Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चुम्बनका गीत र पंचमोह: सांस्कृतिक पतनतर्फ नेपाली कम्युनिष्ट

झंकेश्वर दास झंकेश्वर दास
मंसिर १९, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिवार मात्रै फेरि अर्को बयानवाजी दिएका छन्: एमालेको चितवनमा भएको महाधिवेशनलाई इंगित गर्दै उनले भने, ‘पंचायतकालको अन्त्यतिर पंचायत नै शक्तिशाली भएको देखाउन भीड उतार्ने गरिन्थ्यो। चितवनमा एमालेले गरेको पनि त्यही हो।’ चितवनमा कसरी भीड जम्मा गरीयो, त्यसका लागि के–के गरीए र त्यसका प्रायोजकहरू कोको थिए, त्यो पक्कै पनि बहसको विषय हो। तर यसलाई छाडेर नेपाली कम्युनिष्टहरूमा पछिल्लो पटक देखिएको पंचायत र पंचमोह, मण्डलेकरण र सांस्कृतिक पतनका बारेमा केही चर्चा गर्नु आवश्यक लाग्यो।

    शुरु प्रचण्डबाटै गर्यौँ। गत असार महिनामा प्रचण्डले एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि टिप्पणी गर्दै भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गरे र भने, ‘कमसेकम राजाको सान त थियो।’ राष्ट्रपति विद्यादेवी भण्डारीले चालेका गैरसंवैधानिक कदमका बारेमा टिप्पणी गर्न सकियो। उनलाई भरमार आलोचना गर्न सकियो तर उहाँ प्रचण्डले उल्लेख गरेको ‘सान’को विषयले प्रचण्डमा रहेको सामन्तवादी चेतनाको संकेत गर्छ? प्रचण्ड कुन सानको कुरा गरिरहेका छन्? सान, सौकात, फुर्ति र घमण्डका विषय सामन्तवादी र लघुचेतनाका द्योतक हुन्। एउटा क्रान्तिकारीले सदैव सोच्ने कुरा न्याय, समानता र मुक्ति हो। सबैको बराबरी हो। सबैको बराबरीमा न कसैको सान हुन्छ, न कसैको अपमान। एउटाको सान हुनुको अर्थ हो, अर्कोको तिरस्कार। एउटा शासक, अर्को रैती।

    दलित, महिला र बंचितीमा परेका समुदायको हितका लागि लडेर केही हदसम्म तिनको अधिकार पनि स्थापित गरेका प्रचण्डले मृत राजसंस्थाको सान थियो भनेर ठान्नु ननिको विषय हो। प्रचण्डले पढेको र बुझेको समता र न्यायविपरित कुरा हो सान। पंचायती राजा अँध्यारो, अशिक्षा र अविकासको बुई चढेर आफ्नो सान देखाउँथ्यो। त्यही राजाको नक्कलझक्कल, बढाईँ र सवारीलाई गणतन्त्रका नेता प्रचण्डले सान देख्नु लज्जाको कुरा हो। न ठुलो न सानो, सबै समान छन् भन्ने कम्युनिष्ट नेताले सानमानको यस्तो व्याख्या गर्नु सांस्कृतिक रूपमा पतन भएको संकेत हो।

    केही दिनअघि मात्रै यिनै प्रचण्डले ‘फेरि पनि नेपाललाई हिन्दू राष्ट्र बनाउँछु’ भनेर कस्सिएको मण्डले पार्टीको महाधिवेशनमा पुगेर फेरि त्यस्तै स्तरको टिप्पणी गरेर र भने, ‘राप्रपाको राष्ट्रवाद र हाम्रो राष्ट्रवाद एउटै हो। राप्रापसँग मत, विचार र दर्शन मिल्दैन तर गोत्र मात्रै मिल्छ।’ यो टिप्पणीलाई एकातिरबाट हेर्दा दुई अर्थ लगाउने खालको छ तर यसबाट निचोड के निक्लन्छ भने राप्रपा र माओवादीको राष्ट्रवाद एउटै हो। के साँच्चै त्यस्तै हो? राजा, काल्पनिक देउता र मानव निर्मित शोषण औजार; धर्मलाई केन्द्रमा राखेर हिँड्ने मण्डलेहरूको राष्ट्रवाद र देशका सबै जाति, लिंग र भाषाभाषीको आत्मसम्मानको कुरा गर्ने माओवादीका राष्ट्रवाद एउटै हो? प्रचण्डले के आधारमा राप्रपालाई राष्ट्रवादी देखेका हुन्? कमल थापा र राजेन्द्र लिङ्देनका सुकिला टोपी र दौरासुरुवालको वास्नामा त भुलेनन् प्रचण्ड?

