Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

हाम्रो समाजमा ‘यौनजन्य दुर्व्यवहारमा म परेँ’ भन्ने स्विकारोक्तिलाई नै घृणा र हेय भावले हेरिन्छ। समाजले पीडितलाई गर्ने घृणा र अपमानको मूल्यमा पीडितले यौन दुर्व्यवहारको घट्ना सार्वजनिक गर्नुको अर्थ हो–पीडितले ठूलो सकसपछि र ठूलो हिम्मत बटुलेर मात्रै सो कुरा वाहिर ल्याएको हो।

मेनुका बस्नेत मेनुका बस्नेत
बैशाख २०, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् १९९० मा न्युयोर्कमा आयोजित एउटा पार्टी सकिएपछि हलिउडका चर्चित निर्माता हार्वे विन्स्टनले अभिनेत्री एनाबेला सिओरालाई उनको घरसम्म ड्रप गरिदिए (छाडिदिए)। आफूलाई छोड्न आएका विन्स्टन फर्किएपछि अभिनेत्री सिओरा सुत्ने तयारी गर्दै थिइन्। त्यत्तिकैमा उनको फ्ल्याटको ढोकाको घन्टी बज्यो। जब उनले ढोका खोलिन त्यहाँ उभिएका थिए, विन्स्टन। सिओराले अदालतमा दिएको बयान अनुसार विन्स्टनले उनलाई उनको कोठाभित्रै घँचेढे र उनलाई बलात्कार गरे।

    मेनुका बस्नेत

    फिल्म निर्माता विन्स्टनले योसहित बलात्कारका दर्जनौँ मुद्दा खेपेका छन्। सन् २०१७ उनीमाथि सिलसिलाबद्ध रूपमा बलात्कारका आरोपहरू लाग्न थाले, दर्जनौँ मुद्दा चल्यो र अहिले उनी २३ वर्षे कैद सजाय भोगिरहेका छन्। सन् २०१७ मा सामाजिक सञ्जालमा एउटा यस्तो ट्रेन्डिङ चल्यो, जसले विन्स्टनलाई जेल मात्रै पुर्याएन, विश्वका रंगिन क्षेत्रसहित विभिन्न क्षेत्रका प्रतिष्ठित भनिएका व्यक्तिहरूको पसिना छुट्यो। त्यो ट्रेन्डिङ थियो– ‘ह्यासट्याग मिटू।’

    मिटूको सुरुवात

    सन् २००६ मा अभियन्ता टुराना बर्कले यौनहिंसा विरुद्ध ‘मि टु’ अभियान सुरु गरेकी थिइन्। तर उनले यो अभियान सुरु गरेको १७ वर्षपछि मात्रै यसले विश्वव्यापी अभियानको रुप लियो। सन् २०१७ अक्टोबर १६ मा जब हलिउड अभिनेत्री एलिसा मिलानोले ट्विट लेखिन्, तब विश्वभरी यस अभियानले चर्चा पायो। सन् २०१८ को अक्टोबर महिनाताका फिल्म निर्माता हार्वे विन्स्टनले महिलाहरूलाई यौन शोषण गर्ने गरेको घटना सार्वजनिक हुन थालेपछि एलिसाले ट्विटरमा लेखेकी थिइन्, ‘यदि तपाइँको पनि यौन शोषण भएको छ भने जवाफमा ह्याजट्याग मि टू लेख्नुहोस्।’

    साथै हलिउड अभिनेत्री लेडी गागा, एन्जोलिना जोली, केट लगायतले यौन हिंसाको विषयमा बोले। मिलानोको ट्टिवटपछि दुई दिनमै यो ह्यासट्यागमा लाखौँले आफू यौनहिंसामा परेको बारे पोस्ट गर्न थाले। विस्तारै यो टे«न्डिङ फेसबुकमा पनि फैलियो। त्यसपछि अन्य सामाजिक सञ्जालमा ‘ह्यासट्याग मि टू’ अभियान नै सुरु भयो। यही क्रममा नेपालमा पनि यसको ट्रेन्डिङले व्यापकता पायो र कतिपय प्रतिष्ठित भनिएका व्यक्तिहरूको कतुर्त उदाङ्गिन थाल्यो।

