Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

थाहा पाउन सिकाउने रुपचन्द्र विष्ट

एक थाल भात भए पुग्नेमा दुई थाल, दश थाल, सय थाल, हजार थाल भात खोज्छन्, मानिसहरु । आफूलाई मात्र होइन ७ पुस्तालाई पुग्ने धन थुपार्न चाहन्छन् । अर्को पुस्तालाई धन थुपार्नुको कुनै अर्थ छैन । जो जन्मन्छ उसले आफ्नो लागि जोहो गर्ने त प्राकृतिक नियम नै हो नि । तर, यहाँ मानिसहरु पुस्तौंका लागि धन थुपारेर अनावश्यक काम गर्दछन् ।

nepal_readers nepal_readers
फाल्गुन १२, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पंचायत कालमा रुपचन्द विष्टले ‘थाहा’ आन्दोलन सुरु गर्दा म कृषि वैज्ञानिकको काम गर्दथेँ । अर्थात्, त्यतिखेर म गाउँमा खेतीपाती सिकाउने गर्थेँ, विशेष गरेर मुस्ताङमा स्याउ खेती गर्ने काम सिकाउथेँ । त्यतिखेर रुपचन्द्रले राजनीति गर्दा अर्थात् चुनावमा भोट माग्न जाँदा सबैलाई ‘थाहा पाऊ, थाहा पाई’ भनेर ठाडो भाषामा भन्दै हिँड्ने गरेको सुन्थें । उहाँले त्यस्तो कुरा गाउँगाउँमा भन्दै हिँड्ने गर्नुभएको सुनेको र आफैले नै चाहिँ काठमाडौं शहरको भित्ताभित्तामा त्यस्ता कुराहरु लेखिएका देखेको थिएँ । यो आजभन्दा ३५/४० वर्ष पहिलेको कुरो हो । साँच्ची ‘थाहा’ के हो भनेर मनमा प्रश्न चाहिँ उठ्थ्यो । तर, जीवन गुजार्दै गएपछि जीवनमा थाहा पाउनुपर्ने कुरा त धेरै रहेछन् भन्ने कुरा थाहा पाएँ । मान्छेले जीवनमा धेरै हण्डर ठक्कर पाउँदो रहेछ र त्यसबाट नै उसले ‘थाहा’ पाउँदो रहेछ भन्ने कुरा अनुभवबाट थाहा पाएँ । जीवनमा मान्छेले दुःख र सुख दुबै पाउँदो रहेछ। मैले पनि त्यस्तै अनुभव गरेँ।

    यी सबै कुराहरु थाहा पाएपछि मात्र मान्छेलाई ज्ञान हुँदो रहेछ । रुपचन्द्रले यी कुराहरुलाई ‘थाहा’ भित्र राख्नुभएको रहेछ । मैले आफ्नै जीवनको अनुभवबाट के थाहा पाएँ भने मान्छेले वास्तवमा ‘थाहा’ नपाएर नै दुःख पाउँदो रहेछ । रुपचन्द्रले ‘तिमी के हौ, के गर्दैछौ ? थाहा पाऊ’ भन्नुहुन्थ्यो । उहाँले ‘सत्य थाहा पाऊ, तब मात्र तिमीलाई राम्रो हुन्छ’ भन्नुहुन्थ्यो । रुपचन्द्रले मानिसहरुलाई ‘तिमीहरुलाई सत्य कुरा थाहा नै रहेनछन्, त्यसैले असत्यको पछाडि लाग्दै हिँडीरहेछौ’ भन्नुहुन्थ्यो । उहाँ ‘तिमी ढाँटी हिँड्छौं, चोरी हिँड्छौ, ठगी हिँड्छौ, तर नतिजामा तिमी आफै ठगिन्छौ । यो कुरा थाहा नपाई तिम्रो दुःखको अन्त्य हुँदैन ।’ भनी सर्वसाधारणलाई ‘यस्तो कुरा थाहा पाऊ’ भन्नुहुन्थ्यो । वास्तवमा उहाँले आफू र जगतबारे थाहा नपाउँदा नै मानिसहरुले दुःख पाएका हुन् भन्ने कुरा बुझ्नुभयो । र, यो कुरो सबैले ‘थाहा’ पाउनुपर्छ भन्ने बिचार उहाँको रह्यो । रुपचन्द्रको बिचारको मर्म मैले विज्ञान अध्ययन र कर्म गर्दै जाँदा थाहा पाएँ । मैले विज्ञानमा तत्व ज्ञानबारे बुझ्दै जाँदा मुख्य कुरा त ‘थाहा’ नै त रहेछ भन्ने कुरा बुझेँ ।

