Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्सवादले यसरी इतिहास अध्ययनको दिशा बदल्यो

त्यसभन्दा पहिले राष्ट्रवादी परम्पराका विद्वानले भारतीय समाजलाई एउटा आदर्श समाजको रुपमा देखाउने कोशिस गर्थे। तर यिनलाई मार्क्सवादीले काउन्टर गरिदिए र भने, ‘यस्तो होइन, आदर्श समाज चाहिएन।’ किनकि यहाँ जातीय व्यवस्था छ र यसमा उच्च जातिले निम्न जातिको शोषण गरिरहेको छ। यदि शासक वर्गको दृष्टिकोणबाट इतिहास पढ्ने हो भने त्यहाँ आदर्श नै आदर्श देखिन्छ।

नेपाल रिडर्स नेपाल रिडर्स
माघ १९, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कार्ल मार्क्सले युरोपको पूँजीवादमाथि चौतर्फी आक्रमण गरेका थिए। उनले यसको जरा खोतल्ने प्रयत्न गरेका थिए। पूँजीवाद एउटा उत्पादन प्रणाली मात्रै नभएर यो एउटा राजनीतिक पद्धति वा सामाजिक पद्धति अथवा एउटा सांस्कृतिक दृष्टिकोण पनि रहेको प्रमाणित गर्ने कोशिस गरे कार्ल मार्क्सले।

    द्वन्द्वात्मक भौतिकवाद

    उनले इतिहासको व्याख्या गर्ने क्रममा एउटा शब्दको प्रयोग गरेका छन्ः द्वन्द्वात्मक भौतिकवाद। उत्पादनको साधनमा कब्जा गर्नका लागि दुई वर्गबीचको संघर्षपछि विजेता बनेको पक्षले नै त्यस उत्पादनको साधनमाथि कब्जा गर्छ। तर त्यसपछि पनि उसको चिन्ता हट्दैन। किनकि उसको पछाडि अर्को एउटा वर्ग निरन्तर खडा छ भन्ने कुरा उसले जानेको छ, जसलाई विस्थापित गर्नका लागि उ निरन्तर प्रयत्न गरिरहेको हुन्छ। उत्पादनका साधनमाथि आफ्नो नियन्त्रण अझै बढाउन नसकेसम्म उसले यो प्रयत्न जारी राख्छ। त्यसका लागि कुनै राजनीतिक प्रबन्ध गर्छ वा कुनै सामाजिक व्यवस्था लागू गर्छ, वा कुनै नैतिक मूल्य स्थापित गर्छ वा कुनै सांस्कृतिक मापदण्ड निर्धारित गर्छ।

    कार्ल मार्क्सले यसै आधारमा रहेर कुनैपनि राजनीतिक तथा सामाजिक संरचना र संस्कृति स्वतन्त्र नरहेको कुरा सिद्ध गर्ने कोशिस गरेका छन्। यी सबैको सम्बन्ध उत्पादनको साधनमा गएर जोडिएको छ। विजेता वर्गले नै राजनीतिक संरचना बनाउँछ, उसले नै सामाजिक संरचनालाई दिशा दिन्छ र उसैले सामाजिक मापदण्ड बनाउँछ। यदि तपाईंलाई इतिहास परिवर्तनको व्याख्या गर्नु छ भने तपाईंले उत्पादनको साधन र अर्थव्यवस्थाको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ। अर्थव्यवस्थामा जसरी परिवर्तन आउँछ, बाँकी ढाँचामा त्यसरी नै परिवर्तन आउँछ।

    यद्यपि कार्ल मार्क्सको यस भनाइलाई पछि गएर इटालियन मार्क्सवादी एन्टोनियो ग्राम्चीले संशोधन गरे। कार्ल मार्क्सले युरोपियन समाजमा द्वन्द्वात्मक भौतिकवादका कारण उत्पादनको साधनमा भएको परिवर्तनले युरोपियन समाज पनि बदलिँदै गएको बताएका छन्। यसले कयौं अवस्था पार गर्‍यो। एक समय प्रारम्भिक समाजवाद थियो। त्यसपछि दास व्यवस्था र सामन्तवाद हुँदै पूँजिवाद आयो। र, पूँजीवादको तार्किक वा श्रृङ्खलाबद्ध विकास समाजवादमा हुन्छ।