    मिटुले छिमेकी मुलुक भारतका गनिएका र मानिएका सेलेब्रेटीहरूको पनि मथिङ्गल हल्लाइदियो। यही ट्रेन्डिङ्कै क्रममा गायिका सोना मोहापत्रा र केही महिलाले बलिउड गायक तथा संगितकार अनु मलिकलाई यौन दुव्र्यवहारको आरोप लगाए। यो आरोपपछि चर्चित गायन प्रतियोगिता ‘इन्डियन आइडल’ बाट अनु निकालिए। यस्तै नाना पाटेकर, चेतन भगतजस्ता चर्चित व्यक्ति पनि ‘मि टू’ आरोपमा मुछिन पुगे।

    व्युँतिएको ‘ट्रेण्ड’

    सामाजिक सञ्जाल ट्विटरमा सुरु भएको ट्रेन्डिङ ‘ह्यासट्याग मि टू’ मा एकपछि अर्को गर्दै यौन हिंसाविरुद्धका आवाज उठाउन थालियो। महिलाहरूले विगतमा आफूमाथि भएका हिंसा र पीडकका नाम सार्वजनिक गर्न थाले। हलिउडबाट विश्वभर फैलन सुरु भएको ‘मि टू’ ट्रेन्डिङबाट नेपाल पनि अछुतो रहेन। यहाँका राजनीति र कला क्षेत्रका केही व्यक्तिमाथि यौनहिंसाको आरोप लागेका बारे पोस्ट हुन थाल्यो। जसमध्ये काठमाडौँ महानगरपालिकाका मेयर केशव स्थापितमाथि लागेको आरोपले उतिखेर चर्चा पाएको थियो।

    ‘मि टू’ आरोप लागेका स्थापितले अहिले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेद्वारी पाएपछि यो मुद्दा पुनः सतहमा आएको छ। काठमाडौँ महानगरपालिकामा यसअघि पनि मेयर पदमा रहेका स्थापितलाई महानगरपालिकाकै पूर्व कर्मचारीहरू रश्मिला प्रजापति र उज्वला महर्जनले यौन दुव्र्यहारको आरोप लगाएका थिए। मिटुबारेको आरोप रहेको बारे ज्ञान हुँदाहुँदै हुँदाहुँदै पनि स्थापितलाई उनको पार्टी नेकपा एमालेले मेयरको उम्मेद्वार बनाउने कुरा विडम्बनापूर्ण त थियो नै, उम्मेद्वारी दिएपश्चात् स्थापितले सार्वजनिक मञ्चमा आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने क्रममा अपनाएको अराजक र स्त्रीद्वेषी शैली पनि उत्तिकै दुखद छ।

    सन् २०१८ मै उनीमाथि लागेको यो आरोपलाई कतिपयले ‘चुनावी फण्डा’ भनेका छन् र भने कतिले वर्षौँअघि भएको त्यस घट्नाबारे पीडित भनिएकाहरूले प्रमाण बुझाउनुपर्ने माग गरेका छन्। स्थापित आफैंले पनि यस आरोपबारे ठोस प्रमाण लिएर आउन रश्मिला र उज्वलालाई चुनौती दिएका छन्। सामान्यतः यौन दुर्व्यवहारको प्रमाण र साक्षी जुटाउन कठिन हुने गर्छ। किनभने जो कोहीले पनि बुझ्न सक्छ कि यौनहिंसा प्राय कसैले नदेख्ने वा कुनै प्रमाण नरहनेगरी नै हुने गर्छ।

    दुर्व्यवहारको आरोप लागेका व्यक्तिले आरोपको खण्डन गर्न अवश्य पाउँछ। त्यतिमात्र होइन गलत आरोप लगाइएकोमा अदालतमा मुद्दा चलाउन पनि पाउँछ। तर, स्थापितले आरोपको प्रतिकारमा उत्रने क्रममा स्त्रिद्धेषी अभिव्यक्ति नै दिए। केहीदिनअघि राजधानीको एउटा कलेजमा आयोजना भएको सार्वजनिक बहसको कार्यक्रममा स्थापितले महिला हिंसालाई प्रश्रय दिनेखालको अभिव्यक्ति दिएका थिए।

