Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

उच्च कार्वन उत्सर्जन गर्ने उद्योगहरूका हकमा कामदारहरूका लागि कार्यस्थलको लोकतान्त्रिकरण गर्ने मात्रै हो भने रसायनिक पदार्थको अनावश्यक डम्पिङ्ग, फिसरी ट्रलिङ (ठूल्ठूला जालीहरू प्रयोग गरेर माछा मार्ने तरिका) र संवेदनशील क्षेत्रमा रुख कटानीजस्ता घातक अभ्यास कम हुनसक्थ्यो। यस्ता कृत्यको विरुद्धमा प्रायः मजदुरहरू रहेका छन्।

nepal_readers by nepal_readers
May 10, 2022
- यो हप्ता, समाचार
A A
1k
VIEWS
Share on FacebookShare on Twitter

-कैटलिन हेकनहठ-

वातावरणमा निरन्तरको औपनिवेशीकरण र र्हासले सबैभन्दा बढी सिमान्तकृत, गरीब र मजदुर वर्गका समुदायलाई असर पुर्याएको छ। तर, यही वर्गसँग वातावरणीय र्हासको यो प्रक्षेपणलाई परिवर्तन गर्न सक्ने शक्ति पनि छ। मजदुर वर्गलाई सशक्त बनाएर हामी एउटा यस्तो विश्व बनाउन सक्छौँ, जहाँ मानिसहरूको शोषण र वातावरण विनास हाम्रो सामाजिक तथा आर्थिक प्रणालीको प्रमुख समस्या रहँदैन।

भूमि र श्रमको शोषण

इतिहासदेखि आजको दिनसम्म पूँजिवादी र स्वेत सर्वोच्चतावादी प्रणाली अन्र्तगत व्यापार र व्यवसायका लागि भन्दै आदिवासी मानिसहरूलाई तिनको थातथलोबाट हिंस्रक रूपले विस्थापित गराउँदै आएका छन्। व्यवसाय गर्न र त्यहाँबाट संसाधनहरू उत्खनन् गर्नका लागि आदिवासीहरूको लुटिएको भूमिको किनबेच हुने गरेको छ। भूमिको जारी औपनिवेशीकरण र शोषणले जलवायुलाई तहसनहस बनाइदिन्छ। भविश्यको जीवनका लागि आज भइरहेको भूमिको औपनिवेशीकरण, दोहन र शोषण खतरापूर्ण छ।
श्रमको शोषणबाट भूमिको शोषण प्रेरित छ। कामदारहरूलाई सुरक्षाविहिन अवस्था र कमजोर तलबसहित काममा लगाइन्छ।

बिरामी विदामा समेत उनीहरूको तलब कट्टा गरिन्छ भने जागिर जाने डरका कारण उनीहरू मजदुरी गर्न बाध्य हुन्छन्। आवासको कमोडिफिकेसन (मालकरण) का कारण धेरै कामदारहरू आफूले काम गरेकै समुदायमा बस्न सक्दैनन्। मजदुर संगठनहरूलाई कमजोर बनाउँदै तोड्ने आक्रामक रणनीति र कामदार केन्द्रित कानूनको कमीले यथास्थितिलाई नै बल पुर्याएको छ। यी कारणहरूले गर्दा मजदुरले बोल्न पाएका छैनन् र श्रमीकहरूको कार्यस्थललाई पर्यावरणीय दृष्टिकोणबाट दिगो लोकतन्त्रमा परिणत गर्न रोकेको छ।

पछिल्लो महामारीले पूँजीवादको सम्पत्ति आखिर मजदुरबाटै आउँछ भन्ने कुरा पुनः प्रष्ट पारिदियो। पूँजीवादी प्रणालीमा ‘टप–डाउन’बाट नै मजदुर, वातावरण र अन्यमा सकारात्मक परिर्वतन ल्याउन सकिन्छ भन्ने विश्वास गरिन्छ, अर्थात् माथिल्लो तहमा निर्णय गरेर त्यसलाई तल्लो तहमा लैजान सकिन्छ भन्ने कुरामा पूँजीवादी प्रणालीको विश्वास हुन्छ। तर मजदुर तथा समाजवादीका रूपमा हामी यो सत्य होइन भन्ने कुरामा प्रष्ट छौँ। हामीलाई राम्रोसँग थाहा छ कि मजदुरहरूले सामूहिक रूपमा काम गर्न पाउने अवस्थामा उनीहरूले वातावरणीय अवस्थालाई सकारात्मक रूपमा परिवर्तन गर्न सक्छन्, उनीहरूसँग जबरदस्त शक्ति छ।
त्यसो भए मजदुरहरूको सशक्तीकरणले कसरी राम्रो वातावरीय नजिता निकाल्न सक्छ त?

RelatedPosts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

May 19, 2022
Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

May 17, 2022
अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

May 16, 2022

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

May 12, 2022

मजदुरको अवस्थामा सुधार

उच्च कार्वन उत्सर्जन गर्ने उद्योगहरूका हकमा कामदारहरूका लागि कार्यस्थलको लोकतान्त्रिकरण गर्ने मात्रै हो भने रसायनिक पदार्थको अनावश्यक डम्पिङ्ग, फिसरी ट्रलिङ (ठूल्ठूला जालीहरू प्रयोग गरेर माछा मार्ने तरिका) र संवेदनशील क्षेत्रमा रुख कटानीजस्ता घातक अभ्यास कम हुनसक्थ्यो। यस्ता कृत्यको विरुद्धमा प्रायः मजदुरहरू रहेका छन्।