    सोही कार्यक्रममा अर्का कम्युनिष्ट नेता सिपी मैनालीले राजा महेन्द्रको राष्ट्रवादको गाथा गाए। जो मण्डलेहरू जनताका छोराछोरीले शासन गर्ने गणतन्त्र हटाएर राजतन्त्र ल्याउन चाहन्छन्, तिनैको कार्यक्रममा गएर मैनालीले महेन्द्रको महिमा गाउनुको के सन्देश हो? शासकले आफ्ना सीमाना र राज्य जोगाउन खोज्छन्, किनकि शासन गर्नका लागि भूगोल र जनता आवश्यक पर्छ। महेन्द्रले पनि आफ्नो मौजा र सम्पत्ति जोगाउन विदेशी शासकहरूसँग राम्रोसँग कुरा गरे होला, तर आजका दिनमा त्यसको अर्थ के, त्यसको आशय के?

    पतनकै कुरा गर्दा अर्को एउटा सन्दर्भ चर्चा गर्न मन लाग्यो। अहिले देशैभर सबैजसो पार्टीका वडा, गाउँ र राष्ट्रिय सम्मलेन चलिरहेको छ। राप्रपा र कांग्रेसको सांस्कृतिक सन्दर्भ यहाँ नजोडौँ किनकि राप्रपा पंचायतको ऐजेरु पार्टी हो। पंचायतमोह र पंचायतको उत्थानका लागि जन्मेको राजावादी पार्टीसँग भक्तिभाव, फुर्तिफार्ती, सानसौकात र शक्तिबाहेक अरु विषयका कुरा हुने भएनन्। त्यस्तोमा जनताको संस्कृतिको कुरा नै भएन।

    यता, कांग्रेसले सांस्कृतिक कुरा गर्न छाडेको दशकौँ भएको छ। कांग्रेसका कार्यक्रमहरूमा २०४६ यता नै उसका विशाल जनसभा तथा सांस्कृतिक सभामा ‘चुम्मा चुम्मा देदे’मा गाना बजाना चल्थ्यो। त, यिनै कुनै कमरेडी अधिवेशन (माओवादीकै अधिवेशन थियो त्यो) मा ‘हिजो राती सपनीमा चुम्बन गर्यौ राजै’ गीतमा कुनै नर्तकी नाचिरहेकी थिइन्। नर्तकीको पछाडीका कमरेडहरू तिनको पछाडि थपडी बजाइरहेका थिए। चुम्बनसँग मेरा कुनै असहमति छैनन्, जसरी कुनै शासकले चुम्बन मन पराउला, एउटा क्रान्तिकारी कमरेडले पनि चुम्बन अवश्य नै मन पराउँछ। चुम्बन प्रेमको एउटा अभिव्यक्ति हो। यसमा आपत्ति छैन।

    तर आपत्ति र प्रश्न यसमै हो कि आजका कम्युनिष्टहरूका महत्वपूर्ण कार्यक्रमहरूमा चुम्बनकै गीत किन चाहिए? किन त्यस्तामात्रै गीत पाइए? रामेश, रायन, अरिम, जेबी टुहुरे, जीवन शर्माहरूका जीवनवादी गीतहरू हामीसँग छैनन्? कि अब यस्ता गीतहरू नबजाइकन, महिलाहरूलाई उत्तेजक गतिहरूमा ननचाइकन आफ्ना कार्यक्रममा जनताहरू बस्दैनन् भन्ने त्रास हो? कि कार्यक्रम आयोजना गर्ने कमरेडहरूलाई जनसंस्कृतिका बारेमा जानकारी नै छैन? महिला समता, दलन, मानवताका पनि गीत छन् नेपाली अडियो भण्डारमा। त्यो हेर्ने, सुन्ने र सुनाउने फुर्सद नभएको हो अब?

