Thursday, June 8, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » पाँच प्रतिसतभन्दा कमले हतियारको बलमा चलाइरहेको शासन कतिन्जेल टिक्ला र?

पाँच प्रतिसतभन्दा कमले हतियारको बलमा चलाइरहेको शासन कतिन्जेल टिक्ला र?

भुगोल एउटै भएपनि मान्छेहरुले विश्वलाई अनेक सीमानामा बाँधेर राखेका छन्। ‘तिमीहरू यहाँ आउन भिसा चाहिन्छ, हामीले यसो गर्न पाउँछौँ तर तिमीहरूले यसो गर्न पाउन्नस्’ भन्छन्। जुनसुकै देशको मजदुर जुनसुकै ठाउँमा सहजै गएर काम गर्न सक्ने अवस्था त अझै छैन। भीजालगायतका अनेक झमेला व्यहोर्नुपर्छ। कानूनी फन्दामा अल्झने अवस्था छ। गरीब, मजदुर र दीनदुखिहरुले मन लागेको ठाउँमा जान पाएका छैनन्।

nepal_readers by nepal_readers
May 1, 2022
in यो हप्ता, समाचार
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

-जीवन शर्मा-

तपाईँ किसान र मजदुरका गीत गाउँनुहुन्छ। पहिले भन्दा अहिले मजदुरहरूको अवस्था फेरिएको छ त?

पहिलेभन्दा अहिले मजदुरको अवस्था कठिन भएजस्तो लाग्छ । पहिले पहिले देशको सीमाभित्रै मात्रै हुन्थे प्राय: मजदुरहरू। अहिले त विदेशतिर समेत फैलिएका छन्। कोही खाडी त कोही मलेसियातिर छन्। त्यहाँको गर्मीमा कष्टकर जीवन जीउन बाध्य छन्। अहिले मजदुरहरूको अन्तर्राष्ट्रियकरण हुन थाल्यो। अहिले एउटा देशको मजदुर अर्को देशमा जान्छ, अर्को देशको मजदुर झनै अर्को देशमा जान्छ। संसारका अनेक ठाउँमा पुग्दा पनि तिनको आफ्नो भन्ने कुरा थोरै छ।

मजदुरहरू अन्तर्राष्ट्रिय रूपमा फैलँदा गर्दा तिनका कष्ट अझै बढेका हुन्?

हो नि। मजदुरहरू अन्तर्राष्ट्रिय हुँदा त्यसको सामाजिक पाटो पनि हुन्छ। परिवार, समाज तथा आफ्नो संस्कृतिबाट टाढा हुँदा मान्छे अतालिन्छ। ‘कहाँ हो कहाँ, अत्तालिएको’ जिन्दगी जस्तो देख्छु म विदेश पुग्ने र देश छोडेर हाम्रै देशमा आउने श्रमिकको पनि हालत। संसारभरका मजदुरहरुको कथा यही हो।

त्यसरी देशबाट टाढा पुगेका मजदुरहरुको अवस्था आफ्नै आँखाले देख्नु भएको छ?

तपाईंहरुलाई रुचि लाग्न सक्छ

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

May 29, 2023
मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

May 16, 2023
सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

May 12, 2023
अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

April 24, 2023

म युएइ, कतार, ओमनलगायतका खाडीका देशहरू गएको छु। कोरियामा पुगेर नानरोटी पकाउने र बंगुरपालनमा संलग्नहरूलाई देखेको छु। त्यहाँ काम गर्ने नेपालीहरूको जीवनदशा देखेको छु। र, प्राय: संसारभरका श्रमिकहरूको अवस्था एउटै हो। सकेसम्म राम्रो र सजिलो काम स्वदेशकै श्रमिकले पाउने चलन छ। विदेशमा जोखिमपूर्ण कामहरू चाहिँ नेपाली वा अन्य विकोसोन्मोख देशका श्रमिकले पाउने हो।

मजदुर र गरीबको शाशन ल्याउने भनेर तपाईँले गीतहरू गाउनुभयो? तपाइँका ती गीतहरू केवल कल्पना मात्रै थिए कि साँच्चै गरीब र मजदुरहरुको हितमा काम गर्न सकिन्छ कि भन्ने लाग्छ?

