Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

उच्च कार्वन उत्सर्जन गर्ने उद्योगहरूका हकमा कामदारहरूका लागि कार्यस्थलको लोकतान्त्रिकरण गर्ने मात्रै हो भने रसायनिक पदार्थको अनावश्यक डम्पिङ्ग, फिसरी ट्रलिङ (ठूल्ठूला जालीहरू प्रयोग गरेर माछा मार्ने तरिका) र संवेदनशील क्षेत्रमा रुख कटानीजस्ता घातक अभ्यास कम हुनसक्थ्यो। यस्ता कृत्यको विरुद्धमा प्रायः मजदुरहरू रहेका छन्।

कैटलिन हेकनहठ कैटलिन हेकनहठ
बैशाख २७, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वातावरणमा निरन्तरको औपनिवेशीकरण र र्हासले सबैभन्दा बढी सिमान्तकृत, गरीब र मजदुर वर्गका समुदायलाई असर पुर्याएको छ। तर, यही वर्गसँग वातावरणीय र्हासको यो प्रक्षेपणलाई परिवर्तन गर्न सक्ने शक्ति पनि छ। मजदुर वर्गलाई सशक्त बनाएर हामी एउटा यस्तो विश्व बनाउन सक्छौँ, जहाँ मानिसहरूको शोषण र वातावरण विनास हाम्रो सामाजिक तथा आर्थिक प्रणालीको प्रमुख समस्या रहँदैन।

    भूमि र श्रमको शोषण

    इतिहासदेखि आजको दिनसम्म पूँजिवादी र स्वेत सर्वोच्चतावादी प्रणाली अन्र्तगत व्यापार र व्यवसायका लागि भन्दै आदिवासी मानिसहरूलाई तिनको थातथलोबाट हिंस्रक रूपले विस्थापित गराउँदै आएका छन्। व्यवसाय गर्न र त्यहाँबाट संसाधनहरू उत्खनन् गर्नका लागि आदिवासीहरूको लुटिएको भूमिको किनबेच हुने गरेको छ। भूमिको जारी औपनिवेशीकरण र शोषणले जलवायुलाई तहसनहस बनाइदिन्छ। भविश्यको जीवनका लागि आज भइरहेको भूमिको औपनिवेशीकरण, दोहन र शोषण खतरापूर्ण छ।
    श्रमको शोषणबाट भूमिको शोषण प्रेरित छ। कामदारहरूलाई सुरक्षाविहिन अवस्था र कमजोर तलबसहित काममा लगाइन्छ।

    बिरामी विदामा समेत उनीहरूको तलब कट्टा गरिन्छ भने जागिर जाने डरका कारण उनीहरू मजदुरी गर्न बाध्य हुन्छन्। आवासको कमोडिफिकेसन (मालकरण) का कारण धेरै कामदारहरू आफूले काम गरेकै समुदायमा बस्न सक्दैनन्। मजदुर संगठनहरूलाई कमजोर बनाउँदै तोड्ने आक्रामक रणनीति र कामदार केन्द्रित कानूनको कमीले यथास्थितिलाई नै बल पुर्याएको छ। यी कारणहरूले गर्दा मजदुरले बोल्न पाएका छैनन् र श्रमीकहरूको कार्यस्थललाई पर्यावरणीय दृष्टिकोणबाट दिगो लोकतन्त्रमा परिणत गर्न रोकेको छ।

    पछिल्लो महामारीले पूँजीवादको सम्पत्ति आखिर मजदुरबाटै आउँछ भन्ने कुरा पुनः प्रष्ट पारिदियो। पूँजीवादी प्रणालीमा ‘टप–डाउन’बाट नै मजदुर, वातावरण र अन्यमा सकारात्मक परिर्वतन ल्याउन सकिन्छ भन्ने विश्वास गरिन्छ, अर्थात् माथिल्लो तहमा निर्णय गरेर त्यसलाई तल्लो तहमा लैजान सकिन्छ भन्ने कुरामा पूँजीवादी प्रणालीको विश्वास हुन्छ। तर मजदुर तथा समाजवादीका रूपमा हामी यो सत्य होइन भन्ने कुरामा प्रष्ट छौँ। हामीलाई राम्रोसँग थाहा छ कि मजदुरहरूले सामूहिक रूपमा काम गर्न पाउने अवस्थामा उनीहरूले वातावरणीय अवस्थालाई सकारात्मक रूपमा परिवर्तन गर्न सक्छन्, उनीहरूसँग जबरदस्त शक्ति छ।
    त्यसो भए मजदुरहरूको सशक्तीकरणले कसरी राम्रो वातावरीय नजिता निकाल्न सक्छ त?