    बुद्धले भनेका छन्, ‘ज्ञान भएपछि आनन्द प्राप्त हुन्छ । ज्ञान भएन भने वा अज्ञानी भयो भने दुःख हुन्छ ।’ सुकरातले नै पनि भनेका छन्, ‘ज्ञान नै आनन्द हो ।’ यी कुरा हेर्दै जाँदा मुख्य कुरो त ‘थाहा’ नै त रहेछ भन्ने कुरा मलाई अनुभूति भयो । र, मैले टि सर्टहरुमा ‘थाहा’ लेखी लाउन थालेँ, त्यो बेलामा । वास्तवमा त्यो बेलामा पनि मैले रुपचन्द्रलाई भेटेको पनि थिइनं । देखेको समेत पनि थिइनं । उहाँका भनाइहरु पत्रपत्रिकामा आउन थाले । र, मैले उहाँका कुराहरु लिएर आफूमा लागु गराउन प्रयत्न गरेँ । मलाई के लाग्यो भने रुपचन्द्र सत्यवादी हुनुहुन्थ्यो । सत्य भनेको प्रकृति हो । सत्य भनेको जगत हो । यसबारे थाहा पायौं भने हामी सुख पाउँछौं। मान्छेले आफू के हो भन्ने कुरा प्रश्न गर्दै गयो भने त उत्तर पाइहाल्छ नि । मान्छे ज्ञानको भोको हुनुपर्छ । तर, यहाँ मानिसहरु धनको भोका रहेका छन् । एक थाल भात भए पुग्नेमा दुई थाल, दश थाल, सय थाल, हजार थाल भात खोज्छन्, मानिसहरु । आफूलाई मात्र होइन ७ पुस्तालाई पुग्ने धन थुपार्न चाहन्छन् । अर्को पुस्तालाई धन थुपार्नुको कुनै अर्थ छैन । जो जन्मन्छ उसले आफ्नो लागि जोहो गर्ने त प्राकृतिक नियम नै हो नि । तर, यहाँ मानिसहरु पुस्तौंका लागि धन थुपारेर अनावश्यक काम गर्दछन् ।

    रुपचन्द्रको मलाई सबैभन्दा मनपर्ने कुरा के हो भने, ‘हाम्रा कोही होइनन्, हामी कसैका होइनौं, हामी सत्यका हौं, सत्य मात्र ठीक हो । सत्य र ठीक हाम्रा, हामी सत्य र ठीकका ।’ मैले यी कुराहरुलाई मेरो घर कम्पाउन्डको गेटको भित्तामा समेत लेखेर राखेको छु । मलाई यो कुरो साह्रै चित्त बुझ्यो । मैले बाउ हेरेँ, आमा हेरेँ, श्रीमती हेरेँ, छोराछोरी हेरेँ, भाइबहिनी हेरेँ, नजिकका साथीभाइ हेरेँ । सबै त भ्रम नै लाग्यो । सत्य त आफू मात्रै हो । आफूलाई पाल्ने आफू वरिपरिको भौतिक वस्तुहरु, जीवनिर्जीव सबै सत्य रहेछन् । तिनीहरुलाई मान सम्मान गर्नुपर्छ । उनीहरुलाई बिगार्नु, भत्काउनु नहुने रहेछ । आफू उनीहरुसँग मिलेर बस्नुपर्ने रहेछ ।