मेरा गीतहरूले मजदुरहरूका समस्या उठाएका छन। मजदुरहरूका कथाव्यथा र पसिना उल्लेख छन्। यसर्थ, मेरा गीतमा श्वैरकल्पना होइनन्। मैले गीत गाएजस्तै मजदुरहरुले सुनका दरबारहरू ठड्याएका पनि हुन्। मजदुरहरूले खानीमा ज्यान धरापमा राखेर हिरा मोती निकालेकै हुन्। र, तिनै मजदुरहरूको अवस्था बदल्नुपर्नेछ। गीतमा भनिएजस्तै परिवर्तन नभएपनि मजदुर हितका लागि सचेतता भने बढेको पनि छ।

पहिले एउटा निश्चित भूगोलभित्र सिमित थिए मजदुरहरू तर आज अन्तर्राष्ट्रियकरणका कारण उनीहरू विभिन्न ठाउँमा छरिएका छन्। श्रमिकहरूका व्यक्तिगत र सामाजिक सम्बन्धमै पनि दरार आएका छन्। मानसिक समस्यामा समेत परेका छन। यसलाई कसरी समाधान गर्ने? 

देशभित्र उद्यम विकास नभएसम्म मजदुरहरूका समस्याको समाधान हुँदैन। मजदुरहरूको अन्तर्राष्ट्रियकरण हुँदै गर्दा तिनको स्थितिको पनि अन्तर्राष्ट्रियकरण हुन्छ होला। अनेकौँ देशका मजदुर एक ठाउँमा भेट हुँदा अन्तर्राष्ट्रिय श्रमिक संस्कार पनि बन्दै गएको छ। त्यसो हुँदा एक देशको मजदुरले अर्को देशको मजदुरलाई सहयोग गर्न थालेका छन्। समस्यामात्रै होइन, विभिन्न देशका मजदुरहरू एकै ठाउँमा भेट भएकै कारण एकअर्काको समस्याहरूको पहिचान गरेर सँगसँगै यात्रा गर्नेतर्फ पनि श्रमिकहरू लम्किरहेका छन्।

एक देशका मजदुर संगठित हुँदाभन्दा संसारभरका मजदुरहरु संगठित हुँदा अझै उनीहरुको आवाज सशक्त र आन्दोलन थप बलियो हुने संभावनाहरु छन् जस्तो लाग्छ। इथोपियाको मजदुरलाई नेपालको मजदुरले सहयोग गर्ने भयो नेपालको मजदुरलाई इन्डोनेसियाको मजदुरले सहयोग गर्छ । त्यसरी नै गरीब–गरीब एक हुने, मजदुर–मजदुर एक हुने वातावरण बन्दैछ जस्तो लाग्छ।

तपाईँहरू पनि मान्छेको केबल अन्तर्राष्ट्रिय जाति हुन्छ भन्नुहुन्छ, होइन?

भुगोल एउटै भएपनि मान्छेहरुले विश्वलाई अनेक सीमानामा बाँधेर राखेका छन्। ‘तिमीहरू यहाँ आउन भिसा चाहिन्छ, हामीले यसो गर्न पाउँछौँ तर तिमीहरूले यसो गर्न पाउन्नस्’ भन्छन्। जुनसुकै देशको मजदुर जुनसुकै ठाउँमा सहजै गएर काम गर्न सक्ने अवस्था त अझै छैन। भीजालगायतका अनेक झमेला व्यहोर्नुपर्छ। कानूनी फन्दामा अल्झने अवस्था छ। गरीब, मजदुर र दीनदुखिहरुले मन लागेको ठाउँमा जान पाएका छैनन्।

तपाईँका गीतमा ‘मजदुर र श्रमजीविहरूको सत्ता आउँछ’ भन्नुहुन्छ। मजदुर एकिकृत भएर श्रमजीविले शासन गर्ने दिन आउलाजस्तो लाग्छ?

कुनै पनि देशमा हेर्नुभयो भने ९०–९५ प्रतिशत जनसंख्या त किसान र मजदुर वर्गको छ। ५ प्रतिसत भन्दा कम पूँजिपतिहरूले हतियारको बलमा शासन चलाइरहेका छन्। र, यस्तो सत्ता त कतिन्जेल टिक्छ होला र? जालझेल गरेर तथा मिडिया किनेर अनेक दुस्प्रचारमार्फत जनमत तयार गरेर उनीहरुले शाशन गरिरहेका छन। यसो हुनाले ठूलो संख्या एकातिर र सानो संख्या एकातिर भएको यस्तो असन्तुलित शासनव्यवस्था टिक्न गार्हो छ।

तर हिजो दुखी र गरीबका कुरा गर्ने नेताहरू नै आज नवसामन्तमा फेरिएका छन् नि?

