Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विश्वलाई वित्तीयकरणबाट कसरी जोगाउने?

ब्लेक्लीले यी समस्यामाथि जित हात पार्नका लागि मानिसहरूलाई चलायमान गर्ने, संगठित गर्न र बदल्ने तरिकाको भने कल्पना गरेकी छिन्।

nepal_readers nepal_readers
मंसिर १८, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पिटर होगर्थ

    ग्रेस ब्लेक्लीले ‘स्टोलन’ नामक पुस्तकमा पछिल्लो वैश्विक आर्थिक प्रणालीका समस्याहरूको व्याख्या र निदान गर्ने प्रयास गरेकी छिन्। साथै विकल्पका लागि सकारात्मक दृष्टिकोणहरू पनि प्रस्तुत गरेकी छिन्। माक्र्सवादलाई आफ्नो विश्लेषणको आधार बनाउँदै उनले जोड दिएकी छिन्, ‘वित्तले पूँजीवादलाई आफ्नो कब्जामा लिएको भने होइन, बरु वित्तको बढ्दो महत्वद्वारा आर्थिक गतिविधिका सबै पाटोहरू अचानक र कहिलेकाहीँ नाटकीय रूपमा परिवर्तित हुने गरेका हुन्।’

    हुनत यो पुस्तक बेलायत केन्द्रित छ। तरपनि यो सन्दर्भ सबै स्तरीय पूँजीवादी देशहरूका लागि मिल्छ। लन्डन एक समय विश्वकै कार्यशाला थियो। यो वित्तीय कारोबारमा परिणत भयो, किनकि धनाढ्य विश्वका अर्थव्यवस्थाहरू ‘वित्तीयकृत’ हुँदै गएका छन्। जसको अर्थ हुन्छः वित्तीय उद्देश्य, वित्तीय बजार, वित्तीय कलाकार, घरेलु तथा अन्र्तराष्ट्रिय अर्थव्यवस्थाको सञ्चालनमा वित्तीय संस्थाहरूको बढ्दो भूमिका।’ सन् २००८ को वित्तीय संकटका समयमा वित्तियकरणका यी थुप्रै लक्षणहरूको राम्रोसँग पहिचान भयो, तर त्यसबेलासम्म तिनका जराहरू फैलिसकेका थिए।

    अर्थव्यवस्थाले राज्यमा उपभोक्तादेखि व्यवसायसम्म कसरी काम गर्छ भन्ने कुराको एउटा संरचनागत परिवर्तनलाई वित्तीयकरणले प्रतिनिधित्व गर्ने ब्लेकलीको तर्क छ। ब्लेकलीको पुस्तकले पूँजीवादलाई संकटदेखि संकटसम्म चल्ने प्रणालीको रूपमा चित्रित गरेको छ। पुस्तकमा यो व्यवस्था निरन्तर राख्नका लागि खडा गरिएका राजनीतिक चुनौतिहरूको पनि चित्रण गरिएको छ।

    उनले दोस्रो विश्वयुद्धपछिको बृहत समयमा यो प्रणालीले काम गरिरहेको देखिएको कुरा पहिचान गरेकी छिन्। त्यसअघिको समयमा रोजगारी बढ्दै थियो, मजदुरहरू संगठनमा आवद्ध थिए, सामुहिक भागबण्डाको आनन्द लिइएको थियो र श्रमिकहरूको सरकारले मजदुरको वर्गको जीवन राम्रो बनाउनका लागि सुधारका कार्यक्रहरूको कार्यान्वयन गरेको थियो।

    अमेरिकाको पनि यस्तै कथा छ। श्रमीकहरू यस खालको व्यवस्थापनसँग सन्तुष्ट थिए। त्यसैकारण हुनसक्छ, उनीहरू सन् १९७० को दशकको संघर्षका लागि तयार थिएनन्। विकासको त्यो सामाजिक लोकतान्त्रिक नमुनामाथि युद्धपछिको आर्थिक विकास(पोस्ट वार बुम) निर्भर थियो। त्यस्तो व्यवस्थामा नाफा तथा करहरूलाई मजदुर वर्गको जीवन उकास्ने कार्यक्रमहरूका लागि उपयोग गरिन्थ्यो। जुन पछि गएर तीव्र संकटसहितको द्वन्द्वमा आइपुग्यो, यो संकट वैश्विक पूँजीवादी प्रणालीले सन् १९७० को दशकमा सामना गरेको थियो।

    कामदारहरू आफ्नो हिस्साका लागि लडाइँ गर्थे। यता मालिकहरू पनि आफ्नो भागका लागि लड्ने गर्थे। मजदुरलाई धम्क्याउनका लागि फर्महरूले पूँजीवादी उडान लिए र पुरातन सरकारलाई ढाल्नका लागि ठूलो आन्दोलन गरे। यस खालको परिवर्तनले सामाजिक लोकतन्त्रका लागि समेत राजनीतिक संकट निम्त्यायो, जसका लागि यससँग कुनै जवाफ थिएन।

    वित्तीयकरणको वृद्धि

    सन् १९७५ मा बेलायतको कन्जरभेटिभ नेतृत्वमा मार्गरेट थ्याचर विजयी भइन्। उनी नवउदारवादको प्रेरक शक्तिका रुपमा आउनेवाला थिइन्। उनले कर घटाउने, पूँजीमाथिको नियन्त्रणलाई अन्त्य गर्ने र संगठनहरूमा आक्रमण गर्ने कामको माध्यमबाट पूूँजीपतिलाई ‘स्वतन्त्रता’ दिलाउने काम गरिन्। यसैलाई प्रयोग गर्दै उनले लगानीकर्ताहरूको मन र दिमाग जित्ने तयारी गरेकी थिइन्। उनी मजदुर संगठनहरूलाई नियन्त्रण गर्न, राज्यलाई खुम्च्याउन र ‘प्रत्येकलाई मालिक बनाउने’ दिशामा लागिन् र सफल पनि भइन्।

    उनले मजदुर युनियनहरूलाई ‘मगन्ते’ को संज्ञा दिँदै तिनले देशलाई बन्धक बनाएको आरोप लगाइन्। उनले लेबर पार्टीले सत्तामा भोगेको विवादलाई आफ्नो अनुकूलताका लागि प्रयोग गरिन्। उनले लन्डनमा मध्यम आय भएका र तीव्र रुपमा बढ्दै गएका अन्र्तराष्ट्रिय पूँजीवादी वर्गको गठबन्धन बनाउनका लागि लाभप्रदताको संकटलाई प्रयोग गरिन्। यस संघर्षमा वित्तियकरण एउटा हतियार बन्न पुग्यो।

    थ्याचरका समर्थकहरूले स्वतन्त्र बजारको रक्षाका लागि एउटा बलियो राज्यको आवश्यकता हुन्छ भन्ने कुरामा उनलाई आश्वस्त बनाए। त्यसैले थ्याचरले संगठनहरूको शक्तिलाई तोडिन्। यो काम उनले लन्डन शहर र वित्त पूँजीलाई अधिकतम शेयरहोल्डर भ्यालू लागु गर्नका लागि अनुमति दिने उद्देश्यले गरेकी थिइन्।

    ब्लेकली उल्लेख गर्छिन्, ‘थ्याचरले मध्यम आय भएकालाई निम्न पूँजीपतिमा रुपान्तरण गरेर उनीहरूको समर्थन हासिल गरिन्, जसका लागि थ्याचरले सम्पत्तिको स्वमित्वमा वृद्धि तथा उनीहरूको पेन्सन कोषलाई निजीकरण गरिदिइकी थिइन्। यसो गर्ने क्रममा उनले सन् १९२९ देखिको सबैभन्दा ठूलो वित्तिय संकट ढल्नुअघि नै ब्रिटिस राजनीतिलाई बदलिन् र एउटा नयाँ बिकासको मोडल लागु गरिन्, जुन ३५ वर्षसम्म टिकेको थियो।’ त्यसपछिको समय विश्वभरको अर्थव्यवस्थाको डिरेगुलेसन्स्(विनियमन) र परिवर्तनको अवधि थियो, जसले वित्तीय क्षेत्रको आकार, लाभप्रदता र राजनीतिक शक्तिमा तीव्र विकासको मार्ग प्रशस्त ग-यो।

    यो नयाँ वित्तीय अभ्यासहरूमा वित्तीय सम्पत्तिहरूको व्यापार गर्न र सिर्जना गर्नका लागि अझै धेरै कारोबारका दृष्टिकोण समावेश थिए। यो अभ्यास अमेरिकामा भने ‘ग्लास ‘स्टिगल’ बदर’को रुपमा देखा प-यो। ग्लास स्टिगल एउटा यस्तो कानुन हो, जसले आफूलाई लगानी बैंक बताउँदै डिपोजिट लिने बैंकहरूलाई प्रतिबन्ध लगाउने काम गरेको थियो।

