख जस्ता काममा विद्यार्थीलाई नै अधिकतम प्रयोग गर्दा उनीहरुमा स्कुल र कक्षाकोठा प्रति अपनत्व जाग्दो रहेछ। हेडसर शिक्षक र विद्यार्थीको अधिकतम पहुँचमा रहनु पर्ने रहेछ। शिक्षक विद्यार्थीले पालना गर्नु पर्ने नियम, आचार संहिता उनीहरुके सल्लाह र सहभागितामा निर्धारण गर्नु पर्दो रहेछ। पाठ्यवस्तुलाई दैनिक व्यवहारसँग जोड्न प्रेरित गर्नु पर्दो रहेछ।

    कक्षा ३ सम्मको उमेर समूह सिकाइको जग भएकोले सबैभन्दा बढी ध्यान यही उमेर समूहमा दिनु पर्ने रहेछ। भिन्न भिन्न जातजाति, भिन्न भिन्न धर्म सँस्कृति, भिन्न भिन्न भाषाभाषी र भिन्न भिन्न पारिवारिक पृष्ठभूमि भएका बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन कक्षा ३ सम्म ग्रेड टिचिङ उपयोगी हुने रहेछ।

    समुदायका गैरअभिभावक, अगुवा, बुद्धिजीवि, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिकर्मीहरुलाइ समय समयमा विद्यालयमा डाकी ससम्मान राय लिने, स्कुलका गतिविधि र समस्या बारे जानकारी गराउने, उहाँहरुको प्रशंसा गर्ने जस्ता कार्यले समुदायको सहयोग जुटाउन बल पुग्दो रहेछ। व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरुसँग औपचारिक, अनौपचारिक रुपमा मिटिङ, बैठक, छलफल, व्यक्तिगत भेटघाट गरिरहनाले राजनीतिक द्वन्द्व कम गर्दो रहेछ।

    सकारात्मक सोच राखेर स्कुल राम्रो बनाउन हेडसर कस्सिएर लाग्नुभयो, समर्पित हुनु भयो भने विस्तारै बिरोध गर्नेहरु पनि किनारा लाग्ने र सबैको सहयोग जुट्न थाल्दो रहेछ। सरकारले गरेन, दिएन भनिरहनु भन्दा समुदायबाटै कसरी स्रोत साधन जुटाउन सकिन्छ भन्ने चिन्तन फलदायी हुँदो रहेछ।

    सेवा निवृत्त भए पछि “स्कूलका निम्ति हेडसर नै सबैथोक हो” भन्ने मेरो विश्वास झन् बलियो भएको छ। देशका अन्य जिल्लामा जाँदा मैले के अनुभव गरेँ भने, जुन स्कूलको हेडसर सक्रिय र समर्पित हुनुहुन्छ, त्यो स्कूल राम्रो छ। जुन स्कूलले अभिभावकसँग दुईचार रुपियाँ भए पनि सहयोग लिएको छ त्यो स्कूलका अभिभावक तुलनात्मक रुपमा स्कूल प्रति बढी जिम्मेवार देखिएका छन्। हेडसरले आफू पछि आफूजस्तै दोस्रो नेतृत्वकर्ता तयार पार्नु पर्दो रहेछ भन्ने कुरा मैले सेवा निवृत्त भए पछि झन् गहिरोसित अनुभूत गरेको छु।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      धनञ्जय शर्मा

      धनञ्जय शर्मा

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.