Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के अमेरिका असफल राज्य हुँदैछ ?

पाँल क्रुगम्यान पाँल क्रुगम्यान
कार्तिक २२, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मैले यो लेख लेखिरहँदा, बिडेनले राष्ट्रपति चुनाव जित्न सक्ने सम्भावना देखिएको छ। र उनले आफ्नो विपक्षी भन्दा लाखौं मत प्राप्त गरेका छन्। उनले यो दावी गर्न सक्छन् र गर्नु पनि पर्दछ कि’ मैले देश चलाउन प्रष्ट जनादेश पाँए’।

    के रिपब्लिकन पार्टीले उनलाई सजिलै सरकार चलाउन दिनेछ?

    तर एउटा वास्तविक प्रश्न छ कि के उनी देश चलाउन सक्षम हुनेछन्? यसबेला यस्तो आशंका उव्जनुको कारण अमेरिकी जनताको लोकप्रिय मतको प्रतिनिधित्व नै नगर्ने सिनेट कट्टरपन्थी पार्टीको कब्जामा छ र सम्भव भएसम्म बिडेनको कामलाई यसले बाधा दिइरहनेछ।

    सिनेटले कसरी अमेरिकी जनताको प्रतिनिधित्व गर्दैन भन्ने कुरा बुझाउनु अघि म तपाईंलाई त्यसबारे केही बताउन चाहन्छु।

    सिनेटको प्रतिनिधित्व कस्तो हुनेछ

    प्रत्येक राज्यबाट दुई जना सिनेट सदस्यहरू चुनिन्छन्। जस्तै  ५ लाख ७९ हजार मतदाता भएका वायोमिंग र ३ करोड ९० लाख भएका क्यालिफोर्नियाबाट पनि दुई जना नै चुनिन्छन्। बढि जनसंख्या भएका राज्यहरूमा जति धेरै सहरीकरण भएको छ, अरु राज्यमा त्यति शहरीकरण भएको छैन।  महानगरीय र ग्रामीण क्षेत्रहरुका सिनेटमा दक्षिणपन्थीहरू बढी प्रभावकारी छन्।

    फाइभ–थर्टी एट.कम नामक वेबसाइटले भन्छ कि दक्षिणपन्थीले पाएको औसत मत भन्दा त्यसले ७ प्रतिशत बढी सिनेट प्रतिनिधि पाउने गरेको छ।  सूजन राइसको उदाहरण अपवाद हो। जसले डेमोक्रेट राज्यमा पकडलाई कायम राखेकी छिन्। तर भित्रभित्रै दक्षिणपन्थी भावनाहरु रहेका कारण राष्ट्रपतिले लोकप्रिय मत हासिल गरे तापनि सिनेटमा रिपब्लिकन पार्टीको नै पकड रहिरहनेछ। 

    सिनेटले बाधा पुर्‍याउँछ

    सिनेटको प्रतिनिधित्वको समस्या कस्तो हो भनेर स्पष्ट हुनु आवश्यक छ। यसभन्दा पहिले पनि वा बराक ओबामा राष्ट्रपति हुँदा रिपब्लिकन पार्टीले कंग्रेसको एक वा दुबै हाउसहरुमा लगभग तीन चौथाई कब्जा गरेको थियो।  

    साच्चै नै बराक ओबामाको समयमा रिपब्लिकन पार्टीले धेरै बाधा दिइरह्यो। त्यसले हरेक कुरामा अड्काइ रहन्थ्यो, हरेक विषयलाई राष्ट्रिय स्तरमा बहस गर्ने धम्की दिने गर्थ्यो। अर्थव्यवस्थालाई जोगाउन खोज्दा सरकारलाई ऋण उठाउने देखि आर्थिक सहयोग प्राप्त गर्ने प्रावधान रोक्ने चेतावनी दिइरहन्थ्यो। यसले गर्दा देशलाई ट्र्याकमा फर्कनको लागि धेरै समय लाग्यो।

    अबको अवस्था कस्तो हुनेछ?