    निवित्तृभरण तथा हेज फन्डहरू अधिकतम् सेयरहोल्डर भ्यालूका लागि निगमहरूमाथि कब्जा गर्न तथा संस्थाहरूको पुनर्संरचना गर्न स्वतन्त्र थिए। अधिकतम शेयरहोल्डर भ्यालू यिनको एकमात्र उद्देश्य थियो। यसले दीर्घकालिन स्थिरताभन्दा अल्पकालिन लाभलाई बढी जोड दिन्छ। साथै विनिमय मूल्य(बजारमा अन्यमा आधारित भएर यसको विनिमय समकक्षद्वारा एकल रुपमा निर्धारित वस्तुको मूल्य)लाई सहज बनाउनका लागि अर्थव्यवस्थालाई उपयोग मूल्य(उपभोक्तलाई बेच्नका लागि वस्तुको उत्पादन)बाट टाढा पारिदिन्छ।

    ब्लेकली आफ्नो पुस्तकमा उल्लेख गरेअनुसार लगानीकर्ताको बढ्दो शक्ति र यस शक्तिलाई समर्थन गर्ने एउटा आदर्शको उदयले गैर वित्तीय निगमहरूको वित्तीयकरणलाई जन्म दियोः धनाढ्य शेयरहोल्डरका लागि व्यवसायहरू तीव्र गतिले ‘पिग्गी ब्याग’का रूपमा प्रयोग भए।

    उनी अर्थशास्त्रीहरूका तर्कलाई उदृत गर्दै लेख्छिन्, ‘शेयरहोल्डर भ्यालूू ‘गलत आचरणका लागि अनुुमतिपत्र’ बनेको थियो। जसमा लगानीमा कन्जुसी, अत्यधिक भुक्तानी, उच्च लाभ, मुर्खतापूर्ण अधिग्रहण, लेखांकन षडयन्त्र र शेयर फिर्ता लिने सनकलगायतका आचारणहरू समावेश हुन्छन्। पछिल्लो समय अर्थतन्त्रमा चासो राख्नेहरूका लागि यी सबै ज्यादती, घोटाला र काण्डहरू सामान्य बनेका छन्। पछिल्ला केही दशकहरूमा कम्पनीहरूले कम लगानी गरिरहेका छन् र बढी ऋण लिइरहेका छन्, जबकि कामदारलाई भुक्तानी घटाउने काम भइरहेको भने कामको अवस्था झनै कठिन बनाइँदैछ।

    सन् १९८० को दशकमा अर्थव्यवस्थामा भएको पुनर्संचरनाले सबैभन्दा बढी शक्तिमा रहेकालाई नै लाभ दिएको छ। वित्तीय सम्पत्तिमा एकल स्वमामित्वको अर्थ शक्ति भएकाहरूले उत्पादक अर्थव्यवस्थाका लागि एउटा नालीको रुपमा काम गरेको अभिनय गर्दै ‘आर्थिक भाडा’ असुल गर्न सक्छन्।

    अचल सम्पत्ति (घरजग्गा लगायत) माथि चासो राख्ने जो कोहीले अचल सम्पत्तिको कारोबारमा धेरैभन्दा धेरै पैसा खन्याइरहेको देख्न सक्छन्। जबकि रोजगार, पूर्वाधार, नयाँ खोज र उत्पादनमुलक प्रविधिमाथिको लगानी घटेको छ। तलब तथा पेन्सनको आम्दानीको हिस्सा श्रमिकको हितमा जान कम भइरहेको छ भने गृहस्थी अझै वित्तीयकरण हुँदै गएको छ। संगठन, पेन्सन, जनसेवा तथा पूर्वाधारहरूमाथिको आक्रमणले व्यक्तिगत ऋण बढेको जनाउँछ। व्यक्तिगत ऋण सन् १९७० को दशक भन्दा बढी भएको छ। कामको अवस्था र राष्ट्रिय आयमा श्रमीकको भाग खुम्च्याइँदा जीवनका आवश्यकताहरू पूरा गर्नका लागि सस्तो ऋणको व्यवस्था गरिएको छ।

    ब्लेकलीले यी परिवर्तनलाई सन्दर्भहरूमा उल्लेख गर्दै यिनको सार प्रस्तुत गरेर र एउटा भाष्य दिएर अद्भूत काम गरेकी छिन्। शेयरहोल्डर भ्यालूलाई आत्मसात गर्ने काम व्यवसायको एकमात्र उद्देश्यबाट अगाडि बढ्छ, त्यो उद्देश्य हो – नाफा बढाउनुु। यसरी, ब्लेकलीले वित्तीयकरण पूूँजीवादको पतन होइन, बरु यसबाट पूूँजीवाद प्रभावित हुन्छ भन्ने कुरा स्पष्ट गरेकी छिन्।

    विकल्प के हुनसक्छ?

