Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतलाई सघाउन अमेरिका आउँछ भनी सोच्नु भारतीय सम्रान्तको भ्रान्ति मात्र – चीन

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार ३, २०७७
- यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “चिनियाँ र भारतीय सैनिकहरूबीच सोमबार गल्वान उपत्यकामा गम्भीर शारीरिक भिडन्त भयो। भारतीय पक्षले भनेको छ– तीन भारतीय सैनिक मारिए। चिनियाँ सेनाले यस झडपमा हताहति भएको पुष्टि गरेपनि हताहतिको संख्या बताएको छैन” चीनबाट प्रसारण हुने ग्लोवल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ।

    चीनको सरकारको एक विश्वासिलो यस संचार माध्यमले अगाडि लेख्छ– यो अहिलेसम्म चिनियाँ र भारतीय सैनिक बीचको सबैभन्दा गम्भीर मुठभेड हो। भारतीय मिडियाले बताएका छन्– सन् १९७५ पछि दुई देशबीचको सीमा विवादमा सैनिकको मृत्यु भएको पहिलोपटक हो।

    यी दुई मुलुकको सीमामा भारतले विस्तृत पूर्वाधार निर्माण गर्दै आएको छ। त्यस क्रममा वास्तविक नियंत्रण रेखा क्षेत्रवरपर रहेका विवादित स्थानमा समेत भारतले पूर्वाधार विस्तार गरिरहेको थियो। यस कार्यलाई चिनिया पक्षले बारबार भारतीय समकक्षीसँग रोक्न भने पनि नरोकिएका कारण चिनीया र भारतीय सेनाबीच शारीरिक झडप हुन पुग्यो।

    उक्त सम्पदकीयमा ‘चीन-भारत सीमानामा निरन्तर तनावको मुख्य कारण भारतीय पक्षको अहंकार र लापरवाही हो। हालका वर्षहरूमा, नयाँ दिल्लीले सीमा मामलाहरूमा कडा अडान लिन थालेको छ। यसो गर्नुमा दुई भ्रमहरुले भर गरेको हुनसक्छ’  बताइएको छ।

    यसले चीन भारतसँगको सीमा मामलालाई चर्काउन चाहदैन भन्दै लेखेको छ–  भारतलाई के लागेको हुन सक्छ भने चीनमाथि अमेरिकाको बढ्दो रणनीतिक दबाबका कारण चीनले भारतसँगको सम्बन्ध बिगार्न चाहँदैन, त्यसकारण चीन भारतीय पक्षबाट हुने सानातिना भडकाउ विरुद्ध जाइ लाग्दैन। त्यसमाथि, केही भारतीयहरू चीनको भन्दा भारतको सेना शक्तिशाली छ भनेर विश्वास गर्छन्। यस्ता गलत धारणाहरूले भारतीय कदमलाई सही सावित ठान्न सक्छ र भारतको चीन नीतिलाई दबाबमा राखेको छ।

    सम्पादकियले चीन भारतको सीमा तनावमा अमेरिकाको भूमिकालाई स्पष्ट गर्दै भनेको छ–  अमेरिकाले आफ्नो इन्डो –प्याशिफिक रणनीतिले भारतलाई फुस्लाइरहेको छ। यसो हुँदा केही भारतीय सम्भ्रान्तहरुलाई ती माथिका गलत धारणाहरु बनाउन सहयोग पुर्‍याएको छ। २०१७ मा चीनको क्षेत्रीय सार्वभौमिकतालाई खुला चुनौती दिन भारतीय सेनाले सीमा रेखा पार गर्दै डोक्लम क्षेत्रमा प्रवेश गरेका थिए त्यबला पनि भारतीयहरुको त्यस्तै घमण्डको कारण थियो। त्यसबेलाको आक्रामक अवस्थालाई भारतीय जनताले  प्रशंसा गरेका थिए, जसको मतलव चीनप्रति भारतीय सम्भ्रान्तको मानसिकता अस्वस्थकर र खतरनाक छ।

    चीन भारतसँग टकराव गर्न चाहँदैन र शान्तिपूर्ण रूपमा द्विपक्षीय सीमा विवादको सामना गर्न चाहन्छ। यो चीनको सद्भावना हो, कमजोरी होइन। नयाँ दिल्लीबाट आउने धम्कीमा झुक्न र शान्तिको नाममा चीनले कसरी आफ्नो सार्वभौमिकता त्याग्न सक्छ?