    जीवन दुई कुराले बनेको रहेछ । हामी जन्मन्छौं आमा र बाबुको संगमबाट । यो दुईको कुरा भयो । अर्को, हाम्रो दिनचर्यामा दिन र रातको कुरा हुन्छ । यो पनि दुईकै कुरा भयो । राम्रो र नराम्रो पनि दुईकै कुरा भयो । जतिसुकै राम्रो खोजे पनि नराम्रो कुरा भएन भने सन्तुलनमै रहन्न । जीउका सबै अङ्ग हेर्दा पनि दुईकै कुरा आउँछ । दुईटा हात, दुईटा खुट्टा, दुईटा आँखा आदि । वस्तुभित्र पसी अणु परमाणुसम्म पुग्दा त्यहाँ इलेक्ट्रोन र प्रोटोनको कुरा आउँछ र त्यो पनि दुईकै कुरो भयो । हरेक कुरामा ऋणात्मक र धनात्मक चीज हुन्छन् । आखिर सबै ठाउँमा दुई नै रहने रहेछ । अन्तिममा यो संसार दुई नै त रहेछ । दुःख भयो भने सुख त हुने नै रहेछ । सुुख खोज्नुपर्ने रहेछ । त्यो नपाइने भन्ने कुरा रहेन । त्यस्तै सुख भएपछि दुःख पनि हुने नै रहेछ, किनकि सुख मात्रै सन्तुलनमा रहनै सक्तैन । दुःख सुखमा र सुख दुःखमा अडिएको छ । एक बिना अर्कोको अस्तित्व नै रहन्न । यति बुझ्यो भने त ‘थाहा’ प्राप्त भइहाल्यो नि ! ‘थाहा’ प्राप्त भएपछि मान्छेलाई वर्तमानमा दुःख भए पनि सुख प्राप्त गर्न सकिन्छ नै र यसलाई खोज्नुपर्छ भन्ने ज्ञान हुन्छ । ऊ निराश हुँदैन ।

    ज्ञानले आनन्द प्राप्त हुन्छ भन्ने कुरा सुकरात र बुद्धले भने । रुपचन्द्रले पनि भने । म एक वैज्ञानिक भएको नाताले हाम्रा ंसबै अङ्गप्रत्यङ्गलगायत अणु र परमाणुसम्म गई अध्ययन गर्दा के थाहा पाएँ भने सबै कुरो त दुईले नै बनेका रहेछन् । संसार बनाउने पञ्चतत्व दुईले नै बनेका छन् । ब्रम्हाण्डका सबै पदार्थ दुईले नै बनेका छन् । यो खालको तत्व ज्ञान थाहा हुँदा नै ब्रम्हाण्डलाई बुझ्न सकिन्छ । थाहा पाउनुपर्ने मुख्य कुरो भनेका आफू र जगत हुन् । अर्थात् आफू र आफ्नो वरपर रहेका सजीव–नीर्जिवका बारेमा थाहा पाउनुपर्दछ । हाम्रो वरपरका भौतिक वस्तुहरुको अस्तित्वलाई स्वीकार गर्नुपर्दछ । उनीहरुसँग मिलेर बस्नुपर्दछ । उनीहरुलाई सम्मान गर्नुपर्दछ । यस्ता कुरा थाहा पाउनुपर्दछ भन्ने कुरा रुपचन्द्र विष्टले भन्नुभयो । उहाँ महान व्यक्ति हुनुहुन्थ्यो । उहाँ नेपाली हुनुहुन्छ र उहाँको पालाका बुद्ध हुनुहुन्थ्यो । बुद्ध भनेको अरु केही नभई ज्ञान हो । ज्ञान प्राप्ती गरेर शक्ति आर्जन गरेका मानिस त कमै हुन्छन् नि ! रुपचन्द्रले ‘थाहा’ लाई नै केन्द्रबिन्दु बनाउनुभयो । मैले रुपचन्द्रलाई समयको गुरु मानेको छु । उहाँ अल्पायुमै जानुभयो । धेरैधेरै नेपालीहरुजस्तै म पनि उहाँको ‘थाहा’ बाट प्रभावित भएको हुँ ।

