Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एनसेल लाभकर छली : ‘राज्य–पुँजीपतिको कारोबारको प्रबन्ध समिति’ बनेको एक सटिक उदाहरण !

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ २६, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    तत्कालीन युरोपमा पुँजीवादले जसरी रजगज गरिरहेको थियो, यसले राज्यका अधिकारीहरु मार्फत आफ्नो लुटको साम्राज्य कायम गर्न र जनतामाथि चरम शोषण र दमन गर्न जसरी राज्यको दुरुपयोग भइरहेको थियो, उपरोक्त परिघटना अनुसार राज्यको चरित्रलाई उदांगो पार्दै मार्क्स–एंगेल्सले सटिक वाक्यमा कम्युनिष्ट घोषणापत्रमार्फत निश्कर्ष दिए ‘आधुनिक(पुँजीवादी) राज्य भनेको तमाम पुँजीपतिहरुको कारोबारको सामान्य प्रबन्ध समिति मात्रै हो’।

    पुँजीवादी समाजमा राज्यको आम चरित्र कस्तो हुन्छ ? भन्ने सन्दर्भमा उक्त निश्कर्ष निकै बेजोड रहेको थियो। पुँजीवादले के–के गर्न सक्छ भनेर मार्क्सले घोषणापत्र देखि पुँजीको ३ भागसम्म जे जति लेखे वस्तुतः तिनै विश्लेषण आधारभूत रुपमा आजपर्यन्त सान्दर्भिक रहेको देखिन्छ। पछिल्लो समय नेपालको राज्यसत्ताको चरित्र के–कस्तो छ ? भनेर खोज–अनुसन्धान गर्ने हो भने उपरोक्त निचोडलाई पूर्णतः पूष्टि गर्ने तमाम फेहरिस्त प्राप्त गर्न सकिन्छ।

    हालसालैको बहुचर्चित एनसेल करछली प्रकरण यसलाई पुष्टि गर्ने बडो सान्दर्भिक तथ्य रहेको छ। यसमा, बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले अर्को कम्पनी एजियाटालाई एनसेल बिक्री गर्‍यो। कुनै पनि माल खरिदबिक्री गर्दा राज्यलाई कर तिर्नुपर्ने कुरा सामान्य विषय हो। तर एनसेल खरिदबिक्री हुँदा कर तिरिएन। कर कुन कम्पनीले तिर्नुपर्ने भन्ने उनीहरुबीचको खरिदबिक्री सम्झौता अनुरुप हुनु स्वभाविक हो। तर कर नै नतिर्ने भन्ने हुँदैन। तर एनसेलद्वारा कर असुली नगराउनमा राजनीतिक, प्रशासनिक, कानुनी लगायतका गिरोहहरुको ठुलै चलखेल भएको कुरा ‘ओपन–सेक्रेट’ जस्तै बनिसकेको छ।

    निकै ठूलो जनदबाब पश्चात, ठूला करदाताको कार्यालयले करिब ६५ अर्ब पुँजीगत लाभकर निर्धारण गरि सो दाखिला गराउन एनसेललाई पत्र पठायो। एनसेलले करिब २६ अर्ब तर तिर्‍यो। बाँकी कर चुक्ता गर्न म्याद जारी गरेर करदाता कार्यालयले पत्र जारी गर्‍यो। तर एनसेलले तिर्नुको साटो तोकिएको कर अनुपयुक्त रहेको दाबी गर्दै सर्वोच्चमा निवेदन दियो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेर ठूला करदाताको ताकेतालाई रोकिदियो। अन्ततः एनसेलको पक्षमा फैसला गर्दै ठूला करदाताको कार्यालयले निर्धारण गरेको करको मात्रालाई खारेज गरिदियो। अनि बाँकी रहेको करिब ३९ अर्ब करमा एनसेलको मागदाबी अनुसार करिब १८ अर्ब मात्रै तिनुपर्ने सर्वोच्चको फैसलाले करिब २१ अर्ब देशको राजस्व गुम्ने परिस्थिति निर्माण भएको छ। र, यसरी राज्यको सम्मानित अदालतले एउटा पुँजीपतिको कारोबारको प्रबन्ध समितिको भूमिका अब्बल दर्जामा निर्वाह गरेकोछ। संविधानत अदालतको फैसललाई अवज्ञा गर्न त के कुरा विरोध गर्न पाइदैन, यस फैसला आम विरोधको विषय बनेकोछ। यस फेसलाबारे पूनरावलोकन गरिनु पर्ने बारे प्रतिपक्षाका नेताले भनेका छन् भने संसदमा दिनहुँ सत्ता र प्रतिपक्ष सांसदहरुले पुनरावलोकनका साथै फैसलामा संलग्न न्यायधिसहरुलाई महाअभियोग लगाउनु माग उठिरहेकोछ। यसरी नै सामजिक सञ्जाल र सडक यसै फैसलाविरुद्धमा देखिएकाछन्।

