Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स्टालिन : एउटा क्रान्तिकारी, एउटा खलनायक

तर, सोभियत संघमै लाखौं मानिस यस्ता पनि थिए, जसले स्टालिनको मृत्युमा दीपावली नै गरे ।

सहयोगीबाट सहयोगीबाट
मंसिर १३, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -एन कुवँर- तत्कालीन सोभियत संघका शासक जोसेफ स्टालिन कुनै बेला कम्युनिस्टका आदर्श थिए । उनी सोभियत संघका प्रख्यात ‘हिरो’ थिए । तर, पछि उनलाई नरसंहार गर्ने नेताका रूपमा अर्थ्याइयो र त्यहीअनुसार बुझ्न थालियो, अर्थात् ‘भिलेन’ भनियो ।

    उनको जीवन केलाएर हेर्दा लाग्छ, स्टालिन हिरो पनि थिए र भिलेन पनि ।

    स्टालिनको नामको अर्थ हुन्छ, लौहपुरुष ।

    स्टालिनले जुन खालको जिन्दगी जिए, त्यो हेर्दा लाग्छ, उनले आफ्नो नाम सार्थक पारे । उनले रुसलाई यति शक्तिशाली बनाए कि दोस्रो विश्वयुद्धमा हिटलरको जर्मन सेनालाई समेत रुसले माथ खुवायो । उनी करिब चार दशकसम्म सोभियत रुसको सबैभन्दा ठूला नेता भएर रहे ।

    तर भनिन्छ, उनको शासनमा अत्याचारको पनि सीमा थिएन । उनको नीति र आदेशका कारण कथित रूपका दशाैं लाख मानिस मारिए । कुनै बेला संसारकै शक्तिशाली नेता कहलिएका स्टालिनको जिन्दगी वास्तवमा एक सामान्य परिवारबाट सुरू भएको थियो ।

    निकै सामान्य परिवारका स्टालिन

    स्टालिनको जन्म १८ डिसेम्बर १८७९ मा जर्जियाको गोरीमा भएको थियो । उनको बालापनको नाम थियो, जोसेफ विसारियोनोविच जुगाशविली । त्यो बेला जर्जिया रुसका बादशाह जारको साम्राज्यको हिस्सा थियो ।

    स्टालिनका बुबा पेसाले एक चमार थिए, आमा कपडा धुने काम गर्थिन् । सात वर्षको उमेरमा स्टालिन स्मलपोक्सको बिरामी भएका थिए । जसका कारण उनको अनुहारमा दागैदाग बसेको थियो । यो बिमारका कारण उनको बायाँ हातमा खराबी आएको थियो ।

    बाल्य अवस्थामा स्टालिन निकै निर्बल र कमजोर थिए । अरु बच्चाले उनलाई हेप्थे । उनका बुबाले रक्सी पिएर उनलाई पिट्थे । स्टालिनको उमेर बढ्दै गएको समयमा जर्जियामा जारविरुद्ध व्रिद्रोहको बिगुल फुकिँदै थियो । उनी जर्जियाको लोककथा र रुसविरोधी विचारबाट निकै प्रभावित थिए ।

    पादरी बन्न अस्वीकार

    स्टालिनकी आमा धर्ममा निकै विश्वास राख्थिन् । उनले सन् १८९५ मा स्टालिनलाई पादरी बनाउन भन्दै जर्जियाको राजधानी तिफ्लिस पढ्नका लागि पठाइन् । तर, स्टालिनलाई धार्मिक किताबमा पटक्कै रुचि थिएन । बरु उनी लुकी–लुकी कार्ल मार्क्सका किताबहरू पढ्थे ।

    पादरी बन्न पठाइएका स्टालिनले समाजवादी विचारधारा राख्ने संगठनको सदस्यतासमेत लिइसकेका थिए । यो संगठनले रुसका वादशाहविरुद्ध मानिसहरू जम्मा गर्ने काम गरिरहेको थियो ।

