Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

१२ वर्षमा हत्या गरिएका इक्बल, जसले ३ हजार बच्चाहरूलाई दासताबाट मुक्त गरे

nepal_readers nepal_readers
बैशाख ७, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    इक्बल मसिह १२ वर्षीय उमेरका ती महान नायक हुन्, जसका बारेमा थोरै मात्र मान्छेले सुनेका होलान्। उनको बहादुरी र आफूजस्तै पीडित अन्य बालकहरूका लागि उनले गरेको बलिदानीको कथा थाहा पाउँदा जो कोही सचेत मान्छेको शीर गर्वले झुक्नेछ। पाकिस्तानको लाहोरस्थित एक गरीब परिवारमा सन् १९८३ मा जन्मेका थिए इक्बल। जतिखेर उनी जन्मेका थिए, त्यतिखेर लाहोर आम मान्छेहरूका लागि बाँच्नका लागि अति नै कष्टकर ठाउँ थियो। आम मान्छेहरू गरीबीको रेखाभन्दा मुनी कष्टकर बाँचिरहेका थिए लाहोरमा। यहाँका परिवारहरू यति गरीब र व्यग्र थिए कि उनीहरू आफ्ना बच्चाहरूलाई फ्याक्ट्रीहरूमा काम गर्न पठाउँथे र बच्चालाई धरौटी राखेर साहुहरूबाट पैसा लिन्थे।

    बच्चा धरौटी राखेर पैसा

    धरौटीवापत बाउआामाले साहुबाट लिएको पैसा तिर्न नसकुन्जेल यी बच्चाहरूले फ्याक्ट्रीमै बन्धक बनेर काम गर्नुपर्थ्यो। मानौँ, बच्चाहरू धरौटी राख्ने वस्तु वा निर्जिव सम्पत्ति हुन्, जसको कुनै हृदय हुँदैन। इक्बलले पनि यस्तै कष्टपूर्ण जीवन भोगे। चार वर्षको उमेरको हुँदा उनका बाआमाले ६ सय रूपैयाँ सापटी लिनकै लागि इक्बललाई एक कार्पेट फ्याक्ट्रीमा साहुकोमा बन्धकी राखे। बाउआमाले पैसा फिर्ता गर्न नसकुन्जेल इक्बलले फ्याक्ट्रीमै रहेर बन्धकका रूपमा काम गर्नुपर्थ्यो। गरीब देशहरूमा अहिले पनि यस्ता खालका आधुनिक दासप्रथाहरू कायम छन्। दुःखको कुरा, यो युगमा पनि निर्दोस बच्चाहरू दासताका शिकार बन्न वाध्य छन्।

    इक्बलजस्ता हजारौँ कलिला बच्चाहरू यस्तो जीवन जिउन बाध्य थिए। यी बच्चाहरूले दिनको १२ घण्टाभन्दा बढी हप्ताको सातै दिन काम गर्न वाद्य थिए। बच्चाहरू भाग्लान् भनेर काम गर्ने ठाउँलाई बेरबार गरेर ताल्चा लगाइएको हुन्थ्यो। बच्चाका बाउआमाले मालिकलाई पैसा बुझाउन जति ढिला गर्थे, सापटी लगेको पैसाको व्याज उति नै बढ्ने गर्थ्यो। इक्बलको हालत पनि यस्तै थियो। पाँचवर्षसम्म इक्बलले फ्याक्ट्रीमा काम गरे। इक्बलका बाआमा साहुुसँग लिएको ६०० सय तिर्न फ्याक्ट्रीमा आए तर उनीहरू पैसा तिर्न आउँदासम्म ब्याजको पनि स्याज भएर करीब १० हजार रकम तिर्नुपर्ने बतायो फ्याक्ट्रीको मालिकले। त्यो समयको पाकिस्तानमा १० हजार रूपैयाँ चानचुने कुरो थिएन। यसरी व्याजसहितको पैसा उनका बाआमाले तिर्न नसकेपछि इक्बल पनि अन्य बालबालिकारूझैँ फ्याक्ट्रीमै कैद हुन वाध्य भए।

