Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सामुदायिक विद्यालयको पढाइ निजि सरह बनाउन ‘हायर एण्ड फायर’

वास्तवमा त्यो स्कुलमा नानीहरु किन पठाउने, जुन स्कुलमा त्यहीं कार्यरत शिक्षकका छोराछोरीहरु पढ्दैनन् ।

nepal_readers nepal_readers
असार १, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -सरोज बराल-

    लेखक सरोज बराल

    केही वर्ष पहिले सामुदायिक विद्यालयमा शिक्षकहरुले राम्रो पढाउने नगरेको भन्यो भने, “संस्थागत विद्यालयमा पो ३०३५ जना विद्यार्थी राखेर पढाइन्छ र पो राम्रो गर्छौ त । हामीले जस्तो एउटा कक्षामा ८०/९० वा १०० जना राखेर पढाउनु परेको भए थाहा हुन्थ्यो त” भन्थे सामुदायिक विद्यालयका शिक्षकहरु। अलिपछि यस्तै कुरा गर्दा सामुदायिक विद्यालयका शिक्षकहरुको भनाइ हुन्थ्यो, “अलिक सचेत मानिसहरुले आफ्ना नानीहरु संस्थागत विद्यालयमा पठाउँछन् । केही गर्न नसक्ने, नजान्ने अभिभावकका छोराछोरीहरु, अर्काको घरमा काम गर्ने केटाकेटीहरु पढाएर कसरी राम्रो होस् त ?”

    यसको केही समयपछि आएर ‘सामुदायिक विद्यालयमा विद्यार्थी किन छैनन्?’ भन्दा ‘संस्थागत विद्यालयमा जाने विद्यार्थीहरु जुत्ता, टाइ लगाएर गएको’ देख्छन् । अरु केटाकेटीलाई पनि ‘टाइ लगाउने रहर लागेर त्यता जान्छन् । सामुदायिक तिर आउँदैनन्’ भनियो । त्यसपछि सामुदायिक विद्यालयमा पनि टाइ लगाउने व्यवस्था गरियो । तर पनि विद्यार्थीहरु सामुदायिक विद्यालय गएनन् । रिक्सा चलाउने, सामान्य ज्याला-मजदुरी गरेर जिविका चलाउनेहरुका नानीहरु पनि संस्थागत भनिने निजि विद्यालयतिर जान थाले । अभिभावकले पनि सकि-नसकि, एक छाक खाएर भएपनि निजि स्कुलमै आफ्ना नानीहरु पठाउन थाले । उनीहरुको एउटै उद्देश्य भनेको आफूले दु:ख पाएको भएपनि आफ्ना छोराछोरी राम्रो पढेर पछि सुखमय जिन्दगी बिताउन सकुन् ।

    तर आजकाल सामुदायिक विद्यालयका शिक्षकहरु भन्न थालेका छन् “अहिलेको आकर्षण भनेको र अहिलेको समाजमा बिक्ने भनेकै अँग्रेजी भाषा हो । अँग्रेजी पढ्न र सिक्नका लागि मात्र उनीहरु निजि विद्यालय गएका हुन् ।” उनीहरुले यसो भन्दैगर्दा कोही पनि यो स्विकार गर्न तयार छैनन् कि आफूले नपढाएकै कारणले विद्यार्थीहरु सामुदायिक तर्फ नआएका हुन् । वास्तवमा त्यो स्कुलमा नानीहरु किन पठाउने, जुन स्कुलमा त्यहीं कार्यरत शिक्षकका छोराछोरीहरु पढ्दैनन् । त्यहाँ शिक्षकले राम्रो पढाउँछन् भन्ने लाग्थ्यो भने नि:शुल्क पढाइ हुने ठाउँ छाडेर शुल्क तिरेर पढाउने ठाउँमा किन लैजान्थे आफ्ना नानीहरुलाई ? तिनीहरुलाई आफूले कामगर्ने विद्यालय र आफ्ना सहकर्मी साथीहरु प्रति भरोसा छैन । त्यसकारण त्यहाँ पढाउनै चाहँदैनन् ।

    अहिले अंग्रेजी माध्यमबाट पढाउने भनिएपनि सामुदायिक विद्यालयमा फेरि पनि पढाइ हुँदैन । यदि अंग्रेजी माध्यमबाटै पढाउने हो भने अंग्रेजी माध्यमबाट पढाउने शिक्षकहरु निजि विद्यालयबाटै करारमा लिनुपर्ने हुन्छ । सामुदायिकमा भएका शिक्षकहरुमा “कामचोर” प्रवृत्ति हावी छ । कामचोर प्रवृत्ति भएका शिक्षकहरुबाट अँग्रेजी माध्यमको पढाइ हुन सक्दैन ।

    निजिबाट करारमा लिएको खण्डमा उसले काम राम्रोसँग गरेन भने कारवाहीस्वरुप उसलाई कारवाही गर्न सकिन्छ, निस्कासन गर्न सकिन्छ । तर सामुदायिकको स्थायी शिक्षकले काम गर्न सकेन भने उसलाई कारवाही गर्न कसले सक्छ ? त्यसमाथि ऊ संघसंगठन नामको राजनैतिक दलको भातृ संगठनको सदस्य रहेको हुन्छ । अहिले सामुदायिक विद्यालयको पढाइ भताभुङ्ग हुनुको कारण यस्तै कामचोर प्रवृत्तिका जागिरे हुनुले हो भन्दा कुनै गल्ति हुँदैन ।

