Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026
Thursday, June 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कसरी हन्टिंगटन र फुकुयामाको थेसिस गलत सावित भयो?

प्रोफेसर हावर्ड ब्रेस्टेड र डा. शफी मोस्तोफा  प्रोफेसर हावर्ड ब्रेस्टेड र डा. शफी मोस्तोफा 
पुस ७, २०७७
- history, यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    २१ औं शताब्दीको विश्व राजनीतिमा के भइरहेको छ? केही अपवाद बाहेक सबै राष्ट्रिय चुनावका मतदाताहरुमा यस अघि कहिल्यै नदेखिएका दलीय आसक्तता र सैद्धान्तिक ध्रुवीकरण देखिएको छ। अचेल हरुवाहरुले आफु विजेता भएको दावि गर्नु वा विपक्षीले चुनाव धाँधली गरेर आएको परिणाम स्वीकार्य हुन नसक्ने भन्ने घटनाहरु आमजस्तै भएका छन्।

    भर्खर निवर्तमान हुन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले संयुक्त राज्य अमेरिकामा हास्यास्पद खेल खेल्दैछन्। राष्ट्रपति चुनिएका बिडेन र डेमोक्र्याटिक पार्टीबाट चुनावी धाँधली भएको अलिकति पनि प्रमाण फेला परेकाछैनन्। तथापी मेरील्याण्डका रिपब्लिकन गभर्नर ल्यारी होगनले खुलेआम चुनौति दिदैंछन्। यसरी अमेरिका आज प्रजातान्त्रिक विश्वको नभई “बनाना रिपव्लिक” को नेताको रूपमा देखिने खतरा छ।

    यसका बाबजुद, राष्ट्रपति ट्रम्पबाट लगातार गरिएको प्रजातन्त्र–विरोधी ट्वीटमा लागेर रिपब्लिकनका समर्थक झुण्डहरूले जुलुस लगाइरहेका छन्। एउटा अखबारको लेखले औंल्याएझैं “संयुक्त” राज्य अमेरिका अब “विभाजित” राज्य अमेरिका भएको छ।

    बेलारुस र म्यानमारका हालसालैका उदाहरणहरूले पनि यस्तै झझल्को दिनसक्छन्। विपक्षी दलहरूले नागरिकहरूबीचको भिन्नताहरुलाई न्यून गर्न वा एकआपसमा नजिक ल्याउन प्रजातान्त्रिक निर्वाचनको संयन्त्रलाई अति नै कम विश्वास गरे जस्तो देखिन्छ। स्थापित प्रजातान्त्रिक मुलुकहरूमा समेत, विभाजनको रचना गरिनु यसबेलाको प्रवृत्ति जस्तो देखिन्छ।

    विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक भनिइने भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले २०१९ मा आफ्नो दोस्रो कार्यकालको चुनावीप्रचारमा मुस्लिम अल्पसंख्यकलाई दुश्मनको रुपमा खडा गर्ने अभियान चलाए। यसैलाई लिएर टाइम म्यागजिनले आफ्नो मुखपृष्ठमा “डिभाइडर-इन-चीफ” बिल्ला दिएर तस्वीर छाप्यो।

    जताततै, जनमतको अस्थिरताले चुनावी–सर्वेक्षकहरूलाई अन्योलमा पारेको छ र राजनीतिकशास्त्रीहरू पुष्ट्याइँका आधार खोज्न प्रयत्नरत छन्।

    यस्ता कुनै पनि घटनाक्रमहरु २१ औं शताब्दीमा कसरी देखा पर्नेछन् भन्नेबारे दुई प्रख्यात राजनैतिक शास्त्रिहरु फ्रान्सिस फुकुयामा वा शामूएल पी हन्टिंग्टनले आफ्ना बृहद सिद्धान्तहरूमा कुनै अनुमान नै गरेका थिएनन्।