    यस्ता फ्याक्ट्रीहरूमा बच्चाहरूको जिन्दगी दयनीय र कष्टप्रद थियो। बँधुवा केटाकेटीहरूले फ्याक्ट्रीमा टन्न खानपिउन पाउँदैनथे। बच्चा बिरामी भएर काम गर्न नसक्ने हुँदा उनीहरूलाई निर्मम कुटिन्थ्यो। इक्बलले पछि केसम्म बताए भने काम गर्न नखोज्ने बच्चालाई खाना र पानीसमेत नदिइकन सानो कोठामा दिनभर थुनिन्थ्यो। पाकिस्तानी सरकारले सन् १९८६ मा बालश्रमलाई गैरकानुनी घोषणा गरेपनि इक्लबललगायतका अन्य बच्चाहरू यसरी नै कष्टपूर्ण जीवन गुजार्न विवस भए। पाकिस्तानमा भ्रष्टाचार यति धेरै हुन्थ्यो कि यी बच्चाहरूको शोषणबाट मुक्त गर्नेबारे कसैले केही गर्न सक्दैनथे। धेरैजसो मान्छेहरूलाई यसबारे चासो नै थिएन। ‘बच्चा बेच्ने बाउआमा’लाई पनि समेत आफ्ना बच्चाको खराब हालतबारे उति चासो थिएन।

    असफल विद्रोहपछि भिन्न रणनीति

    दश वर्षको हुँदा इक्बल आफ्नो दैनिक जीवन र कष्टदेखि दिक्क भए। सधैँभरी साहुबाट कुटिनु र तनावमा काम गर्नु उनको दैनिकी थियो। उनले अब यो ठाउँबाट आफूमात्रै होइन, आफूसँग काम गर्ने अन्यबालकहरूसहित भाग्ने योजना बनाए। भाग्ने कोसिस असफल हुँदा आफ्नो जिन्दगी खतरामा पर्ने कुरो पनि उनलाई राम्ररी थाहा थियो।

    आफ्ना केही साथीहरूसहित इक्बल एक दिन फ्याक्ट्रीबाट उम्कन त सफल भए तर पाकिस्तानी प्रहरीहरू यति भ्रष्ट थिए कि दासताको ‘नरक’बाट उम्केका यी दिनहिन बच्चाहरूलाई सहयोग गर्नुको उल्टो फ्याक्ट्रीमै लिएर फर्किए। यसो गर्दा प्रहरीहरूले साहुबाट पैसा पाउँथे। प्mयाक्ट्रीबाट भागेको कसुरमा बच्चाहरूलाई कुटियो र भोकभोकै राखियो। यी बच्चाहरूका लागि जिन्दगी वास्तवमै ‘नर्क’तुल्य थियो, निस्कने ठाउँ नभएको अँध्यारो सुरूङजस्तै थियो।

    बार्ह वर्षकै उमेरमा इक्बलले यो कष्टपूर्ण जीवनबाट छुट्कारा पाउनेबारे अर्को उपाय सोचे। यस पटक उनले मुक्त हुने उपायबारे थप केही कुराहरू आफैँ बुझे र पहिलेजस्तो प्रहरी कार्यालय जानुको सट्टा यसपटक उनी ‘बँधुवा मजदुर उन्मुक्ती मोर्चा’ (बिएलएलएफ) नामको स्थानीय गैरसकारी संस्थाकहाँ पुगे। त्यस गैरसरकारी संस्थाले इक्बलले काम गर्ने फ्याक्ट्रीमा रहेका बच्चाहरूलाई मुक्त गर्नका लागि आवश्यक सबै कागजात तयार पार्यो। इक्बलको प्रयास हुन्थेन भने ती बच्चाहरू सम्भवतः कहिल्यै त्यहाँबाट मुक्त हुने थिएनन्।

    विश्वभर चर्चा

    कारखानाबाट मुक्त भएपछि उनको एउटै सपना थियो–पाकिस्तानभरका बँधुवा मजदुरहरूलाई मुक्त पार्ने। बिएलएलएफको सहयोगमा उनको कथा विश्वस्तरमा फैलियो। संयुक्त राष्ट्रसंघबाट पनि उनलाई समर्थन र सहयोग प्राप्त भयो। त्यसपछि इक्बलले विश्वका विभिन्न गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्न थाले। उनले आफूभन्दा बढी उमेरका व्यक्तिलाई पाकिस्तानजस्तै गरीब देशहरूका मजबुरी, मजदुरी र बालश्रमका बारेमा शिक्षित र जागरुक बनाए। आफ्ना कथा सुनाए।