    भारतबारे मार्क्सको लेख

    आजको दिनमा खासगरी भारतमा मार्क्सवादमाथि धेरै आक्षेपहरू लाग्ने गरेका छन्। इतिहासको पृष्ठभूमि नभएकाहरूले नै प्रायः मार्क्सवादी इतिहास लेखनलाई गलत रूपमा लिन्छन्, मानौँ कि यसले भारतीय इतिहासलाई नै खल्बल्याएको छ। तर, यसो भन्नुभन्दा पहिले यसले कति क्षति पुर्‍याएको छ वा कति फाइदा पुर्‍याएको छ भनेर इतिहाससम्बन्धी ज्ञानको विकास गर्न आवश्यक छ। यसलाई पनि बुझ्ने कोशिस गरौं।

    कार्ल मार्क्स कहिले पनि एसिया आएका थिएनन्। तीन व्यक्ति छन् – जसले एसियाको बारेमा लेखे तर एसियाको बारेमा गहिरो बुझ्न पाएनन्, ती हुन्ः कार्ल मार्क्स, म्याक्स वेबर र म्याक्स मुलर। म्याक्स मुलरले एसियाका बारेमा यसरी लेखे, जसरी कुनै व्यक्तिले फाइभ स्टार होटलमा बसेर भारतीय किसान र मजदुरका बारेमा लेख्छ। यसको मतलव उनको लेखाइ कति सार्थक हुन्छ भन्ने प्रश्न उठ्छ। यो कुरा कार्ल मार्क्समै पनि लागु हुन्छ। कार्ल मार्क्सले युरोपमा बस्दैगर्दा सन् १८५३ मा न्युयोर्क ट्रिव्युनमा भारतका बारेमा लेखेका थिए। यस्तै सन् १८५७ मा भएको विद्रोहले उनको ध्यान आकर्षित गर्‍यो र उनले इस्ट इन्डिया कम्पनीको बारेमा सन् १८५८ मा लेखे। यसैमा उनले एसियाली उत्पादन प्रणालीको पनि व्याख्या गरे।

    एसियाली उत्पादन प्रणालीमा उनले युरोपको सन्दर्भमा ल्याइएको द्वन्द्वात्मक भौतिकवादको अवधारणा एसियामा लागू नभएको उल्लेख गरेका छन्। एसियामा माथिल्लो तहमा निरङ्कुश शासन र तल प्रारम्भिक समाजवाद छ। जसलाई हामी प्रारम्भिक समुदाय भन्छौँ। शासक वर्गलाई उनले एउटा शब्द दिएः प्राच्य निरङ्कुशता (ओरिएन्टल डिस्पोटिजम), यद्यपि यसभन्दा पहिले यो शब्द जेम्स् मिलले दिएका थिए। जसलाई कार्ल मार्क्सले आत्मसात् गरे।

    मार्क्सले भनेका थिए, ‘भारतको निरङ्कुश शासक वा डिस्पोटिक रुलरले नोकरशाही व्यवस्थामा आफ्नो नियन्त्रण राख्छ। उसले करको रुपमा लिएको धनमध्ये थोरैबाट किसानले आफ्नो गुजारा चलाउँछन्।’ उनले भारतीय समाज अपरिवर्तनशील रहेको वा यसमा परिवर्तनको गुण नरहेको तर्क गरेका छन्। यदि भारतीय समाज परिवर्तन हुन्छ भने यो बाहिरी तत्वबाट मात्रै परिवर्तन हुन्छ भन्ने उनको मान्यता देखिन्छ। उनले भारतीय समाजमा ब्रिटिसले नै परिवर्तन ल्याउने तर्क गरेका छन्। उनले ब्रिटिसको पक्ष लिएका भने होइनन्, तर उनमा पनि कहीँ न कहीँ युरोपियन हुनुको अहंकार थियो कि भनेर शंका गर्ने ठाउँ छ। उनले ब्रिटिसले जानेर नभई अन्जानमै भारतमा परिवर्तन गर्ने दाबी गरेका थिए।

    खण्डन

    हामीकहाँ मार्क्सवादी इतिहास लेखनले मार्क्सलाई पच्छयाउने गरेको छैन, बरु मार्क्सको आलोचनासहित मार्क्सवादबारे लेखिएको छ। अतः मार्क्सवाद र भारतीय मार्क्सवाद अलि फरक लाग्छन्। कार्ल मार्क्सले द्वन्द्वात्मक भौतिकवादको कुरा गरे। उनले आर्थिक क्षेत्रमा परिवर्तन भएपछि बाँकी क्षेत्रमा पनि परिवर्तन हुने तर्क गरे। तर कार्ल मार्क्सको एसियाली उत्पादन प्रणालीलाई सबैभन्दा बढी चुनौती कसैले दिएको छ भने, त्यो मार्क्सवादी विद्वानले नै गरेका छन्। उनीहरूले भारतीय समाज अपरिवर्तनशील छ भन्ने मार्क्सको भनाइको खण्डन गरे। मार्क्सवादी विद्वानहरूले भारतमा पनि अर्थव्यवस्थामा परिवर्तन हुन्छ र अर्थव्यवस्थामा हुने परिवर्तनका साथ राजनीति, समाज र संस्कृतिमा परिवर्तन हुँदै जाने कुरा उल्लेख गरे।

