Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नाग : जाति कि सर्प ?

नाग शब्दको अर्थ संस्कृतमा हामी धेरै पाउँदछौँ, जसमा विशेषतः सर्प र हात्ती भन्ने अर्थ छ । फेरि नागपर्वतको पर्यायी छ, जसमा अधिवासी पनि नाग वा नागा हुन सक्दछन् । आसामका डाफ्ला, अंगायी नागाहरू आफूलाई नागा नभनी नगा भन्दछन् । नाग थर भएको मानिस अद्यावधि बंगालमा छँदै छन्, जसमा प्रसिद्ध विद्वान् प्राध्यापक कालिदास नाम र बंगालको सुमधुर मिष्टान्न सन्देशका आविष्कारक भीम नागको सहजै सम्झना आउँछ, अतः पेटले घस्रिने नागका साथै दुईखुट्टे नाग पनि रहेछन् भन्ने कुरा देखिन्छ

nepal_readers nepal_readers
साउन १७, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मनुष्यको आदिकालमा सर्पको महत्त्व देखिन्छ । बाइबलमा होस् वा आर्य–पुराणमा, सर्पसित जेलिएका धेरै कथा छन् । मिश्र (इजिप्ट) प्राचीन राजा फरोहाहरूका मुकुटमा पनि नागले स्थान पाएको छ । महादेवलाई पनि ‘नागेन्द्रहारायत्रिलोचनाय’ भनेर मान्छेहरु आराधना गर्दछन्। हामी विष्णुलाई पनि शेषनागमा सुतेको पाउँदछौँ।

    नाग-मानिस र नाग-सर्प अर्थात् दुईखुट्टे नाग र पेटले घस्रने नाग वा सर्पको पछि गएर यस्तो छासमिस भएको छ, कुनचाहिँ कुन भनी छुट्याउन गाह्राे छ। खासगरी हाम्रा पौराणिक गाथाहरूमा त झन् भ्रष्ट पारिएको छ, मानवका आदि सभ्यतामा पशु प्रतीक वा लाञ्छना मानेर वंशका आराधनीय भएका थिए र त्यसका अवशेष अझै पनि आदिम सभ्यता सँगालेर राख्ने अफ्रो एसियाली जाति र अमेरिकाका आदि भारतीय जातिमा पनि अद्यावधि विद्यमान छ। मलाई अरू थरको कुरो थाहा छैन तर कोइरालाहरूको लाञ्छन ठोटरी (कच्छप) हो भन्ने कुरा मेरी पितामहीले भन्नुभएको थाहा छ, अतः पुरानो समाजमा ठोटरी ब्राह्मणलाई भक्ष भए पनि कोइरालाका निमित्त सजातीय भएकाले बर्जित थियो ।

    वाल्मीकि रामायणभन्दा पुरानो महाभारत हो, जो जयकाव्यमा आधारित रचना हो । जयकाव्यको रचना नै नागविरोध र विद्वेषमा आधारित छ। जनमेजयको सर्प–सत्र यज्ञबाटै झण्डै यसको थालनी छ। अतः नाग को थिए भनी पहिल्याउनु नै यो लेखको लक्ष्य हो।

    नाग शब्दको अर्थ संस्कृतमा हामी धेरै पाउँदछौँ, जसमा विशेषतः सर्प र हात्ती भन्ने अर्थ छ। फेरि नाग पर्वतको पर्यायी छ, जसमा आदिवासी पनि नाग वा नागा हुन सक्दछन्। आसामका डाफ्ला, अंगायी नागाहरू आफूलाई नागा नभनी नगा भन्दछन्। नाग थर भएको मानिस अद्यावधि बंगालमा छँदै छन्, जसमा प्रसिद्ध विद्वान् प्राध्यापक कालिदास नाम र बंगालको सुमधुर मिष्टान्न सन्देशका आविष्कारक भीम नागको सहजै सम्झना आउँछ, अतः पेटले घस्रिने नागका साथै दुईखुट्टे नाग पनि रहेछन् भन्ने कुरा देखिन्छ।