    महिलालाई निषेध

    ‘मि टू’बारे प्रश्न सोध्दा स्थापितले मञ्चबाटै प्रश्नकर्तालाई भनेका थिए ‘योर फेस इज नाइस, तर थुतुनो ठीक छैन तपाईँको। मजत्तिको मान्छेलाई आरोप लगाउने?’ स्थापितले व्यक्त गरेको त्यस अभिव्यक्तिको भित्रि आसय यस्तो थियो , ‘तिमी राम्री छौ तर तिमीले उठाएको प्रश्न जायज भएन। एउटी सुन्दर केटीले मजस्तो पुरुषलाई चिढ्याउने? प्रश्न गर्ने? तिमी त रुप र सौन्दर्यका निम्ति हौ, प्रश्नका निम्ति होइनौ।’ उनलाई मात्र होइन पितृसत्तात्मक सोच भएका आम मानिसलाई महिलाको अनुहार र शरीरसँग नै मूल सरोकार हुन्छ।

    ‘पोथी बासेको मन नपराउने समाज’लाई महिलाले आफूमाथि भएका हिंसाको विरुद्ध आवाज उठाउँदा थुतुनो अप्रिय लाग्नु स्वभाविक पनि हो। हाम्रो समाजमा आज पनि बलात्कार तथा यौन हिंसाका मुद्दामा आरोपितलाई भन्दा बढी पीडितलाई नै शंका गर्ने गरिन्छ। अथवा ‘भिक्टिम’लाई ‘ब्लेमिङ’ गर्ने गरिन्छ। झन् आरोपित ‘हाइप्रोफाइल’का छन् भने त आरोपितको पक्षमा खुलेरै वकालत गर्नेहरूमा आफूलाई अधिकारको पक्षधरता मान्नेहरूको पनि लर्को देखिन्छ।

    यस्तो अवस्थामा बालिका तथा महिलाहरूले आफूमाथि भएको हिंसाका विषयमा खुलेर बोल्न वा प्रतिकार गरिहाल्न निकै हिम्मत जुटाउनुपर्ने हुन्छ।
    यदि महिलो हिम्मत जुटाइहालिन् भने पनि उनलाई कतिजनाले नै साथ देलान् र? यौनजन्य हिंसाविरुद्ध उठ्दा, त्यसमाथि समाजमा कुनै न कुनै रुपमा प्रतिष्ठित व्यक्तिले गरेका यौनजन्य हर्कतविरुद्ध उभिँदा अधिकांश मानिसको साथ रहँदैन भन्ने जान्दाजान्दै महिलाले आफ्नो र परिवारको सुरक्षा र ‘इज्जत’ लाई जोखिममा राखेरै बोलेकी हुन्छिन्।

    महिलाहरूलाई केबल भोग्याको रूपमा मात्रै व्यवहार गर्ने र प्रतिकार गर्न निषेध गर्ने यो पितृसत्तात्मक समाज आज अझैपनि नयाँ–नयाँ रूप र शैलीमा महिलाहरूलाई निषेध नै गरिरहेको छ। कहिले ‘चुनावी फण्डा’को नाममा त कहिले ‘चर्चाको लोभ’को आरोपमा महिलाहरूलाई प्रतिकार गर्नका लागि बारबार हतोत्साही गर्ने गरिन्छ।

    यो असन्तुलित लैंगिक सम्बन्धको जगमा टेकेर पुरुषहरूलाई झुटा आरोप लगाउने केही पात्रहरू पनि होलान्। तर के त्यो नै मूल ट्रेन्ड् हो र? लाखौँमा कतिवटा त्यस्ता घट्नाहरू भएको हामीले थाहा पाएका छौँ? अपवादका केही घट्ना भएकै आधारमा हामीले यौनजन्य दुर्व्यवहारजस्ता गम्भीर घट्नाहरूलाई जनरलाइज गर्नु अर्को अपराध हुनजान्छ। र, हामीकहाँ त आधिकारिक निकायबाट फैसला हुनुअघि नै आमस्तरमा विभिन्न आँकलन गर्ने, पीडितलाई थप पीडा थप्दै तिनको चरित्र हत्या गर्नेसम्मका अभिव्यक्ति आउँछन्।

    प्रमाणको प्रश्न

    यौन हिंसाविरुद्ध बोल्ने र न्यायको अपेक्षा गर्ने महिलाहरूप्रति सहानुभूतिभन्दा बढी प्रश्नहरू तेर्साइन्छन्। मानौँ कि महिलाहरू हरक्षण संसारभर पुरुषलाई यौन दुर्व्यवहारको आरोप लगाएरै हिँडिरहेका छन्। मिटू कै सन्दर्भमा आएका आरोपहरूमा पनि आफूलाई अधिकारकर्मी दाबी गर्नेहरूले नै सामाजिक सञ्जालमा आएर रोस पोख्नुको सट्टा कानुनको सहायता लिन सुझाउँछन्। तर हदम्याद तथा प्रमाण जुटाउनुपर्ने जस्ता झमेलाका कारण पीडित सबैका लागि कानुनको बाटो अपनाउन सहज छैन।