    यसखालको आलोचना सबैभन्दा पहिले डीडी कोसाम्बि र बीएन दत्तले गरेका हुन्। उनीहरूले प्राचिनकालको इतिहासको अध्ययन गरे र उनीहरूले नै यो मान्यता राखे। पछि गएर आरएस शर्मा र डीएन झालगायत मार्क्सवादी विद्वानका रूपमा उदाए। मध्यकालीन भारतको इतिहासमा सबैभन्दा पहिले मोहम्मद हविबले सन् १९५२ मा ‘महमुद अफ गजिनी’ लेखेर मार्क्सवादी इतिहास लेखनको सुरुवात गरे। उनी अलिगढ विश्वविद्यालयमा हिस्ट्री डिपार्टमेन्टका प्रोफेसर थिए भने उनी विद्वान् इरफान हविबका पिता पनि हुन्। इरफान हविब पनि एक समर्पित मार्क्सवादी विद्वान हुन्।

    त्यसपछि मार्क्सवादी इतिहास लेखन परम्पराको सुरुवात भयो। यसपछि अलिगढ स्कुल अफ हिस्टोग्राफीमा मार्क्सवादी इतिहास लेखन छाएको थियो। आरपी दत्त, ए आर देशाई र एमएन रोयलगायत यी सबैले मार्क्सवादी इतिहास लेखक भएर काम गरे। तर यी सबै पहिलो पिढीका लेखक हुन्। यिनीहरूको लेखनमा थोरै त्रुटि छ। जसलाई विपिन चन्द्र, आदित्य मुखर्जी र मृदुला मुखर्जीलगायत दोस्रो पुस्ताका मार्क्सवादीले केही हदसम्म सुधार गरे। त्यसैले कुनैपनि विचारधारा आफैँमा पूर्ण हुँदैन। सबै विचारधाराको आफ्नै सीमा हुन्छ।

    राजवंशको इतिहास

    मार्क्सवादी इतिहास लेखनले भारतीय इतिहासमा क्षति पुर्‍याएको छ भन्ने कुरा विल्कुल गलत कुरा हो। मार्क्सवादी इतिहासको सुरुवात हुनुभन्दा पहिले राजवंशको इतिहास लेख्ने गरिन्थ्यो। अर्थात्, राजा, उनका युद्ध र तिनका घटनाक्रमका इतिहास लेख्ने गरिन्थ्यो। राजाहरूका तारिफ धेरै हुने गर्थ्यो। मार्क्सवादी इतिहासले भने इतिहासमा परिवर्तन महत्वपूर्ण छ भन्ने कुराको पुष्टि गर्‍यो। यसले परिवर्तनको जड आर्थिक परिवर्तनमा खोजेको छ। पहिले त इतिहासको अध्ययनमा मार्क्सले अर्थव्यवस्था र समाजलाई समेटे। यदि तपाईं मार्क्स भन्दा पहिलेको इतिहास पढ्नुहुन्छ भने त्यहाँ तपाईं राजवंशको इतिहास देख्नुहुन्छ, कला वा साहित्यको इतिहास देख्नुहुन्छ। मार्क्सभन्दा पहिले इतिहास अध्ययनमा अर्थव्यवस्था र समाजको चर्चा कम हुन्थ्यो।

    मार्क्सवादीहरूले अर्थव्यवस्था र समाजलाई नै अध्ययनको आफ्नो आधार बनाए। जब इतिहासको अध्ययन सुरु भयो, त्यसपछि यसको महत्व झनै बढी देखियो। अर्थव्यवस्था र समाज यति महत्वपूर्ण छ कि यसले राजनीति, सामाज र संस्कृतिमाथि आफ्नो प्रभाव पार्छ। मार्क्सले कुनै शासकको नीति वा कार्यक्रमलाई त्यस समयको युगसँग जोडेर हेर्ने प्रयत्न गरे। उनले कुनै शासकको नीति उसको मस्तिष्कको उपज नभएर तत्कालीन सामाजिक कारकले नै शासकको विचार निर्माण हुने वा तत्कालिन सामाजिक पृष्ठभूमिले नै शासकको नीतिलाई दिशा दिने तर्क गरे।

    जस्तैः उत्तर प्रदेशको सामाजिक संरचनामा नेता अखिलेश यादवको के अभिव्यक्ति आउन सक्छ? अखिलेश यादवको अभिव्यक्ति अमूक जातिको पक्षमा आउँछ या अमूक समूहको पक्षमा आउँछ। या त उनले कुनै अल्पसंख्यकको सुरक्षाको कुरा गर्छन्। ठीक त्यसै समयमा योगी आदित्यनाथको बयान के हुनसक्छ भनेर जो कोहीले पनि अनुमान लगाउन सक्छन्। त्यसैले मार्क्सवादी विद्वानले तपाईं जे बोलिरहनुभएको छ, जे गरिरहनुभएको छ, त्यसको पछाडि केही न केही आड वा कुनै गैर वैचारिक उद्देश्य हुन्छ भनेका छन्। त्यसको पछाडि आर्थिक र भौतिक परिस्थिति उत्तरदायी छ। यही कुरा मार्क्सवादी विद्वानले प्रष्ट पार्ने कोशिस गरे।

    आदर्श समाज चाहिएन

    त्यसभन्दा पहिले राष्ट्रवादी परम्पराका विद्वानले भारतीय समाजलाई एउटा आदर्श समाजको रुपमा देखाउने कोशिस गर्थे। तर यिनलाई मार्क्सवादीले काउन्टर गरिदिए र भने, ‘यस्तो होइन, आदर्श समाज चाहिएन।’ किनकि यहाँ जातीय व्यवस्था छ र यसमा उच्च जातिले निम्न जातिको शोषण गरिरहेको छ। यदि शासक वर्गको दृष्टिकोणबाट इतिहास पढ्ने हो भने त्यहाँ आदर्श नै आदर्श देखिन्छ।

    हिन्दु धर्मको समस्या पनि यही नै हो। हामी प्राचिन कालको महानताको व्याख्या गछौँ र यसभित्र रहेको दरारलाई ढाक्ने कोशिस गछौँ। एउटा समाज पनि त धेरै मुद्दामा आन्तरिक रुपले विभाजित र समस्याग्रस्त छ। यस सच्चाइलाई मार्क्सवादी विद्वानहरुले उद्घाटित गर्ने प्रयत्न गरे। यो आफैंमा ठूलो उपलब्धि थियो। त्यसपछि पूरै इतिहासको अध्ययनको दिशा बद्ल्यो। यसरी मार्क्सले इतिहासमा एउटा नयाँ दिशा दिए, तर उनले हरेक मुद्दालाई आर्थिक कारणको माध्यमबाट हेर्थे। तर केही मार्क्सवादी विद्वान कला र साहित्यको दृष्टिकोणबाट पनि समाजलाई बुझ्न प्रयत्न गर्नुपर्ने तर्क राख्छन्।

    डीडी कोसाम्बि भन्छन्, ‘अजन्ता र बाघको चित्रकला, देवगढको दशअवतार मन्दिर लगायत तमाम उपलब्धिको पछाडि दबिएका र पिसिएका मानिस नै थिए। जसको गीत गाउनेवाला कुनै वासु वा हरिसेन थिएनन्।’ उनको मतलव कला र साहित्यले समाजको उच्च वर्गको चेतनाको व्याख्या गरिरहेको हुन्छ, यसले गरिबी र पीडाको मूल्यांकन गरिरहेको छैन। यहाँ जनता वा आम मानिसको अवस्था खराब थियो, तर त्यस बारेमा कला र संस्कृतिले बताइरहेको छैन।

    त्यसैले यदि तपाईं कला र साहित्यलाई खारेज गर्नुहुन्छ भने तपाईंको दृष्टिकोण पनि काहीँ न काहीँ एकाङ्गी हुन्छ। त्यसैले मार्क्सवादको प्रतिक्रियामा अब विस्तारै विस्तारै नयाँ स्कुल अफ हिस्टोग्राफी आयो, जसको नाम संशोधनवादी इतिहास लेखन हो। तर यसले आशिंक रूपमा मात्र मार्क्सवादी इतिहासको खारेज गरे। हाम्रो इतिहास लेखनमा मार्क्सवादको यति गहिरो प्रभाव छ, जसलाई हामी पूर्ण रूपमा खारेज गर्न सक्दैनौँ।

    ‘द स्टडी–एन् इन्स्टिच्युट फर आइएस ‘युट्युब च्यानलमा मनिकान्त सिंहको हिन्दी प्रवचनबाट नेपालरिडर्सका लागि नेपालीमा उतारिएको। अनुवादः मेनुका बस्नेत।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.