Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रचण्ड र ओलीमात्र होइनन्, मुलुक हाँक्ने पाइलट अरु पनि छन्

कृष्ण केसी कृष्ण केसी
मंसिर १४, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कहिलेकाहीँ मलाई लाग्छ, यो देशमा सरकार छ कि छैन ? देशमा राजनीतिक पार्टीहरू छन् कि छैनन् ? युगले खोजेको जननेता देशले पाएको छ त अहिलेसम्म देशले ? छनलाई यो देशमा नेताहरूको ठूलो जमात छ, भीड र बथान छ । तर यो देश र इतिहासको प्रतिनिधित्व गर्ने र अब आउने युगको अगुवाई गर्ने को त ? त्यसको सहज उत्तर मिलेको छैन । नेपालको राजनीतिमा कतै नेतृत्वको संकट त होइन यो ? यो खुला प्रश्न पनि हो । देशको नेतृत्वका बारेमा अब खुला बहस आवश्यक छ । हिजोको नेतृत्व आन्दोलन र लडाईँ लड्न सफल भयो । जेलनेल र कष्ट झेल्न सफल भयो । तर राज्य सम्हाल्न कुनचाहिँ नेतृत्व सफल भयो? विश्वेश्वरप्रसाद कोइराला सफल भएनन् ।

    गणेशमान त सत्तामै गएनन् । गिरिजा सफल भएनन् । प्रचण्डले चुनाव जितेर पनि पहिलो सरकारबाटै राजिनामा दिनुपर्ने अवस्था आयो । अहिले करिब दुई तिहाईको सरकार हालत पनि दयनीय छ । यो नेतृत्वको असक्षमताको भागिदार को हो ? यसको कारण के हो ? यसको मूल कारण नेपाली समाजको मूल चरित्र र विशेषता पनि हो । बढी आकांक्षा राख्ने र आफ्नो जमीन बिर्सने यो समाजको चरित्र हो । हाम्रो भूगोल, इतिहास, सभ्यता,संस्कृति र जनजीवनको वस्तुगत् धरातलमा उभिएर यो देश सम्हाल्ने अब को हो त ? यस विषयमा हामी गम्भीर हुनुपर्छ । आम जनता गम्भीर हुनुपर्छ । र, त्यस खालको नेतृत्व हामीले चयन गर्नुपर्छ । खाली नेताका पछाडि दगुरेर मात्रै त हुँदैन रहेछ । एउटा ठूलो जमात पछि लगाएर र उनका मिठा भाषण सुनेर वा नेताको बढाईँ–चढाईं गरेर मात्र नहुँदो रहेछ ।

    २०४६ को जनआन्दोलनपछि २०५२ को जनयुद्धसम्म हेर्दा हाम्रा नेतृत्व समग्र रूपमा आन्दोलन गर्न सफल भए । पंचायत ढाले । तर बहुदलीय व्यवस्थालाई व्यवस्थित र सुदृढ बनाउन सकेनन्।

    नेतृत्व रातारात जन्मने कुरो होइन । आन्दोलनले विकाश गर्ने विषय हो । नौ महिनामा आमाको गर्भबाट बच्चा जन्मेजसरी हुँदैन नेतृत्व विकाश । २०४६ को जनआन्दोलनपछि २०५२ को जनयुद्धसम्म हेर्दा हाम्रा नेतृत्व समग्र रूपमा आन्दोलन गर्न सफल भए । पंचायत ढाले । तर बहुदलीय व्यवस्थालाई व्यवस्थित र सुदृढ बनाउन सकेनन् । झण्डै तीन–तीन महिनामा सरकार परिवर्तन गर्ने खालको वातावरण बने । गणतन्त्र कालको यो दश बाह्र वर्ष हेर्दा कुनै पनि प्रधानमन्त्री या राज्यसंचालकले सक्षमतापूर्वक शासन चलाउन सकेनन् । यसले चाहिँ देश राम्ररी सम्हाल्छ, यो राम्रो पाइलट हो र यसले राम्रोसँग आफ्नो जहाजलाई उतार्न सक्छ भन्ने देखिएन । यो ऐतिहासिक कमजोरी हो । सिंगो देश र अहिलेका पुस्ताका लागि यो बिडम्बना हो ।

    नेताहरूको वरपर प्राय: भजन र गुणगान गाउने एउटा पंक्ति हुँदोरहेछ । सत्ता र शक्तिको वरीपरी सधैं रहीरहन चाहने समूह हुन् ती । उनीहरुको कामै भजन गाउने र खैँचडी बजाउने र मरिसेकपछि फेरि ठूलो स्वरमा शंख फुक्ने हुँदोरहेछ । डम्फु र मादल बजाएपछि र भजन गाएपछि नाच्ने मान्छे धेरै हुन्छन् । भोजभतेरको आयोजना गरेपछि त्यहाँ लाइन लागेर खाने मान्छे पनि धेरै हुन्छन् । तर अप्ठ्यारो र असजिलो परिस्थितिमा जिम्मेवारी बहन गर्ने मान्छे को हुन्छ त ? त्यस्ता मान्छे बिरलै हुन्छन् । खेती पाकेको बेला बाँदरले भेट्टाए खेती सबै नास गर्छन् । तर खेती गर्ने किसानलाई पीडा हुन्छ ।

    नेताहरूको वरपर प्राय: भजन र गुणगान गाउने एउटा पंक्ति हुँदोरहेछ । सत्ता र शक्तिको वरीपरी सधैं रहीरहन चाहने समूह हुन् ती । उनीहरुको कामै भजन गाउने र खैँचडी बजाउने र मरिसेकपछि फेरि ठूलो स्वरमा शंख फुक्ने हुँदोरहेछ ।

    नेतृत्वकै कुरा गरौं, पहिले गिरिजालाई अनेक व्यक्तिगत गालीगलौज गर्नेहरूले उनैलाई पछि पूजासमेत गरेको देखियो । हिजो ज्ञानेन्द्रलाई ढोग्नेहरू अहिले ज्ञानेन्द्रका कडा विरोधी भएका छन् । कुनै बेला प्रचण्ड भन्ने मान्छे नै छैन भन्नेहरू अहिले प्रचण्ड रहेछन् भन्दै उनका पछि लागेर हिँडेका छन् । हिजो केपी ओलीको आवश्यकता नै छैन भन्नेहरूले अन्तत: केपी ओलीसँगै मिल्न वाध्य भए ।

    वस्तुगत धरातलमा उभिएर यहाँको राजनीतिक शक्ति, इतिहास, जनताले जन्माएको नेतृत्वको पंक्तिलाई सुझबुझका साथ लाने शक्तिको खाँचो छ हामीलाई । त्यसको अर्थ हो, हामीमा नेताहरूको कमी छैन । नेपालमा ठूलो रेलमा हाल्दा पनि नअटाउने नेताहरू छन् । तर नेतृत्वको संकट छ । नेतृत्व भनेको त दुरदर्शी हुन्छ, भोलिको पूस्ताको समेत ख्याल गर्न सक्ने र सोच्न सक्ने हुन्छ । नेतृत्वले नैतिक, मूल्य, मान्यता, निष्ठा र प्रतिवद्धता बोकेको हुन्छ । अगाडि बढ्दै गर्दा उसले दायाँबायाँ र पछाडि पनि हेरिरहेको हुन्छ । नेतृत्वसँग त तेस्रो नजरसमेत हुनु आवश्यक छ । आम मान्छेले देख्न नसक्ने, पहाडभन्दा पर देख्न सक्ने र कुहिरोभित्रका जटिलता ठम्याउन सक्नेलाई पो हामी नेतृत्व ठान्छौं र मान्छौं ।

    यहाँको राजनीतिक शक्ति, इतिहास, जनताले जन्माएको नेतृत्वको पंक्तिलाई सुझबुझका साथ लाने शक्तिको खाँचो छ हामीलाई । त्यसको अर्थ हो, हामीमा नेताहरूको कमी छैन । नेपालमा ठूलो रेलमा हाल्दा पनि नअटाउने नेताहरू छन् ।