    अस्ति भरखर एउटा विद्यालयमा अंग्रेजी माध्यम लागू गर्दा कसरी गर्ने होला भन्ने विषयमा छलफल हुँदै थियो । मैले त्यहाँ ‘निजि क्षेत्रकै शिक्षकहरु ल्याउनुपर्छ, सामुदायिकका त कस्ता छन् भन्ने थाहै होला’ भन्दैगर्दा एकजना सामुदायिक शिक्षक रिसाउँदै हुनुहुन्थ्यो । “नेपाल सरकारको शिक्षा आयोग पास गरेका शिक्षकहरु छन् । के सोच्नुभएको छ सामुदायिक शिक्षकहरुलाई ?” भनेर कराउँदै हुनुहुन्थ्यो । विषयलाई अन्यत्रै मोड्नका लागि मैले गल्ति भयो भनिदिएँ । भन्न मन लागेको त अरु धेरै कुराहरु थिए ।

    हो, यो कुरा मलाई प्रष्ट थाहा छ सामुदायिक विद्यालयका शिक्षकहरु सबै तालिम प्राप्त हुनुहुन्छ । निजि स्कुलको भन्दा राम्रो तलव स्केल छ । ग्रेड र भत्ताहरु पनि पाउनुहुन्छ । विषयगत योग्यता भएकाहरु हुनुहुन्छ । तर त्यस्तो योग्य शिक्षकहरु भएको संस्थाहरुको अवस्था आज के छ त ? किन त्यस्ता स्कुलमा विद्यार्थीहरु छैनन् ? तिनका एसइइको परीक्षाको परिणाम कस्तो छ त ? त्यसकारण म फेरि पनि भन्छु, ‘त्यहाँ कार्यरत शिक्षकहरु राजनैतिक दलको सदस्य रहुन्जेल र कामचोर प्रवृत्ति रहुन्जेलसम्म त्यहाँको पढाइ जुनसुकै माध्यमको बनाएपनि केही फरक पर्नेवाला छैन ।’

    अँ, यहाँ कसैकसैले भन्न सक्नुहुन्छ, ‘निजि विद्यालयको परीक्षाफल राम्रो हुनुको कारण परीक्षाकेन्द्रमा हुने चलखेल, सिट प्लानिङदेखि अन्य अनेक कुराहरु मिलाएर परीक्षा दिलाउनु पनि हो।’ यस्तो भन्नुभयो भनेपनि प्रश्न फेरि तपाईंहरु तिरै सोझिन्छ । किनकि परीक्षाको केन्द्राध्यक्षदेखि लिएर परीक्षाहलको गार्डहरु सबै तिनै कामचोर शिक्षकहरुबाट लिइएको हुन्छ।

    बरु, निजि स्कुलमा काम गर्ने शिक्षकहरु कोही पनि तालिम प्राप्त छैनन् । अहिले पनि मावि तहमा पढाउने शिक्षकहरुको तलव खरदार वा आधारभूत तह बराबर मात्र छ । उनीहरुसँग नियुक्तिपत्र छैन । उनीहरु कतिबेला संचालकले निकालिदेला र बेरोजगार हुनुपर्ने अवस्था आउने हो भनेर डर मानिमानि पढाउनु पर्छ । पढाइमा अलिकति कमजोरी भयो भने काम गर्न असक्षमको आरोपमा निकालिने अवस्था सिर्जना हुन्छ ।

    तर सामुदायिकमा हेरौं त, ‘कसले के गर्दो रहेछ?’ भन्ने प्रवृत्ति छ । यसरी एकातिर श्रम ज्यादा र पारिश्रमिक कम भएर श्रमशोषणमा परिरहेकाहरु छन् भने अर्कोतिर पारिश्रमिक राम्रो छ तर श्रम शुन्य बराबर भएपनि कसैले केही गर्न नसक्ने अवस्था छ। त्यसकारण यदि सामुदायिकको पढाइलाई निजि सरह बनाउने हो भने त्यहाँ पनि “हायर एण्ड फायर” को अधिकार प्रधानाध्यापकलाई हुनुपर्छ । अनिमात्र केही हुन्छ । तर उस्तै परे प्रधानाध्यापकलाई फायर गर्नसक्ने क्षमता भएका शिक्षकहरु छन् । किनकि ति शिक्षकहरु भनेका राजनैतिक दलका सदस्यहरु हुन् ।

    देशमा शिक्षाको उचित विकास गर्नका लागि सामुदायिक विद्यालयलाई नै सुधार गर्नु पर्दछ । यसका लागि सामुदायिक शिक्षकका छोराछोरीहरु सामुदायिक मै पढाइनु पर्दछ र त्यहाँ कार्यरत शिक्षकहरु कोही पनि स्थायी हुनुहुँदैन । राम्रो काम नगर्ने शिक्षकलाई प्रधानाध्यापकले हटाउन पाउने र प्रधानाध्यापकले राम्रो नगरे संचलक समितिले हटाउन पाउने हुनुपर्दछ । संचालक समितिमा रहनेहरु त्यसै विद्यालयका अभिभावक हुनुपर्दछ र तिनीहरु राजनैतिक दलका सदस्य हुनुहुँदैन । यति भए पढाइ हुने माध्यम जेसुकै भएपनि फरक पर्दैन । नत्र अंग्रेजि माध्यममा पढाइ गरेपनि सामुदायिक विद्यालयको पढाइ सुधार हुने छैन । अहिले केही विद्यालयमा सुधार भएको अंग्रेजि माध्यम भएर होइन । त्यहाँका शिक्षकहरुले कामचोर प्रवृत्तिलाई त्यागेको कारणले मात्र हो ।

    (बराल विद्यालयका शिक्षक र पत्रकारसमेत हुन्) –नेपाल प्लसबाट साभार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.