Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के पश्चिमाको वैश्विक समाज चकनाचुर हुदैंछ?

कर्कप्याट्रिक सेल कर्कप्याट्रिक सेल
पुस १३, २०७७
- यो हप्ता, समाचार
A A
0
थोत्रिएर बसेको यात्रुवाहक रेल

थोत्रिएर बसेको यात्रुवाहक रेल

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पच्चीस वर्ष अगाडि, जुनबेला उच्च प्रविधियुक्त दोस्रो औद्योगिक क्रान्ति प्रारम्भिक अवस्थामा थियो। त्यसबखत मेरो मनमा पश्चिमाले नेतृत्व गरेको वैश्विक समाजबारे प्रश्न उठेको थियो। एकदिन मैले एक अनलाइनका सम्पादकसँग अनियन्त्रित आधुनिक प्रविधिले सिर्जना भएका विभिन्न परिणामहरुका थुप्रोका कारण अमेरिकाद्वारा नेतृत्व गरिएको वैश्विक समाज सन् २०२० मा ध्वस्त हुनेछ भनेर बाजि थापें।

    मैले भने- विश्व तापमान बृद्धिका कारण ध्रुवीय बरफ पग्लिनु जस्ता पारिस्थितिकीय (इकोलोजिकल)  विध्वंशहरु, विश्वभरि राष्ट्रहरु असफल हुने जस्ता राजनीतिक विखण्डन र मुख्य शहरहरुमा विद्रोह, र तिर्न नसकिने ऋण, सट्टा- बजार ध्वंस र आर्थिक मन्दि जस्ता आर्थिक भाडभैलोहरुले गञ्जागोल हुनेछ।

    उनले, ” हामी त्यस्तो अवस्थाको नजिक पनि पुग्ने छैनौं,” भने र १००० डलरको चेक मेरो टेबलमाथि पसारे। त्यो जमानामा १००० डलर ठुलै रकम भए पनि मैले पनि त्यति नै रकमको चेक टेवलमा तेर्स्याएँ, र हामीले एकजना सम्पादक मित्रलाई मध्यस्थकर्ता चुन्यौं र उपयुक्त समय आएपछि हामीलाई सम्पर्क गर्ने जिम्मा दियौं।

    नभन्दै त्यो समय, सन् २०२०को अन्त्य आयो। यसबेला कसले जित्यो? अब लोखाजोखा गर्नु पर्ने भएको छ।

    पारिस्थितिकीय विध्वङ्सका प्रमाणहरू पर्याप्त छन्। यद्यपि यस विरुद्ध गरिएको प्रतिक्रिया गणनायोग्य छैन। सन् २००५ देखि २०२० बिचका १० वर्षहरुमा पृथ्वीमा उच्च गर्मी मापन गरिए भने, २०१९ मा सबैभन्दा उच्च तापमानको रेकर्ड भयो र सन् २०२० मा करीव अघिल्लो वर्षकै अनुपातमा पुग्यो।

    यसको अर्थ बरफ पग्लिने दर बढ्दै गएको छ, विश्वका, ग्रीनल्याण्डमा र उत्तरी ध्रुव वरपरका हिमनदीहरुमा उल्लेखनीय क्षति भएको छ। यसका साथै अन्टार्कटिकमा दस वर्ष पहिले भएजस्तै विगत तीन वर्षयता तीन गुणा तीव्र गतिमा हिउँ पग्लियो।  यस्तो प्रक्रियालाई क्याम्ब्रिज विश्वविद्यालयका पोलार ओशन फिजिक्स समूहका एक वैज्ञानिकले “मृत्यु तर्फको यात्रा” भनेका छन्। यसलाई इङ्गित गर्दै “ग्रीनहाउस ग्यास” मा भइरहेको ग्लोबल वार्मिंगलाई नियालेर हेर्ने सरासंघको जलवायु प्यानलले यस्तो प्रक्रिया सन् २०३० सम्म बन्द हुनुपर्दछ, तर यो लक्ष्यमा पुग्न कुनै प्रमुख देशहरु सक्षम छैनन् भनी दोषारोपण गरेको छ।

    विश्वका महासागरहरुमा अम्लियकरण र अत्यधिक तापक्रम हुनुका साथै ६०% माछा निस्कासन गर्नसकिने अवस्थामा सो भन्दा ३३% बढि माछाहरु निस्कासन गरिनु र यति कै दरमा जीवहरुको मृत्यु भइरहनु जस्ता कुराहरुलाई समेट्दै वैज्ञानिकहरुको एक समूहले सन् २०१७ मा “भावी जीवनको एक निराशाजनक तस्विर” प्रस्तुत गरेको थियो। यी कुराहरुबाट भन्न सकिन्छ कि पुर्णरुपमा पारिस्थितिकीय विध्वङ्स भइसकेको छैन भने पनि यो निरन्तर चालु छ।