    अर्थव्यवस्थाको वित्तीयकरणका समस्याहरूलाई विस्तृतमा लेखिएका प्रशस्त पुस्तकहरू छन्। ब्लेकलीले भने निडरतापूर्वक ठोस लक्ष्यहरूसहितको विकल्प पेश गरेकी छिन्, जुन लोकप्रिय वैकल्पिक कार्यक्रहरूको हिस्सा हुनसक्नेमा उनी विश्वास गर्छिन्।
    ब्लेकलीलाई एउटा माक्र्सवादीको रुपमा लिँदा, उनले यी विकल्पहरूलाई ‘प्रेस्क्रिप्टिभ टेक्नोक्रेटिक फिक्स अल सोलुसन्स’ को रूपमा प्रस्तुत गरेकी होइनन्।

    तर उनले यी समस्यामाथि जित हात पार्नका लागि मानिसहरूलाई चलायमान गर्ने, संगठित गर्न र बदल्ने तरिकाको भने कल्पना गरेकी छिन्। ब्लेकलीले बढ्दो रिणको तह, घट्दो तलब तथा उत्पादकत्व र आसन्न पर्यावरण पतनले सामाजवादीहरूलाई अब हस्तक्षेपका लागि रणनीतिक अवसर प्रदान गरेको तर्क गरेकी छिन्। उनले सबै समस्यासँग लड्नका लागि यिनलाई सिर्जना गर्ने प्रणालीको केन्द्रमै प्रहार गर्नु नै राम्रो उपाय भएको उल्लेख गरेकी छिन्।

    ‘पूूँजीवादलाई पूर्ण रूपमा पार गर्ने’ उद्देश्यका साथ वित्तीय प्रणालीलाई सामूहिक स्वामित्व र लोकतान्त्रिक नियन्त्रण मातहत राख्नका लागि सुधारका श्रृंखलाहरूको विवरण दिँदै ब्लेकली ‘वित्तको सामाजीकीकरण’ गर्ने उपायको सूची पनि पेश गर्छिन्।

    म उनको योजनाको प्रत्येक विवरण दिने छैन। तर यो प्रष्ट छ कि उनी सुधारविरुद्ध क्रान्तिमाथि समाजवादीले छोडेका तर्कहरूको इतिहासमा जोडिएकी छिन्। जसमा उनले पूूँजीको भिषण प्रतिशोधको आशंका गरेकी छिन् भने एउटा वैकल्पिक संस्था निर्माणका लागि जनसमर्थन जुटाउने माध्यमद्वारा सबैभन्दा तीव्र आक्रमणलाई अवज्ञा गर्ने अपेक्षा पनि उनको छ। उनले त्यस्तो संस्थाको कल्पना गरेकी छिन्, जुन दीर्घकालसम्म वित्तीय संस्थाका लागि अझै धेरै आकर्षक बन्न सक्छ र यसले अर्थव्यवस्था र कामदारका लागि एउटा ‘रहसुुड(घोडाको खुट्टालाई चिप्लिनबाट जोगाउन खुरमा लगाइने एकप्रकारको साधन)’को काम गर्छ।

    यो परिवर्तनका लागि थ्याचरवादबाट सिक्न ब्लेकलीले सुझाव दिएकी छन्। उनी प्रस्ताव गर्छिन्, ‘तीनवटा तहः भाष्यको तह, चुनावीय राजनीतिको तह र सामाजिक दबाबको तहमा राजनीतिक प्रतिस्पर्धाको विकास गर्दैः समाजवादीले बैंकहरूलाई पनि आफ्नो अधिनमा लिनैपर्छ, जसरी थ्याचरले संगठनहरूलाई लिएकी थिइन्।’ उनले सामाजिक आन्दोलन र श्रमिक आन्दोलनलाई प्रवद्र्धन गर्ने खालको एउटा ‘टप–डाउन र बटम–अप’ राजनीतिक रणनीतिको प्रस्ताव गरेकी छिन्, जसले एउटा चुनावीय परियोजनालाई चुनौती दिन सक्छ। र, जसले सामाजिक आन्दोलनहरूप्रति जिम्मेवार बन्न र यिनको प्रतिनिधित्व गर्न सक्छ।

    ‘संगठनहरूको एउटा बलियो पारिस्थितिक प्रणालीले सरकारमा भएका बेला पार्टीहरूलाई आफ्नो विद्रोही चरित्र कायम राख्ने कुरा सुुनिश्चित गर्नका लागि राजनीतिक दबाब दिन सक्छ। त्यसैगरी राजनीतिक पार्टीभित्र र यसका विरुद्ध काम गर्न सक्ने सामाजिक आन्दोलनलाई राजनीतिक पार्टीलाई राज्यभित्र र राज्यको विरोधमा काम गर्न सक्ने बनाउन आवश्यक छ।’ उनले उल्लेख गरेकी छिन्, ‘संगठनहरूको पारिस्थितिक प्रणालीले यस्ता नीतिहरूको विकास गर्न सक्छ, जसले आफ्नो ठाउँमा निजी वित्तलाई चुनौती दिन्छ र साझा विकल्पलाई प्रबद्र्धन गर्छ।’

