Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

शिक्षामार्फत क्रान्ति अर्थात् ज्योतिराव फुले

उक्त विद्यालयमा ज्योति फुले खुलेआम धार्मिक ग्रन्थका गलत तर्कहरूलाई चुनौति दिन्थे। तर ब्राम्हण समाजलाई त्यो चित्त बुझ्ने कुरो थिएन। उनीहरूले ज्योति फुलेका पितालाई दबाब दिएर उनीहरूलाई घरबाट निस्कषित गराए। त्यसपछि ज्योति फुलेको त्यो स्कुल ६ महिना मैं बन्द भयो। पछि फेरि उनले विद्यालय खोले। सावित्री र ज्योति फुले दुबै जना विद्यालयमा काम गर्थे। यता, सावित्रीले रात्रीकालिन प्रौढ कक्षा स्थापना गरिन्, जुन स्कुल पूरा भारतभरकै पहिलो प्रौढ कक्षा थियो।

प्रशान्त ‘पुष्प’ रिजाल प्रशान्त ‘पुष्प’ रिजाल
चैत्र २८, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    महाराष्ट्र(भारत)को एक स्कटिस–मिसन स्कुलमा पढ्ने एक शुद्र जातिको बालकलाई एकदिन उसको ब्राम्हण साथीले आफ्नो परिवारको विवाह समारोहमा बोलाउँछ। त्यस ‘शुद्र–बालक’मा त्यतिखेरसम्म जातीय चेतना विकास भईसकेको थिएन। त्यसो हुँदा उ निसंकोच बेहुलाको घोडासँगै जन्तीहरूका साथमा अघि बढिरहेको थियो। अचानक केही ब्राम्हण प्रौढहरुले त्यस बालकलाई देख्छन् र भन्छन्, ‘लाज लाग्दैन तलाई? कहिँ नभएको बेसरम अछुत ! ब्राम्हणसँगै बरियाँतमा हिँड्ने हिम्मत कसरी गरिस्? तलाई जातपातको मर्यादा छ कि छैन? जन्तीको सबैभन्दा पछि बस्। तिमीजस्ता अछुतहरूले आजकल टाउकोमा टेकिरहेका छौ।’

    स्कटिस स्कुलमा पढ्दै गरेको त्यस अबोध बालकको जीवनमा एउटा बिछट्टै नयाँ अनुभब थियो त्यो। उ निशब्द भयो, उसँग प्रौढ ब्राम्हणहरूको अपमान र निन्दाको जवाफ थिएन। अनि तत्कालै बिहेमा सहभागी हुन छाडेर उ घर फर्क्यो र बिहेमा भएको घटना आफ्नो बुवालाई सुनायो। आफ्नो सन्तानको अपमान गर्ने या हुर्मत लिने व्यक्तिलाई आम रूपमा बाउहरूले प्रतिकार गर्छन् या नसके गालीसम्म गर्छन्। उसले बाउबाट पनि त्यही अपेक्षा गरेको थियो। उसको अपेक्षा विपरित थियो उसको बाको उत्तर, “धन्न तँलाई कुटेनछन्। ब्राम्हणहरू सँगसँगै हिँड्न किन गएको त तँ?’’ एउटा निमत्त घटनाले त्यस दिन उसको मस्तिष्कमा भुइँचालो ल्यायो। स्कटिस स्कुलमा अन्य बालकझैँ समान हैसियतमा पढिरहेको त्यस बालकले बाहिरको खुला समाज र आफ्नो घरभित्रै पनि गुलाम भएको आभाष गर्यो। यि तिनै बालक पछि गएर महान् समाजसुधारक ज्योतिराव फुलेको नामले चिनिए।

    सन् १८२७ महारास्ट्रको एक शुद्र सम्प्रदायमा जन्मिएका ज्योति फुलेको जीवनमा त्यस घटनाले उनको सिङ्गो जीवनको गन्तव्यलाई नै फरक दिशातर्फ मोड्यो। विवाहमा बहिस्कृत हुँदा ब्राम्हणवादको जालोसँग उनको सामना भयो, पिताको जवाफमा ब्राम्हणबादको गुलामगिरी भेटे। स्कटिस मिसन स्कुलमा पढिरहँदा भने उनीमाथि विभेद थिएन, एउटै आवासमा सबै छात्रहरू रहन्थे। अन्ततः उनको निस्कर्ष के थियो भने परम्परागत हिन्दू समाजले लादेको ब्राम्हणवादले समाजको ठूलो तप्कालाई आफ्नो गुलाम बनाएको छ। त्यो गुलामीबाट मुक्त हुन हर शुद्र, उत्पीडित र महिलाहरूले पढ्न जरूरी छ। त्यसपछि फुलेले गुलामगिरी नामको पुस्तक लेखे, भारतमा जसको ठूलो चर्चा भयो।

    माथि नै उल्लेख गरियो, ज्योति फुलेले गुलामगिरीको अवशेष स्वयं आफ्नो पितामा देखे। तसर्थ, पहिलो मुक्ति घरमै हुनुपर्छ भन्ने उनको ध्येय थियो। उनले सर्वप्रथम आफ्नी पत्नी सावित्रीलाई शिक्षित गराए। सावित्री र ज्योतिको विवाह हुँदा सावित्री नौ वर्षकी मात्र थिइन्। उनले सावित्रीलाई गुलामगिरी बाहिरको मुक्त संसारबारे परिचित गराए। ‘ब्राम्हण ग्रन्थलाई स्त्रीले पढ्नुहुन्न’ भन्ने कथित मनुवादी समाजमा सावित्रीका हातमा पुस्तक देखिनु आफैँमा बिद्रोहको द्योतक थियो। त्यसमाथि उनी त शुद्र परिवारकी थिइन्। सावित्री पढ्न जानका लागि बाटोमा हिँड्दा उनीमाथि ढुङगा हानेर अत्याउँदै बहिस्कृत गर्ने प्रयास गरियो। सावित्रीका बाउलाई प्रयोग गरेर दुबैजनालाई घरबाट निस्कासनसम्म गरियो।

    तर ज्योति फुले आफ्नो यात्राबाट कदापि विचलित भएनन्। उनले सावित्रीलाई सर्वप्रथम कथित पितृसत्ताले लादेको स्वघोषित पुरूष श्रेष्ठताको गुलामगिरीबाट मुक्त गराए। सावित्रीको हृदयमा ‘महिला र पुरुष समान हुन्’ भन्ने चेतनाको ज्योति फैलाए। जसको फलस्वरुपः सावित्री फुलेले अन्य केही महिलाहरूसँग मिलेर महिला शिक्षालाई अघि बढाइन्। फुले स्वयं महिला शिक्षित हुनुपर्ने कुरामा जोड दिन्थे। त्यसैले सन् १८४८ मा महाराष्ट्रमा विद्यालय खोले। उतिखेर त्यो स्कुल पूरा भारत वर्षमै पहिलो महिला स्कुल थियो।

    उक्त विद्यालयमा ज्योति फुले खुलेआम धार्मिक ग्रन्थका गलत तर्कहरूलाई चुनौति दिन्थे। तर ब्राम्हण समाजलाई त्यो चित्त बुझ्ने कुरो थिएन। उनीहरूले ज्योति फुलेका पितालाई दबाब दिएर उनीहरूलाई घरबाट निस्कषित गराए। त्यसपछि ज्योति फुलेको त्यो स्कुल ६ महिना मैं बन्द भयो। पछि फेरि उनले विद्यालय खोले। सावित्री र ज्योति फुले दुबै जना विद्यालयमा काम गर्थे। यता, सावित्रीले रात्रीकालिन प्रौढ कक्षा स्थापना गरिन्, जुन स्कुल पूरा भारतभरकै पहिलो प्रौढ कक्षा थियो।

    ज्योति फुले समाजमा व्याप्त सबै खाले शोषणको विपक्षमा उभिएका एक विद्रोही थिए। मनुवादी ब्राम्हणवादको गुलामीबाट शुद्र र अति शुद्र भनिएकाहरू र महिलालाई मुक्ति दिलाउनु उनको एकमात्र उद्देश्य थियो। तसर्थ, सङ्गठित रूपमा अन्धविश्वास र पाखण्डको खण्डन गर्न सन् १८७३ मा उनले ‘सत्य सोधक समाज’ नामको संस्थाको स्थापना गरे। ‘ईश्वर’ र भक्तका बीचका सबै व्यक्तिलाई उनी दलाल भन्थे र दलालीबाट मुक्त हुनु उक्त संस्थाको पहिलो उद्देश्य थियो। दोस्रो, हर जात, वर्ण र धर्मका सबै महिलाहरूलाई शिक्षा दिनु संस्थाको अर्को उद्देश्य थियो। समग्रमा भारतीय इतिहासमा ब्राम्हणवादविरूद्व पहिलो सङ्गठित साँस्कृतिक क्रान्ति थियो।

    ज्योति फुलेले जस्तो आदर्श समाजको कल्पना गरेका थिए, त्यो शुद्र र महिलाजातिको गुलाम गिरीविरूद्वको आवाज थियो। जुन सोझै हिन्दूधर्मको जडतामाथि प्रहार थियो। जात व्यवस्थाको अन्त्य एकमात्र उनको ध्येय थियो। उनी सबै प्रकारका शोषणको जड नै ब्राम्हणवाद र यसको मनुवादी गुलामीको जालोलाई ठान्थे। उनले आफ्नो बहुचर्चित पुस्तक ‘गुलामगिरीको प्रस्तावनामै लेखेका थिए, “सदियौँकालदेखि यहाँ शुद्र, अतिशुद्र तथा स्त्रीजाति ब्राम्हणवादको गुलामगिरीले शोषित पीडित छन्। उनीहरूलाई मुक्ति दिलाउनु नै यस पुस्तकको ध्येय हो।’

    सन् १८९० मा यी सन्तको निधन भयो। ज्योति फुलेको मृत्युपश्चात् सावित्री फुलेले सत्यसोधक समाजको ज्योतिलाई अझै फैलाउने प्रयत्न गरिन्। अन्ततः ज्योति फुलेको विद्रोहको समुत्पादकको रूपमा अम्बेडकरजस्ता क्रान्तिकारी विद्वान जन्मिए। ज्योति फुलेको त्यो चेतना र विद्रोहकै असरस्वरूप नै एउटा चमारको छोरोले एक सय करोड भारतीयलाई शासन गर्ने संविधान लेख्यो। अम्बेडकरले उत्पीडित वर्गको आवाजलाई जुन बुलन्दीमा पुर्याए, त्यसको स्रोत ज्योति फुले थिए। ज्योति फुलेबारे अम्बेडकरले भनेका थिए, ‘मेरो तेस्रो गुरु ज्योति फुले हुन्। मलाई भारत वर्षमा मानवताको पाठ केबल ज्योति फुलेले मात्र पढाएको हुन्। मेरो पूरा जीवन ज्योति फुलेको मार्गप्रति समर्पित छ।’

    यो पनि पढ्नुहोस् –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रशान्त ‘पुष्प’ रिजाल

      प्रशान्त ‘पुष्प’ रिजाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.