Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विचारच्यूत ओलीको अन्तिम अस्त्र : ‘धर्म’

किशोर बिष्ट किशोर बिष्ट
माघ २२, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    केपी ओलीले सरकारको ढुकुटीबाट पशुपतिनाथ मन्दीरको शीवलिङगमा सुन दल्नका ३० करोड दिने कुरा समाचारमा आए । सबै धर्मप्रति उत्तिकै व्यवहार गर्ने धर्म निरिपेक्ष राज्यमा सरकारको ढुकुटीबाट यसरी कुनै निश्चित धर्मको प्रवर्धन हुने गरी रकम निकासा हुनु घोर आपत्तिको बिषय हो। गरीबीले आन्क्रान्त मुलुकमा यसरी सरकारी कोसको दुरुपयोग हुनु लाजमर्दो बिषय हो । त्यसमाथि आफूलाई कम्युनिष्ट बताउने सरकारले अनुत्पादक र अन्धविश्वासको विस्तारमा लगानी गर्नु आफैंमा विरोधाभाषपूर्ण विषय हो ।

    देशमा रोजगारी छैन । आम मान्छेलाई दुई पैसा कमाउनै हम्मे छ । सोही कारण झण्डै पौने एक करोड जनता विदेशिन बाध्य छन् । देशभित्रका स्वास्थ्य र शिक्षण संस्थाहरूको हालत दयनीय छ । पैसाका अभावले गरिब र निमुखाले उपचार नपाएर मृत्यु वरण गर्नुपरेको छ । यस्तो अवस्थामा जनजिविकाका मुद्दाहरूलाई सम्बोधन गर्नुको साटो राजनीतिक स्वार्थपुर्ति गर्नकै लागि राज्यको करोडौँ रकम धार्मिक क्षेत्रमा लगाउनुले प्रम आलीको अर्कमण्यता प्रस्टसङ्गै देखिएको छ। जनताको जीवनस्तर उकास्नका लागि भनेर, देश समृद्ध बनाउन भनेर चुनेर पठाइएका जनप्रतिनिधिले नै यस्ता मन्दीरजस्ता भावनात्मक तर बिल्कुलै उत्पानदनहिन ठाउँमा लगानी गर्नु घिनलाग्दो कुरो हो ।

    समाजवादउन्मुख उन्मुख देशमा धर्मको पासा

    नेपालको सम्बिधानमा नै ‘समाजवाद उन्मुख’ भनेर किटान गरिएको छ। तर ओलीले उछाल्न खोजेको मन्दिर र शिवलिङ्गको विषयले समाज अझै पछाडि धकेलिने आँकलन गर्न सकिन्छ् । विगतका दिनमा राज्य प्रतक्ष्य रूपमा हिन्दुधर्मसङ्गै जोडिएको थियो। धर्मका कारण समाज जोडिएका या राज्य संचालन गर्न सहज भएका तर्क गर्न सकिएला तर धर्म र यसले अपनाएका कठोर सामाजिक विधानका कारण समाजको चेतनास्तर कमजोर बनेको कुरो सत्य हो । मध्यपूर्वी र अफ्रिकन देशहरूमा अहिले पनि कायम महिला अत्यचार र विधर्मीविरुद्धको हिंसाबाट त्यो प्रष्ट हुन्छ । विवेक, तर्क र तथ्यका आधारमा समाज र जगतको विश्लेषण गरिनुपर्ने यो समयमा हामीले ख्याल राख्नुपर्छः तथाकथित धर्मका कारण मानव समाज अझै पनि पुर्ण रुपमा सभ्य समाज बन्न सकेको छैन।

    कतिपलाई अप्रिय लाग्ला तर धर्म अन्ततः अन्धविश्वासको पथ हो, जसको गन्तब्यले भ्रम र दुखको खाडलसम्मको यात्रा तय गर्दछ। मानव समुदाय हजारौं वर्षअघिको ब्रेनवासबाट मुक्त हुन सकिरेहको छैन । बुझिहालेपनि धर्मभीरू समाजले भौतिकवादी मान्छे र चेतनाप्रति भौतिक र अन्य रूपमा प्रहार गर्ने गरेका छन्। जसका कारण भौतिकवाद जुर्मुराउन सकेको छैन । हरेक समाजमा भौतिकवादीहरुको जन्म भैरहेकोछ तर २१ औ सदीमा पनि तिनको अपेक्षित रूपमा वृद्धि हुन सकेको छैन ।

    ‘धर्मान्ध माक्र्सवादी’ : विरोधाभाषको पराकाष्ठा

    कम्युनिस्ट बिचारधाराले ‘उत्पादन’ गरेका मनुवाबाटै धर्मको प्रवर्दन हुन्छ भने यो आठौं आश्चर्य हो। लाचारी हो, ढोंग हो। यो घोर कम्युनिष्टविरोधि गतिविधि हो । कम्युनिष्ट स्कुलिङ्गले धर्म उन्मुलन र भौतिकवादि बिचारको अभिवृद्धि गर्दछ तर अध्ययनहिन र विचारविमखुख कार्यकर्ताहरूका कारणले नेपाली कम्युनिष्ट कार्यकर्ताहरू भौतिकवादी बन्न सकेका छैनन् । सम्भवतः तिनै विचारहिन र धर्मभीरू कार्यकर्ताहरूलाई देखेर खड्गप्रसाद ओली मन्दीर र धर्मका असामयिक राग अलापिरहेका छन् ।

    नेपाल हिन्दू बहुल देश हो । र, आफूलाई कम्युनिष्ट बताएपनि अधिकांश कम्युनिष्ट नेता कार्यकर्ताहरूको भौतिकवाद र विज्ञानको अध्ययन छैन। त्यसो हुँदा ती नामै मात्रका माक्र्सवादी छन् । त्यसो हुँदा राज्य वा सरकारमा बस्नेले हिन्दु धर्मको वकालत गर्दा जनसमर्थन मिल्ने भ्रम छ । सोही कारण केही राजनितिक पार्टीले धर्मलाई मूल एजेन्डा बनाई आफ्नो राजनीतिक स्वार्थपुर्ति गर्ने प्रयत्न गर्ने गरेका छन् । नामै किटान गरेर भन्नुपर्दा नेपाली काङ्ग्रेसले स्थापना कालदेखि नै यस धर्मलाई आफ्नो राजनितिक स्वार्थ पुर्ति गर्न प्रयोग गरेको थियो। राप्रपाका अनेक समूहहरूले बिगतदेखि अहिलेसम्म धर्मको सेन्टिमेन्टलाई प्रयोग गरेर जनताको भोट लिने प्रयास गरेको छ । संविधानसभाको चुनावमा गाई चिन्हमा भोट मागेर कमल थापाले गरेकै त्यही हो । तर कमल थापाले जति नै चर्का धार्मिक कुरा गरेपनि पछिल्लो चुनावमा उनी कमजोर देखिए । त्यसबाट पनि धर्मको राजनिति राजनितिक स्वार्थसाधनका रूपमा प्रयोग भयो भन्ने देखियो ।

    राष्ट्रवादको मुरली बजाएर वाहवाही पाएका खड्गप्रसाद ओलीले कोरोनाकालमा चितवनको ठोरीमा पुगेर मूल अयोध्या त्यहीँ भएको बताएर ‘हिन्दूवादी–राष्ट्रवादी’लाई आफूतर्फ आकर्षित गर्ने प्रयास गरे। आफ्नो कुर्सी धरापमा पर्दा तुच्छ शासकहरू मान्छेलाई सस्ता र आकर्षक नारा दिएर भड्काउँदै आफूतर्फ तान्ने प्रयास गर्छन् । ओलीले त्यही गरे। नेपालमा हिन्दु बाहुल्यता भएका कारण ओलिले केहीहदसम्म उक्त समुदायको सहानुभूति पक्कै बटुल्न सफल भए । लामो समयदेखि उनको चर्को आलोचना गर्नेहरू पनि एकाएक उनका प्रशंसक भए।

    गरीबलाई दन्तेकथा

    संसारका प्रायः सबै धर्मका स्रोत दन्तेकथा हुन्। रामायण र महाभारत पनि त्यही हो । भोका र गरीब जनतालाई रामायण र महाभारतका किस्सा प्राथमिकताका साथ सुनाएर ओलीले आफुलाई गैरमार्क्सबादी रहेको प्रमाणित गरेका छन् । विशुद्ध व्यक्तिहत्याको आरोपमा १४ वर्षको जेल जीवन विताएका उनले जेलमा रहँदा पनि मार्क्सवाद लेनिनवाद र कम्युनिस्ट आन्दोलनसम्बन्धी पुस्तकभन्दा धेरै उडन्ते र परीकथाहरू पढेको अनुमान अहिले गर्न सकिन्छ । अहिले एक्कासी प्रकट भएका उनका पश्चगामी र दक्षिणपन्थी सोँचहरूले त्यस्तै संकेत गर्छ ।

    छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको नश्लीय र धार्मिक राजनितिको असर हाम्रो प्रधानमन्त्री मन्त्रीलाई पनि परेको अनुभुति गर्न सकिन्छ। मोदीले हिन्दू धर्मलाई राजनितिक एजेण्डा बनाएर विगत केही बर्षदेखि भारतमा सरकार हाँकिरहेका छन् । समय–समयमा पुजापाठ मठमन्दिर र एकान्तमा ध्यान गरेर धार्मिक समाजको भिड जम्मा गर्न उनी सफल भएका छन्। नेपालमा पनि ओलिले मोदीको सोही अस्त्र चोरेका छन् । धर्मको मन्त्र जपेर आफ्नो राजनितिक पकडलाई बलियो बनाउने प्रयास गदैैछन् ओली ।

    केही समय पहिले प्रायोजित रूपमा नै ओलीले भारतीय जि न्युजका सुधीर चौधरीलाई अन्तर्वार्ता दिए । सो अन्र्तवार्ता नियाल्दा पनि ओली धर्मग्रन्थहरू रटेरै भएपनि आपूmलाई अझै लोकप्रिय नेताका रूपमा स्थापित गर्दै शक्ति स्थापना गर्न चाहन्छन् भन्ने बुझिन्छ । विभिन्न काल्पनिक बिषयवस्तुमा व्याख्या विश्लेषण गर्न रुचाउने, दन्ते कथाहरुलाई पनि सत्य घटनाकै रुपमा व्याख्या गर्ने र आफुलाई अध्यात्मवादको मसिहाकै रूपमा प्रस्तुत गर्ने हर्कतले पनि खड्ग ओली विचारच्यूत भएको प्रष्ट छ । त्यसो त अब ओली कम्युनिष्ट नै रहे कि होइनन् भन्ने प्रश्न पनि छँदैछ ।

    विचलन

    तर कम्युनिस्ट जनमतको बलमा बनेको सरकार प्रमुखले कम्युनिष्टबिरोधि हर्कत गर्नाले कम्युनिस्ट आन्दोलनमा अझै पनि केही फोहरमैला जम्मा हुने निश्चित छ। यो केपी ओलिको मात्र कुरो होइन, आफूलाई प्रखर भौतिकवादी भन्न रुचाउने र हिजो जनयुद्धमा धार्मिक अन्धविश्वासविरुद्ध लडेका जनयुद्धका नायकहरूमा पनि केही सांस्कृतिक विचलन देखिएका हुन् । त्यतिसम्मको पलायन कसैले आँकलन गरेका थिएनन् किनकि भौतिकवादी नहुनु कम्युनिष्ट हुनु होइन । कम्युनिस्ट विचार ग्रहण गर्ने जो सुकैले पनि अन्धविश्वास र दन्तेकथामा आधारित चलनहरूको अन्मुलन र बैज्ञानिक समाजको स्थापना गर्ने सन्कल्प गर्नैपर्छ।

    अन्धविश्वास, अत्याचार र तानाशाहीका विरुद्धमा नै भौतिकवाद र तर्कवाद जन्मेको हो । छैठौँ सताव्दीदेखि नै भौतिकवादमाथि अनेक व्याख्या र विश्लेषण गरिन थालेका हुन् । कार्ल मार्क्सले १९ सताव्दीमा आएर यो सम्बन्धी लामो व्याख्यासहित त्यसलाई सैध्दान्तिक रुप दिएका थिए। हिन्दू धर्मले मात्र होइन, विश्वमा रहेका सबैजसो ‘दन्ते–कथात्मक सिद्धान्त’हरूले मानव जगतलाई प्रश्न र तर्क गर्न वर्जित गरेको छ । सैयौं वर्षअघि गरिएका व्याख्यालाई नै अन्तिम मानेर अन्धविश्वासमा बाँच्न विवस पारेको छ । आदिम साम्य्वादी समाजमा धर्मको अस्तित्व नरहेपनि ४ हजार बर्षअघिको समाजमा धर्मको सुरुवात भएको देखिन्छ। प्रायजसो सबै धर्मले मुलत ः काल्पनिक विषयबस्तुलाई प्रश्रय दिएर विश्व मानज जातिलाई भ्रममा बाच्न निर्देश गरेको छ ।

