Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
Sunday, June 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सोभियत पुस्तकहरूले कसरी साक्षरता र समाजवादी संस्कृति तेस्रो विश्वमा ल्याए

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ १२, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बोल्सेविक क्रान्तिको विजयपछि ‘विश्व हल्लाएका ती दशदिन’का प्रख्यात लेखक जोन रिडले यस्तो लेखे, “शिक्षाको तिर्खा यति लामो समयसम्म रहेको थियो कि बोल्सेभिक क्रान्तिले अभिव्यक्तिमा समेत क्रान्ति ल्याइदियो। स्मोलनी इन्स्टिच्यूटबाट मात्रै पहिलो ६ महिनामा, दैनिक टनका टन साहित्यका किताबहरुले भरिएका गाडीहरु बाहिरिएर उक्त तिर्खालाई सिञ्चित गरिदियो। रसियाले पढ्ने कुरालाई तातो बालुवामा पानी खन्याए सरह पिइदियो।”

    ‘दि ईस्ट वाज रिड: सोशलिस्ट कल्चर इन दि थर्ड वल्र्ड’ भन्ने संक्षिप्त निबन्ध संग्रहका लागि आफ्नो परिचयमा विजय प्रसाद भन्दछन् “साक्षरता अभियान रूस एक्लैको लागि मात्र गरिएको थिएन, सोभियत संघका धेरै राष्ट्रिय भाषाहरूमा गरिएको थियो।“ तीस वर्षपछि दुईवटा विश्वयुद्धको विनाशको बाबजुद यो घोषणा गरियो कि “सबै सोभियत नागरिकहरू पढ्न र लेख्न सक्नेछन्। यो उल्लेखनीय उपलब्धि थियो।”

    ‘ईस्ट वाज रिड’ १५३ पृष्ठ मात्र भए पनि केवल साक्षरता वा सोभियत संघमा पुस्तकहरूको उत्पादन, वितरण र खपतको विवरण मात्र होईन, यसको लक्ष्य महत्वाकांक्षी छ।

    ईस्ट वाज रिडको लक्ष्य दुई खालका छन्: “सोभियत पुस्तकहरूको हराएको पहिचानलाई स्थापित गर्नु र विश्वभरि ती किताबहरूको प्रभाव र तेस्रो विश्वमा समाजवादी संस्कृति निर्माणमा पुर्‍याएको योगदानको चर्चा गर्नु रहेका छन्।

    प्रसादले नोट गरेझैं, “ग्लोबल साउथमा धेरै पुस्ता सोभियत पुस्तकहरूसँगै हुर्केका थिए। यदि हामीले ती पुस्तकहरू प्राप्त गर्यौं भने– त्यसमा सोभियत बच्चाहरूको पुस्तकहरूको उत्कृष्ट चित्रण, त्यसपछि तोल्सतोयको किताबहरु, र अन्तमा, लेनिनका संकलित रचनाहरु हुनेछन्। यी ती पुस्तकहरू हुन, जुन त्यस्तो विश्वव्यापी साहित्यको रूपमा प्रकाशित गर्ने क्षमता नभएको स्थानहरू अफ्रिका, एसिया र ल्याटिन अमेरिकाको महादेशमा बाढी ल्यायो, यस्तो ठाउँलाई बहुमूल्य ज्ञान प्रदान गर्यो त्यसमा उपन्यासदेखि गणितका प्राइमर्ससम्म रहेका छन्।”

    भारतीय लेखक पंकज मिश्राले ‘सोभियत लाइफ’ पत्रिकाले उनलाई सानो छँदा गरेको प्रभावको सम्झना यसरी गर्छन्– “जब नयाँ विषय मेल स्लटको माध्यमबाट चिप्लन्छ, म त्यो पत्रिकाको चमकदार पृष्ठहरुको गन्ध लिन्थेँ र मेरा औंलाहरू ती पेजहरु पल्टाउन थाल्दथे। युवा पायनियर्सको तस्वीरसहितको पृष्ठहरूमा म लामो समय सम्म लम्किरहन्थेँ”

    तेस्रो विश्वका लाखौं युवा पाठकहरूको लागि सोभियत र पूर्वी युरोपेली साहित्यहरू धेरै सस्तोमा प्राप्त त्यस्तो झ्याल थियो जहाँबाट उनीहरु संसार चिहाउन सक्दथे।