    रुपचन्द्रले सधैँ ‘गरी खाऊ, ठगी नखाऊ’ भन्नुहुन्थ्यो । उहाँको अनुसार ठग्नु भनेको अपराध हो । हामीलाई प्रकृतिले आँखा, कान, नाक, छाला र जिब्रो गरी पाँचवटा इन्द्रीयहरु दिएको छ । तिनीहरुबाट हामीले ज्ञान प्राप्त गर्ने भएकोले तिनीहरुलाई ज्ञान इन्द्रीय अर्थात् ज्ञानेन्द्रीय भनिन्छन् । प्रकृतिले कर्म गर्न अर्थात् खोजी खानका लागि हामीलाई दुई हात दिएको छ । खाना खोज्न एक ठाउँबाट अर्को ठाउमा जानको लागि हामीलाई प्रकृतिले दुई खुट्टा दिएको छ । त्यस्तै खाना खानको लागि मुख दिइएको छ । संसारमा मुख्य कुरो भनेको तत्व हो । यो कहिल्यै नाश हुँदैन । एउटाबाट अर्कोमा रुपान्तरित मात्र हुन्छ । त्यसैले हामीले खाएको खाना पनि अर्कोमा रुपान्तरित हुने मात्र हो । त्यसको नाश हुँदैन । त्यसैले खाएको खाना रुपान्तरित भइसकेपछि त्यो शरीरबाहिर निस्किनुपर्ने हुन्छ । र, त्यसको लागि हामीलाई प्रकृतिले मलद्वार दिएको छ । त्यस्तै, वंश निरन्तरताका लागि जनेन्द्रीय दिएको छ । यी कर्म गर्ने कर्मन्द्रीयहरु ‘थाहा पाऊ र कर्म गर’ भन्नुहुन्थ्यो रुपचन्द्र विष्ट । उहाँ गाउँमा किसानहरुकहाँ जानुहुन्थ्यो र मल बोकेको ठाउँमा गई मल बोकी सघाउनुहुन्थ्यो, विउ लगाउँदै गरेको ठाउँमा गई विउ लगाई सघाउनुहुन्थ्यो । उहाँले किसानहरुलाई राम्रो कसरी गर्ने भन्ने कुरा सिकाउनुहुन्थ्यो । राम्रो गर्नेलाई राम्रो ग-यौ भनी उहाँ प्रोत्साहित गर्नुहुन्थ्यो । जो काम नगरी तास खेलेर बस्छ, त्यस्तालाई उहाँ ‘ए भाते हो ! ठग हो ! खवरदार !’ भनी चुट्नु पनि हुन्थ्यो ।

    त्यो समयमा रुपचन्द्रले श्रमको मूल्य दिइनुपर्छ भनी पर्चा निकाल्नुहुन्थ्यो । चुनावको बेला त्यो पर्चालाई उहाँले २५/२५ पैसा लिई वितरण गर्नुहुन्थ्यो । उहाँले पर्चा वितरण गर्दा ‘मैले पढ्नको लागि तिमीलाई दिएको हो । यसमा श्रमको मूल्य परेको छ । तिमीले त्यो मूल्य तिर्नुपर्छ ।’ भन्नुहुन्थ्यो र पैसा लिनुहुन्थ्यो । उहाँ श्रमजीविहरुकहाँ जानुहुन्थ्यो, श्रम गर्नुहुन्थ्यो र उनीहरुलाई श्रम गरेकोमा स्यावासी दिनुहुन्थ्यो । कामको ढङ्ग नपुर्याउँदा उहाँ श्रमिकहरुलाई ‘भाते ! त्यसरी होइन, यसरी हो’ भनी काम गर्दाको ढङ्ग पनि सिकाउनुहुन्थ्यो । ज्ञान दिनुहुन्थ्यो, सिप दिनुहुन्थ्यो । यी सबै कुरा त्यतिखेर मैले सुन्ने गरेको थिएँ । उहाँलाई प्रत्यक्ष भेटेको थिइनं । सुनेकै भरमा उहाँबाट म अत्यन्त प्रभावित भएँ । रुपचन्द्रका कुराहरु सुनेपछि ‘सत्य भनेका यी कुराहरु नै त हुन्’ भन्ने मलाई लाग्यो । उहाँ त्यतिखेरको सदन राष्ट्रिय पंचायतमा ‘भ्रष्टाचार हो ! असत्य हो ! यो राष्ट्र सबैको हो । राष्ट्र चलाउने राजादेखि प्रतिनिधिसम्मको व्यक्तिगत तथा परिवारको सुखका लागि होइन यो । शासन भनेको जनताको सुखका लागि हो । भ्रष्टाचार भनेको अनैतिक काम हो । त्यस्तो नगर !’ भनी कराउनुहुन्थ्यो ।

    रुपचन्द्र विष्ट गाउँगाउँमा गई गरिब श्रमिक जनतासँग बस्नुहुन्थ्यो । उहाँले के महसुस गर्नुभयो भने ती गरिब श्रमिक जनतासँग ज्ञान नभईकन, सिप नभईकन र उनीहरुलाई ‘थाहा’ नभईकन उनीहरुको जीवन उठ्दैन । त्यसैले उहाँले गाउँगाउँमा स्कुल खोल्ने र त्यहाँ गई पढाउने काम गर्नुभयो । वास्तवमा शिक्षा दिनु भनेको ‘थाहा’ दिनु नै हो । यही नै सत्य हो । जनतालाई ‘थाहा’ दिएपछि नै उनीहरुको दुःख हट्छ । किनकि, दुःखको कारण भनेको ‘थाहा’ नपाउनु हो, शिक्षा नपाउनु हो । उहाँलाई मानिसहरु कम्युनिस्ट भन्थे, साम्यवादी भन्थे । उहाँ जे सुकै होउन्, त्यो छुट्टै कुरो हो । मुख्य कुरो उहाँ गरिब र निमुखा जनतालाई माथि उकास्न चाहनुहुन्थ्यो । र, उहाँ त्यसैका लागि ती जनतालाई ‘थाहा’ दिलाउन गाउँगाउँमा अभियान चलाउँदै हिँड्नुहुन्थ्यो ।

    मलाई के लाग्छ भने सत्य नै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो । यसबारे ज्ञान भएपछि नै मान्छेलाई आफू र यस संसारबारे ‘थाहा’ हुन्छ । र, ‘थाहा’ले नै मान्छेलाई अगाडि जान दिशा प्रदान गर्छ । त्यसकारण ‘थाहा’ दर्शन हो । जीवनमा मान्छेले ‘थाहा’ पाउनुपर्ने कुरा असिमित छ । तर, उसले आधारभूत कुरा ‘थाहा’ पाउनु नै पर्छ । म के हुँ ? म कहाँबाट आएँ ? यो प्रकृति के हो ? यो कसरी बन्यो ? दुःख के हो ? यो कसरी आउँछ ? सुख के हो ? यो कसरी प्राप्त हुन्छ ? आदिबारे उसले थाहा पाउनै पर्छ । ‘थाहा’ दर्शनले यी र यस्ता कुराहरु सिकाउँछ, बुझाउँछ । यति भएपछि शान्ति त आइहाल्यो नि । ‘थाहा’बारे मैले भन्नुपर्ने मुख्य कुरो यही नै हो।

    (लेखक ‘थाहा’ आन्दोलनलाई आत्मसात गरेर त्यसलाई कृषि, पर्यावरण तथा गाउँले जनजीवनमा लागु गर्ने अभियानमा लाग्नुभएका वैज्ञानिक तथा अभियन्ता हुन् ।) –इमूल्यांकन

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.