प्राकृतिक उत्खनन् गर्ने उद्योगमा काम गर्ने मजदुरहरूले सबैभन्दा पहिले वातावरणमा भएको विनासलाई देखेका हुन्छन्। त्यसकारण त्यसलाई रोक्नसक्ने शक्ति पनि उनीहरूमै हुन्छ। कुनै पनि घातक कार्यविरुद्ध खडा हुन, हडताल गर्न र उद्योगलाई बदल्ने खालको लागि वातावरण हुनका लागि पहिले त श्रमिकहरूले सुरक्षित महशुस गर्ने खालको संरचना आवश्यक हुन्छ। त्यसो हुँदा हामी वातावरण रक्षाको तौरतरिकामा महत्वपूर्ण परिवर्तन देख्न सक्छौँ।

उदाहरणका लागि: जब इन्युट समुदाय (उत्तरी क्यानाडा तथा ग्रिनल्याण्ड र अलास्काका केही भागमा बस्ने आदिवासी) ले गतवर्ष न्युनवुटमा बफिनल्याण्डको उत्खनन्लाई अवरुद्ध गरे, तब अन्यत्रका मजदुरहरूले यसको समर्थनमा एउटा खुल्लापत्र लेखे। खुल्लापत्रमा लेखिएको थियो, ‘हामी तपाईँहरूको विरोधको प्रयास, अर्थ र उद्देश्यलाई समर्थन गर्नका लागि यो पत्र लेख्दैछौँ…हामी इन्युटहरूलाई यो भूमिको आधिकारिक संरक्षकको रूपमा पहिचान गर्छौँ र यो भूमिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा उनीहरूले नै निर्णय गर्नुपर्छ।’

पहिलेदेखिकै कम कार्बन उत्सर्जन गर्ने वा कार्वन उत्सर्जन नहुने काममा संलग्न मजदुरहरूको भौतिक अवस्थालाई सुधार गर्नु छ भने पनि काम पनि एउटा जलवायु समाधान हो। यो महामारीमा कम कार्वन उत्सर्जन गर्ने काममा पनि धेरै मजदुरहरू संलग्न छन् भन्ने देखियो, तर उनीहरूलाई न्युन तलब दिइन्छ र आधारभूत रोजगारी–सुरक्षा दिइँदैन। प्रवासी खेती मजदुर, व्यक्तिगत सहयोगसम्बन्धी कामदार, ग्रोसरी स्टोरका मजदुर र हेरचाह मजदुरहरू कार्वन उत्सर्जन नगर्ने÷कम गर्ने क्षेत्रका मजदुरहरू हुन्।

उदाहरणका लागि बालबालिका हेरचाहसम्बन्धी काम वातावरणीय रूपमा सफा र समाजका लागि अत्यावश्यक पनि हो। बच्चाको हेरचाह गर्ने कामदारको अवस्था सुधार गर्नु र उनीहरूलाई माग अनुसारको तलव दिनु कार्वन–तटस्थ (कार्बन न्युट्रल) कामलाई सिर्जना गर्ने र सुधार गर्ने एउटा कदम हो। नाओमी क्लेनले व्याख्या गरेअनुसार, ‘न्युन कार्बन उत्सर्जन गर्ने खालका रोजगारीहरूमा दिइने कम भुक्तानलाई उच्च भुक्तानमा परिवर्तन मात्रै गर्ने हो भने यो आफैँमा एउटा जलवायु–समाधान हुनेछ र यसलाई हामीले पहिचान गर्नुपर्छ।’

स्प्रिङम्याग डट सिए बाट मेनुका बस्नेतको अनुवाद।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

by nepal_readers
May 19, 2022

-संजय राय- आवश्यकता र वस्तुबीचको एउटा स्थानको नाम हो बजार। वास्तवमा आवश्यकताका वस्तुहरू आपूर्तिका लागि बजार अस्तित्वमा आएको हुनुपर्छ। बजारको...

Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

by nepal_readers
May 17, 2022

-चन्द्रप्रकाश बानियाँ- स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणामले अहिले नै खासै केही संकेत गर्दैन। अहिलेसम्म देखिएको यो नतिजा परम्परागत ढाँचामै...

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

by मीना पौडेल
May 16, 2022

नेपालको अहिलेको राजनीतिलाई निस्पक्ष र आलोचनात्मक रुपले हेर्दा यहाँ विचारको शुन्यता देखिन्छ। कुनैपनि पार्टीले एउटा निश्चित विचार दिन सकेका छैनन्।...

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

by सरिता तिवारी
May 12, 2022

हाम्रो राजनीतिमा एउटा वामपन्थ, अर्को दक्षिणपन्थ पक्ष तथा वाम र दक्षिणपन्थीबीचको अर्को पक्ष छ। समाजलाई प्रगतिशील बनाउनका लागि फरक शक्तिहरूबीच...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

संयमित भयौँ भने कम्युनिष्टहरूबीच एकता हुने परिस्थिति आउँछ

by दिनानाथ शर्मा
May 5, 2022

राजनीतिबाट आफूलाई केही फाइदा हुन्छ भनेर होइन, बरु राष्ट्रलाई केही दिनुपर्छ भनेर हामी जनयुद्ध पहिलेदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका हौँ।...

Leave Comment

Recommended

भेनेजुएलामा प्रतिक्रियावादी गुइदोको अपमानजनक पराजय

भेनेजुएलामा प्रतिक्रियावादी गुइदोको अपमानजनक पराजय

2 years ago
काम सुरु नगर्दै घूस, कुन ठेक्कामा कति?

काम सुरु नगर्दै घूस, कुन ठेक्कामा कति?

3 years ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In