-जोन रस-
अमेरिकी राष्ट्रपति जो बाइडेनले यही डिसेम्बर ९ देखि १० मा ‘लोकतन्त्र सम्मेलन’को आयोजना गरे। यो सम्मेलनको नामजस्तै गलत नाम भएका अन्य केही नगण्य कार्यक्रमहरू आयोजना हुँदै आएका छन्।
डेमोक्रेसी शब्द दुईवटा ग्रिक शब्द ‘demos’ अर्थात् ‘जनता’ र ‘kratos’ अर्थात् ‘शासन’ बाट लिइएको हो। यसर्थ डेमोक्रेसी अर्थात् लोकतन्त्र शब्दको अर्थ जनताको शासन हो। डमोक्रेसी अर्थात लोकतन्त्र शब्दलाई एकिकृत रूपमा मानवअधिकारसँग जोडेर बुझिन्छ, अर्थात् जनताको अधिकारसँग जोडिन्छ। यो नै सही हो र हरेक ठाउँमा यसै अर्थलाई लिएर लोकतन्त्र शब्दको प्रयोग हुन्छ।
भारत र चीनका महिलाको अवस्था
यस सम्बन्धमा अमेरिकाको गल्तिलाई स्पष्ट पार्नुपर्दा लोकतन्त्र र मानवअधिकारको परिणाम र वास्तविक अवस्थालाई नियाल्नुपर्ने हुन्छ। यसका लागि मानवताको पाँचमध्ये एउटा हिस्साः महिला अधिकारलाई प्रभाव पारिरहेको प्रमुख उदाहरणको रूपमा भारत र चीनका महिलाको अवस्थालाई लिन सकिन्छ।
एउटी भारतीय महिलाको औसत आयु ७१ वर्ष रहेको छ भने एउटी चिनियाँ महिलाको औसत आयु ७९.२ छ। चीनमा महिला साक्षरता ९५ प्रतिशत छ, जबकि भारतमा ७० प्रतिशत महिला साक्षर छन्। भारतमा मातृ मृत्युदर चीनमा भन्दा ८ गुणा बढी छ।
भारत र चीनको महिलाको अवस्थाबारे ब्रिटिस मेडिकल जर्नल द ल्यान्सेटको निष्कर्षलाई लिन सकिन्छ। द ल्यान्सेट स्वास्थ्यको क्षेत्रमा विश्वकै सबैभन्दा प्रतिष्ठित प्रकाशन हो। चीनमा महिलाको स्वास्थ्य सम्बन्धमा ७० वर्षसम्म गरिएको ल्यान्सेटको अध्ययनले भन्छ‘ ‘महिलाहरू आधा आकाश हुन्’ र ‘बालबालिका देशको भविष्य र आशा हुन्’जस्ता भनाइहरू, चीनमा भनाईमा मात्रै सीमित भएनन्। यिनको लगातार अभ्यास पनि हुँदै आएको छ।’
यस अध्ययनले चीनमा मातृ मृत्युदरमा आएको आएको ठूलो अन्तरलाई देखाएको छ। जुन सन् १९४९ देखि २०१९ सम्ममा ठूलो अन्तरले घटेको देखिन्छ। ७० वर्षअघि प्रत्येक १ लाख जन्ममा १५ सय आमाहरूको मृत्यु हुने गरेकोमा सन् २०१९ मा आएर यो संख्या १७.८ मा झरेको छ। ब्राजिलमा, मातृ मृत्युदर प्रत्येक १ लाख जन्ममा ३७० बाट ६० मा झरेको छ भने सोही अवधिमा भारतमा एक हजार रहेकोमा अहिले १४५ मा झरेको छ।
बलियो राजनीतिक इच्छाको परिणाम
टिंग्स चकको एउटा अनुसन्धान ‘विमेन होल्ड अप हाफ द स्काईः हाउ चाइना एराडिकेटेड एक्स्ट्रिम पोभर्टी’ को निष्कर्ष छ, ‘सुरुवातमा उच्च मातृ मृत्युदर रहेको चीन सात दशकमा यो दर ब्राजिलको एक तिहाई र भारतको एक/आठभन्दा कम बनाउन सफल भयो।’ महिलाको प्रजनन स्वास्थ्य, मातृस्वास्थ्य र नवशिशु, बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्य सम्बन्धमा प्रभावशाली उपलब्धि हासिल गर्नका लागि ‘बलियो राजनीतिक इच्छा’ र ‘लैंगिक समानतामा प्रगति’ नै प्रमुख कारक तत्व रहेको ल्यान्सेटले पनि उल्लेख गरेको छ।
टिंग्सका अनुसार चीनमा महिलाका सम्बन्धमा यस विशाल उपलब्धिका लागि संघीय सरकार र अल चाइना विमेन्स् फेडेरेसन् (एसीडब्ल्यूएफ)ले भूमिका खेलेका छन्। एसीडब्ल्यूएफ चीनको लक्षित गरीबी उन्मूलन कार्यक्रमको रेखदेख गर्ने प्रमुख सरकारी निकायको एउटामात्रै हिस्सा होइन। तर यसले पनि महिलालाई तल्लो तहबाट यी सरकारी कार्यक्रमसँग समानन्तर हुनका लागि ठूूलो सहयोग गरेको छ। एसीडब्ल्यूएफले चीनभरीका ९ लाख विच्याट ‘सिस्टर्स’ ग्रुप र ६ लाख ४१ हजार २ सय ९१ गाउँ स्तरका संगठनहरूसँग मिलेर आधार निर्माणको आयोजना ग-यो।
छोटोमा भन्नुपर्दा, चिनियाँ महिलाका लागि यस प्रकारको ठूलो कदम चाल्ने काम अचानक भएको होइन। यी उपलब्धिहरू सरकारका कार्यक्रमहरू र महिलाको व्यापक रूपमा जमीनस्तरको सहभागीताको संयोजनबाट प्राप्त भएका हुन्। यी नतिजाहरूबाट भारतीय महिलाहरूको तुलनामा चिनियाँ महिलाहरूको मानवअधिकार धेरै सुरक्षित रहेको कुरा स्पष्ट हुन्छ। कुनै पनि तार्किक मानिसले यो कुरा सहजै बुझ्न सक्छ। एउटी भारतीय महिलाको मानवअधिकार चीनियाँ महिलाको जत्तिकै समान भएको देख्न चाहन्छु म।
के हो लोकतन्त्र?