    आमाको इच्छाविरुद्ध गएर स्टालिनले पादरी बन्न ठाडै अस्वीकार गरिदिए । १८९९ मा उनलाई धार्मिक विद्यालयबाट बाहिर निकालियो ।

    एक विद्रोही

    २०औं शताब्दिको सुरुवातमा स्टालिनले तिफ्लिसको मौसम विभागमा काम सुरू गरेका थिए । र पनि उनी रुसी साम्राज्यविरुद्ध सक्रिय थिए । स्टालिनले बेला–बेला हडताल र विरोध प्रदर्शन आयोजना गर्ने गर्थे ।

    जारका गुप्तचर प्रहरीले स्टालिनको गतिविधि थाहा पाइसकेका थिए । त्यसैले स्टालिन भूमिगत हुन बाध्य भए । त्यसपछि स्टालिन बोल्सेविक पार्टीमा आवद्ध भए । १९०५ मा स्टालिनले पहिलो पटक रुसी साम्राज्यविरुद्ध गुरिल्ला युद्ध मा भाग लिए ।

    रुसमा बोल्सेविक क्रान्तिका अगुवा भ्लादिमिर लेनिनसँग स्टालिनको पहिलो भेट फिङल्याण्डमा भएको थियो । स्टालिनको प्रतिभा र क्षमता देखेर लेनिन निकै प्रभावित भए । १९०७ मा स्टालिनले तिफ्लिसको एक बैंकमा डकैती गरी अढाइ लाख लुटे । त्यो रकम जारविरोधी आन्दोलनमा खर्च गरियो ।

    लौह पुरुष स्टालिन

    जोसेफ स्टालिनले १९०६ मा पहिलो विवाह केटेवान स्वानिजेसँग गरे । स्वानिजे एउटा सानोतिनो सामान्ती परिवारकी थिइन् । विवाहको एक वर्षपछि स्टालिनको एक छोरा जन्मियो । तिफ्लिसमा बैंक डकैतीपछि स्टालिनले जर्जिया छोडेर भाग्नुपरेको थियो । उनी अजरबैजानको बाकू शहरमा गएर बस्न थालेका थिए ।

    विवाहको एक वर्षपछि नै १९०७ मा स्टालिनकी पत्नी केटवानको टाइफाइडबाट निधन भयो । यो घटनाले स्टालिनलाई ठूलो झट्का लागेको थियो । स्टालिनले छोरालाई उसको हजुरबुवा–हजुरआमासँग छोडेर आफूलाई पूर्ण रूपमा रुसी क्रान्तिमा होमे । यही क्रममा उनले आफ्नो नाम बदलेर स्टालिन राखे ।

    विद्रोही गतिविधिका कारण स्टालिनलाई कैयौं पटक गिरफ्तार गरियो । १९१० मा उनलाई साइबेरिया पठाइयो ।

    १९१७ मा लेनिनको अगुवाइमा रुसमा कम्युनिस्ट क्रान्ति सफल भयो । लेनिनले मानिसहरूसँग अमनचयन, जग्गा र पेटभर खानाको व्यवस्था गर्ने वाचा गरे । स्टालिनले यो क्रान्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी त्यो बेला बोल्सेविक पार्टीको मुखपत्र प्रावदा चलाउँथे ।

    लेनिनलाई जारको सेनाबाट छुटाएर फिङल्याण्ड भाग्न मद्दत गरेकाले स्टालिनलाई पार्टीमा ठूलो पद दिइयो । जारको शासन सकिएपछि रुसमा गृहयुद्ध सुरू भयो ।

    गृहयुद्धका क्रममा स्टालिनले पार्टीका भगौडा र वागी (विद्रोही)लाई मृत्यदण्ड दिन आदेश दिए । लेनिन सत्तामा आएपछि उनले स्टालिनलाई कम्युनिस्ट पार्टीको महासचिवमा नियुक्त गरे ।