    धर्म निरिपेक्षता

    यस्तो अवस्थामा फेरि पनि अन्धश्रद्धा, अन्धभक्ति र काल्पनिक कथाका पात्रहरूका नाममा राज्यकोषको दोहन गराउनु २१ औं शताव्दीमा लाजमर्दो कुरा हो । धर्म निरिपेक्ष राज्यमा यो कदम सुहाउँदो होइन । १८ औ शताव्दीमा संयुक्त राज्य अमेरिका र फ्रान्स लगायका मुलुकले जनतालाई धार्मिक स्वतन्त्रता प्रदान गर्ने उदेश्यले आधिकारिक रूपमै राज्य धर्म निरपेक्ष हुने व्यवस्थाको सुरुवात भएको थियो। यद्दपि धेरै सताव्दीदेखि नै मङ्गोल साम्राज्यबाटै आफ्ना जनतालाई धार्मिक स्वतन्त्रता प्रदान गरेको इतिहास पनि छ । नेपालमा पनि लामो समयको सङ्घर्षबाट धार्मिक समानता कायम गर्ने उदेश्यका साथ २०७२ सालको संविधानमा ‘धर्म निरपेक्ष राज्य’को ब्यबस्था गरिएको थियो।

    तर संविधानमा धर्म निरपेक्षता उल्लेख गरिएतापनि यसको कार्यान्वयन गर्नमा भने सत्ता र राज्य उदासिन छ । किनभने सत्ता र राज्य अहिले पनि धर्मभीरू छ । ओलीको पछिल्ला गतिविधिले धर्म निरिपेक्ष ब्यबस्थालाई खुल्लमखुल्ला चुनौति दिएको छ। केपी ओलीका यस प्रकारका प्रतिगामी हर्कतविरुद्ध सचेत जनता बिरोधमा नआए लामो समयपछि स्थापित हाम्रा उदार र प्रगतिशिल व्यवस्थाहरू धरापमा पर्ने देखिन्छन्।

    लडौं

    यो युग चेतना, तर्क र विज्ञानको हो । र, मार्क्सवादले वस्तुबाटै चेतनाको निर्माण हुन्छ भनेझैँ धार्मिक समाजमा जन्मेको बच्चाले धार्मिक चेतना बोक्छ । यस्तोमा भक्ति, अन्धविश्वास, तर्कहिनताले मान्छे केही समय अल्मलिन सक्छ, भ्रममा आनन्द पनि पाउला तर त्यसले अन्ततः समाज प्रतिगमनतिर जान्छ । अधोगतितिरै जान्छ । यसर्थ, कमसेकम आजका युवाले अन्धविश्वास र अन्धश्रद्धामा चढेर मुलुक र समाजलाई अँध्यारोतिर धकेन खोज्ने ओली र ओलीजस्ता पात्रहरूलाई चिन्न ढिला नगरौं । धर्मको भावनात्मक भिटामिन खाएर ओली राजनीतिमा बलियो हुन खोज्दैछन् तर उनलाई असफल पार्नुपर्छ। हिन्दु समाजको सेन्टिमेण्ट्लाई कब्जा गर्दै देशमा द्वन्द्व निम्त्याउने ओलीको प्रयत्न सफल हुन नदिन पनि सबै सचेत हुन जरुरि छ। एकपछि अर्को गर्दै प्रतिगामी कदम चाल्ने केपी ओली र ओली प्रवृत्तिविरुद सम्पुर्ण आम न्यायप्रेमि जनता जाग्नुको विकल्प छैन ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      किशोर बिष्ट

      किशोर बिष्ट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.