Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

इतिहासको कुनै कालखण्डमा वामपन्थी कांग्रेस पनि थियो

वामपन्थलाई कम्युनिष्ट पार्टीमा मात्रै सीमित गर्नु भनेको संकुचित बुझाई हो। जे छ त्यो भन्दा उन्नत र श्रेष्ठ कुरा जसले गर्छ र त्यसका लागि जसले संघर्ष गर्छन्, चिन्तन गर्छन् र व्यवहारमा उतार्छन् ती नै वामपन्थ हुन्।

राजेन्द्र महर्जन राजेन्द्र महर्जन
साउन २७, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हामी ‘आजको वामपन्थ’ बहस बहस चलाउँदैछौँ। तर वामपन्थमाथि बहस केन्द्रीकृत हुनुपर्नेमा मार्क्सवाद र कम्युनिष्ट पार्टीमा मात्रै रुमल्लिरहेका छौँ, जुन कुरा ‘वृहत वामपन्थ’भित्रको एउटा अंगमात्रै हो। वामपन्थलाई कम्युनिष्ट पार्टीमा मात्रै सीमित गर्नु भनेको संकुचित बुझाई हो। जे छ त्यो भन्दा उन्नत र श्रेष्ठ कुरा जसले गर्छ र त्यसका लागि जसले संघर्ष गर्छन्, चिन्तन गर्छन् र व्यवहारमा उतार्छन् ती नै वामपन्थ हुन्। हामीमध्ये धेरैजसो व्यक्ति यहाँ कम्युनिष्ट पार्टीबाट आएकाले पनि हुनसक्छ, हामीलाई कम्युनिष्ट पार्टीसँग बढी मोह छ र त्यसकै सेरोफेरोमा रहेर हामी वामपन्थ र मार्क्सवादलाई एउटै ढंगले तुलना गछौँ र यिनलाई पर्यायवाचीका रुपमा बुझ्ने काम भइरहेको छ।

    वर्चश्व र प्रभुत्वविरुद्ध जसले जहाँ र जतिखेर संघर्ष गर्छ त्यो नै वामपन्थी हो। र, वामपन्थसम्म हामी पुगेका छैनौँ। दैनिक उपभोग्य वस्तुका मूल्य र महंगीका बारेमा बहस उठाइँदैन। र, हामी धेरैजसो कम्युनिष्टहरूलाई जति सैद्धान्तिक कुराहरू थाहा छ, हामीलाई त्यसैमा आनन्द आइरहेको छ। यसैलाई कोट्याउँदा र कन्याइरहँदा मात्रै हामी लक्ष्यमा पुग्दैनौँ। बरु विषयान्तर भएको जस्तो लाग्छ। यहाँ हर्क साम्पाङले गरेको श्रमको प्रसंग पनि उठ्यो। उनले जसरी अरुसँगै मिलेर श्रम गरिरहेका छन्, त्यो श्रमको संस्कृति हो। त्यो ठीक छ। पत्रपत्रिका वा कहीँकतै त्योभन्दा उन्नत र भिन्न खालको प्रश्न कसैले उठाइरहेको छ भने त्यो वामपन्थी कोणबाट आइरहेको छ।

    मसिना भन्दा मसिना कुरालाई केलाउन सक्यो भने वामपन्थको बारेमा अझै स्पष्ट हुन सकिन्छ। म यहाँ वामपन्थ र मार्क्सवादलाई जोड्दै दुईवटा कुरा उठाउन चाहन्छु। नेपालको सन्दर्भमा हेर्ने हो भने इतिहासको कुनै कालखण्डमा वामपन्थी कंग्रेस पनि थियो। अहिले पनि कांग्रेस पार्टीभित्रै पनि, राज्य पुनर्संरचनाको बारेमा एउटा अडान लिने, र्याडिकल अडान लिने र फेरि न्यायको पक्षमा कुनै न कुनै रुपमा वर्चस्वशालीको पक्षमा निर्णय गर्ने मान्छेहरू पनि देखिन्छन्। एउटा सन्दर्भमा जो मान्छे वामपन्थीजस्तो लाग्थ्यो, रुपान्तरणकारीजस्तो लाग्थ्यो, जनमुखीजस्तो लाग्थ्यो, त्यही मान्छे पछि गएर प्रतिगामी भएको देखिन्छ, दक्षिणपन्थी भएको छ। उस/उनले वामन्थि छोडेको छ। यसरी हेर्यौँ भने हामी वामपन्थको व्यापक खालको परिभाषामा पुग्न सक्छौँ होला।