    राजनीतिक विघटनको सम्बन्धमा, विश्वको डरलाग्दो अवस्था नियाल्नु होस्। हाल कम्तिमा ६५ वटा देशहरू युद्धमा सामेल छन् र विश्वका सबै कुनामा गरी ६३८ वटा जति विभिन्न प्रकारका द्वन्द्वहरू (अलगाववादी मिलिशिया, सशस्त्रधारी लागूऔषध गिरोहहरु, आतंकवादी संगठनहरू, र अन्यहरुबाट) संचालनमा छन्। यस वर्षको शुरुमा आएको “कमजोर राज्यहरू” को वार्षिक सूचकांकमा २४ वटा देशहरू “उच्च चेतावनी” स्तरमा देखिएका छन्। यही सूचिअनुसार २२ वटा मुलुकहरु “सतर्कता” स्तरमा, ५ वटा” उच्च सतर्कता “, र ४ वटा“ “धेरै उच्च सतर्कता” मा रहेका देखिन्छन्। यसरी विश्वका सरकारहरू मध्ये ३० प्रतिशतलाई असफल राज्यहरु नै मान्न सकिन्छ। र, यो तथ्याङ्क विश्वमहामारी अघिको अवस्थाको हो। त्यसपछि महामारीले लगभग सबैजसो तेस्रो-विश्व र केही विकसित देशहरू त्यो सूचीमा थपिएका हुन सक्छन्।

    राजनीतिक विघटनलाई अझ नियाल्ने हो भने अर्को यथार्थ मामला देखिन्छ। एक वर्षसम्म कोरोनाभाइरससँग सामना गर्न तथा दिनप्रतिदिन रेकर्ड बृद्धिलाई नियन्त्रण गर्न र त्यसपछि निश्पक्ष निर्वाचन भएको विश्वास दिलाउन नसक्ने हाम्रा राजनीतिक संस्थाहरूको असक्षमताले वास्तविक रुपमा मुलुकहरुका सरकारका आत्मविश्वासमा कमी आएको छ। पछिल्ला केहि दशकहरुमा यस्तो अवस्थामा रहेका मुलुकहरुमा झन् आत्मविश्वास गुमेको छ। हालसालै वाल स्ट्रिट जर्नलमा जेरल्ड सेइबले औल्याएका छन्– “यस बर्षको चुनावले दुई दशकदेखि लोकतन्त्रको आधारभूत जग पतन हुँदै गएको स्पष्ट चित्र देख्न सकिन्छ” – विश्वमा एकच्छत्र हुने खुशीयाली मनाउँदै गरिएको प्रणालीको नियति यस्तो भएको छ।

    सरकारले राम्ररी कामहरु नगरिरहेकोबारे आम सर्वसाधारणको धारणामाथि थप ध्यान दिनुहोस्। अमेरिकाका संघीय सरकारबाट “अघिका दिनहरुजस्तो उचितढँगले” काम हुनेमा १७% अमेरीकीहरुलेमात्र विश्वास गरेका छन् भनी प्यू अनुसन्धान संस्थाका व्यक्तिहरु बताउँछन्। यो स्पष्ट देखिन्छ कि राज्यप्रति भन्दा आफ्ना समूहविशेषका मुद्धा वा नश्ल/जाति वा विचारधाराप्रति बढि वफादारिता छ, राज्यको वैधानिकता नै लामोसमयसम्म नरहने जस्तो देखिन्छ। र धेरै टिप्पणीकारहरूले कुनै न कुनै रुपको विखण्डन, अझ गृहयुद्धसमेत अपरिहार्य देख्छन्। त्यसैले राजनीतिक विघटन, यहाँ छैन भनेपनि हाम्रै छेउको कुनाको वरिपरि भएजस्तो लाग्छ।

    र अन्तमा केन्द्रीय बैंकले भरथेग गरेको स्टक बजारको परिचालनका बावजुद गत मार्चदेखिको विद्यमान आर्थिक मन्दि नै एक चेतावनी संकेत हो। अधिकांश पश्चिमी विश्व लगायत अमेरिकी अर्थतन्त्रमा समेत संकुचन भएको छ।

    र, निश्चय नै: अमेरिका २७ ट्रिलियन डलरको राष्ट्रिय ऋण र १०० ट्रिलियन डलरका लगानीविहिन दायित्वहरुको बोझ मुनि धर्मराउदै छ, जसको ब्यवस्थापन गर्न केवल २१ ट्रिलियन डलरको कुल ग्राहस्थ उत्पादन छ। तर यस्तै अवस्थामा रहेका अमेरिकाका धेरै मित्र मुलुकहरु छन्। महामारी सुरु हुँदा विश्वको ऋण २५८ ट्रिलियन डलर थियो। यति ऋण भनेको विश्वको कुल ग्राहस्थ उत्पादनको लगभग ३२० प्रतिशत बढि हो। यसको अर्थ हामी सबै बाँसुरीको धुनमा मस्त छौं तर बाँसुरी बादकलाई तिर्न असमर्थ छौं ।

    र, २०२० साल अन्त्य हुन केहि दिन बाँकीरहेपनि आजसम्ममा नै कहिल्यै नदेखिएका विश्व प्रणालीका कमजोरीहरू उजागर भइसकेका छन्।

    साभारः न्यु एज ढाका बङ्गलादेशमा २०२० दिसम्वर २७ मा प्रसारित।

    स्तम्भकार कर्कप्याट्रिक सेल एक लेखक हुन्। २७ जून, १९३७मा जन्मेका उनले लामो समयदेखि राजनीतिक विकेन्द्रीकरण, पर्यावरणवाद, लुडवाद र टेक्नोलोजीको बारेमा लेख्दै आएकाछन्।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      कर्कप्याट्रिक सेल

      कर्कप्याट्रिक सेल

      स्तम्भकार कर्कप्याट्रिक सेल एक लेखक हुन्। २७ जून, १९३७मा जन्मेका उनले लामो समयदेखि राजनीतिक विकेन्द्रीकरण, पर्यावरणवाद, लुडवाद र टेक्नोलोजीको बारेमा लेख्दै आएकाछन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.