लकडाउन खुकुल्याउनु पर्छ यसरी-गोविन्द शरण

0
50

सम्पादकीय टिप्पणीः लकडाउनको ज्ञान अब कुनै खास “विज्ञ”कहाँ मात्र सिमित रहेन। हुन त यसबारे औपचारिक शिक्षाका कुनै अनुशासनमा पढाई हुँदैन। बरु कताकता लकडाउनको कार्यविधि सैन्य शास्त्रमा शत्रुलाई घेरावन्दी पार्न र घेरमा परेकालाई फुत्कन नदिन गरिने चालवाजीसँग मिल्छ। स्मरण रहोस्ः लकडाउन सामाजिक विज्ञान होः चिकित्सा विज्ञान होइन। तथापी हाल नेपालमा रहेका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरु लकडाउनका बारे र यसलाई खुकुल्याउने विधिका बारे सोचविचार गरिरहेका छन्। ती मध्ये यहाँ गोविन्द शरण नामक एक महोदयले फेसबुकमा पोष्ट गर्नु भएका बूँदाहरु उपयुक्त हुनसक्छन् ठानेर यहाँ प्रस्तुत गरेका छौं।

१. लकडाउनको ३० सौं दिनसम्म काठमाडौँमा स्थानीयतहमा करोना संक्रमण भेटिएको छैन।
२. करोनको प्राकृतिक प्रसारणको सम्भावना भएको भन्दा दोब्बर दिनहरू बन्दमा वितिसकेका छन्।
३. हवाई मार्ग तथा थलमार्गहरू वन्द गरिएको हुँदा वाहिरबाट रोग भित्रिन सक्ने खतरा अत्यन्त न्यून छ।
४. काठमाडौँ उपत्यकामा सूचनाको राम्रो पहुँच हुँदा मान्छेहरूले सरकारले बनाएका नियमहरू पालन गर्छन्।
५. यसले कालाबजारी नियन्त्रण गर्न मदत गर्छ।

तेसैले
१. सार्वजनिक सवारीसाधनमा अझैं रोक हुनुपर्छ।
२. निजी सवारी साधनमा तीन जना भन्दा बढी वस्न नदिने सुनिश्चित गर्नुपर्छ।
३. मालवाहक तथा निर्माणकार्यमा प्रयोग हुने साधनहरूलाई जोर-विजोरको दरले संचालनमा ल्याउनुपर्छ।
४. मोटरसाइकलजस्ता सवारीसाधनमा एकजना मात्र चढ्न पाउने व्यबस्था मिलाउनु पर्छ।
५. तीन जना भन्दा मान्छे एकत्र हुन दिनु हुँदैन। यसमा अत्यन्त कडाई गर्नुपर्छ।
६. पठनपाठनको व्यबस्था अझैं केही दिनको लागि अनलाइन मै गर्नुपर्छ, विद्यालय खोल्नु हुँदैन।
७. कलेजहरूका हकमा प्रशासन खोल्न पर्छ र भर्ना जस्ता क्रियाकलापहरू सुचारू गर्न पर्छ।
८. स्वास्थ्य भन्दा अर्को कुनै विषय महत्वपूर्ण हुँदैन र जहाँ करोनाको संक्रमण देखिन्छ तेस ठाउँलाई पूर्णप्रतिबन्धित इलाका घोषणा गरेर उपचार गरिनुपर्छ।
९. अझैं पनि केही समय उपत्यकाबाट वाहिर(भित्र गर्न ९यात्रुलाई० रोक लगाइराख्नु पर्छ।
१०. सम्पूर्ण जनताले सरकारी तथा विज्ञका निर्देशनहरूको पालन गरिरहेको सुनिश्चित गर्नुपर्छ।

अन्यथा,
देशले धेरै चर्को आर्थिक तथा मानसिक मूल्यहरू चुकाउनु पर्ने हुन्छ। १५ दिन भन्दा बढी एकै ठाउँमा लक भएर वस्नुपर्दा मान्छे मानसिक रूपमा निकै पिरोलिंछ । मानसिक रूपमा पिरलो बढेपछि पुनस् पुरानो गतिमा काम गर्न सकिन्न। मान्छेको मनोबैज्ञानिक मूल्यप्रति पनि सजग बनौं र काठमान्डौ उपत्यका आंशिकरुपमा संचालन गरौँ । अव जिद्दीले होइन विवेकले काम गरौँ।

गोविन्द शरणको फेसबुकवालबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया