Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विश्व नेताहरु कोही छोराछोरीलाई नुहाइँदिदैं, कोही आइसियूमा, कोही कुकुरलाई सुम्सुम्याउँदै

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख ४, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोरोनाभाइरसले न सिमाना चिन्दछ न त नश्ल नै। यसले तपाईको सामाजिक हैसियत कस्तो छ वा तपाईंले बैंकमा कति पैसा थुपार्नु भएको छ मतलब राख्दैन। जसै कोभिड-१९ विश्वमहामारी संसारभरि फैलिरहेको छ यसले धेरै देशका राजनीतिक मेरुदण्ड ठानिएका कम्तिमा पनि १०० जना नेताहरुलाई यस भाइरसले आक्रमण गरेको छ। संसारका करोडौं मानिसहरुको झै विश्व नेताहरुको जीवन पनि भाइरसले उलटफेर गरिदिएको छ। यो विश्वमहामारी माझ विश्वका नेताहरुको दिनचर्या कसरी चलिरहेको छ, यहाँ केही उदाहरण प्रस्तुत छन्।

    बेलायती प्रधानमन्त्री कालको मुखबाट बचेर फर्किएका छन्:
    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन पहिलो विश्व नेता हुन् जसमा कोभिड-१९ टेष्ट पोजिटिभ आयो। जोन्सनको अवस्था प्रति चिन्ता तब बढेर गयो जब उनलाई रोग विरुद्ध जुध्न अघिल्लो हप्ता लण्डनको आइसियुमा भर्ना गरियो। रोग फैलिइरहेको सुरुवाती चरणमा ब्यतिगत तवरमा जोन्सनले भाइरसलाई गम्भीरतापूर्वक लिएको देखिएन।

    ‘मैले मानिहरुसँग हात मिलाउने कामलाई जारी राखेको छ’ मार्च ३ मा अस्पतालमा कोभिड-१९ भेटेपछि राखिएको प्रेस कन्फ्रेन्समा प्रधानमन्त्रीले भनेका थिए। उनी नियमित राम्ररी हात धुनु नै भाइरसबाट जोगिने सबैभन्दा राम्रो उपाय हो भन्ने मान्यता राख्दथे र उनको सरकारले आफ्ना नागरिकहरुलाई घरभित्रै बस्ने आदेश दिइसके पछि पनि उनी मानिसहरुसँग प्रत्यक्ष भेटेर बैठकहरु सञ्चालन गर्दथे।

    मार्च २७ मा जोनसनले आफुमा सामान्य लक्षणहरु देखिएको भन्दै भाइरस संक्रमण भएको खुलासा गरे र ७ दिनको स्व- आइसोलेसनमा बसे।  यसैबेला यी कन्जरवेटिभ नेताले अप्रेल २ मा डाउनिङ स्ट्रिट -११ को दैलो सामुन्ने उभिएर स्वास्थ्य सेवाको प्रशंसा गर्दै सार्वजनिक भेटघाट गरे। त्यसपछि अप्रिल ५ मा उनलाई जाँचबुझ गर्न अस्पताल भर्ना गरियो र अक्सिजन सहितको इन्टेन्सिभ (सघन) सेवा प्रदान गरियो।

    सरकारका प्रवक्ताले प्रधानमन्त्रीको अवस्था स्थिर भएको बताइरहेका थिए। तर उनी जीवनमरणको संघर्षमा पुगेका थिए। यस कुरालाई अप्रिल १२ मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि जोन्सनले ‘जे पनि हुनसक्थ्यो’, भनी स्पष्ट पारे। हाल प्रधानमन्त्री चेकर्समा स्वास्थ लाभ गरिरहेका छन् र तुरन्तै काममा फर्किने अवस्थामा छैनन्।

    अमेरिकी राष्ट्रपति ह्वाइट हाउस भित्रै बसिरहेका छन्:
    सिग्नेचर र्‍याली (हस्ताक्षर अभियान) रोकियो। यस विश्वमहामारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दैनिकीमा ल्याएको सबैभन्दा ठूलो परिवर्तन देशभरिका कैयौं चुनावी र्‍यालीहरु स्थगन गरिनु हो। एक महिनाअघिका दिनसम्म उनी मञ्चमा स्वागत खान व्यस्त थिए। यस महिनामा उनले सप्ताअन्तमा खेल्ने गल्फको आनन्द लिन पाएका छैनन्।

    मार्च अन्त्यमा भर्जिनिया स्थित जलसेनाको अड्डाको भ्रमण बाहेक ट्रम्प प्रायशः वासिङ्टन मै त्यो पनि ह्वाइट हाउस भित्रै बसिरहेका छन्। केही अमेरिकी सञ्चार माध्यमले नभेम्बरमा हुने चुनावमा दोस्रो कार्यकालको लागि प्रतिस्पर्धामा उत्रन लागेका राष्ट्रपतिले दैनिक प्रेस साक्षात्कारलाई नै चुनावी प्रचार अभियानमा परिणत गरिरहेका छन् भनी टिप्पणी गरेका छन्। उनले नागरिकहरुलाई भिडभाडबाट जोगिन र भौतिक दुरि अभ्यास गर्न भनेका भएता पनि ह्वाइट हाउसको प्रेस कक्षमा उपस्थित हुँदा उनी जहिले पनि विज्ञहरु र बरिस्ठ अधिकारीबाट घेरिएका हुन्छन्।

    दुई पटक टेष्ट नेगेटिभ देखिएका राष्ट्रपति सदा झैं ट्विट गरिरहेका छन् र फक्स न्युजमा अन्तरवार्ता दिइरहेका छन्।

    क्यानाडाका प्रधानमन्त्री तीन सन्तानको सेवासुसार गर्दैछन्: 
    केनेडियाली प्रधानमन्त्री जस्टिन ट्रुडेउ घरबाट काम गर्दै र एक्लै आफ्ना बालबालिकाको सेवासुसार गर्दैछन्। तर उनकी श्रीमती सोफि ग्रेगोरी ट्र्युडेउ मध्य मार्चमा कोभिड-१९ टेष्टमा पोजिटिभ देखिए पछि स्व- आइसोलेसनमा बस्न बाध्य भएकी छन्।

    उनकी श्रीमती घरको एउटा कुनामा क्वारेन्टाइनमा बसेपछि आफना तीन सन्तानको सेवासुसारको काम पुरै उनको थाप्लोमा आइपरेको छ। हाल संसारभरिका धेरै मानिसहरुले गरे जस्तै उनले घरैबाट दुबै काम सम्हालिरहेका छन्। उनका बरिस्ठ सल्लाहकार बेन चिन अनुसार एक पटक प्रधानमन्त्री रातिको टेलिफोन मिटिङमा ढिलो उपस्थित भए किनभने उनी त्यस बखत आफ्ना केटाकेटीलाई नुहाइँ दिदैथिए।

    ‘पार्श्व भागमा हामी केटाकेटीहरु दौडिरहेको र हाँसीरहेको सुन्न सक्थ्यौं र उनिहरु नजिकै आएर, आउनुस् न ड्याडी हामी यो गरौंझ भनिरहेको पनि सुनिन्थ्यो’ उनले थपे।ट्रुडेउले;’ड्याडी अहिले महत्वपुर्ण फोनमा हुनहुन्छ, त्यसैले आउन सक्नुहुन्नू भने।

    उनले घरैमा बसेर जी-७ को भिडियो कन्फ्रेन्समा पनि भाग लिए। त्यस बेला छेवैका भित्तामा टाँसिएका उनका नानीहरूले बनाएका चित्र पनि देखिन्थे। ट्रुडेउकी श्रीमती निको भएपछि उनले केटाकेटीलाई क्यानडाका नेताहरु आराम गर्न जाने ह्यारिङ्टन लेक लिएर गइन्। त्यसपछि प्रधानमन्त्रीले पार्लियामेन्ट हिल स्थित मन्त्रिपरिषद्को बैठकमा पहिलो पटक सार्वजनिक कार्यक्रमा उपस्थित भए। तर उनले अन्य केनेडियालीहरुले जस्तै घरबाटै काम गर्ने बताए।

    जर्मन चान्सलर कोभिड-१९ पोजिटिभ भइन्:
    जर्मन चान्सलर एङ्गेला मर्केल क्वारेनटाइनमा बसिन्। दुई हप्ताको स्व-क्वारेन्टाइन सिध्याइ अप्रेल ३ मा कार्यालय फर्किइन्। ६५ वर्षीया उनलाई न्युमोकोकल संक्रमणको खोप दिनु अघि गरिने जाँचको सिलसिलामा कोभिड-१९ पोजिटिभ देखियो। त्यसपछि मार्च २२ देखि स्व-आइसोलेसनमा थिइन्।