    मजदुरको अवस्थामा सुधार

    उच्च कार्वन उत्सर्जन गर्ने उद्योगहरूका हकमा कामदारहरूका लागि कार्यस्थलको लोकतान्त्रिकरण गर्ने मात्रै हो भने रसायनिक पदार्थको अनावश्यक डम्पिङ्ग, फिसरी ट्रलिङ (ठूल्ठूला जालीहरू प्रयोग गरेर माछा मार्ने तरिका) र संवेदनशील क्षेत्रमा रुख कटानीजस्ता घातक अभ्यास कम हुनसक्थ्यो। यस्ता कृत्यको विरुद्धमा प्रायः मजदुरहरू रहेका छन्।

    प्राकृतिक उत्खनन् गर्ने उद्योगमा काम गर्ने मजदुरहरूले सबैभन्दा पहिले वातावरणमा भएको विनासलाई देखेका हुन्छन्। त्यसकारण त्यसलाई रोक्नसक्ने शक्ति पनि उनीहरूमै हुन्छ। कुनै पनि घातक कार्यविरुद्ध खडा हुन, हडताल गर्न र उद्योगलाई बदल्ने खालको लागि वातावरण हुनका लागि पहिले त श्रमिकहरूले सुरक्षित महशुस गर्ने खालको संरचना आवश्यक हुन्छ। त्यसो हुँदा हामी वातावरण रक्षाको तौरतरिकामा महत्वपूर्ण परिवर्तन देख्न सक्छौँ।

    उदाहरणका लागि: जब इन्युट समुदाय (उत्तरी क्यानाडा तथा ग्रिनल्याण्ड र अलास्काका केही भागमा बस्ने आदिवासी) ले गतवर्ष न्युनवुटमा बफिनल्याण्डको उत्खनन्लाई अवरुद्ध गरे, तब अन्यत्रका मजदुरहरूले यसको समर्थनमा एउटा खुल्लापत्र लेखे। खुल्लापत्रमा लेखिएको थियो, ‘हामी तपाईँहरूको विरोधको प्रयास, अर्थ र उद्देश्यलाई समर्थन गर्नका लागि यो पत्र लेख्दैछौँ…हामी इन्युटहरूलाई यो भूमिको आधिकारिक संरक्षकको रूपमा पहिचान गर्छौँ र यो भूमिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा उनीहरूले नै निर्णय गर्नुपर्छ।’

    पहिलेदेखिकै कम कार्बन उत्सर्जन गर्ने वा कार्वन उत्सर्जन नहुने काममा संलग्न मजदुरहरूको भौतिक अवस्थालाई सुधार गर्नु छ भने पनि काम पनि एउटा जलवायु समाधान हो। यो महामारीमा कम कार्वन उत्सर्जन गर्ने काममा पनि धेरै मजदुरहरू संलग्न छन् भन्ने देखियो, तर उनीहरूलाई न्युन तलब दिइन्छ र आधारभूत रोजगारी–सुरक्षा दिइँदैन। प्रवासी खेती मजदुर, व्यक्तिगत सहयोगसम्बन्धी कामदार, ग्रोसरी स्टोरका मजदुर र हेरचाह मजदुरहरू कार्वन उत्सर्जन नगर्ने÷कम गर्ने क्षेत्रका मजदुरहरू हुन्।

    उदाहरणका लागि बालबालिका हेरचाहसम्बन्धी काम वातावरणीय रूपमा सफा र समाजका लागि अत्यावश्यक पनि हो। बच्चाको हेरचाह गर्ने कामदारको अवस्था सुधार गर्नु र उनीहरूलाई माग अनुसारको तलव दिनु कार्वन–तटस्थ (कार्बन न्युट्रल) कामलाई सिर्जना गर्ने र सुधार गर्ने एउटा कदम हो। नाओमी क्लेनले व्याख्या गरेअनुसार, ‘न्युन कार्बन उत्सर्जन गर्ने खालका रोजगारीहरूमा दिइने कम भुक्तानलाई उच्च भुक्तानमा परिवर्तन मात्रै गर्ने हो भने यो आफैँमा एउटा जलवायु–समाधान हुनेछ र यसलाई हामीले पहिचान गर्नुपर्छ।’

    स्प्रिङम्याग डट सिए बाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      कैटलिन हेकनहठ

      कैटलिन हेकनहठ

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.