    जब स्टालिन बने रुसका तानाशाह

    १९२४ मा लेनिनको निधन भयो । यसपछि स्टालिनले आफूलाई लेनिनको उत्तराधिकारीका रूपमा उभ्याए । यद्यपि पार्टीका धेरै नेताले लियोन ट्राटस्कलाई लेनिनको उत्तराधिकारीका रूपमा हेरेका थिए । तर, ट्राटस्कीलाई कतिपयले धेरै नै आदर्शवादी भएको मान्थे । उनीहरूलाई लाग्थ्यो कि ट्राटस्कीका सिद्धान्तलाई वास्तविक जीवनमा लागू गर्न निकै कठिन हुन्छ ।

    यस क्रममा स्टालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधाराको जोडतोडले प्रचारप्रसार गरे । उनले सोभियत संघलाई मजबुद पार्नु र दुनियाँभर क्रान्तिको उज्यालो बाल्नु नै आफ्नो उद्देश्य रहेको बताए ।

    जब ट्राटस्कीले स्टालिनका योजनाहरूमा विरोध जनाए, तब स्टालिनले उनलाई देश निकाला गरिदिए । १९२० को दशकको अन्तिमसम्म स्टालिन सोभियत संघको तानाशाह बनिसकेका थिए ।

    सोभियत संघको औद्योगीकीकरण

    बीसको दशकमै स्टालिनले पञ्चवर्षीय योजनामार्फत मुलुकको विकासका लागि काम गर्न सुरू गरे । उनी सोभियत संघलाई आधुनिक देश बनाउनमा लागेका थिए । सोभियत संघमा औद्योगीकरण भएन भने कम्युनिस्ट क्रान्ति असफल हुने, देश बर्बाद हुने र छिमेकमा रहेका पुँजीवादी देशले सोभियत संघमा कब्जा जमाउन सक्ने स्टालिनको डर थियो ।

    स्टालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टिलको उत्पादन कैयौं गुणा बढ्यो । देशले तीव्र गतिमा आर्थिक उन्नति गर्‍यो । स्टालिनले आफ्ना योजनाहरूलाई निकै कडाइका साथ लागू गरे ।

    कारखानाहरूलाई ठुल्ठूला टार्गेट दिइन्थ्यो । कहिलकाहीँ त यसरी पाएको टार्गेट पूरा गर्न कारखानाहरूलाई निकै सकस पनि पर्थ्यो । जसले लक्ष्य हासिल गर्न सक्दैन थियो, उसलाई देशको दुश्मन भनेर जेलमा हालिन्थ्यो ।

    रुसमा डरलाग्दो अनिकाल

    स्टालिन सत्तामा आएपछि रुसमा धेरै जमिन साना–साना टुक्रा बनाएर मोहियानी हकमा बाँडिएको थियो । रुसले त्यो बेला ठूलो अनिकालको सामना गरिरहेको थियो । खेतमा अति नै न्यून उत्पादन हुन्थ्यो ।

    स्टालिनले खेतीको आधुनिकीकरण सुरू गरे । उनले धेरै जमिनलाई राष्ट्रियकरण गरिदिए । धेरै किसानले यसको विरोध पनि गरे । किसानहरूले आफ्ना जनावर मारेर र अन्न लुकाएर यसको विरोध गरेका थिए । कालान्तरमा करिब ५० लाख मानिस भोकमरीबाट मरे ।

    यसबाट दुःखी बनेका स्टालिनले गुटबन्दी गर्ने र उनको नीतिको विरोध गर्नेलाई खोजीखोजी मार्न सुरू गरे । दशाैं लाख मानिस मारिए । तीसको दशकको अन्त्यसम्ममा सोभियत संघमा जमिन पूर्ण रूपमा राष्ट्रियकरण भइसकेको थियो । अन्न उत्पादन कैयौं गुणा बढेको थियो ।

    स्टालिन आतंक

    जोसेफ स्टालिन आफूलाई एक कोमल हृदय भएको र देशभक्त नेताका रूपमा प्रचार गर्थे । तर, स्टालिन ती मान्छेहरूलाई मार्न लगाउँथे, जो उनको नीतिको विरोध गर्थे, चाहे त्यो सैनिक होस् वा कम्युनिस्ट पार्टीकै सदस्य । पार्टीको केन्द्रीय कमिटीका १ सय ३९ मध्ये ९३ सदस्यको हत्या गर्न लगाएको आरोप पनि स्टालिनमाथि लागेको थियो । यसपछि उनले सेनाका १ सय ३ जनरल र एडमिरलमध्ये ८१ लाई मारेका थिए ।