नेताहरू फेरिएर के भयो? आखिर जनताहरूले को कति फेरियो भनेर चिनिहाल्छन् नि ! सूचनाको यस युगमा जनताले हिसाबकिताब राखेकै छन् नि । अहिले जनता बोल्न सकेका छैनन् होला। एउटा अवस्थामा त विस्फोट भइ नै हाल्नेछ।

आजका श्रमिकहरु पनि विभिन्न दल र मोर्चामा छरिएका छन्। छरिएको श्रमिक आन्दोलनले दिशा लिन सक्छ?

विभिन्न दलहरूका आ–आफ्नै मजदुर संगठनहरू छन्। त्यो स्वभाविक पनि हो । अहिलेको अवस्थामा मजदुरहरूको मात्रै आफ्नो कुनै पार्टी छैन। श्रमिक र मजदुरहरूका नाममा दलहरूले छलकपट गरेका छन्। विस्तारै श्रमिकहरूले यो कुरा बुझ्लान् र एकिकृत मोर्चा बनाउलान् भन्ने आशा छ।

तपाईँले अहिलेसम्म एक आदर्शको जीवन बाँचिरहनुभएको छ। बाँकी जीवनभर पनि यसरी नै जीउनुहुन्छ? टिक्नुहुन्छ?

अहिलेसम्म त टिकिरहेकै छु। भबिष्यबारे कसले के नै भन्न सक्छ र? भविष्यको कुरा चाहिँ अहिले नभनौँ। ३२ सालदेखि गरीब, दुखी र मजदुरहरूका लागि गीत गाउँदै हिँडेको छु। यही यात्रामै छु र म विचलित हुने सम्भावना देख्दिनँ। न्यायप्रेमी जनताले मेरो मूल्यांकन पनि गर्दै जानुहोला। र, मलाई त यही बाटो नै सुन्दर लागेको छ। मजदुर र किसानहरूको संघर्षका गीत गाउने काम अत्यन्तै राम्रो काम होजस्तो लाग्छ।

(नेपाल रिडर्सका लागि जन गायक जीवन शर्मासँग गरिएको कुराकानी।)

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

by nepal_readers
May 29, 2023

मे, २०२० मा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोएडलाई श्वेत प्रहरीले यातनापूर्वक हत्या गरे। प्रहरीले आफ्नो घुँडाले थिचेर फ्लोएडको हत्या...

मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

by उमा सी
May 16, 2023

जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक...

सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

by याङ नान
May 12, 2023

१७ अप्रिल, १९६१ को सबेरै  १४०० भन्दा बढी सशस्त्र समूह (क्युवाबाट निर्वासितहरूको समूह) क्युवाको दक्षिणी क्षेत्रमा पर्ने बे अफ पिगको...

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

by रुकिया अन्वर
April 24, 2023

संयुक्त राज्य अमेरिकाको जासुसी संयन्त्रले लामो समयदेखि संयुक्त राष्ट्र संघ (यूएन) भित्रका हरेक गतिविधिलाई सुन्न लोभी र दुष्ट अक्टोपस जस्तै...

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

by पत्रपत्रिकाबाट
April 18, 2023

गत साता इन्टरनेटमा झन्डै एक सय वटा गोप्य अमेरिकी दस्तावेज चुहियो । अमेरिकी सरकारले ती दस्तावेजहरू नक्कली नभई आधिकारिक दस्तावेज...

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

by डा. प्रकाशचन्द्र लोहनी
April 6, 2023

हाम्रो विकासको महत्वपूर्ण विन्दू नै नेपालमा स्थायित्व र लगानीमैत्री वातावरण सिर्जना गर्नु हो। हाम्रा पुर्खाले विशेषतः राणाकालीन सामन्ती व्यवस्थामा त्यसबेलाका...

Leave Comment

सिफारिस

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

2 weeks ago
हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

3 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist