Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जेएनयु हमला: हिन्दु अतिवादको भद्दा मञ्चन

गौतम राई गौतम राई
पुस २३, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत जनवरी ५ को साँझ भारतको जेएनयु विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्ष आइशी घोष लगायत विद्यार्थी, प्राध्यापकहरु माथि रक्तपातपूर्ण हमला र प्रशासन तोडफोड गरियो। यसमा, नकावधारी जत्थाले घटना घटाएको भनिएको छ । तर, ती नकावपोशहरु अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) संगठनका जत्था रहेको विभिन्न सिसिटिभी फुटेज र ह्वाट्सएपमा भएको योजनापूर्ण च्याट वार्तालापको स्क्रिनसटबाटपुष्टि हुन्छ । जसमा, ‘लेफ्ट विरोधी’ र ‘आरएसएस समर्थक’ नामक च्याट ग्रुपमा भएको हमला योजनाको च्याट–वार्ता भारतीय सञ्चारमाध्यमहरुमा भाइरल भइरहेको छ । एबीभीपी, आरएसएसको विद्यार्थी मोर्चा हो । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको माऊ संगठन आरएसएस हिन्दुवादी संगठन हो, जसको नेतृत्वमा पछिल्लो समय हिन्दु अतिवादको डंका पिटिएको छ, अन्य धर्म वा धर्म निरपेक्ष मुद्धा र गतिविधिहरुमाथि निरन्तर आक्रमण भैरहेको छ ।

    जस्तो, केही पहिले पनि भारतको जामिया मुस्लिम विश्वविद्यालय, अलिगढ मुस्लिम विश्वविद्यालयहरुमा यस्ता योजनाबद्ध आततायी आक्रमण गराइएको थियो । जसरी जेएनयु, जेएमयु, एएमयुमा योजनाबद्ध हमला भैरहेको छ, त्यसको बहानाहरु विभिन्न बनाइएपनि त्यो मूलतः हिन्दु कट्टरपन्थको नाङ्गो नाच हो भनेर बुझ्न धेरै दिमाग खियाइराख्नुपर्दैन । ती शैक्षिक सँस्थानहरुमा आतंकपूर्ण वातावरण सिर्जना गरेर युवा जमातलाई तितरबितर पार्नु अनि त्रासको बीचमा हिन्दुमात्रको बोलवाला स्थापित गर्न रचिएको प्रपञ्च हुन् । किनकि, जेएमयु र एएमयु मुस्लिम समुदायलाई शैक्षिक रुपमा मजबुत बनाउने सँस्थानहरु हुन् भने जेएनयु मूलतः वामपन्थी जमात तयार पार्ने कारखाना हुन् ।

    हालसालै भएको विद्यार्थी युनियनको चुनावमा भाजपाको विद्यार्थी संगठन सबै शक्ति र हत्कण्डाको बाबजुद पनि वामपन्थी उम्मेदवार आइशी घोषको प्यानलसँग नमज्जाले पराजित भएको थियो । त्यसयता भाजपाको विद्यार्थी संगठन विभिन्न बहाना निकालेर वामपन्थी विद्यार्थीहरुमाथि खनिइरहेको थियो । त्यसैको परिणति थियो जनवरी ५ को घटना । जसरी जेएमयु, एएमयु घटनाका दोषीहरु भेटिएनन् वा केही पटके डमीहरु पक्राउ गरेर दोषी हुन् भन्दै सरकारी रासनपानीद्वारा पालिँदैछन् ठीक त्यसरी नै यतिका दिनसम्मपनि जेएनयु घटनाको मतियारहरु पक्राउ परेका छैनन् र सायद उनीहरु पक्राउ पर्ने पनि छैनन् किनकि उनीहरु सत्ताद्वारा योजनाबद्ध खटाइएका मतियारहरु जो थिए ।

    भारत, हाल ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । गतसालको ५.८ को आर्थिक वृद्धि यो वर्ष घटेर ४.९ अंकमा सिमित हुने स्वयम् सरकारी तथ्यांकले बताइरहेको छ । स्वयम् प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालका आर्थिक सल्लाहकारले भारत हालसम्मकै चरम आर्थिक संकटमा फसेको बताइरहेका छन् । हज्जारौं किसान आत्महत्याको बाटो रोजिरहेका छन्, दैनिक १२ हजार युवाले रोजगारी गुमाइरहेको तथ्यांकहरु सार्वजनिक भैरहेका छन् । समाजमा वितृष्णा, असहिष्णुता, अराजकता दिनदिनै बढिरहेको छ ।

    भारतजस्तो दक्षिण एसियाको ठूलो जमिन र जनसंख्या भएको देश, नेपालको तीनतिर घेरिएर रहेको छिमेकी मात्रै नभएर नेपालको करिब ६५ प्रतिशत कुल व्यापारिक सम्बन्ध भएको देशमा यस्तो संकटपूर्ण सूचकहरुको दबदबा बढ्दै जानु स्वयम् भारतको मात्रै नभएर प्रत्यक्ष–परोक्ष रुपमा नेपालको समेत सरोकारको विषय हुन आउछ ।

    पछिल्लो समय, भारतमा सत्तारुढ भारतीय जनतापार्टीको लोकसभा निर्वाचनमा जीत र उक्तपार्टीका नेता नरेन्द्र मोदीको दोस्रो कार्यकालको प्रधानमन्त्रीय ताजपोशीले भारतलाई झन् भयावहको भूमरीमा धकेलिरहेको सूचकहरु देखापरिरहेको छ । समाजमा जति धेरै सामाजिक द्वन्द्व बढ्छ, यसले उति नै आर्थिक गतिविधि कुण्ठित गराउँछ अनि जति धेरै आर्थिक गतिविधि खुम्चिन्छ त्यति नै समाज झन् संकटको भूमरीमा धकेलिन्छ । र, त्यो संकटको बाछिटाहरुले उक्त देश–समाजलाई मात्रै नभएर वरिपरिका सबै क्षेत्रमा नकारात्मक असरहरु सिर्जना गरिरहन्छ । तसर्थ, भारतभित्रको द्वन्द्व र संकटको बाछिटा नेपालमा पर्न सक्छ।

    भाजपा र मोदीको उदयले भारतमा हिन्दुवादी संगठनको असहिष्णु गतिविधिलाई ह्वात्तै बढायो । जसले, गौहत्याको विरुद्धमा अभियान चलायो अनि मुस्लिमहरुमाथि दमन र द्वन्द्वको धन्दालाई बढावा दियो । यसले, सामान्य रुपमा हिन्दुधर्मको संरक्षणको नारा लगाएपनि वस्तुतः सामाजिक, आर्थिक क्षेत्रमा ठूलो असन्तुलन ल्याइदियो । किनकि, हिन्दु बाहेकका समुदायमा त्रासको सिर्जना गरायो भने गौहत्या विरुद्ध चालिएका गाई–गोरु(बिफ)को मासु उत्पादन र बिक्री केन्द्रहरुको बन्देजले त्यहाँ ठूलो आर्थिक क्षति पु¥यायो । किनकि, बिफको मासुजन्य उत्पादन र बिक्री बन्देजले स्वयम् भारतभित्रको आर्थिक गतिविधि कुण्ठित ग¥यो भने पश्चिमा मुलुकमा उपभोग हुने बिफको मासुको करिब २६ प्रतिशत निर्यात भारत एक्लैले गर्दै आएको तथ्यांकहरु समेत सार्वजनिक भए । यति ठूलो पैमानाको व्यापारमा बन्देजले भारतमा ठूलो आर्थिक क्षति पु¥यायो । यो बाहेक, अरुपनि धेरै काण्डहरु घटे/घटाइयो, जस्तो कि– भाजपालाई फन्डिङ गर्ने ठेकेदार, उद्योगीहरुलाई मात्रै सरकारी ठूला–ठूला योजनाहरु दिलाइयो, जसकारण आम उद्योगीहरु टाट पल्टिने र मुकेश अम्बानीहरुको सम्पत्तिले सीमा नाघ्ने अवस्था बन्यो । काश्मीर काण्ड मूलतः राजनीतिक लेपन लगाएर त्यहाँ स्थानीयको स्वामित्वलाई कमजोर बनाउने अनि भाजपा घराना कम्पनीको लुट मच्चाउने निहीतार्थ योजनाबद्ध घटाइएको घटना थियो । जसकारण, अहिलेपनि काश्मीर अस्थिरताको भूमरीमा जाकिएको छ । यस्तै NRC, CAA विधेयकहरु मूलतः हिन्दु धर्म मात्रै मान्ने वा मुस्लिम र अन्यलाई निकाला गर्दै हिन्दुराज निर्माण गर्ने अतिवादी सोचले उत्पादन गरेको परिणतिहरु हुन् जसकारण समग्र भारत अस्थिर छ अनि आर्थिक र सामाजिक गतिविधि दिनदिनै कुण्ठित हुँदै गइरहेको छ ।

    यही बुधबार भारतमा २८ करोड मजदुरहरुले भारत ठप्प पार्दै हडताल गरेको छ । उनीहरुले– गुम्दै गएको रोजगारी, महंगी, सामाजिक असहिष्णुता, अस्थिरता, नागरिकता विधेयक मुद्धा सहित मूलतः मोदी नीतिको विरुद्धमा हडतालमा उत्रेको बताएका छन् । यो विरोधको लहर यसै थामिने देखिन्न, यसले मोदी सत्ताको रथयात्रामा पाङ्ग्रा अवश्य खुस्काइदिनेछ तर त्यसबेला सम्पूर्ण भारत आर्थिक र सामाजिक तवाहीको परिणतिमा पुगिसकेको हुनेछ । जसले समग्र दक्षिण एसियामा समेत गम्भीर असर पैदा गरिदिनेछ ।

    तसर्थ, भारतमा लप्किरहेको अतिवादको आगो स्वयम् भारतको मात्रै नभएर समग्र दक्षिण एसियाको दुर्दशाको कारक नबनोस् भनेर चाहने हो भने यसका पक्षधरहरुले आवाज उठाउन ढिलो भैसकेको देखिन्छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गौतम राई

      गौतम राई

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.