    स्टालिनको गुप्त प्रहरी संयन्त्रले निकै कडाइका साथ उनको नीतिहरू कार्यान्वयन गर्ने गर्दथ्यो । साम्यवादको विरोध गर्ने ३ लाख मानिसलाई साइबेरियाको गुलाग क्षेत्रमा बस्नका लागि पठाइयो ।

    स्टालिनकी दोस्री पत्नी र छोराको निधन

    १९१९ मा स्टालिनले नदेज्दा एल्लीलुएवासँग दोस्रो विवाह गरे । नदेज्दाले छोरी स्वेतलाना र छोरा वैसिली जन्माइन् । तर, स्टालिनले कान्छी पत्नीलाई निकै दुर्व्यवहार गर्थे । उनकी दोस्री पत्नी नदेज्दाले १९३२ मा आत्महत्या गरिन् । यद्यपि, उनको मृत्यु बिमारका कारण भएको भनेर प्रचार गरियो ।

    दोस्रो विश्वयुद्धका क्रममा स्टालिनको जेठी श्रीमतीबाट भएको छोरा याकोवलाई जर्मन सेनाले गिरफ्तार गर्‍यो । जर्मनीले बन्दीहरूको ‘एक्सचेन्ज’मा याकोवलाई रुसको जिम्मा लगाउन प्रस्ताव गर्दा स्टालिनले अस्वीकार गरे । जर्मनीको युद्धबन्दी क्याम्पमै याकोवको १९४३ मा मृत्यु भएको थियो ।

    हिटलरसँग सम्झौता

    दोस्रो विश्वयुद्ध सुरू भएपछि स्टालिनले जर्मनीका तानाशाह हिटलरसँग सम्झौता गरेर पूर्वी युरोपेली मुुलुकलाई आपसमा बाँडे । जर्मनीको सेनाले सजिलैसँग फ्रान्समाथि कब्जा जमायो । बेलायत पनि पछि हट्नुपर्‍यो ।

    यस क्रममा रुसी सेनाका जनरलहरूले स्टालिनलाई सचेत गराएका थिए, जर्मनीले सोभियत संघमाथि पनि आक्रमण गर्न सक्छ । तर, स्टालिनले आफ्ना फौजका कमान्डहरूको चेतावनीलाई बेवास्ता गरिदिए ।

    १९४१ मा जर्मनीले पोल्याण्ड कब्जामा लियो र सोभियत संघमाथि पनि ठूलै आक्रमण गर्‍यो । सोभियत सेनाहरूले ठूलो नोक्सानी चुकाउनुपर्‍यो ।

    हिटलरले धोका दिएपछि स्टालिन यतिसम्म आक्रोशित भएका थिए कि उनी कुनै निर्णय गर्न सकिरहेका थिएनन् । स्टालिनले आफूलाई एक कोठामा कैद गरे । कैयौं दिनसम्म सोभियत संघको सरकार दिशाहीन रह्यो । यस क्रममा हिटलरको सेना राजधानी मस्कोसम्म आइपुग्न लागेको थियो ।

    हिटलरमाथि विजय

    जर्मनीले लगातार आक्रमण गरेकाले सोभियत संघको हालत खराब भएको थियो । देश कोलाहल हुने संघारमा थियो । तर, स्टालिन नाजी सेनालाई पराजित गर्न देशका लाखौं मानिस समर्पण गर्न पनि तयार थिए ।

    डिसेम्बर १९४१ मा जर्मन सेनाहरू रुसको राजधानी मस्कोबाट निकै नजिक आइपुगे । सल्लाहकारहरूले स्टालिनलाई मस्को छोड्न सुझाव दिए । तर, स्टालिनले मानेनन् । उनले नाजी सेनालाई कुनै पनि हालतमा पराजित गर्न आफ्ना सेनाका कमाण्डरलाई आदेश दिए ।