    सुधारहरूलाई लागु गर्नका लागि आवश्यक राजनीतिक दबाबहरू निर्धारण गर्दै ब्लेकलीले एउटा यस्तो परिवर्तनको रुपरेखा तयार गरेकी छिन्, जुन रुपरेखा राज्यलाई परिवर्तन गर्न र जित्नका लागि सम्भव भएको उनको विश्वास छ।

    यस रुपरेखामा उनले भनेकी छन्, ‘वित्तीय प्रणालीमा प्रणालीगत समस्याको नियन्त्रणमा निरन्तरता, सोही अनुसारको पूँजीको आवश्यकता, वित्तीय स्थानान्तरणमा कर प्रणाली, हुलाकी बैंकिङ, ऋणको पुनर्वित्त, सार्वजनिक ब्यांकको माध्यमबाट, सार्वजनिक आवासमा ठूलो लगानी, एउटा राष्ट्रिय लगानी बैंक र ग्रिन न्यूू डिल र लोकतान्त्रिक स्वामित्वको सिर्जना र ग्रिन न्यूू डिलका उद्देश्यकहरू र अन्य सार्वजनिक रुपमा सद्भावको उद्देश्य पूरा गर्ने नागरिकको सम्पत्ति कोषको प्रयोग गर्ने काम जनताको सम्पत्ति प्रर्बधकलाई सुम्पने काम गर्नुपर्छ।’

    यी सुधारहरू अन्र्तराष्ट्रियवादको मनस्थितिका साथ गर्न सकिन्छ। यसका लागि उस्तै सोच र चेतना भएका देशहरूको गठबन्ध आवश्यक छ भने यिनले अमेरिका लगायतको वित्त पूँजीलाई चुनौती दिनुपर्छ।

    यसरी अघि बढ्ने क्रममा बंैकिङ प्रणालीमा सुधार गर्दै ‘पूूँजीवादलाई पूर्ण रूपमा पार गर्न’ व्यवहारिकताको बारेमा प्रश्नचिन्ह उठ्नसक्छ। अथवा, यस सुधारका लागि लोकप्रियताको सम्भावनालाई लिएर असहमति पनि हुन सक्छ। तर यो प्रष्ट छ कि ब्लेकलीले हामीलाई पूँजीवादी वित्तका केही विकल्पका लागि केही सार्थक लक्ष्यहरू उपलब्ध गराएकी छिन्। हामीलाई प्रस्तावित आर्थिक प्रणालीका वैकल्पिक उपायहरूका लागि सशक्त हुन आवश्यक छ। किनकि ‘क्रान्तिकारी परिस्थितिमा मजदूरले निर्णय गर्ने छन्’ भन्दै विकल्पको प्रश्न पन्छाइन सक्छ। जसले अपर्याप्तताको अनुभव गराउँछ।

    एउटा सामाजिक परिवर्तन कस्तो देखिनुपर्छ भन्ने बिषयमा सोच्नका लागि ग्रेस ब्लेकलीले हामीलाई एउटा शक्तिशाली रुपरेखा दिएकी छिन्, जसका लागि हामी सबै आभारी हुनुपर्छ। जुनसुकै राजनीतिक परिवर्तनलाई सम्भव बनाउन श्रमिक तथा सामाजिक आन्दोलनको एजेन्सीमा उनले जोड दिएकी छिन्। हामी यसमा पनि आभारी हुनुपर्छ।

    यस पुस्तकमा शक्तिशाली उपायहरू उल्लेख छ, जसमा रहेर हामी एकता निर्माण गर्न सक्छौं। यिनले विश्वबाट पूँजीवादको जरा उखेल्नका लागि एउटा संघर्षलाई अगाडि बढाउने नीतिहरूको विकास र परिक्षण गर्छन्। पूँजीवादलाई कसरी लत्याउने र वैकल्पिक अर्थव्यवस्था कस्तो हुन्छ भन्ने विषयमा चिन्तन बोक्नेहरूका लागि ‘स्टोलन’ एउटा मूल्यावान योगदान बन्न सक्छ। ।
    नेपाल रिडर्सका लागि स्प्रिङम्यागडटसिएबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.