Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
Wednesday, April 22, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीन र भारतका महिला : ‘मानवअधिकार र लोकतन्त्र’मा को अघि?

कसैले भारतका महिलाले छोटो, अशिक्षित जीवन जिउन चाहन्छन् या बच्चा पाउँदा मर्न चाहन्छन् भनेर भने मात्रै, नत्र महिलाको सन्दर्भमा ‘जनताले जनताका लागि शासन’ गर्ने कुरा, संसदीय गणतन्त्र भारत र चीन सरकारको शासकीय प्रणाली तथा जनसंगठनबीच तुलना गर्ने हो भने चीनले नै त्यसलाई कुसलताका साथ निर्वाह गरेको छ।

nepal_readers nepal_readers
मंसिर २९, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -जोन रस-

    अमेरिकी राष्ट्रपति जो बाइडेनले यही डिसेम्बर ९ देखि १० मा ‘लोकतन्त्र सम्मेलन’को आयोजना गरे। यो सम्मेलनको नामजस्तै गलत नाम भएका अन्य केही नगण्य कार्यक्रमहरू आयोजना हुँदै आएका छन्।

    डेमोक्रेसी शब्द दुईवटा ग्रिक शब्द ‘demos’ अर्थात् ‘जनता’ र ‘kratos’ अर्थात् ‘शासन’ बाट लिइएको हो। यसर्थ डेमोक्रेसी अर्थात् लोकतन्त्र शब्दको अर्थ जनताको शासन हो। डमोक्रेसी अर्थात लोकतन्त्र शब्दलाई एकिकृत रूपमा मानवअधिकारसँग जोडेर बुझिन्छ, अर्थात् जनताको अधिकारसँग जोडिन्छ। यो नै सही हो र हरेक ठाउँमा यसै अर्थलाई लिएर लोकतन्त्र शब्दको प्रयोग हुन्छ।

    भारत र चीनका महिलाको अवस्था

    यस सम्बन्धमा अमेरिकाको गल्तिलाई स्पष्ट पार्नुपर्दा लोकतन्त्र र मानवअधिकारको परिणाम र वास्तविक अवस्थालाई नियाल्नुपर्ने हुन्छ। यसका लागि मानवताको पाँचमध्ये एउटा हिस्साः महिला अधिकारलाई प्रभाव पारिरहेको प्रमुख उदाहरणको रूपमा भारत र चीनका महिलाको अवस्थालाई लिन सकिन्छ।

    एउटी भारतीय महिलाको औसत आयु ७१ वर्ष रहेको छ भने एउटी चिनियाँ महिलाको औसत आयु ७९.२ छ। चीनमा महिला साक्षरता ९५ प्रतिशत छ, जबकि भारतमा ७० प्रतिशत महिला साक्षर छन्। भारतमा मातृ मृत्युदर चीनमा भन्दा ८ गुणा बढी छ।

    भारत र चीनको महिलाको अवस्थाबारे ब्रिटिस मेडिकल जर्नल द ल्यान्सेटको निष्कर्षलाई लिन सकिन्छ। द ल्यान्सेट स्वास्थ्यको क्षेत्रमा विश्वकै सबैभन्दा प्रतिष्ठित प्रकाशन हो। चीनमा महिलाको स्वास्थ्य सम्बन्धमा ७० वर्षसम्म गरिएको ल्यान्सेटको अध्ययनले भन्छ‘ ‘महिलाहरू आधा आकाश हुन्’ र ‘बालबालिका देशको भविष्य र आशा हुन्’जस्ता भनाइहरू, चीनमा भनाईमा मात्रै सीमित भएनन्। यिनको लगातार अभ्यास पनि हुँदै आएको छ।’

    यस अध्ययनले चीनमा मातृ मृत्युदरमा आएको आएको ठूलो अन्तरलाई देखाएको छ। जुन सन् १९४९ देखि २०१९ सम्ममा ठूलो अन्तरले घटेको देखिन्छ। ७० वर्षअघि प्रत्येक १ लाख जन्ममा १५ सय आमाहरूको मृत्यु हुने गरेकोमा सन् २०१९ मा आएर यो संख्या १७.८ मा झरेको छ। ब्राजिलमा, मातृ मृत्युदर प्रत्येक १ लाख जन्ममा ३७० बाट ६० मा झरेको छ भने सोही अवधिमा भारतमा एक हजार रहेकोमा अहिले १४५ मा झरेको छ।

    बलियो राजनीतिक इच्छाको परिणाम

    टिंग्स चकको एउटा अनुसन्धान ‘विमेन होल्ड अप हाफ द स्काईः हाउ चाइना एराडिकेटेड एक्स्ट्रिम पोभर्टी’ को निष्कर्ष छ, ‘सुरुवातमा उच्च मातृ मृत्युदर रहेको चीन सात दशकमा यो दर ब्राजिलको एक तिहाई र भारतको एक/आठभन्दा कम बनाउन सफल भयो।’ महिलाको प्रजनन स्वास्थ्य, मातृस्वास्थ्य र नवशिशु, बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्य सम्बन्धमा प्रभावशाली उपलब्धि हासिल गर्नका लागि ‘बलियो राजनीतिक इच्छा’ र ‘लैंगिक समानतामा प्रगति’ नै प्रमुख कारक तत्व रहेको ल्यान्सेटले पनि उल्लेख गरेको छ।