    फेरि सबै खालका यौन दुर्व्यवहार र हिंसाको प्रमाण जुट्न पनि सक्दैनन्। बलात्कार तथा यौनहिंसाको मुद्दामा पीडितको बयानलाई नै सबैभन्दा बलियो प्रमाणका रुपमा लिइन्छ। यसको कारण पनि छ। हाम्रो समाजमा ‘यौनजन्य दुर्व्यवहारमा म परेँ’ भन्ने स्विकारोक्तिलाई नै घृणा र हेय भावले हेरिन्छ। समाजले पीडितलाई गर्ने घृणा र अपमानको मूल्यमा पीडितले यौन दुर्व्यवहारको घट्ना सार्वजनिक गर्नुको अर्थ हो–पीडितले ठूलो सकसपछि र ठूलो हिम्मत बटुलेर मात्रै सो कुरा वाहिर ल्याएको हो।

    सामान्यतः बलात्कार तथा यौन हिंसा गर्ने व्यक्ति सबै तवरले पीडितभन्दा माथिल्लो दर्जाकै हुने गर्छ। यस्तो अवस्थामा पीडितले पीडकविरुद्ध लड्ने हिम्मत राख्न सक्दिनन् वा पीडकले आफ्नो शक्तिको प्रयोग गर्दै कानुनलाई समेत हातमा लिनसक्ने खतरा हुनसक्छ। स्थापितको सन्दर्भमा, पीडित प्रजापतिले उनको प्रस्ताव अस्वीकार गरेपछि उनलाई जागिरबाट निकालिएको र पछि भ्रष्टाचारको आरोप लगाइएको बताइएको छ। आफूमाथिको हिंसाको खुलासा गरिसकेपछि प्रजापतिले एउटा आलेखमा भनेकी छिन्, ‘म कानुनी बाटोबाट न्याय पाउने कुरामा विश्वास गर्दिन थिएँ। मेयरले आफ्नो शक्तिको प्रयोग गर्दै म निर्दोष हुनुका बावजूद मैले भ्रष्टाचार गरेको प्रमाण देखाइदिन सक्थे। त्यसैले म चुप बसेँ।’

    महिलामाथि जतिसुकै दमन, हिंसा र अत्याचार भएपनि उनी चूप बसुन् भन्ने पितृसत्तात्मक मानसिकताको चाहना हुन्छ। महिलालाई जसरी वा जुनसुकै रूपमा पनि अमानवीय व्यवहार गर्ने र उनी बोल्न खोज्दा भने ‘संस्कार, धैर्यता, इज्जत÷बेइज्जत’जस्ता विभिन्न भाष्य प्रयोग गरेर आवाज दबाउने प्रयास गरिन्छ। त्यसैले स्थापितहरू हाकाहाकी भन्छन्, ‘तिमी राम्री छ्यौ तर तिम्रो थुतुनो भएन।’

    तर, हातमा स्मार्ट फोन बोकेका यस युगका कुनैपनि महिला कसैको धम्कीपूर्ण आदेश मानेर बस्न वाध्य छैनन्। आफूलाई परेका जुनुसुकै अन्यायविरुद्ध लड्नका लागि सक्षम छन्। हामीसँग पहिलेभन्दा उन्नत संविधान छ। महिलाले नै सर्वोच्च न्यायालय हाँकेको हाम्रो मुलुकमा आज महिला अधिकारको वकालत गर्ने महिला वकिलहरू नै प्रशस्त छन्। छनलाई पितृसत्ता जब्बर छ, शरीर महिला भएपनि पितृसत्ताको भारी बोक्ने महिलाहरू पनि प्रशस्त छन। यता, महिलालाई दबाउन प्रयोग गरिने भाष्य भत्काउन लागेका महिला पत्रकारहरू पनि प्रशस्त छन्। समाजलाई मन नपर्ने यस्ता ‘चोथाले– थुतुना’हरूले स्थापित पितृसत्ताका जराहरू उधिन्ने हिम्मत राख्छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मेनुका बस्नेत

      मेनुका बस्नेत

      बस्नेत नेपाल रिडर्सकी संवाददाता हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.