Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

सोभियत पुस्तकहरूले कसरी साक्षरता र समाजवादी संस्कृति तेस्रो विश्वमा ल्याए

by पत्रपत्रिकाबाट
January 26, 2020
- यो हप्ता, समाचार
सोभियत पुस्तकहरूले कसरी साक्षरता र समाजवादी संस्कृति तेस्रो विश्वमा ल्याए
Share on FacebookShare on TwitterEmail

बोल्सेविक क्रान्तिको विजयपछि ‘विश्व हल्लाएका ती दशदिन’का प्रख्यात लेखक जोन रिडले यस्तो लेखे, “शिक्षाको तिर्खा यति लामो समयसम्म रहेको थियो कि बोल्सेभिक क्रान्तिले अभिव्यक्तिमा समेत क्रान्ति ल्याइदियो। स्मोलनी इन्स्टिच्यूटबाट मात्रै पहिलो ६ महिनामा, दैनिक टनका टन साहित्यका किताबहरुले भरिएका गाडीहरु बाहिरिएर उक्त तिर्खालाई सिञ्चित गरिदियो। रसियाले पढ्ने कुरालाई तातो बालुवामा पानी खन्याए सरह पिइदियो।”

‘दि ईस्ट वाज रिड: सोशलिस्ट कल्चर इन दि थर्ड वल्र्ड’ भन्ने संक्षिप्त निबन्ध संग्रहका लागि आफ्नो परिचयमा विजय प्रसाद भन्दछन् “साक्षरता अभियान रूस एक्लैको लागि मात्र गरिएको थिएन, सोभियत संघका धेरै राष्ट्रिय भाषाहरूमा गरिएको थियो।“ तीस वर्षपछि दुईवटा विश्वयुद्धको विनाशको बाबजुद यो घोषणा गरियो कि “सबै सोभियत नागरिकहरू पढ्न र लेख्न सक्नेछन्। यो उल्लेखनीय उपलब्धि थियो।”

‘ईस्ट वाज रिड’ १५३ पृष्ठ मात्र भए पनि केवल साक्षरता वा सोभियत संघमा पुस्तकहरूको उत्पादन, वितरण र खपतको विवरण मात्र होईन, यसको लक्ष्य महत्वाकांक्षी छ।

ईस्ट वाज रिडको लक्ष्य दुई खालका छन्: “सोभियत पुस्तकहरूको हराएको पहिचानलाई स्थापित गर्नु र विश्वभरि ती किताबहरूको प्रभाव र तेस्रो विश्वमा समाजवादी संस्कृति निर्माणमा पुर्‍याएको योगदानको चर्चा गर्नु रहेका छन्।

प्रसादले नोट गरेझैं, “ग्लोबल साउथमा धेरै पुस्ता सोभियत पुस्तकहरूसँगै हुर्केका थिए। यदि हामीले ती पुस्तकहरू प्राप्त गर्यौं भने– त्यसमा सोभियत बच्चाहरूको पुस्तकहरूको उत्कृष्ट चित्रण, त्यसपछि तोल्सतोयको किताबहरु, र अन्तमा, लेनिनका संकलित रचनाहरु हुनेछन्। यी ती पुस्तकहरू हुन, जुन त्यस्तो विश्वव्यापी साहित्यको रूपमा प्रकाशित गर्ने क्षमता नभएको स्थानहरू अफ्रिका, एसिया र ल्याटिन अमेरिकाको महादेशमा बाढी ल्यायो, यस्तो ठाउँलाई बहुमूल्य ज्ञान प्रदान गर्यो त्यसमा उपन्यासदेखि गणितका प्राइमर्ससम्म रहेका छन्।”

भारतीय लेखक पंकज मिश्राले ‘सोभियत लाइफ’ पत्रिकाले उनलाई सानो छँदा गरेको प्रभावको सम्झना यसरी गर्छन्– “जब नयाँ विषय मेल स्लटको माध्यमबाट चिप्लन्छ, म त्यो पत्रिकाको चमकदार पृष्ठहरुको गन्ध लिन्थेँ र मेरा औंलाहरू ती पेजहरु पल्टाउन थाल्दथे। युवा पायनियर्सको तस्वीरसहितको पृष्ठहरूमा म लामो समय सम्म लम्किरहन्थेँ”

तेस्रो विश्वका लाखौं युवा पाठकहरूको लागि सोभियत र पूर्वी युरोपेली साहित्यहरू धेरै सस्तोमा प्राप्त त्यस्तो झ्याल थियो जहाँबाट उनीहरु संसार चिहाउन सक्दथे।

तर यो केवल सोवियतद्वारा उत्पादित पुस्तकहरू, म्यागजिनहरू, पत्रिकाहरू, र अखबारहरू मात्रै थिएन होइन– मिश्राले सम्झिन्छन्। “सोभियत संघले विकासशील देश भनेर चिनिने धेरैजसो ठाउँमा प्रकाशन गृहहरू र किताबपसलहरू स्थापना गर्न, त्यसमा सहुलियत दिन सहयोग गरेको थियो।” यसले साक्षरता, शिक्षा र क्रान्तिमा योगदान पुर्‍याएको थियो जुन पूर्वी यूरोपमा समाजवादको पतनसँगै हराएको थियो।

न्यु योर्क युनिभर्सिटीका रूसी सहायक प्राध्यापक रोसेन जागालोभले लेखेका अन्य निबन्धमा मस्कोमा रहेको प्रगति प्रकाशनहरूको इतिहासलाई छोटकरीमा लेखिएको छ। जागालोभका अनुसार, “प्रकाशनको इतिहासमा यस्तो मुद्रण सायद भाषिक महत्वकांक्षाका लागि मात्रै थिएन”।

जागालोभ प्रष्ट्याउँछन्– सन १९९१ सम्ममा प्रगति प्रकाशन हरेक भाषामा कल्पना गर्न सकिने, ३० करोड प्रति प्रिन्ट रनको साथ २,००० नयाँ शीर्षकहरू सहित वार्षिक रूपमा प्रकाशित गरिएको थियो। संसारभरका धेरैले प्रगति प्रकाशनको सस्तो, उच्च गुणस्तरका संस्करणहरूमा उपलब्ध मार्क्सवादी साहित्यको स्वाद लिएका थिए।

‘दि इस्ट वाज रिड’मा– तपाईं सोभियत घरेलु साक्षरता अभियानहरू र प्रगति प्रकाशनको बारेमा मात्र सिक्नुहुनेछैन, तपाईं विदेशी प्रकाशन गृहको बारेमा पनि पढ्नुहुनेछ, गैर सोभियत विश्वका लागि किताब प्रकाशित गर्ने पहिलो प्रेस सोभियत प्रेस नै थियो। र, सबैभन्दा महत्वपूर्ण कुरा, तपाईंले “सस्तो, उच्च गुणस्तर“ पुस्तक र पत्रिकाको अर्थ समेत प्राप्त गर्नुहुनेछ जसले संसारका लाखौं मानिसहरूलाई प्रभावित पारेको थियो।

संग्रहमा अर्को योगदानकर्ता थप्छन् “यस्तो समयमा जब ‘विदेश’ वास्तवमै टाढा थियो र विशेष गरी रहस्यमय थियो, त्योबेला यी पुस्तकहरूले त्यो रहस्यलाई घरैमा ल्याए जसले धेरै भावनात्मक, राजनैतिक, सामाजिक र भौगोलिक कौतुहलतालाई हटाए।“

‘दि इस्ट वाज रिड’ पुस्तकहरूको व्याख्या बारे मात्र होईन, यो त मानव मुक्ति तिर पु¥याउने संस्कृति बारेको कृति हो। अर्को अध्यायले १९६८ को शुरुमा हवानाको सांस्कृतिक सम्मेलनको बारेमा चर्चा गर्दछ, “एक विशाल कार्यक्रम, केवल क्युवाको लागि मात्र नभई समग्रमा तेस्रो विश्व परियोजनाको लागि महत्वपूर्ण कार्यक्रमको रूपमा लिइन्छ।“ जसमा समाजवादी सिनेमा र कविताका अध्यायहरू पनि छन्।

छोटो पुस्तकको रूपमा, ईस्ट वाज रिड एक ठूलो उपलब्धि हो। हरेक अध्यायहरू विगतको एक अनौंठो तस्वीर चित्रण गर्न पूर्ण रुपले सक्षम छन्, जुन मानव क्षमतामा निहित सम्भावनाहरु को विकास, उद्विकास गर्न, र महाद्वीपहरु र पुस्ताहरुमा एकजुटता निर्माण गर्न, सबैलाई साक्षर बनाउने लक्ष्यमा केन्द्रित छन्। एउटा यस्तो परियोजना जुन दुर्भाग्यवस सोभियत संघ र पूर्वी यूरोपीय राज्यको पतनका साथ बिर्सिइएको छ।

‘ईस्ट वाज रिड’ले पहिलेको समय र ठाउँको सम्भावनाहरूको सम्झना गराउँदछ र भविष्यको लागि पनि आशा प्रदान गर्दछ। जुन अत्यधिक सिफारिश गरिएको छ।

जनवरी १६, २०२० टोनी पिसिनोव्स्की द्वारा लिखित पिपुल्सवल्र्डबाट साभार

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.