    चीन र भारत ठूला देशहरू हुन्। यी दुबै देशहरूको साथसाथै यस क्षेत्रका सीमा क्षेत्रहरूमा शान्ति र स्थायित्व महत्वपूर्ण छ। नयाँ दिल्ली स्पष्ट हुनुपर्दछ कि अमेरिकासँग चीन–भारतबीचको सम्बन्धमा लगानी गर्ने स्रोत सीमित छ। अमेरिकाले गर्न सक्ने भनेको भारतलाई आड लाउने स्थानका रुपमा विस्तार गर्ने मात्र हो। जुन वाशिंगटनले चीनसँगको भारतको सम्बन्ध बिगार्न उपयोग गर्न सक्छ र भारतलाई वाशिंगटनको सेवा गर्न समर्पित तुल्याउँछ।

    यसरी नै ग्लोवल टाइम्सले’ चीन र भारतको शक्ति बीचको अन्तर स्पष्ट छ भएको र चीन भारतसँगको सीमा विवादलाई टकरावमा बदल्न नचाहेको स्पष्ट गरेको छ।’ यसले लेख्छ– यो चीनबाट सद्भावना र संयम हो। तर चीन सीमाको अवस्थाबारे पुरै ढुक्क छ। यसले द्वन्द्व चर्काएको होइन र चर्काउने पनि छैन, तर यो कसैबाट उव्जाएका द्वन्द्वबाट डराउँदैन। यस नीतिलाई नैतिकता र शक्ति दुबैले समर्थन गरेकोछ। हामी हाम्रो यस आधारभूत अडानसँग कसैसँग सम्झौता गर्दैनौ।

    ग्लोवल टाइम्स लेख्छ– गल्वान उपत्यकामा यस पटक भएको झडपले दुबै पक्षलाई हानी पुर्‍याएको छ। चीन र भारत सीमा तनावका कारण भइरहेका लगातारको झडपहरु कुनैपनि बेला नियन्त्रण बाहिर जान सक्छन्। उक्त घटनापछि दुबै पक्षका सेनाको नेतृत्वले संयमता अपनाएको देखिन्छ। यसले दुबै पक्ष द्वन्द्वलाई शान्तिपुर्ण ढँगले कावूमा राख्न र द्वन्द्वलाई बढ्न नदिन चाहेको देखिइन्छ। यो उल्लेखनीय कुरा हो कि चिनियाँ पक्षले चिनियाँ सेनाको हताहतिको संख्या खुलासा गरेको छैन ताकि बदला र प्रतिरोधात्मक भावना जनताबीच प्रसार नहोस्।

    हामी गल्वान उपत्यकामा तनाव शान्त भएको हेर्न चाहन्छौं। यो आशा गरिएको छ कि भारतीय पक्षले मोर्चाका सिपाहीहरू र ईन्जिनियरहरूको सुदृढ व्यवस्था गर्न सक्नेछ। यसैगरी दुईपक्षका सेनाको नेतृत्वले गरेका सहमतिलाई पालना गर्नेछ। यदि परिस्थिति शान्त भयो भने यसले दुबै पक्षलाई फाइदा पुर्‍याउँछ, र यसका लागि चिनियाँ र भारतीय दुवै पक्षका अग्रगामी सेनाहरूको प्रयासको आवश्यकता छ।

    सम्पादकियको अन्तमा भनिएको छ–  चीन– भारत सीमा मामलामा चिनियाँ जनताले सरकार र जनमुक्ति सेनामा विश्वास गर्नुपर्दछ। तिनीहरूले दृढतापूर्वक चीनको क्षेत्रीय अखण्डताको रक्षा गर्नेछन् र सीमा विवादको साथ व्यवहार गर्दा राष्ट्रिय हितलाई कायम राख्नेछन्। चीनसँग आफ्नो भूमिको प्रत्येक इन्च जोगाउने क्षमता र बुद्धिमत्ता छ र कुनै रणनीतिक चाल यहाँ काम लाग्दैन। २०२० जुन १७ मा ग्लोवल टाइम्समा प्रकाशित ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.