    यस्ता सक्रियताले इक्बल निकै चर्चित भए र उनलाई सन् १९९४ मा संयुक्त राष्ट्रसंघ र विभिन्न युरोपेली देशहरूले आफ्ना मंच र देशका विभिन्न कार्यक्रहरूमा सम्बोधन गर्न बोलाइयो। उनको संघर्षको कथा र प्राप्तिका कारण सोही वर्ष उनले रिबकको ५० हजार डलर राशी(हालको दररेट अनुसार ६० लाख नेपाली रूपैयाँ) को मानव अधिकार पुरस्कार पाए। इक्बल आफ्नो कथा विश्वभर पुगोस् भन्ने चाहन्थे, जसले गर्दा उनको जस्तो जिन्दगी थप अरु बालबच्चाले भोनु नपरोस्।

    जति धेरै इक्बलले चर्चा पाउँदैथिए, बालश्रम प्रयोग भएका पाकिस्तानका कम्पनीहरू उति नै धेरै बन्द हुँदैथिए। पाकिस्तानका धेरैजसो कम्पनीहरूले बालश्रम नै प्रयोग गर्ने भएकाले धेरैजसो कम्पनीका मालिकहरूले इक्बलदेखि आक्रोसित थिए। त्यसैले उनीहरूले इक्बललाई टार्गेट बनाएका थिए।

    हत्या

    १६ अप्रिल, १९९५ का दिन आफ्नो परिवारलाई भेट्न इक्बल विदेशबाट फर्के। सोही दिन मुरिद्के भन्ने ठाउँमा यी हिम्मतिला किशोरको टाउकोमा गोली प्रहार गरेर हत्या गरियो। उनको हत्यारा थिए मोहम्मद अस्रफ। इक्बलको बँधुवा श्रमिक मुक्ति अभियानकै कारण मोहम्मदको फ्याक्ट्रीमा पनि मजदुर अभाव हुन गएको थियो। इक्लबले आफू मुक्त भएको एक वर्षको अवधिमा करीब ३ हजार बँधुवा बाल श्रमिकहरूलाई मुक्त गर्न सफल भएका थिए।

    यसरी इक्बल २१ औँ शताव्दीको प्रारम्भमा दासताविरुद्धको लडाइँ र मानवअधिकारको लडाइँको को प्रतिक भए। अहिले पनि विश्वका कतिपय देशमा दासताका अनेक रूप र बन्धन बाँकी नै छ। सम्पूर्ण मान्छे जाति मुक्त हुन बाँकी नै छ। यिनै बहादुर किशोर इक्बलको कथामा आधारित भएर सन् २००६ मा यान्द्रु क्रफ्ट्सले ‘द लिटल हिरो : वन बोइज् फाइट फर फ्रिडम –इक्बल मसिह्ज् स्टोरी’ नामक पुस्तक छापे। त्यस पुस्तकमा लेखकले इक्बलले प्याक्ट्रीमा कति कष्टपूर्ण जीवन बाँचे भन्ने विवरण उल्लेख छ।

    इक्बललले त्यति सानै उमेरमा देखाएको सौर्य र हिम्मतको कथा धेरैका लागि प्रेरणायुक्त छ। अन्याय र असत्यविरुद्ध लड्न सधैँ हामीलाई प्रेरणा दिइरहेका छन्। वालश्रमविरुद्धका अभियानहरू पाकिस्तानमा मात्रै होइन, अन्यत्र पनि जारी छ। सन् २०१४ मा कैलाश सत्यार्थीले इक्बलका नाममा आफूले प्राप्त गरेको नोबले पुरस्कार समर्पण गरेका थिए। संयुक्त राष्ट्रसंघले सन् २०२० मा गरेको अध्ययनअनुसार विश्वमा १ करोड ५२ लाख बँधुवा मजदुर छन्।

    (हिस्ट्री अफ यस्टडेको यो सामग्री नेपाल रिडर्सका प्रकाश अजातले अनुवाद गरेका हुन्।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.