    स्खलनकै प्रश्नमा केही पहिले मोहन वैद्य र भक्तपुरका सनातन ‘राजा’ले राजाबारे दिएको वक्तव्य पनि उल्लेख गर्नु आवश्यक छ। उनीहरूले अहिले अस्तित्वमै नभएको राजाका बारेमा बोल्दै राष्ट्रिय स्वधिनताका लागि पूर्वराजाको साथ लिन सकिने उल्लेख गरेका थिए। भिन्न आन्दोलन र क्रान्तिमार्फत राजतन्त्र फाल्नकै लागि योगदान दिएका पार्टीका यी अलग नेताहरूको वक्तव्यले यी नेताहरू क्रान्तिको प्राप्तिको रक्षाका लागि असमर्थ रहेको बुझिन्छ। यस्ता अभिव्यक्तिबाट यिनको राजतन्त्रमोह या वैचारिक स्खलन प्रष्टिन्छ।

    भड्किला मंच, खर्चिलो साजसज्जा र पूँजीवादको जस्तो ब्रान्डिङ कम्युनिष्टको चरित्र र विशेषता होइन। जनताको न्याय र सबै खालको समताका लागि लड्छु भन्नेहरूका लागि अनावश्यक तमासाको के अर्थ? शासनसत्तामा पुगेर डेलिभरी पो दिने हो। तर अचेल कम्युनिष्ट पार्टीकै कार्यक्रमहरूमा भएका खर्च देख्दा जिभ्रो काढ्नुपर्ने अवस्था छ। पंचेबाजा, झकिझकाउ द्वार, झण्डा र पताकाको प्रदुषण, सांस्कृतिक कार्यक्रमका नाममा भद्धा गीतवाद्य र नाच।

    चितवनकै एमाले महाधिवेशनको कुरा गरौँ। ‘सर्वहाराको पार्टी’मा लाखौँको महंगो मंचको नै आवश्यकता किन थियो? सर्वहाराहरूले तिरेको लेबीको खर्च गर्ने ठाउँ थियो त्यो? उसमाथि एमालेजनका हेडमास्टरले पहिल्यै पशुपति र सानो रामको चर्चा गरेर सांस्कृतिक रूपमा आफ्नो स्खलन उजागर गरिसकेका थिए। फुर्तीका लागि मंच र काल्पनिक देउताका नाममा यो खर्च केका लागि? के हाम्रा मुद्धा यिनै हुन्? ४० लाख युवा परिवार छाडेर खाडीमा श्रम बगाइरहँदा हाम्रा असली मुद्धा मंचको डेकोरेसन, पशुपतिको सुन र सानो रामको मन्दिर हुनुपर्ने हो?

    कुनै बेला झोलामा मकै भटमास बोकेर सामान्य पहिरनमा गाउँठाउँ डुल्दै न्याय र स्वतन्त्रताका शिक्षा पढाएका र आज चेतनाले नै बुढा भएका यी कम्युनिष्ट नेताहरूका यस्ता हर्कत र वक्तव्यवाजी देख्दा लाग्छ, सर्वनास टाढा छैन। म आफूलाई कम्युनिष्ट भन्ठान्छु, अतः नास्तिक हुँ। कम्युनिष्टले कुनै छुमन्तर र जादुमा विश्वास हुने कुरो पनि भएन। तर यदि पुकारा सुन्ने कुनै ईश्वर हुन्थ्यो भने मार्क्सलाई उनकै चिहानबाटै बोलाएर पतनमार्गतर्फ उन्मुख यी नेताहरूलाई प्रशिक्षण दिनका लागि आग्रह गर्थे।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झंकेश्वर दास

      झंकेश्वर दास

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.