    मुलुकको बजेट राजस्व बढाउन चारैतिर कर क्षेत्रहरु खोजमा छ, यसले गरीवनिमुखाका बारीमा फलेका साग र फर्सीका मुन्टाहरुलाई पनि निमोठ्न थालेको छ । तर ठूला करदाताको कर छल्ने कुप्रयट्टनमा भने विभिन्न क्षेत्रका ठूलै सञ्जालयुक्त गिरोहहरुको सक्रियता भएको र अद्यापि जारी रहेको अनुमान लगाउन सकिन्छ। किनकि, कानुनतः राज्यकोषमा दाखिला हुनुपर्ने र जनसेवामा खर्च गरिनुपर्ने ठूलो रकम केही नेतृत्व, प्रशासक, कानुनी मतियार आदिको मिलेमतोमा ठूलो मात्रामा छुट गराएका कैयन प्रमाणहरु नेपाली अखवारका मुख्य समाचार बनिरहेकाछन् । तर, करको ठूलो अंश मिनाहा गरी केही अंश प्राप्त गरी गोजी भर्ने कुकृत्य गर्ने गिरोहका अघि राज्यसंयन्त्र लाचार बनिरहेकाे सर्वसाधारणले समेत औंल्याइरहेका छन्। अब सबैले भन्दैछन्, ती नै असली दलाल पुँजीपतिहरु हुन् र समाजवादको बाटोका खुंखार दुश्मन हुन्।

    जस्तो कि, केही समय अघि सरकार स्वयम्ले कानुनतः निर्धारण गरेको कर विभिन्न व्यापारिक सँस्थाबाट असुली हुन सकेन र सरकार ‘कर फछर्योट आयोग २०७१’ गठन गर्‍यो। उक्त आयोगले असुली हुन नसकेको कर असुल्ने भन्दा कर तिर्नुपर्ने व्यापारीहरुलाई कर मिनाहा गर्ने काम चाहिँ प्राथमिकताका साथ गर्‍यो।

    चुडामणि शर्माअध्यक्ष रहेको लुम्बध्वज महत र उमेशप्रसाद ढकाल सदस्य रहेको उक्त आयोगले कर असुली गरेर फछर्योट गर्ने हैन ठूलो मात्रामा कर मिनाहा गर्ने साथै तिरिसकेको कर समेत ‘न्याय गर्नुपर्ने देखिएको’ भन्दै कर फिर्ता समेत गरिदिएको थियो।

    उक्त आयोगले ३० अर्ब ५२ करोड ४६ लाख कर असुली हुनुपर्ने अवस्थामा कर मिनाहा गरेर ९ अर्ब ५४ करोड ५८ लाख मात्रै कर असुलेको थियो। र, करिब २१ अर्ब देशको राजस्व गुम्यो। र उक्त आयोग मार्फत पुँजीपतिको हितार्थ राज्यले आफ्नो कारिन्दागिरीको असली भूमिका निर्वाह गर्‍यो।

    यसरी हरेक परिघटनामा राज्य स्वयम्ले बनाएको नियम, कानुन जब पुँजीपतिको हित विपरीत देखापर्छ तब उक्त कानुनको घाँटी निमोठ्न राज्य स्वयम् तयार हुन्छ, किनकि जुन राज्य छ त्यो वस्तुतः पुँजीपतिको त्यस्तो असली कारिन्दा हो जसले मालिकको लागि आफ्नै सन्तानको घाँटी निमोठ्न तयार भैदिन्छ।

    यस्ता अनगिन्ती फेहरिस्तहरु भेट्टाउन सकिन्छ जहाँ राज्यले पुँजीपतिको कारिन्दागिरी गरेको छ, अनि जनताले पुँजीपति मार्फत प्राप्त गर्नुपर्ने अंशियारी खोसिएको छ। किनकि, सिद्धान्ततः राज्य त्यस्तो निकाय हो जहाँबाट जनताले सेवा, सुविधा, सहुलियत प्राप्त गर्नुपर्ने हो तर स्वयम् राज्य भने पुँजीपतिको कारिन्दा मात्रै बन्ने र जनतामाथि नियम, कानुनको डण्डा बर्साएर दमनको हतियार बन्ने परिचक्र आजको सबैभन्दा ठूलो कारक बनिरहेको छ जहाँ राज्यले आफ्नो वैधानिकता समाजवादी बाटो उन्मुख नलाग्ने शंकामा मलजल गर्दैछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.