Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पाँच प्रतिसतभन्दा कमले हतियारको बलमा चलाइरहेको शासन कतिन्जेल टिक्ला र?

भुगोल एउटै भएपनि मान्छेहरुले विश्वलाई अनेक सीमानामा बाँधेर राखेका छन्। ‘तिमीहरू यहाँ आउन भिसा चाहिन्छ, हामीले यसो गर्न पाउँछौँ तर तिमीहरूले यसो गर्न पाउन्नस्’ भन्छन्। जुनसुकै देशको मजदुर जुनसुकै ठाउँमा सहजै गएर काम गर्न सक्ने अवस्था त अझै छैन। भीजालगायतका अनेक झमेला व्यहोर्नुपर्छ। कानूनी फन्दामा अल्झने अवस्था छ। गरीब, मजदुर र दीनदुखिहरुले मन लागेको ठाउँमा जान पाएका छैनन्।

nepal_readers nepal_readers
बैशाख १८, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -जीवन शर्मा-

    तपाईँ किसान र मजदुरका गीत गाउँनुहुन्छ। पहिले भन्दा अहिले मजदुरहरूको अवस्था फेरिएको छ त?

    पहिलेभन्दा अहिले मजदुरको अवस्था कठिन भएजस्तो लाग्छ । पहिले पहिले देशको सीमाभित्रै मात्रै हुन्थे प्राय: मजदुरहरू। अहिले त विदेशतिर समेत फैलिएका छन्। कोही खाडी त कोही मलेसियातिर छन्। त्यहाँको गर्मीमा कष्टकर जीवन जीउन बाध्य छन्। अहिले मजदुरहरूको अन्तर्राष्ट्रियकरण हुन थाल्यो। अहिले एउटा देशको मजदुर अर्को देशमा जान्छ, अर्को देशको मजदुर झनै अर्को देशमा जान्छ। संसारका अनेक ठाउँमा पुग्दा पनि तिनको आफ्नो भन्ने कुरा थोरै छ।

    मजदुरहरू अन्तर्राष्ट्रिय रूपमा फैलँदा गर्दा तिनका कष्ट अझै बढेका हुन्?

    हो नि। मजदुरहरू अन्तर्राष्ट्रिय हुँदा त्यसको सामाजिक पाटो पनि हुन्छ। परिवार, समाज तथा आफ्नो संस्कृतिबाट टाढा हुँदा मान्छे अतालिन्छ। ‘कहाँ हो कहाँ, अत्तालिएको’ जिन्दगी जस्तो देख्छु म विदेश पुग्ने र देश छोडेर हाम्रै देशमा आउने श्रमिकको पनि हालत। संसारभरका मजदुरहरुको कथा यही हो।

    त्यसरी देशबाट टाढा पुगेका मजदुरहरुको अवस्था आफ्नै आँखाले देख्नु भएको छ?

    म युएइ, कतार, ओमनलगायतका खाडीका देशहरू गएको छु। कोरियामा पुगेर नानरोटी पकाउने र बंगुरपालनमा संलग्नहरूलाई देखेको छु। त्यहाँ काम गर्ने नेपालीहरूको जीवनदशा देखेको छु। र, प्राय: संसारभरका श्रमिकहरूको अवस्था एउटै हो। सकेसम्म राम्रो र सजिलो काम स्वदेशकै श्रमिकले पाउने चलन छ। विदेशमा जोखिमपूर्ण कामहरू चाहिँ नेपाली वा अन्य विकोसोन्मोख देशका श्रमिकले पाउने हो।

    मजदुर र गरीबको शाशन ल्याउने भनेर तपाईँले गीतहरू गाउनुभयो? तपाइँका ती गीतहरू केवल कल्पना मात्रै थिए कि साँच्चै गरीब र मजदुरहरुको हितमा काम गर्न सकिन्छ कि भन्ने लाग्छ?

    मेरा गीतहरूले मजदुरहरूका समस्या उठाएका छन। मजदुरहरूका कथाव्यथा र पसिना उल्लेख छन्। यसर्थ, मेरा गीतमा श्वैरकल्पना होइनन्। मैले गीत गाएजस्तै मजदुरहरुले सुनका दरबारहरू ठड्याएका पनि हुन्। मजदुरहरूले खानीमा ज्यान धरापमा राखेर हिरा मोती निकालेकै हुन्। र, तिनै मजदुरहरूको अवस्था बदल्नुपर्नेछ। गीतमा भनिएजस्तै परिवर्तन नभएपनि मजदुर हितका लागि सचेतता भने बढेको पनि छ।

    पहिले एउटा निश्चित भूगोलभित्र सिमित थिए मजदुरहरू तर आज अन्तर्राष्ट्रियकरणका कारण उनीहरू विभिन्न ठाउँमा छरिएका छन्। श्रमिकहरूका व्यक्तिगत र सामाजिक सम्बन्धमै पनि दरार आएका छन्। मानसिक समस्यामा समेत परेका छन। यसलाई कसरी समाधान गर्ने? 