    त्यसो हुँदा अहिले केपी ओली र प्रचण्डजीले के सोच्नुपर्‍यो भने उनीहरू मात्र होइनन्, यो मुलुक हाँक्ने पाइलट । भोलि अरु पनि पाइलट आउँछन् । आफूहरु नभए जहाजै भन्ने भ्रममा उहाँहरु पर्नु भएन । खाली कुरा के हो भने अब दुर्घटना नहोस् । राष्ट्रले फेरि भवितव्य व्यहोर्न नपरोस् । फेरि आँशु झारेर सडकमा रुन नपरोस् । फेरि मसाल बालेर, बम बन्दुक बोकेर लड्न नपरोस् । यी दुई नेताहरुले ट्रयाक्टर चलाउन सक्नुभयो । कच्ची बाटामा जीप पनि चलाउन सक्नुभयो । तर जहाजचाहिँ ठोक्याउनुहोला भन्ने त्रास छ । दुर्घटना निम्त्याउलान् र सबैभन्दा पहिला त्यसको शिकार आफैं होलान् भन्ने चिन्ता हामीलाई छ । र, ठूलो जहाजमा हामी पनि चढेको भएर हामीसमेत दुर्घटनामा पर्लाउँ कि भन्ने चिन्ता छ । जहाजको मुख्य जिम्मा त पाइलटहरूले नै लिने हो । देश चलाउने पाइलटहरुले दायाँ र बायाँ मुन्टो फर्काउनु भएन । आफ्नो लक्ष्य कता हो, त्यता ध्यान दिनुपर्‍यो । अबको हाम्रो लक्ष्य भनेको समृद्धि र समाजवाद हो र त्यसतर्फ जुट्नुपर्‍यो ।

    हिजो धेरैजसो जनता उर्लेर र उत्रेर आएको हो यो गणतन्त्र । कसैसँग टोपी थापेर आएको होइन गणतन्त्र । अबको समाजवाद पनि विदेशीले ल्याएर हामीलाई दिने होइन । हेलिकप्टरमा ल्याएर झार्ने होइन ।

    हिजो धेरैजसो जनता उर्लेर र उत्रेर आएको हो यो गणतन्त्र । कसैसँग टोपी थापेर आएको होइन गणतन्त्र । अबको समाजवाद पनि विदेशीले ल्याएर हामीलाई दिने होइन । हेलिकप्टरमा ल्याएर झार्ने होइन । यो त जनताले स्थापना गर्ने कुरा हो । यहाँको आधारभूत वर्गले ल्याउने कुरा हो । आम नेपालीले ल्याउने कुरा हो । त्यसका लागि जनताको पूँजी, चेतना, शक्ति र सामथ्र्यलाई परिचालन गर्नुपर्‍यो । तर खै परिचालन गरेको ? आन्दोलनमा लाखौं मान्छे उतार्ने र परिचालन गर्न सक्ने नेतृत्वले राष्ट्र निर्माणमा पनि लाखौं मान्छे उतार्न सक्नुपर्छ कि पर्दैन ? आफ्नो जेटमा ३ करोड यात्रु राखेर कुदाइरहेका पाइलटले यसबारे सोच्नुपर्छ ।

    हिजो संघीयता आयो भने देश टुक्रिन्छ भन्ने मान्छेहरू पनि हाम्रो एकिकृत पार्टीमा छन् । गणतन्त्र आउँदैन भन्नेहरू पनि थिए हिजो । उहाँहरूले महसुस गर्नुपर्‍यो कि देशमा यति धेरै परिवर्तन भएको छ । यसर्थ, यसलाई हामीले राम्रोसँग सम्हालेर लैजानुपर्छ । यो इतिहासले सुम्पेको जिम्मेवारी हो । यसमा हामी फेल भयौं भने हामीलाई आउने पुस्ताले धिक्कार्नेछ । इतिहासमा हामी कलंकित हुन्छौं भन्ने महसुस गर्नुपर्‍यो । प्रचण्ड र केपी मिलेनन् भने दुईवटैको सिङ फुक्लिन्छ । र, पहिलो सिङचाहिँ जो अघि छ, त्यसकै फुक्लिन्छ । यसर्थ, उहाँहरूले आफ्ना कमजोरी महसुस गर्नुपर्छ । गल्तीहरू सच्याउनुपर्छ । युगले सुम्पेको देश सम्हाल्ने जुन जिम्मेवारी छ, त्यसलाई कुसलतापूर्वक पूरा गर्नुपर्छ ।

    आफ्नो जेटमा ३ करोड यात्रु राखेर कुदाइरहेका पाइलटले यसबारे सोच्नुपर्छ ।

    इतिहास साक्षी छ । कांंग्रेसहरूबीच कुटाकुट–काटाकाट भयो र फुट्यो । एमालेको हाल त्यही भयो । एकले अर्कोलाई भ्रष्टाचारीदेखि चोरडाँकासम्म घोषणा गरे । र, माओवादी भन्ने पार्टी पनि अन्तत: टुक्राटुक्रा भयो । एकले अर्कोलाई तिरस्कार त गरेकै थिए, गद्धारै घोषणा गरे । र, यसरी युगले सुम्पेको जिम्मेवारी पूरा गर्न नेपालका राजनीतिक दलहरू असक्षम भए । यो ऐतिहासिक प्रश्न हो यो । यदि अहिलेको सरकार नेपाली कांग्रेसको हुन्थ्यो भने धेरै टुक्रा हुन्थ्यो होला । राप्रपा र अन्य मधेसवादी दलहरू कति चिरा भए, त्यता नजाउँ । यसको अर्थ हो, नेपालको राजनीतिमा बिखण्डनवादी चिन्तन छ । दुरदृष्टि नभएको, आफ्ना कमजोरीहरू स्विकार्न नसक्ने, जनादेशलाई इमान्दारीपूर्वक पालन गर्न नसक्ने र कुर्सीमा गएपछि कुर्सी फुस्केको पनि थाहा नपाउने नेतृत्व छ । केपीजीमात्र होइन, सुर्यबहादुर, मरिचमान, गिरिजाप्रसाद, शेरबहादुर, प्रचण्डलाई हेर्‍यौं भने नेपालमा कुनचाहिँ नेतृत्व सफल भयो ? यसबारे हरेक जनता, राजनीतिज्ञ र समाजविज्ञान बुझ्नेहरूले गम्भीर समीक्षा गर्न आवश्यक छ ।

    पाइलट असफल भए अर्को मान्छे निस्कन्छ । यसमा चिन्ता छैन । इतिहास कहिल्यै पनि पछाडि फर्कँदैन । ठूला बाढी पहिरो आउँछन् । तर नदी त बगिरहन्छ । रोकिन्न । केपी, प्रचण्ड र शेरबहादुरभन्दा सक्षम मान्छे धेरै छन् । त्यो उहाँहरूले पनि देख्नुपर्‍यो । एउटा राम्रो प्राध्यापक र शिक्षकले राम्रो विद्यार्थी देख्छन् । तब पो ती कलेज र शिक्षक सफल हुन्छन् । हेडमास्टरले कसैलाई पनि सक्षम देख्दैन भने उ कसरी असल नेतृत्व ठहर्छ ? के नेकपाभित्र ४ सय केन्द्रीय सदस्य काम नलाग्ने नै हुन् त ? ती भेडाबाख्रा मात्रै चराउने मान्छे त होइनन् । कुनै काम नपाएर केपी र प्रचण्डका पछाडि लागेका हुन् र ती ?

    भिडियो:

    के प्रचण्ड र केपीलाई बनाउन उनीहरूको योगदान छैन ? धेरैको लगानी छ यो कम्युनिष्ट पार्टीमा । झापा विद्रोहमा केपी ओली एक्लै थिए र ? जनयुद्ध प्रचण्ड एकलैले मात्र लडेका हुन् र ? हजारौं लाखौं मान्छेहरू लागेर उठेका हुन् ती आन्दोलन र युद्ध । त्यो उठेको हुण्डरी, आँधी र ज्वारभाटालाई आफ्नो शक्तिसँग ल्याएर अहिले तुलना गर्ने ? आफ्नो अधिकारसँग ल्याएर तुलना गर्ने ? जनताको अधिकार बिर्सने ? जनताको सार्वभौमसत्ता र जनादेश बिर्सने ? त्यो अधिकार कसैलाई पनि छैन ।

    गणतन्त्र आएको छ, संघीयता आएको छ । समानुपातिक र समावेशिता आएको छ । हिजो हलो जोत्ने किसानहरू अहिले मुख्यमन्त्री र मन्त्री भएका छन् । राज्यसत्ता संचालन गर्ने विषयमा केही परिवतनहरू त देखिएका छन् । र, अर्को कुरा निश्चित छ, अब प्रतिगमन हुँदैन । पंचायत फर्कियो र ? राणा शासन फर्कियो र ? अब कसैलाई राजतन्त्र फेरि फर्कन्छ भन्ने भ्रम छ भने त्यो महाभुल हो । समाज अब अग्रगतिमै जान्छ, पश्चगमनमा जाँदैन । समृद्ध समाजवाददतिरै जान्छ । तर खालि प्रश्न के हो भने हाम्रा नेतृत्वको लापरवाही र असक्षमताकै कारण हामीले फेरि युद्ध लड्न नपरोस् ।

    (नेकपा केन्द्रिय सदस्य केसीसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      कृष्ण केसी

      कृष्ण केसी

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.