Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ज्ञान प्राप्ति : पढेर कि पूजा गरेर ?

र, यसकारण, संसारमा हाम्रा लागि नयाँ ज्ञान भन्ने केही पनि छैन। ज्ञान नयाँ छैन भनेपछि ज्ञानको आविष्कार हुने कुरा पनि भएन। त्यस प्रकारको चिन्तन, जागरण र अभ्यासको आवश्यकतै परेन। हाम्रा विद्वता पछि परेको कारण यही हो।

nepal_readers nepal_readers
माघ २३, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हामीलाई सानैदेखि सिकाइएको एउटा ज्ञान हो–सरस्वती अर्थात् ज्ञानकी अधिष्ठात्री देवी ! हाम्रा हिन्दु शास्त्रअनुसार ज्ञानको विकास वृद्धि हुँदैन।, त्यो निश्चित हुन्छ। सामान्य मान्छेका लागि मात्र त्यो असीमित, अवोध्य, अगम्य हुन सक्ला। तर चाहनेले, सरस्वतीलाई बक्साउन सक्नेले आरी घोप्ट्याए जसरी सबै ज्ञान पाउन सक्छ। सरस्वती खुसी भइन् भने कृपा हुन सक्छ, वरद् आशिर्वाद प्राप्त हुन्छ।
    सरस्वतीलाई खुसी तुल्याएर ज्ञानको अजस्र स्रोत हात पार्ने कुरा छ त्यहाँ। त्यसको मतलव हामी ज्ञान सिर्जना गर्दैनौं। हामी ज्ञानको आविष्कार गर्दैनौं। हामी ज्ञान “प्राप्त“ गर्छौं। ज्ञान पाउने विधि छैन, बक्साउनु पर्छ, खुसी पार्नु पर्छ। ज्ञानको लागि हामी पोथा पल्टाउँछौं, शास्त्र खोतल्छौं। किनकि हाम्रो विश्वास छ, ज्ञान जति सबै ती शास्त्रमा पहिल्यै अभिलिखित भैसकेको छ। हामीले गर्न पर्ने केही छैन। बस्, त्यसलाई पाउनु पर्छ।

    र, यसकारण, संसारमा हाम्रा लागि नयाँ ज्ञान भन्ने केही पनि छैन। ज्ञान नयाँ छैन भनेपछि ज्ञानको आविष्कार हुने कुरा पनि भएन। त्यस प्रकारको चिन्तन, जागरण र अभ्यासको आवश्यकतै परेन। हाम्रा विद्वता पछि परेको कारण यही हो। तर हामी यसैमा गर्व गर्छौं र भन्छौं–“सबै कुरा हाम्रा शास्त्रमा लेखिदिएको छ।’’ कसैले केही ज्ञान पत्ता लगायो भने हामी त्यसलाई स्वीकार्दैनौँ र भन्छौं– त्यसले यो कुरा हाम्रै शास्त्रबाट चोरेको हो। किनभने हाम्रो विश्वास छ, ज्ञानको भण्डार हातमा पुस्तक लिएर बसेकी सरस्वती देवी हो। सरस्वतीको पुस्तकमा भन्दा बाहिर कुनै ज्ञान छैन।

    ज्ञानको स्रोत हाम्रा लागि कर्म नभएर सेवा हो, भक्ति हो। हाम्रा ऋषिमुनिका आश्रमहरू सेवाका केन्द्रको रूप हुन् भनेर हामीलाई बुझाइएको छ। जुन दिन गुरु प्रसन्न भए, बस् त्यो दिन गुरुसँग भएका सबै ज्ञान प्राप्त हुन्छ भनेर सिकाइएको छ। ज्ञान स्पर्शबाट हुन्छ, ज्ञान शक्तिपातबाट हुन्छ भन्ने सन्देश दिने कथाहरू हामीलाई पढाइएको छ।

    आफ्नै वाल्य–स्कुले जीवनका कुरा गरौँ, सरस्वती वन्दना हामी स्कुलमा सस्वर वाचन गर्थ्यौं। तर त्यसको अर्थ पटक्कै खुलेको थिएन। ती दिन सम्झँदा अनौठो लाग्छ। बुझ्नु न सुझ्नु, मकै पड्केको जस्तो भटटट भ्याइन्थ्यो। उटपट्याङ अर्थ लगाएर अरुहरूले हामीलाई सुनाउँथे। हामीचाहिँ होला त भन्ठान्थ्यौं! अरू त बिर्सें। पहिलो हरफको अर्थ यसरी लगाएको सम्झना छ –ए सरस्वती ! मलाई हेर। किताब सिताब बोक्नुपर्दैन …।

    अर्को सन्दर्भ, सरस्वतीलाई ब्रह्माको पुत्री भनिन्छ, अर्कोतिर ब्रह्माले सरस्वतीसँग विवाह गरे भनिएको छ। समस्या यहाँ छ, हो के भन्ने ! कहानीअनुसार, पहिलो कुरा, जब ब्रह्माले सृष्टि गरे, त्यो बेला कुनै स्त्री जाति नै थिएनन्। सरस्वतीलाई मुखबाट प्रकट गरे भनिएको छ। अब स्त्री जाति नै थिएनन् भने पुरुषले मात्र सृष्टि हुन्छ? यो कुरालाई कसरी लिने? कसरी पत्याउने? दोस्रो कुरा, सरस्वतीलाई देखेर ब्रह्मामा काम भावना जाग्यो भनिन्छ। ब्रह्मा (पिता) को नियत थाहा पाएर सरस्वती भाग्दै हिँडिन् पनि भनिएको छ। जबकि त्यो भन्दा पहिला स्त्री जाति कोही थिएनन् भने सरस्वतीलाई ब्रह्माको हेराइको आशय कसरी प्रष्ट भयो? सरस्वती नै पहिली स्त्री हुन्, उनलाई “पुरुषको हेराइको आशय र त्यसबाट भाग्नु पर्छ भन्ने विचार कहाँबाट प्रकट भयो? त्यो ज्ञानको आधार के? यो सबै पछिका मान्छेका बकवास कुरा हुन्।