    जर्मनी र रुसबीचको युद्धले स्टालिनग्राड शहरको लगाइँबाट निर्णायक मोड लियो । स्टालिनको नाममा भएकाले यो शहरमाथि हिटलरले आक्रमण गरेका थिए ।

    स्टालिनग्राड जित हासिल गरेर स्टालिनलाई लज्जित बनाउन चाहन्थे हिटलर । तर, स्टालिनले कुनै पनि हालतमा आफ्ना पाइला पछि नसार्न आफ्ना सेनालाई आदेश दिए । स्टालिनग्राडको युद्धमा रुसी सेनाका १० लाखभन्दा बढी सैनिक मारिए । तर, अन्ततः सोभियत सेनाहरूले जर्मनी सेनालाई धपाएरै छाडे । सोभियत सेनाहरू नाजी सेनालाई लखेट्दै जर्मनीको राजधानी बर्लिनसम्म पुगे ।

    फलामको पर्दामा बन्द युरोप

    दोस्रो विश्व युद्धमा जर्मनीलाई पराजित गर्नमा स्टालिनले निकै महत्त्वपूर्ण भूमिका निभाएका थिए । युद्धपछि पूर्व युरोपको ठूलो हिस्सामा सोभियत सेनाले कब्जा जमायो । उनीहरूले जर्मनीको राजधानी बर्लिनको पूर्वी भागसमेत कब्जा गरे ।

    स्टालिनले सबै देशलाई सोभियत संघमातहत रहन भने । दोस्रो विश्वयुद्धका क्रममा अमेरिका र बेलायत, स्टालिनको साथमा थिए । तर, युद्धपछि स्टालिनको नीतिका कारण उनीहरू दुश्मन बने । बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए, ‘स्टालिन युरोपको एक ठूलो हिस्सालाई फलामको पर्दाले बन्द गरिरहेका छन् ।’

    बर्लिनलाई लिएर बेलायत–अमेरिका र सोभियत संघबीच लुछाचुँडी चल्याे । यही लुछाचुँडीका बीच स्टालिनले पूर्व बर्लिनमा अमेरिकी र बेलायती सेनाहरूलाई प्रवेश निषेध गरिदिए । अमेरिकाले पूर्व बर्लिनमा फसेका मानिसहरूलाई ११ महिनासम्म हवाई रुटबाट मद्दत पुर्‍यायो ।

    शीतयुद्धको सुरूवात भइसकेको थियो । सोभियत संघले २९ अगस्ट १९४९ मा आफ्नो पहिलो एटम बम परीक्षण गर्‍यो ।

    एक युगको अन्त्य

    जीवनको उत्तरार्द्धतिर स्टालिन निकै सन्की भएका थिए । उनी पार्टीका कैयौं नेतालाई आफ्नो दुश्मन ठान्थे । उनले दुश्मन ठानेकाको हत्या गर्न धेरै समय कुर्दैन थिए ।

    ५ मार्च १९५३ मा हृदयाघातका कारण स्टालिनको निधन भयो । सोभियत संघमा धेरै मानिसले उनको मृत्युमा शोक मनाए । उनलाई महान नेता भनियो, जसले देशलाई एउटा नयाँ उचाइमा पुर्‍याएका थिए, हिटलरलाई पराजित गर्न महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

    तर, सोभियत संघमै लाखौं मानिस यस्ता पनि थिए, जसले स्टालिनको मृत्युमा दीपावली नै गरे । स्टालिनपछि निकिता ख्रुश्चेभ सोभियत संघको नेता बनेका थिए ।

    समग्रमा स्टालिनको जिन्दगी एक यस्ता व्यक्तिको रूपमा रह्यो, जसको सुरूवात त क्रान्तिबाट भएको थियो तर पछि उनी सन्की तनाशाह बने । अर्थात् हिरो पनि थिए र भिलेन पनि ।- शिलापत्र

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.