    शीतयुद्धको अन्त्य लगत्तै फुकुयामाले ‘इतिहासको अन्त्य’ भन्ने लेखमा र अलि पछिको एक पुस्तकमा उदार प्रजातन्त्र नै मानव शासनको एक मात्र प्रणाली भएर संसारभरि छाउने छ भनी पुर्ण विश्वासका साथ उदघोष गरेका थिए। उनको दृष्टिकोणमा सोभियत संघको विघटनको अर्थ सम्भावित विकल्पको रुपमा कम्युनिज्म असफल भएको र राजनीतिक प्रणालीको रुपमा राजनीतिक इस्लामले अल्पमत भन्दा बढी समर्थन पाउदैन भन्ने थियो।

    तसर्थ, २१ औं शताब्दीमा, अमेरिकाको सुपरिवेक्षकीय मार्गदर्शनमा, एकल विश्वव्यापी प्रजातन्त्र, व्यक्तिवाद, र स्वतन्त्र बजारमा आधारित एक नयाँ विश्व व्यवस्थाको स्थापना हुने उनको भविष्यवाणी थियो।

    यद्यपि हन्टिंग्टनले तत्कालिन घटनाक्रमलाई यसरी नै देखेका भएपनि, उनले सन् १९९३ मा अनुमान गरेको शीत युद्धपछिको विश्व धेरै भिन्न थियो। विदेश मामिलासम्बन्धी “सभ्यताहरुबीचको टकराव” नामक लेखमा उनले बताएका छन्– विश्व सम्बन्ध उदार प्रजातन्त्रबारेको सहमतिले होइन, सम्पूर्ण सभ्यताहरु, विशेषगरी इस्लाम र पश्चिमा बिचको द्वन्द्वले परिभाषित हुनेछ। हन्टिंग्टनको अडान छ कि संस्कृति र धर्ममा रहेका व्यापक भिन्नताहरुले २१ औं शताब्दीलाई सभ्यताहरुबीचको युद्धको दिशातिर धकेल्नेछ। सभ्यताहरु बिचका मतान्तरहरू विशेषगरी ‘भावीयुद्धको कारण’ हुनेछन्।

    सन् २०२० सम्मको निष्कर्षमा, ती विचारकहरुले अपेक्षा गरेअनुसार उनीहरुका कुनै पनि सिद्धान्तहरू सान्दर्भिक देखिएनन्।

    २००६ को शुरुमा, जब अमेरिकी सेनाहरूले अफगानिस्तान र इराकमा कब्जा जमाउन शुरु गर्दैथियो, त्यसबेला नै फुकुयामाले “उदार प्रजातन्त्र” सहमति वेगर नागरिकहरुमा थोपार्न सकिदैन भन्ने स्वीकार गरे। २०२० सम्म आइपुग्दा, उनी अमेरिकामा “उदार प्रजातन्त्र” अब अस्तित्वमा छ भन्नेमा निश्चिन्त छैनन्। ट्रम्पको नेतृत्वलाई उनले  भनेका छन्– ‘अमेरिका “अयोग्यतमतन्त्र” को प्रतीक हो, यो सबैभन्दा राम्रो प्रकारको होइन “सबैभन्दा नराम्रो” सरकार हो।’

    शुरुवातका  दिनमा, हन्टिंगटनको “सभ्यताहरुबीचको टकराव” थेसिस बढी सफल जस्तो देखिन्थ्यो। ९/११ को त्रासदी, वारम्वार गैरइशाइ लक्षित आत्मघाति आक्रमणहरु, आईएसआईएसद्वारा नयाँ इशाइ राज्यको घोषणा, र पश्चिमी देशहरुमा हिजाब र मुस्लिम महिलाको स्थितिको बारेमा रहेका भिन्नताहरुबाट उत्पन्न तनावहरुले वास्तवमै इस्लामिक संसार र पश्चिमा बीचमा ठूलो संघर्ष हुने सोचाइलाई बल पुर्‍याउँदैथियो। हन्टिंगटनको मृत्यु सन् २००८ मा भइसकेपछि पनि, उनको थेसिस विश्व सम्बन्धको भावि दिशाबारेमा सोच्न एक मानक–सन्दर्भ नै रहेको थियो। विगत दुई वर्षभित्र यसबारे ३५,००० भन्दा बढी पटक गुग्गलबाट उद्धृत गरिए।