    यो कथालाई प्रतीकात्मक रूपले बुझ्नु पर्छ, अथवा यो विशिष्ट अवस्था हो भनेर जान्नु पर्छ भन्ने मेरो विचार हो। अर्को एउटा विवेचना पनि छ। त्यो हो, ब्रह्मा र प्रजापति फरक व्यक्तिको कुरा। पछिल्लो समय ब्रह्मा र प्रजापतिलाई एकै व्यक्तिको रूपमा बुझ्न थाल्दा कथा गाँजेमाजे भएको हुन सक्छ। ब्रह्मा र प्रजापति अलग–अलग व्यक्ति थिए। प्रजापतिकी पुत्री सरस्वती ब्रह्माले विहे गरे। तर पछि जब प्रजापतिलाई पनि ब्रह्मा भन्न थालियो, ब्रह्माको विवाहको कुरामा गडबड भयो। एकै नामका व्यक्तिहरू ज्वाइँ, ससुरा हुन सक्ने सम्भावना हुँदैन? एउटा राजाले अर्को राजाको छोरी बिहे ग-यो भने के भन्ने? राजाले राजाको छोरी बिहे ग-यो त भन्ने होला? त्यसो हुँदा राजाले आफ्नै छोरी बिहे गर्‍यो भन्ने नबुझिएला भन्ने के छ र?

    ब्रह्माले आफ्नै छोरीसँग विवाह गरे भन्ने कुरा मत्स्य पुराण र सरस्वती पुराणमा छ। सरस्वती पुराण त धेरै पछिको मानिन्छ। मत्स्य पुराण पनि पुराणहरूमा बाह्रौँ हो, अर्थात यो पनि पछिल्लो कालकै पुराण हो। त्यसैले यसका कथालाई विचार गरेर विश्वास गर्नु पर्छ। तेस्रो कुरा, यौन सम्बन्धबाट बच्नु पर्छ, भाग्नु पर्छ, खराब हो भन्ने कुरा आफैँमा हास्यास्पद कुरा हो। सारा सृष्टिको रहस्य नै यौन सम्बन्ध हो भने यो भाग्नुपर्ने भनेर किन हामी चर्चा गर्छौँ? फेरि वास्तविक जिन्दगीमा त हामी भागेका पनि हुँदैनौँ। त्यो धारणाको अवशेषको रूपमा हामी ब्रह्मचारीहरूलाई अतिरिक्त महत्व दिन्छौँ। कुरा त्यति मात्र हो।

    जुन कुरा आफूले गर्न सकिँदैन, अरू कसैले गरिदिओस् भन्ने र त्यस्तो व्यक्तिलाई विशेष सम्मान गर्ने यो सामान्य मनोविज्ञान नै होला। यौन सम्बन्ध खराब हो भनेर विवेचना गर्ने कुराको प्रभाव क्रिस्चियानिटीको original sin को बिस्तार जस्तो लाग्छ मलाई। यो विचारअनुसार ‘मान्छेले यौन सम्बन्ध राख्न थालेकोले मृत्युको श्राप पाएका हुन्।’ सरस्वती भागेको कुरा कतै यताबाट प्रभावित भएर विकास भएको कथा त होइन?

    अर्को कुरा के हुन सक्छ भने यो एउटा साहित्यिक काल्पनिक अवस्था हो, जुन बेला संसारका सबै मानिस समाप्त भए र बाबु–छोरी मात्र बाँकी रहे भने के हुन्छ? सृष्टिलाई निरन्तरता दिने कि नदिने? इतिहासको कुनै कालखण्डमा रचना गरिएका साहित्य अहिले हाम्रा लागि इतिहास भएका छन्। ती साहित्यले धार्मिक ग्रन्थको आवरण पाएका छन्। यसो पो भएको हो कि! अथवा पितृसत्तात्मक चिन्तनको उपज पनि हुन सक्छ। पितालाई सृष्टिकर्ता ठानेपछि पहिलो सृष्टिकर्ता त पुरुष नै हुने भयो। मान्छेले प्रश्न गरे, ‘त्यसो भए उसले पत्नी चाहिँ कहाँबाट पायो त?’ अर्कोले सहज जवाफ दियो–सृष्टिको दायित्व निर्वाह गर्नको लागि ऊ आफैँले एउटी पत्नी सृष्टि ग-यो र त्यसैका माध्यमबाट सृष्टि सुचारु गरायो। यही कथा कालान्तरमा विभिन्न अर्थ लाग्न थाले।

    कुरा यसो पनि हुनसक्छ, त्रिदेवमध्ये ब्रह्मालाई बदनाम गराउने कुनै योजना हुन पर्छ शायद देव जातिकै। सृष्टिकर्ताको बद्नाम गराएपछि मात्र पालनकर्ता र संहारकर्ताको भूमिका बढ्ने भयो नि! आजभोलिको खुट्टा तान्ने प्रवृत्तिकै उपज पनि हुन सक्छ। जे भएपनि, यो गहिरो प्रश्न हो। यसमा ठ्याक्कै यही जवाफ भन्न गारो छ। तैपनि मलाई लागेको कुरा यही हो। सार के भने जे भनिएको छ, त्यसमा अन्तरविरोध छ, पत्याउन सकिने भन्दा पत्याउनु अघि उत्तर दिनु पर्ने धेरै प्रश्न छन्।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.