    २०११ मा रिपब्लिकन पार्टीले दुबै हाउसहरू कब्जा गरेको बेलामा सरकारले बढी खर्च गर्नुपर्‍यो।अहिले कोरोनाभाइरसले ताण्डव नाच गरिरहेको छ र हरेक दिन करीव एक लाख नयाँ केसहरू आउँदैछन् र यो संख्या बढ्दो छ। यद्यपि राज्य र स्थानीय सरकारहरूले अर्थव्यवस्था खराब हालतमा हुन्छ भनेर पुनः लकडाउन लागू गर्दैनन्।

    अनुमान छ कि नयाँ केन्द्रीय सरकारले यसलाई नियन्त्रण गर्नका लागि आवश्यक पर्ने कोरोना खोपमा प्रत्येक महिना २०० अरब डलर वा सो भन्दा बढी खर्च गर्नुपर्दछ। तर मिच म्याकोनेलले नियन्त्रण गरेको सिनेटमा यसबारे सहमति भएमा यो आश्चर्य हुनेछ।

    कार्यकारी आदेश

    सरकारी खर्च नीति निर्माणको एक मात्र पक्ष होइन। राष्ट्रपतिले आफ्नो कार्यकारी आदेशको अधिकारलाई प्रयोग गरेर (ओबामाले जस्तै) वा खराब निर्णयहरू (डोनाल्ड ट्रम्पले गरे जस्तै) गर्न सक्दछन्। वास्तवमा गृष्मकालिन सदन चलेका बेला डेमोक्र्याटिक पार्टीले यस्तै धेरै कामहरू पत्ता लगाएको छ, जुन बिडेनले कार्यकारी आदेशबाट कांग्रेसबाट पारित नगरी गर्न सक्छन्। तर म सर्वोच्च अदालतको भूमिकाको बारेमा चिन्तित छु– जसले म्याकोनेलको अभ्यास परम्परालाई तोड्न सक्छ के? यो अदालतको नराम्रो पक्ष हो। यस कुरालाई चुनावको केहि दिन अघि एमी कोनी ब्यारेट न्यायाधीश भएको सन्दर्भले पुष्टि गर्न सक्छ।

    अदालतको मनोवृत्ति?

    हालका नौ जना मध्ये छ जना न्यायाधीशले रिपव्लिकन पार्टीले छनौट गरेका छन्ज। यो यस्तो पार्टी हो, जसले गएका ८ चुनावमा एक पटकमात्र लोकप्रिय मत अत्यधिक प्राप्त गरेको छ। र, मलाई शका लाग्छ कि अहिलेको अदालतले १९३० को दशकको सर्वोच्च अदालत जस्तै अभ्यास गर्नेछ। त्यो समयमा अदालतले नयाँ डील कार्यक्रमको हरेक प्रस्तावलाई रोकेको थियो र राष्ट्रपति एफ डी रुजवेल्टले न्यायाधीशहरूको संख्या बढाउने धम्की दिनुपरेको थियो। बिडेनले त रिपब्लिकन पार्टीले नियन्त्रण गरेको सिनेटलाई धम्कीसमेत दिन सक्दैनन्।

    पक्षाघात भएका राष्ट्रपति

    तर, हाम्रो असन्तुलित चुनावी प्रणालीका कारण ट्रम्पको पार्टीले आगामी राष्ट्रपतिको काममा अवरोध मात्र खडा गर्न सक्ने होइन, यसले पूर्ण रूपमा पक्षघात पार्छ। र त्यस्तो समय पनि आउनेछ, बाइडेनहरूलाई महामारी, अर्थव्यवस्था र वातावरण सम्बन्धी चुनौतिहरूको सामना गर्नुपर्नेछ।

    यस कुरालाई हामीले यसरी बुझौं। यदि हामीले अमेरिका जति नै राजनैतिक पङ्गुता भएको मुलुक देख्यौं भने त्यस्तो मुलुक असफल राज्य बन्न पुग्छ भन्ने ठोकुवा गर्न सक्छौं। त्यो त्यस्तो राज्य हुनेछ जसको सरकारले मुलुकको अवस्थाहरुलाई नियन्त्रण गर्न सक्दैन।

    जर्जियामा पुनः निर्वाचन गर्दा डेमोक्र्याटिक पार्टीलाई सिनेटमा नियन्त्रण गर्न सक्ने परिणाम आउन सक्छ। तर बिडेनले देशलाई डुब्नबाट बचाउन चाहने केहि रिपब्लिकन सांसदहरूसँग सम्बन्ध राख्नै पर्दछ। यसो हुँदा पनि यो गणतान्त्रिक मुलुक खतरामा छ।

     (न्यू योर्क टाइम्स(Nov. ५, २०२०)बाट सत्यहिन्दको प्रस्तुतिबाट साभार)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पाँल क्रुगम्यान

      पाँल क्रुगम्यान

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.