    तर अधिकाधिक विद्वानहरू (यसलाई स्पष्टरुपमा भन्नु पर्दा ‘अधिकांश विद्वानहरु’। जतिबेला यो थेसिस पहिलो पटक बाहिर आयो यसलाई गिल्ला गरिएको थियो। यो क्रम अझै जारी छ तर खुलेर गिल्ला गर्नेको संख्यामा कमी हुँदैछ।) आमरुपमा के कुरामा सहमत छैनन् भने सांस्कृतिक आधार भएको धार्मिक संघर्षको भविष्यवाणी सम्भव छैन, जुन हन्टि्ङटनले विश्वव्यापी संघर्षका आधारहरु केलाउँदा देखाएका थिए। उनीहरूले सामूहिक रूपमा लिएको विमति (गिल्ला गराइ) हन्टिंगटनको समग्र थेसिसको आधारभूत विश्लेषण पद्धतिमा छ। इस्लाम र पश्चिमाहरु एकाङ्गी सभ्यताबाट बनेका हुन्, धार्मिक संस्कृतिको भिन्नताले उनीहरूवीच प्रत्यक्ष युद्धको तैयारीमा पुर्‍याउनेछ र सबै धर्मभिरु इस्लामले प्रतिपादन गरेको विश्व व्यवस्था सवै मुस्लीम धर्मावलम्वीहरुले सहजै अपनाउछन् भन्ने उनको प्रमुख अवधारणाहरुसँग ती विद्वानहरुको विमति छ। हन्टिंगटनको भविष्यवाणी “एकमात्र विजेता” हुनसक्ने कुरामा सहमत एकमात्र विचारक अहिलेसम्म नियाल फर्ग्युसन देखिएका छन्।

    सभ्यताहरुबीचका मतान्तरले फुकुयामाको उदार प्रजातन्त्रको विश्व प्रणालीलाई मात्र होइन, हन्टिङ्टनको सभ्यतागत समूहहरूबीचको  एकता गराउने तत्व वा विशेषताहरुलाई समेत ध्यानमा राखेको छैन। खुला बहस, कानूनी शासन र जवाफदेही सरकार जस्ता अमेरिकी विश्व व्यवस्थाको चिनारीको क्षय हुनाले बिस्तारै पश्चिमी प्रजातन्त्रको मूल्य अवमूल्यन हुँदै गएकोछ, जबकि कटु साम्प्रदायिक द्वन्द्वहरु चलिरहँदा पनि मुस्लिमका पश्चिमविरोधी गठबन्धन बन्ने तत्काल सम्भावना देखिएको छैन।

    “उदारवादी प्रजातन्त्र” को महत्ताको परिकल्पना र सम्पूर्ण सभ्यताहरुलाई युद्धमा टेकाएर राख्ने निष्कर्षमा पुग्नुको कारण नवउदारवादी विचारधाराको भूमण्डलीकरण र यसको लोकरिझ्याइँवादी प्रतिक्रियाको सह–उत्पादन हो।

    नवउदारवादलाई १९८० को दशकदेखि लगभग सबै पूँजीवादी समाजले अँगालेका छन्। यसले राष्ट्रिय सम्पत्तिको असमान वितरणको परिणाम ल्याएको छ। राष्ट्रिय सम्पत्ति प्रभावकारी रूपमा शक्ति प्रयोग गर्ने र तिनीहरुले प्रबर्द्धन गरेका नीतिहरुबाट बढी फाइदा लिने कहाँ थुपरिन पुगेको छ। बहुसंख्यक व्यक्तिहरू नवउदारवादी विचारधाराका कारणले देखादेखी बेफाइदा पुर्‍याएको छ भन्नेमा जानकार छन् तर यस विचारलाई टिकाउने विश्वव्यापी प्रणालीविरुद्ध प्रभावकारी रूपमा प्रश्न गर्न गाह्रो भएको छ।