    सरकारका प्रवक्ताका अनुसार मर्केलमा कैयौं पटक गरिएका सबै टेष्ट नेगेटिभ आएका छन्। स्वआइसोलेसनमा रहदा यी जर्मन नेतृले भिडियो सम्पर्कद्वारा सरकारका बैठकहरु संचालन गर्थिन्।

    रुसी राष्ट्रपति कोहीसँग पनि हात मिलाउदैनन्:
    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अप्रेल देखि टाढैबाट काम गर्ने प्रचलन थालेका छन्। उनीसँगै काम गर्ने सबैको नियमित कोभिड-१९ टेष्ट गरिन्छ। प्रवक्ता दिमित्रि पेसकोभअनुसार पुटिनले राष्ट्रपति निवासबाटै काम गरिरहेको हुनाले उनका टेलेकन्फरेन्सहरुमा सन्देशहरु कोड भाषाका संचारमाध्यमबाट पठाइन्छ।

    राष्ट्रपतिले कडाइसाथ सामाजिक दुरि कायम गरिरहेको पनि उनले बताए र पुटिन मानिसहरुसँग हात मिलाउदैनन् उनले थपे। राष्ट्रपतिको समय सारिणी पहिले भन्दा पनि सघन भएको पनि प्रवक्ताले बताए।

    जापानी प्रधानमन्त्री भावहिन बसिरहेका छन्:
    ञघरमै बस्नझ अभ्यासरत जनतालाई ञघरमै बस्नझ प्रेरित गर्ने उद्देश्य राखी प्रधानमन्त्री सिन्जो आबेले आइतबार एउटा भिडियो सार्वजनिक गरे। यो काम जापानको ठूलो हिस्सा आपदकालिन अवस्थाको पहिलो सप्तान्तमा गरिएको थियो।

    ट्विटरमा सार्वजनिक गरिएको एक मिनेटको उक्त भिडियोमा जापानी प्रधानमन्त्रीले भावहिन बसिरहेको, कुकुरलाई सुम्सुम्याइ रहेको, किताब पढिरहेको, चिया पिइरहेको र टि भिमा च्यानलहरु खोजिरहेको देखाइएको छ।

    ‘हामी साथीभाइ भेट्न सक्दैनौं र पिउनका लागि बाहिर निस्कन सक्दैनौं। यद्यपि यस्ता कार्यले (घरमै बस्ने) धेरै मानिसको ज्यान बचाइरहेको छ र चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेका स्वास्थकर्मीहरुको बोझ कम गरिरहेका हुनेछौं’आवेले ट्विटरमन भिडियो साथै यो सन्देश पनि राखेका छन्।

    ‘ यस सहयोगका लागि हरेक ब्यक्तिलाई धन्यवाद’ सामाजिक दुरि राख्ने जापानी सरकारको यो उपाय अहिले पनि स्वेच्छिक हो। संक्रमण फैलिए पछि प्र. म. आवे निरन्तर संसद र पत्रकार भेटघाटमा सुरक्षात्मक मास्क लगाएर स्थानीय टिभिमा देखा पर्ने गरेका छन्।

    फ्रान्स राष्ट्रपतिले म्वाइ खान र हात मिलाउन छोडेका छन्:
    इलिसी प्यालेसका ९० प्रतिशत कामदारलाई घर पठाइएको छ र सरकारले राष्ट्रपतिको कोभिड-१९ टेष्ट भए नभएको केही घोषणा गरेको छैन। म्याक्रोंले देशलाई युद्धरत अवस्थामा उभ्याएका छन् र हस्पिटलमा बाहेक अजुसन्धाता र कामदारहरुलाई मास्क नलगाइ भेटेर आफु अग्रपङ्तिमा उभिएका छन्। फ्रान्सेली नेताले मानिसहरुलाई अभिवादन गर्दा गाला चुम्न वा हात मिलाउन छोडेका छन् र उनले कैयौं पटक ह्याण्ड स्यानिटाइजरले हात धोएका फोटाहरु सार्वजिनक गरिएका छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.