अमेरिकाको ‘प्रजातन्त्र’ र ‘मानवअधिकार’को अमेरिकी अवधारणा अनुसार भारतीय महिलाको अधिकार चीनका महिलाको भन्दा श्रेष्ठ छ। भारतमा ‘संसदीय गणतन्त्र’ का कारण त्यहाँका चीनको तुलनामा भारतीय महिलामा बढि अधिकार ठान्छ अमेरिका। यही नै अमेरिकी अवधारणा हो। तर यो दाबी हास्यास्पद छ। माथि उल्लेखित सबै तथ्य र तथ्यांकका बावजूद अमेरिकाले आयोजना गरेको ‘लोकतन्त्र सम्मेलन’मा भारतलाई निमन्त्रणा गरिएको थियो, तर चीनलाई गरिएको थिएन।
यदि ‘लोकतन्त्र’ र ‘मानवअधिकार’को अमेरिकी अवधारणा सही छ भने यी तथ्यहरूबाट एउटा मात्र निष्कर्षमा पुग्न सकिन्छः महिलाको दृष्टिकोणमा लोकतन्त्र पूर्ण रुपमा अवान्छनीय छ। तर वास्तविक तथ्यलाई हेर्ने हो भने अमेरिकी ‘लोकतन्त्र’ को अवधारणा पूर्ण रूपमा गलत छ। यसले लोकतन्त्रलाई ‘जनताको शासन’ र जनताको भलाइको सन्दर्भमा व्याख्या गर्दैन। तर यसले केही नगण्य प्रक्रियाः जस्तै ‘संसदीय लोकतन्त्र’ अथवा ‘शक्तिको भागबण्डा’ जस्ता सन्दर्भमा व्याख्या गर्छ।
कसैले भारतका महिलाले छोटो, अशिक्षित जीवन जिउन चाहन्छन् या बच्चा पाउँदा मर्न चाहन्छन् भनेर भने मात्रै, नत्र महिलाको सन्दर्भमा ‘जनताले जनताका लागि शासन’ गर्ने कुरा, संसदीय गणतन्त्र भारत र चीन सरकारको शासकीय प्रणाली तथा जनसंगठनबीच तुलना गर्ने हो भने चीनले नै त्यसलाई कुसलताका साथ निर्वाह गरेको छ। अमेरिकी तर्क भारतको संसदीय प्रणालीले लोकतन्त्र र मानवअधिकारको संकेत गर्ने भन्ने हुनसक्छ। तर विशुद्ध मौखिक दाबीले माथि उल्लेखित तथ्यलाई फेरबदल गरिदिन सक्नेछैनन्। चीनियाँ महिलाको जीवन र वास्तविक अधिकार भारतीय महिलाको भन्दा श्रेष्ठ नै छ।
केही विशिष्ट प्रक्रियाको पालना गरेर मात्रै शासन प्रणालीको वास्तविक परीक्षण हुँदैन। प्रणालीले दिने परिणाम नै त्यसको वास्तविक परीक्षा हो, त्यसले नै ‘जनताको शासन’ के हो भनेर देखाउँछ। चीनले विशाल मापन र बाइडेनको अवास्तविक मापदण्डभन्दा असीमित रूपले अधिक रूपमा ल्याएको ‘जनताको शासन’लाई हेर्नका लागि भारत र चीनका महिलाको जीवनलाई तुलना गरेर हेर्न अनिवार्य छ।
सीजीटीएन डटकमबाट मेनुका बस्नेतको अनुवाद।