    जम्बुद्वीपका भरतखण्डमा विभिन्न कालमा विभिन्न जाति उपजातिले बसोबास गर्दै आएका हुन्। त्यस क्रममा हेर्ने हो भने प्राग–ऐतिहासिककालका आगन्तुकहरूमा आर्य आगन्तुक पछिल्लाजस्ता पर्न आउँदछन्। तीभन्दा अगाडि असुर, दानव, दैत्य, राक्षस, यक्ष, नास, दास, दस्यु, द्रविड आदि पनि थिए।

    नृतत्व शास्त्रानुसार यस खण्डमा बस्ने मानिस प्रमुखतः चार भाग या वंशमा बाँडिएका छन्-

    १. आष्ट्रिक (आग्नेयी)
    २. भोटे (तिब्बती चिनियाँ)
    ३. द्रविड
    ४. भारोपियाली (इण्डो युरोपियन वा आर्य)

    यस्ता प्रथमको लक्षण प्रशस्तशिर (Bracycephalic) भनिएको छ र यस लक्षणमा बंगालका बासिन्दा पनि पर्दछन् र साथै इन्डाेनेसियाली, मलेयाली र केही अंश आसामका खासी अंगामी नागहरू पनि पर्दछन् । प्रसिद्ध जर्मन भाषाशास्त्री पिटर डब्ल्यू स्किम्ट P.W. Schmidt ले आग्नेयी भाषाका दुई प्रमुख शाखा पत्ता लगाउनुभएको छ ।

    १. अस्ट्रेनेसियन जसमा इन्डाेनेसियाली, पोलिनेसियाली, मलेयाली, माइक्रोनेसियाली बोलीहरू पर्दछन् ।

    २. अस्ट्राेएसियाटिक जसमा माँनखमेर शाखाका आसाम, बर्मा र हिन्द चीनका बोलीहरूका साथै भारतका कोल मुण्डा जातिका बोलीहरू पनि पर्दछन् ।

    खमेर वा आग्नेयी वंश कुनै कालमा प्रशान्त महासागरदेखि हिन्द महासागरका म्यालागासी (म्याडागास्कर) सम्म र यता अनामदेखि पामीरसम्म छरिएको प्रमाण छ । यसै कडीमा विभिन्न जातिहरू देखिन आउँछन्, अनामका खाम, लाओस, कम्बोडिया, थाइल्याण्डका खमेर । भोटका खाम्पा, आसामका खासी, नेपाल, काश्मिर, काशगरका खस आदि एकै आदि वंशका विभिन्न शाखाहरू हुन् भन्ने मेरो धारणा छ ।

    जम्बुद्वीपका भारत खण्डमा पौराणिककालदेखि ऐतिहासिककालसम्म नागवंशको विभिन्न चर्चा हामी पाउँदछौँ । तक्षशिलाको प्रसिद्ध प्राचीन नगर नागराजा तक्षकले बसाएको हो । नाग पट्टणम (वर्तमान नागपुर) पनि नागराजाद्वारा नै स्थापित हो । आर्यहरूको विस्तार अगाडि प्राग–ऐतिहासिककालमा र पछि ऐतिहासिक कालमा समेत विभिन्न नागवंशको उल्लेख पाउँदछौँ । जनमजेयको सर्पसत्र नागराजाहरूविरुद्धको अभियानको एक आलंकारिक रूपकात्मक व्यञ्जना हो । शायद आर्य कविले आफ्ना नायकले गरेको निर्णय हत्यालाई मानवहत्याको सट्टा पशुहत्यामा देखाई जोगाउन खोजेका हुन् कि !