    लोकरिझ्याँइवादबारे कुरा गरौं। यो एक परिघटना हो जसले बिभिन्न तरिकाहरूमा भएपनि विश्वभरि राजनीतिक परिदृश्यहरू परिवर्तन गर्दैछ। पश्चिममा, लोकरिझ्याँइवाद उदारवादी प्रजातान्त्रिक सरकारहरू र भ्रष्ट शासक संस्थाहरू विरुद्ध दक्षिणपन्थी असन्तुष्टिको आधारको रूपमा प्रकट भएको छ। यस प्रकारको लोकरिझ्याँइवादले महानगरीय सम्भ्रान्त र मुलुक बाहिरका बहुराष्ट्रिय कम्पनीलाई राज्यको शत्रुको रूपमा चिनाउने कथ्य निर्माण गर्दछ।

    दक्षिण एसियामा, लोकरिझ्याइँवाद समाजको तलदेखि माथिसम्मका विमर्शहरुमा प्रवेश गरेको छ। यसले धार्मिक अल्पसंख्यकहरुलाई राष्ट्रको एकता र विकासको बाधक हो भनेर औंल्याउने गर्दछ। मोदीको भारत र महिन्द्रा राजापक्षेको श्रीलंका दुवैमा, मुसलमानहरूलाई राज्यका संयन्त्रबाट लक्षित गर्दै आफ्ना विपक्षलाई रोक्ने र कमजोर पार्ने नीतिहरूको लागि लोकरिझ्याइँवादी नीतिहरु अख्तियार गरिएको छ।

    आफ्नो थेसिस ” सभ्यताहरुबीचको टकराव” मा लोकरिझ्याइँवादी आयाम समाहित गर्ने श्रेय हन्टिङ्टनलाई दिईन्छ तर उनले लोकरिझ्याइँवाद विकास हुने मार्गले राज्यभित्र तनावहरुलाई उकास्नुका साथसाथै अन्तरसभ्यता द्वेषलाई बढाउने छ भनेर पहिल्यै देख्न सकेनन्।

    एसिया, मध्यपूर्व र द. अमेरिका र वास्तवमा पश्चिमा प्रजातांत्रिक मुलुकहरूमा समेत आम-जन-असंतुष्टिलाई समन गर्ने चल्तिको राजनीतिक तौरतरिकाका रूपमा निरंकुशता लाद्ने सचेत प्रयत्न राजनीतिको मूल चरित्र हुन थालेको छ। भविष्यवाणी गर्न आतुर भई जन्मकुण्डली पल्टाएर बसेका कुनैपनि राजनीतिक शास्त्रीले २१औँ शताब्दिका आगामि दिनहरूका बारेमा आसन्न सभ्यताको लडाइँका बारे होइन बरू बढ्दो सामाजिक अशान्तिका बारेमा आँकलन गरे राम्रो हुन्थ्यो।

    साभारः अलजजिरा अनलाइनमा १९ दिसम्वर २०२०मा प्रसारितबाट।

    लेखकहरु  प्रोफेसर हावर्ड ब्रेस्टेड न्यू इङ्गल्याण्ड विश्वविद्यालयका इतिहास र इस्लामिक अध्ययनका प्राध्यापक हुन् र डा. शफी मोस्तोफा ढाका विश्वविद्यालयका सहायक प्रोफेसर हुन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रोफेसर हावर्ड ब्रेस्टेड र डा. शफी मोस्तोफा 

      प्रोफेसर हावर्ड ब्रेस्टेड र डा. शफी मोस्तोफा 

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.