    नेपालका सन्दर्भमा यहाँका मार्क्सवादीले जतिखेर पनि उठाइरहने कुरा वर्ग विश्लेषणकै हो। वर्ग विश्लेषण गर्दा हामी कुन ठाउँमा वामपन्थी भयौँ, कुन ठाउँमा मार्क्सवादी भयौँ, कुन ठाउँमा वर्गीय मुक्तिका पक्षधर भयौँ भनेर कहिले हामीले सोचेका छौँ कि छैनौ? घनश्याम भूसालले कोशिस गर्नुभएको होला, श्याम श्रेष्ठ र चैतन्य मिश्रले पनि यसमा कोशिस गर्नुभएको होला। उहाँहरूले पक्कै पनि वर्ग विश्लेषणका कामहरू गर्नु भएको होला। तर उहाँहरूका विश्लेषण हेर्दा खेरी मलाई त्यस्तो आशा लाग्दैन कि त्यहाँ जात, लैंगिकतालगायतका कारणहरूले समाजमा गरिबी बढेको छ भन्ने खालका विश्लेषणहरू भेटिँदैन। मैले घनश्यामजी र चैतन्य मिश्रको किताब हेरेको छु तर त्यहाँ कहीँ र कतैपनि ती कुरा आएका भएपनि उति मजबुत ढंगसँग आएको छैन। त्यो हिसाबले पनि नेपालको कम्युनिष्ट आन्दोलनमा ती पक्षले गरिरहेको संघर्षलाई कसरी हेर्ने भनेर वैचारिक रुपमा धेरै अस्पष्टता छ।

    अर्को एउटा प्रश्नः वर्गीय मुक्ति भनेकै के हो? वर्गीय मुक्तिको सपना देख्दैमा, त्यसको लागि आन्दोलन गर्दैमा के नेपालको सन्दर्भमा आमूल परिवर्तन हुन्छ? यो प्रश्न जब्बर छ। मुक्तीका सन्र्दभमा जातियता र लैंगिकतालगायतक धेरै आयामहरू छन्। ती आयामहरूका बारेमा हाम्रो सोचाई के हो भन्ने कुरा पनि उत्तिकै जरुरी छ। त्यस्तै, आम जनताले दैनिक रुपमा पाइरहेका समस्याहरूका बारेमा हाम्रा धारणा के हुन् त भन्नेबारे पनि बहसहरू चलाउन’ आवश्यक हुन्छ। ऋाम जनताका समस्या र चासोबारे कुरा गर्न सकिएन भने पनि समस्या हुन्छ।

    हामीले वैचारिक रूपमा ‘डी’ क्लासको कुरा उठाइरहेका छौँ। केही केही मान्छेले मात्रै यो कुरा निकाल्छन्। तर हामी डिकास्ट हुने कि नहुने? अघि उठाएको प्रश्नलाई फेरि मैले दोहोर्याउन मात्र खोजेको हो। यस्ता धेरै प्रश्नहरू छन्, जसमा हामी गम्भीर देखिएका छौँ। आफ्नो आन्दोलनमा एक ढंगले वर्गीय मुक्तिको कुरा मात्र गर्नेलाई मात्रै मैले भन्न खोजेको हुँ। वामपन्थका बारेमा कुरा गर्दै गर्दा हामीले आफूलाई मानवीय बनाउने, लोकतान्त्रिक बनाउने र जनमुखी बन्ने सन्दर्भमा धेरै काम गर्न बाँकी छ। धेरै पुनर्विचार गर्नुपर्ने छ। हामी आफ्नै बारेमा पनि थुप्रै प्रश्नहरू बाँकी छन्।

    (नेपाल अध्ययन केन्द्रले साउन १४ र १५ गते काभ्रेको पनौतीमा आयोजना गरेको ‘आजको वामपन्थ’ विषयक अन्तरसंवाद कार्यक्रममा लेखक राजेन्द्र महर्जनले गरेको सम्बोधनमा आधारित रहेर यो सामग्री तयार पारिएको हो।)

    भिडियो –

    यो पनि  –

    नेपाली समाजका ७ अन्तरविरोध – पीताम्बर शर्मा 

    आजको वामपन्थ – घनश्याम भूसाल 

    पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ – खगेन्द्र संग्रौला

    बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन – राम कार्की ‘पार्थ’ 

    सिद्धान्तबिहिन हुनु भनेको कुहिराको काग बन्नु हो – टंक कार्की 

    आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने? – रोशन जनकपुरी 

    कम्युनिष्टहरुमा ‘डिकोडिङ’को समस्या छ – उमेश चौहान

    वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने? – भूपाल राई 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राजेन्द्र महर्जन

      राजेन्द्र महर्जन

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.