    टिंग्सका अनुसार चीनमा महिलाका सम्बन्धमा यस विशाल उपलब्धिका लागि संघीय सरकार र अल चाइना विमेन्स् फेडेरेसन् (एसीडब्ल्यूएफ)ले भूमिका खेलेका छन्। एसीडब्ल्यूएफ चीनको लक्षित गरीबी उन्मूलन कार्यक्रमको रेखदेख गर्ने प्रमुख सरकारी निकायको एउटामात्रै हिस्सा होइन। तर यसले पनि महिलालाई तल्लो तहबाट यी सरकारी कार्यक्रमसँग समानन्तर हुनका लागि ठूूलो सहयोग गरेको छ। एसीडब्ल्यूएफले चीनभरीका ९ लाख विच्याट ‘सिस्टर्स’ ग्रुप र ६ लाख ४१ हजार २ सय ९१ गाउँ स्तरका संगठनहरूसँग मिलेर आधार निर्माणको आयोजना ग-यो।

    छोटोमा भन्नुपर्दा, चिनियाँ महिलाका लागि यस प्रकारको ठूलो कदम चाल्ने काम अचानक भएको होइन। यी उपलब्धिहरू सरकारका कार्यक्रमहरू र महिलाको व्यापक रूपमा जमीनस्तरको सहभागीताको संयोजनबाट प्राप्त भएका हुन्। यी नतिजाहरूबाट भारतीय महिलाहरूको तुलनामा चिनियाँ महिलाहरूको मानवअधिकार धेरै सुरक्षित रहेको कुरा स्पष्ट हुन्छ। कुनै पनि तार्किक मानिसले यो कुरा सहजै बुझ्न सक्छ। एउटी भारतीय महिलाको मानवअधिकार चीनियाँ महिलाको जत्तिकै समान भएको देख्न चाहन्छु म।

    के हो लोकतन्त्र?

    अमेरिकाको ‘प्रजातन्त्र’ र ‘मानवअधिकार’को अमेरिकी अवधारणा अनुसार भारतीय महिलाको अधिकार चीनका महिलाको भन्दा श्रेष्ठ छ। भारतमा ‘संसदीय गणतन्त्र’ का कारण त्यहाँका चीनको तुलनामा भारतीय महिलामा बढि अधिकार ठान्छ अमेरिका। यही नै अमेरिकी अवधारणा हो। तर यो दाबी हास्यास्पद छ। माथि उल्लेखित सबै तथ्य र तथ्यांकका बावजूद अमेरिकाले आयोजना गरेको ‘लोकतन्त्र सम्मेलन’मा भारतलाई निमन्त्रणा गरिएको थियो, तर चीनलाई गरिएको थिएन।

    यदि ‘लोकतन्त्र’ र ‘मानवअधिकार’को अमेरिकी अवधारणा सही छ भने यी तथ्यहरूबाट एउटा मात्र निष्कर्षमा पुग्न सकिन्छः महिलाको दृष्टिकोणमा लोकतन्त्र पूर्ण रुपमा अवान्छनीय छ। तर वास्तविक तथ्यलाई हेर्ने हो भने अमेरिकी ‘लोकतन्त्र’ को अवधारणा पूर्ण रूपमा गलत छ। यसले लोकतन्त्रलाई ‘जनताको शासन’ र जनताको भलाइको सन्दर्भमा व्याख्या गर्दैन। तर यसले केही नगण्य प्रक्रियाः जस्तै ‘संसदीय लोकतन्त्र’ अथवा ‘शक्तिको भागबण्डा’ जस्ता सन्दर्भमा व्याख्या गर्छ।

    कसैले भारतका महिलाले छोटो, अशिक्षित जीवन जिउन चाहन्छन् या बच्चा पाउँदा मर्न चाहन्छन् भनेर भने मात्रै, नत्र महिलाको सन्दर्भमा ‘जनताले जनताका लागि शासन’ गर्ने कुरा, संसदीय गणतन्त्र भारत र चीन सरकारको शासकीय प्रणाली तथा जनसंगठनबीच तुलना गर्ने हो भने चीनले नै त्यसलाई कुसलताका साथ निर्वाह गरेको छ। अमेरिकी तर्क भारतको संसदीय प्रणालीले लोकतन्त्र र मानवअधिकारको संकेत गर्ने भन्ने हुनसक्छ। तर विशुद्ध मौखिक दाबीले माथि उल्लेखित तथ्यलाई फेरबदल गरिदिन सक्नेछैनन्। चीनियाँ महिलाको जीवन र वास्तविक अधिकार भारतीय महिलाको भन्दा श्रेष्ठ नै छ।

    केही विशिष्ट प्रक्रियाको पालना गरेर मात्रै शासन प्रणालीको वास्तविक परीक्षण हुँदैन। प्रणालीले दिने परिणाम नै त्यसको वास्तविक परीक्षा हो, त्यसले नै ‘जनताको शासन’ के हो भनेर देखाउँछ। चीनले विशाल मापन र बाइडेनको अवास्तविक मापदण्डभन्दा असीमित रूपले अधिक रूपमा ल्याएको ‘जनताको शासन’लाई हेर्नका लागि भारत र चीनका महिलाको जीवनलाई तुलना गरेर हेर्न अनिवार्य छ।

    सीजीटीएन डटकमबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.