Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
Sunday, May 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालको लकडाउन समयमा नै- क्यानडा अस्तव्यस्त

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख ४, २०७७
- यो हप्ता, विचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अशोक खड्का, क्यानडा । आज भन्दा ठीक १ महिना १५ दिन (जनवरी २९ मा पहिलो मामला) पहिले क्यानडामा जम्मा २४ जना मात्रै का मामलाहरु भेटिएको थियो, त्यसबेला चीन बाहेक सबै देश अलमलको अवस्थामा थिए । त्यसको लगत्तै १ हप्ता पछि क्यानडाले आंशिक लकडाउन साथै रोकथाम र सचेतनाको निम्ति सबै गऱ्यो तर आज सम्म आँउदा संक्रमित हुने र मृत्यु हुनेको शंख्या झन् डरलाग्दो ढंगले बढि रहेको छ। आजसम्म क्यानडा संक्रमित – २८३७९, मृत्यु – १०१० सहित संसारकै १२ औं स्थानमा छ।

    नेपालमा पहिलो मामला क्यानडाभन्दा एक हप्ता अघि देखिएको थियो। नेपालले समयमा नै लकडाउन गर्ने धेरै राम्रो काम गरेको छ तर लकडाउनबाट उत्पन्न भएका नागरिकका समस्या र कठिनाईको ब्यवस्थापन गर्न सकिरहेको देखिएको छैन।

    लकडाउन कोभिड-१९  रोक्ने एउटा प्रभावकारी उपाय त हो तर लकडाउन लगायत अरु धेरै प्रभावकारी उपाय अपनाए पनि क्यानडामा संक्रमण तिब्र गतिमा फैलिरहेको छ।

    क्यानडाको सबै कुरा कम्प्युटराईज् छ। स्वास्थ्य सेवा र सुविधाको हिसावले यो संसारकै टप १० मा पर्छ। आफ्ना नागरिकको निम्ति करिव करिव निशुल्क सेवा छ। यहाँ प्राईभेट क्लिनिकहरु छन् तर त्यो सबै निशुल्क छ। यहाँ नाफाखोर कुनै प्राईभेट अस्पतालहरु छैनन्। ठूला, साना, धनी गरिव, शक्तिसाली सबैलाई समान ब्यवहार र औषधोपचार हुन्छ।

    भिडभाड कम गर्न, अत्यावश्यक काम/सेवा बाहेक अरु काममा मान्छेहरु नजाउन् भनेर, साथै कोभिड-१९  को कारणले आम्दानी गुमाएका वा कम भएकाहरु सबैलाई सरकारले महिनाको $२००० (२ हजार डलर) ४ महिना सम्म आपतकालिन राहत उपलब्ध गराएको छ। स्कूल/कलेज/युनिभर्सिटी बन्द भएको कारणले पढाई अनलाईन शुरु गरेको छ। अनलाईन पढ्न ईन्टरनेट र डिभाईस-कम्युटर नभएकाहरुलाई सरकारले साना कक्षा देखी ठूला कक्षाका बिद्यार्थीहरु लाई ईन्टरनेट स्टिक र डिभाईस (iPad वा computer) निशुल्क उपलब्ध गराएको छ । यति मात्र हैन घरमा पढ्ने खर्च भनेर प्रति ब्यक्ति (बच्चाहरुको) महिनाको $२०० देखि $२५० सम्म दिएको छ। यसको साथै हरेक बच्चाको नियमित Child Benifit मा अर्को थप $३०० दिदैछ।

    साना ब्यपारीहरुलाई $४२००० सम्म निर्ब्याजी ऋण र ७५% wage subsidy उपलब्ध गराएको छ। साथै स्थानिय र प्रदेश सरकारहरुले आफ्ना छुट्टै थप राहात पनि उपलब्ध गराएका छन्।

    यति मात्रै हैन यो लकडाउनलाई पूर्ण पालना गराउन हरेक स्थानिय निकायहरुले आ-आफ्नो ढंगले नयाँ ईमर्जेन्सी कानून/बिधान बनाएका छन् यो उलङघन गर्नेलाई $८०० देखी $१००००० (१ लाख ) जरिवाना सम्म गराएका छन्।

    यस्तो ब्यवस्थित ढंगले कोभिड-१९ को बिरुद्धको लडाई लड्दा पनि क्यानडाले अपेक्षित सफलता पाउन सकेको छैन।

    अरु धेरै देशको अबस्था देखेर संक्रमणको शुरुवाती चरणमा रहेको नेपालले समयमा नैं Covid-19 को बिरुद्ध आबश्यक श्रोत र साधन सहित प्रभावकारी ब्यवस्थापन नगर्ने हो भने बिकराल अबस्था आउने निश्चित छ।

    नेपालको सरकारले गर्न चाहेर पनि खै के खै के नमिलेर हो लथालिङ्गे अबस्था देखिएको छ। ढुकुटीमा भएको बिकाश बजेटको पैसा हिजो देखिनै करिव ३०% भन्दा बढि खर्च भएको हुँदैन। त्यो पनि जेठ- असारे हिलोमा पिचको गुन्द्री ओछ्याएर सकिन्छ। त्यसैले बिकाश बजेटमा छुट्याएको त्यो फ्रिज हुने रकम, सबै सांसद, मन्त्रीहरुको केहि महिनाको तलब, सांसद बिकाश कोषको रकम  कोभिड-१९ द्वारा प्रभावित गरिव, दुखी, मजुदुर, भुँईं वर्गका जनतालाई राहत स्वरुप बाँडियोस्।

    र नेपाल साँच्चिकै ब्यवहारमा नैं समाजवादको बाटो तर्फ उन्मुख हुने हो भने सबै प्राईभेट मेडिकल कलेजहरु, हस्पिटलहरुलाई आबश्यक मुअब्जा दिएर राष्ट्रियकरण गरियोस् । यो नैं अहिले सम्मको सहि समय हो। सरकारको आलोचना हैन यो रचनात्मक सुझाव हो । 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.