    हुन त भनिएकै छ-

    इतिहास पुराणभ्यां वेदार्थ मुपबृंहतेत ।
    विभेत्यल्वी श्रुद्धाद्वेदो मामयं प्रहरिष्यति ।।

    मेरो यस कथनलाई स्वयम् आस्तिकको कथाले नै पुष्टि गरिदिन्छ, आस्तिकका बाबु ब्राह्मण थिए, आमा वासुकी नागकी कन्या । आस्तिकले आफ्ना मावलीको वंशलाई मारिनबाट जोगाए ।

    फेरि अर्जुनले नागकन्यासित विवाह गरेर बम्रुवाहनजस्ता छोरा जन्माए, जो आफ्ना बाबुलाई नै युद्धमा परास्त गर्न समर्थ भए । प्राणीशास्त्र (बायोलोजी) द्वारा मनुष्य र पशुको सहवास, त्यसमा पनि सरिसृप (Reptiles) जातिको, सम्भव छैन एवं पौराणिक आधारमा नै नाग एक वंश वा जाति थिए, पेटले घस्रिने सर्प होइन भन्ने प्रमाणित हुन्छ । रूपकात्मक आधार हेर्ने हो भने धेरै पछिका ऐतिहासिककालका गुप्त राजाहरू जसका ध्वज लाञ्छन गरुड थियो- जुनागढ अभिलेखमा राजा स्कन्दगुप्तले लेखेका छन्-

    नरपतिभुजगानाम् मानदर्पोत् फणा नाम ।
    प्रतिकृति गरुडाज णाम् निर्विषिम् चावकत्र्ता ।।

    यहाँ फणा र विषको चर्चा पेटले घस्रिने सर्पका निमित्त लेखिएको होइन, प्रत्युत नागवंशी राजाहरूलाई पराजित गरिएको रूपकात्मक अभिव्यक्ति हो । ऐतिहासिक गुप्तकालका कविहरूले यसरी लेख्न सक्दछन् भने प्राग–ऐतिहासिककालको कथानकका आधारमा रच्ने कविहरूले सो कुरा किन नगरून् ?

    तर, हामी पढ्नेले केलाउन, बुझ्न सक्नुपर्दछ । नत्र, अघि भनेझैँँ ‘मामयं प्रहरिष्यति’ भन्ने प्रत्यवाय लाग्नेछ अर्थात् अर्थ नबुझ्ने नै त वेदलाई मार्ने, हान्ने ठहरिएला, होइन त ? नागवंश एक कालमा भारतखण्डमा चारैपट्टि छरिएको पाइन्छन् तर पछि कालान्तरमा हिमालय र विन्ध्याटवीमा खुम्चिएका देखिन्छन् तापनि यिनैका बीचबाट यस्ता सन्तान निस्के जसले पछि पनि साम्राज्य स्थापना गरे । बिम्बिसार श्रेणीयको वंशलाई पनि नाग मानिएको छ ।

    पुराणले त शिशु नागवंश नै भनेको छ तर ऐतिहासिक विवेचनाबाट यिनी ब‌ृहत् नाग र शिशुनागका अर्कै वंश देखिन आएको छ । वाकाटक, भारशिव, सातवाहन, पल्लव, आदि नाग वा नागवंशीद्वय नै थिए । यतिका प्रमाण छँदाछँदै नागवंशलाई फ्वाँ गर्ने सर्प ठान्ने कि मानवजाति ठान्ने ?

    नागहरू शिवोपाषक थिए र शिवले पनि नागवंशलाई आफ्नै ठानेको हुनाले नै ‘नागेन्द्र हाराय’ आलंकारिक प्रयोग हो । राजा भवनागको प्रशस्ती चम्पक ताम्रपत्रमा छ जुन यस प्रकार छ- ‘शिवलिंगोद्वहन… भारशिवानां महाराजश्री भवनागः’ ।

    यसै प्रकारको एक मूर्ति पनि काशी हिन्दु विश्वविद्यालयको कलाभवनमा सङ्गृहीत छ । मोरङ र सप्तरीमा भर भन्ने जाति छ, जो आफूलाई नारशिवका वंशज भन्दछन् । यसको उल्लेख अर्कै लेखमा मैले गरिसकेको छु । भरौली, भरौल, भरचौल, भरछवा आदि भारशिवहरूकै बस्ती हुन् भने मोरङ, सुनसरी पनि नागस्थान थियो भन्नु अत्युक्ति हुने छैन ।

    मातृकाप्रसाद काेइरालाद्वारा लिखित निबन्ध -संग्रह ‘काेशीकाे कथा’ पुस्तककाे अंश

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.