Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जुम्लामा दुई हजार ७६ मेट्रिक टन खाद्यान्न अपुग

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ ३, २०७६
- कृषि, यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कर्णाली प्रदेशको जुम्लामा दुई हजार ७६ मेट्रिक टन खाद्यान्न अपुग हुने भएको छ । आर्थिक वर्ष ०७४/७५ को प्रक्षेपित जनसंख्या एक लाख १६ हजार ६१ रहेकोमा प्रतिव्यक्ति प्रतिवर्ष एक सय ९१ किलोग्राम आवश्यक पर्ने दरले २८ हजार नौ सय ५३ मेट्रिक टन खाद्यान्नको आवश्यकता भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, ‘अहिले जिल्लामा २६ हजार आठ सय ७७ मेट्रिक टन खाद्यान्न उत्पादन भएकोले दुई हजार ७६ मेट्रिक टन खाद्यान्न अपुग हुने देखिएको हो ।

    धान दुई हजार नौ सय ५० हेक्टर क्षेत्रफलममा ६ हजार ९० मेट्रिन टन, मकै चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा ६ हजार सात सय ५० मेट्रिक टन, गहुँ दुई हजार तीन सय ५० हेक्टर क्षेत्रफलमा चार हजार पाँच सय मेट्रिक टन, कोदो तीन हजार सात सय हेक्टर क्षेत्रफलमा तीन हजार नौ सय मेट्रिक टन, जौ तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा पाँच हजार पाँच सय ५० मेट्रिक टन, फापर ९० हेक्टरमा ८७ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । बाँकी अपुग खाद्यान्न जिल्लाबाहिरबाट आयात हुने र खाद्य संस्थानबाट पूर्ति हुने प्रमुख देवकोटाले बताए ।

    जुम्लाको दुई लाख ५३ हजार एक सय हेक्टर कुल क्षेत्रफलमध्ये ३९ हजार चार सय ४६ हेक्टर मात्र खेतीयोग्य जमिन छ । २६ हजार चार सय ३५ हेक्टर सिँचाइयोग्य जमिनमध्ये तीन हजार दुई सय ६९ हेक्टर मात्र जमिन सिँचित हुने गरेको कृषि प्राविधिक लक्षिराम महतले बताए ।

    त्यसैगरी, कर्णाली प्रदेशमा वार्षिक २५ हजार टन खाद्यान्न अपुग हुने देखिन्छ । प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशको जनसंख्यालाई वार्षिक तीन लाख ५२ हजार एक मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । तर, प्रदेशमा एक वर्षमा तीन लाख २६ हजार पाँच सय ७३ मेट्रिक टन मात्र उत्पादन हुने गरेको छ । त्यसैले, २५ हजार चार सय २८ मेट्रिक टन खाद्यान्न अपुग हुने मन्त्रालयको तथ्यांक छ । प्रदेशका १० प्रतिशत घरपरिवार उच्च खाद्य असुरक्षामा रहेको मन्त्रालयले जनाएको छ ।

    सुर्खेत, रुकुमपश्चिम र सल्यान जिल्लामा मात्र स्थानीय उत्पादनले धान्ने गर्छ भने बाँकी जुम्ला, कालिकोट, दैलेख, मुगु, डोल्पा, हुम्ला र जाजरकोट जिल्लामा खाद्यान्न अभाव हुने गरेको छ । कर्णाली प्रदेशका २२ दशमलव पाँच प्रतिशत घरधुरी मात्र खाद्यान्न उत्पादनमा आत्मनिर्भर छन् । बाँकी ७७ दशमलव पाँच प्रतिशत घरधुरीले आयातित खाद्य वस्तु किनेर गुजारा चलाउनुपर्ने अवस्था रहेको मन्त्रालयको तथ्यांक छ ।

    कर्णाली प्रदेशमा कुल क्षेत्रफलको १२ प्रतिशत मात्र जमिन खेतीयोग्य छ । तर, खेतीयोग्य जमिनको ७५ दशमलव पाँच प्रतिशतमा मात्र खेती भइरहेकोले यहाँको उत्पादनले आवश्यकता पूर्ति गर्न नसकेको मन्त्रालयका उपसचिव हरि पण्डितले बताए । ‘खेतीयोग्य जमिनमध्ये पनि २३ प्रतिशत भूमिमा मात्र सिँचाइ सुविधा छ,’ उनले भने ।आत्मनिर्भर छैन प्रदेश कर्णाली प्रदेशमा बर्सेनि खाद्यान्न अभाव हुने गर्छ । त्यति मात्र होइन, तरकारी, फलफूल, दाल र मासुजन्य उत्पादनमा पनि प्रदेश आत्मनिर्भर छैन । वार्षिक दुई हजार तीन सय ७४ मेट्रिक टन तरकारी अपुग हुन्छ भने एक हजार आठ सय ८४ मेट्रिक टन फलफूल, एक हजार ६५ मेट्रिक टन आलु र पाँच सय ५१ मेट्रिक टन दाल अपुग हुने गरेको छ । नयाँ पत्रिका

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.