    देशभित्र उद्यम विकास नभएसम्म मजदुरहरूका समस्याको समाधान हुँदैन। मजदुरहरूको अन्तर्राष्ट्रियकरण हुँदै गर्दा तिनको स्थितिको पनि अन्तर्राष्ट्रियकरण हुन्छ होला। अनेकौँ देशका मजदुर एक ठाउँमा भेट हुँदा अन्तर्राष्ट्रिय श्रमिक संस्कार पनि बन्दै गएको छ। त्यसो हुँदा एक देशको मजदुरले अर्को देशको मजदुरलाई सहयोग गर्न थालेका छन्। समस्यामात्रै होइन, विभिन्न देशका मजदुरहरू एकै ठाउँमा भेट भएकै कारण एकअर्काको समस्याहरूको पहिचान गरेर सँगसँगै यात्रा गर्नेतर्फ पनि श्रमिकहरू लम्किरहेका छन्।

    एक देशका मजदुर संगठित हुँदाभन्दा संसारभरका मजदुरहरु संगठित हुँदा अझै उनीहरुको आवाज सशक्त र आन्दोलन थप बलियो हुने संभावनाहरु छन् जस्तो लाग्छ। इथोपियाको मजदुरलाई नेपालको मजदुरले सहयोग गर्ने भयो नेपालको मजदुरलाई इन्डोनेसियाको मजदुरले सहयोग गर्छ । त्यसरी नै गरीब–गरीब एक हुने, मजदुर–मजदुर एक हुने वातावरण बन्दैछ जस्तो लाग्छ।

    तपाईँहरू पनि मान्छेको केबल अन्तर्राष्ट्रिय जाति हुन्छ भन्नुहुन्छ, होइन?

    भुगोल एउटै भएपनि मान्छेहरुले विश्वलाई अनेक सीमानामा बाँधेर राखेका छन्। ‘तिमीहरू यहाँ आउन भिसा चाहिन्छ, हामीले यसो गर्न पाउँछौँ तर तिमीहरूले यसो गर्न पाउन्नस्’ भन्छन्। जुनसुकै देशको मजदुर जुनसुकै ठाउँमा सहजै गएर काम गर्न सक्ने अवस्था त अझै छैन। भीजालगायतका अनेक झमेला व्यहोर्नुपर्छ। कानूनी फन्दामा अल्झने अवस्था छ। गरीब, मजदुर र दीनदुखिहरुले मन लागेको ठाउँमा जान पाएका छैनन्।

    तपाईँका गीतमा ‘मजदुर र श्रमजीविहरूको सत्ता आउँछ’ भन्नुहुन्छ। मजदुर एकिकृत भएर श्रमजीविले शासन गर्ने दिन आउलाजस्तो लाग्छ?

    कुनै पनि देशमा हेर्नुभयो भने ९०–९५ प्रतिशत जनसंख्या त किसान र मजदुर वर्गको छ। ५ प्रतिसत भन्दा कम पूँजिपतिहरूले हतियारको बलमा शासन चलाइरहेका छन्। र, यस्तो सत्ता त कतिन्जेल टिक्छ होला र? जालझेल गरेर तथा मिडिया किनेर अनेक दुस्प्रचारमार्फत जनमत तयार गरेर उनीहरुले शाशन गरिरहेका छन। यसो हुनाले ठूलो संख्या एकातिर र सानो संख्या एकातिर भएको यस्तो असन्तुलित शासनव्यवस्था टिक्न गार्हो छ।

    तर हिजो दुखी र गरीबका कुरा गर्ने नेताहरू नै आज नवसामन्तमा फेरिएका छन् नि?

    नेताहरू फेरिएर के भयो? आखिर जनताहरूले को कति फेरियो भनेर चिनिहाल्छन् नि ! सूचनाको यस युगमा जनताले हिसाबकिताब राखेकै छन् नि । अहिले जनता बोल्न सकेका छैनन् होला। एउटा अवस्थामा त विस्फोट भइ नै हाल्नेछ।

    आजका श्रमिकहरु पनि विभिन्न दल र मोर्चामा छरिएका छन्। छरिएको श्रमिक आन्दोलनले दिशा लिन सक्छ?

    विभिन्न दलहरूका आ–आफ्नै मजदुर संगठनहरू छन्। त्यो स्वभाविक पनि हो । अहिलेको अवस्थामा मजदुरहरूको मात्रै आफ्नो कुनै पार्टी छैन। श्रमिक र मजदुरहरूका नाममा दलहरूले छलकपट गरेका छन्। विस्तारै श्रमिकहरूले यो कुरा बुझ्लान् र एकिकृत मोर्चा बनाउलान् भन्ने आशा छ।

    तपाईँले अहिलेसम्म एक आदर्शको जीवन बाँचिरहनुभएको छ। बाँकी जीवनभर पनि यसरी नै जीउनुहुन्छ? टिक्नुहुन्छ?

    अहिलेसम्म त टिकिरहेकै छु। भबिष्यबारे कसले के नै भन्न सक्छ र? भविष्यको कुरा चाहिँ अहिले नभनौँ। ३२ सालदेखि गरीब, दुखी र मजदुरहरूका लागि गीत गाउँदै हिँडेको छु। यही यात्रामै छु र म विचलित हुने सम्भावना देख्दिनँ। न्यायप्रेमी जनताले मेरो मूल्यांकन पनि गर्दै जानुहोला। र, मलाई त यही बाटो नै सुन्दर लागेको छ। मजदुर र किसानहरूको संघर्षका गीत गाउने काम अत्यन्तै राम्रो काम होजस्तो लाग्छ।

    (नेपाल रिडर्सका लागि जन गायक जीवन शर्मासँग गरिएको कुराकानी।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.