    तर यो केवल सोवियतद्वारा उत्पादित पुस्तकहरू, म्यागजिनहरू, पत्रिकाहरू, र अखबारहरू मात्रै थिएन होइन– मिश्राले सम्झिन्छन्। “सोभियत संघले विकासशील देश भनेर चिनिने धेरैजसो ठाउँमा प्रकाशन गृहहरू र किताबपसलहरू स्थापना गर्न, त्यसमा सहुलियत दिन सहयोग गरेको थियो।” यसले साक्षरता, शिक्षा र क्रान्तिमा योगदान पुर्‍याएको थियो जुन पूर्वी यूरोपमा समाजवादको पतनसँगै हराएको थियो।

    न्यु योर्क युनिभर्सिटीका रूसी सहायक प्राध्यापक रोसेन जागालोभले लेखेका अन्य निबन्धमा मस्कोमा रहेको प्रगति प्रकाशनहरूको इतिहासलाई छोटकरीमा लेखिएको छ। जागालोभका अनुसार, “प्रकाशनको इतिहासमा यस्तो मुद्रण सायद भाषिक महत्वकांक्षाका लागि मात्रै थिएन”।

    जागालोभ प्रष्ट्याउँछन्– सन १९९१ सम्ममा प्रगति प्रकाशन हरेक भाषामा कल्पना गर्न सकिने, ३० करोड प्रति प्रिन्ट रनको साथ २,००० नयाँ शीर्षकहरू सहित वार्षिक रूपमा प्रकाशित गरिएको थियो। संसारभरका धेरैले प्रगति प्रकाशनको सस्तो, उच्च गुणस्तरका संस्करणहरूमा उपलब्ध मार्क्सवादी साहित्यको स्वाद लिएका थिए।

    ‘दि इस्ट वाज रिड’मा– तपाईं सोभियत घरेलु साक्षरता अभियानहरू र प्रगति प्रकाशनको बारेमा मात्र सिक्नुहुनेछैन, तपाईं विदेशी प्रकाशन गृहको बारेमा पनि पढ्नुहुनेछ, गैर सोभियत विश्वका लागि किताब प्रकाशित गर्ने पहिलो प्रेस सोभियत प्रेस नै थियो। र, सबैभन्दा महत्वपूर्ण कुरा, तपाईंले “सस्तो, उच्च गुणस्तर“ पुस्तक र पत्रिकाको अर्थ समेत प्राप्त गर्नुहुनेछ जसले संसारका लाखौं मानिसहरूलाई प्रभावित पारेको थियो।

    संग्रहमा अर्को योगदानकर्ता थप्छन् “यस्तो समयमा जब ‘विदेश’ वास्तवमै टाढा थियो र विशेष गरी रहस्यमय थियो, त्योबेला यी पुस्तकहरूले त्यो रहस्यलाई घरैमा ल्याए जसले धेरै भावनात्मक, राजनैतिक, सामाजिक र भौगोलिक कौतुहलतालाई हटाए।“

    ‘दि इस्ट वाज रिड’ पुस्तकहरूको व्याख्या बारे मात्र होईन, यो त मानव मुक्ति तिर पु¥याउने संस्कृति बारेको कृति हो। अर्को अध्यायले १९६८ को शुरुमा हवानाको सांस्कृतिक सम्मेलनको बारेमा चर्चा गर्दछ, “एक विशाल कार्यक्रम, केवल क्युवाको लागि मात्र नभई समग्रमा तेस्रो विश्व परियोजनाको लागि महत्वपूर्ण कार्यक्रमको रूपमा लिइन्छ।“ जसमा समाजवादी सिनेमा र कविताका अध्यायहरू पनि छन्।

    छोटो पुस्तकको रूपमा, ईस्ट वाज रिड एक ठूलो उपलब्धि हो। हरेक अध्यायहरू विगतको एक अनौंठो तस्वीर चित्रण गर्न पूर्ण रुपले सक्षम छन्, जुन मानव क्षमतामा निहित सम्भावनाहरु को विकास, उद्विकास गर्न, र महाद्वीपहरु र पुस्ताहरुमा एकजुटता निर्माण गर्न, सबैलाई साक्षर बनाउने लक्ष्यमा केन्द्रित छन्। एउटा यस्तो परियोजना जुन दुर्भाग्यवस सोभियत संघ र पूर्वी यूरोपीय राज्यको पतनका साथ बिर्सिइएको छ।

    ‘ईस्ट वाज रिड’ले पहिलेको समय र ठाउँको सम्भावनाहरूको सम्झना गराउँदछ र भविष्यको लागि पनि आशा प्रदान गर्दछ। जुन अत्यधिक सिफारिश गरिएको छ।

    जनवरी १६, २०२० टोनी पिसिनोव्स्की द्वारा लिखित पिपुल्सवल्र्डबाट साभार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.