Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कुबेतमा कोरोनाले गुमेको साथीको सम्झना : उसले जुम्ल्याहा छोरासमेत देख्न पाएन

सन्तोषसँग लामो समय कुबेत अनी इराकमा समेत सँगै काम गरेको हुनाले उनी मेरा नजिकका मित्र थिए। नेपालको ठेगानामा हामी भौगोलिक हिसाबले टाढा थियौँ तर सन्तोष र उनका परिवारका सदस्यहरूसँग भावनात्मक हिसाबले भने नजिक थिएँ।

हरिकृष्ण न्यौपाने हरिकृष्ण न्यौपाने
कार्तिक ७, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोरोना (कोभिड–१९)का कारण संसारभर धेरै उतार–चढाब भई रहेका छन्। सन् २०१९ डिसेम्बरबाट देखिएको कोभिड संक्रमणले विश्वको सबै ठाउँ प्रभावित रहे। अझै त्यसका प्रभाव र असरहरू सर्वत्र छन्। भाईरस संक्रमणका कारण लाखौँले ज्यान गुमाए। लाखौंका खुशीहरु बिचमै खोसिए। यो लेखमार्फत कोरोनाको कारण १५ अप्रिल २०२१ का दिनमा कुबेतमा ज्यान गुमाएका सुनसरीका ३८ बर्षिय सन्तोष कुमार दर्जीको घटनाबारे लेख्दै छु। सन्तोषसँग लामो समय कुबेत अनी इराकमा समेत सँगै काम गरेको हुनाले उनी मेरा नजिकका मित्र थिए। नेपालको ठेगानामा हामी भौगोलिक हिसाबले टाढा भए पनि म सन्तोष र उनका परिवारका सदस्यहरूसँग भावनात्मक हिसाबले भने नजिक थिएँ।

    सन्तोषको बाल्यकाल

    लेखक हरिकृष्ण न्यौपानेसँग दिवंगत सन्तोष कुमार दर्जीको पुरानो तस्वीर।

    बुवा पूर्ण दर्जी र आमा मिठू दर्जीका ३ छोरी र २ छोरामा कान्छो सन्तानका रूपमा सन् १९८२ जनवरी २२ मा सुनसरीको बारहाक्षेत्र नगरपालिका–६, मुनाल चोकमा सन्तोष जन्मेका थिए। सन्तोष सानै देखी नयाँ कुराहरुलाई टपक्कै टिप्ने क्षमताको भएको उनका दाजु राजु दर्जी सम्झिन्छन्। उनी थप्छन्, ‘भाइ निकै मेहनती र फास्ट लर्नर थियो। १२ कक्षा पास गरेपछि मैले नै उसलाई सन् २००३ मा कुवेतमा आफँै कार्यरत कम्पनीमा ल्याएको थिएँ। कुवेत र यूएयीमा मैले पनि लामो समय बिताएर अहिले घर फर्किएँ तर भाईलाई भने घर फर्काउन सकिएन। अब धेरै विदेश बस्दिनँ, छिट्टै फर्किन्छु भन्दै कोरोनाको महामारीकै बिच ७ महिना अघि (२०२० सेप्टेम्बर)मा मात्र यूएयीमा १४ दिन क्वेरन्टाइन बसी कुवेत पुगेको भाई अब कहिल्यै नफर्किने भयो। सास त के पापी कोरोनाले गर्दा लाशसमेत देख्न पाइएन भाईको।’

    सन्तोषको बैबाहिक र पारिवारिक अवस्था

    सन्तोषको मागी विवाह बिराटनगरकी समुन्द्र दर्जीसँग बि.सं. २०६४ फाल्गुन ११ गते भएको थियो। कुबेतबाट छुट्टीमा आएर विवाह गरेका सन्तोषले आफ्नो जीवनसंगी समुन्द्रलाई बि.सं. २०६६ देखी २०६८ सम्म कुबेतमै लगेका थिए। मैले पनि समुन्द्रलाई कबेतको रिगाइमा पहिलो पटक भेटेको थिएँ। धेरै मिल्ने साथी भएका कारण सन्तोष र उनको श्रीमती समुन्द्रसँग मेरो राम्रो आउजाउ हुन्थ्यो। एक पटक हामी क्रिसमस मनाउन कुबेतको चर्चमा पनि सँगै गएका थियौँ। समुन्द्र २ बर्ष कुवेत बसेर गर्भवती भएपछि नेपाल फर्कीइन्। उनिहरुको बि.सं. २०६८ माघमा बच्चा जन्मियो र बाबुको नाम स्मिथ राखियो। सन्तोषले बच्चा जन्मिएको उपलक्ष्यमा साथीहरूलाई बोलाएर कुबेतमै पार्टी पनि दिएको अझै सम्झना छ। समुन्द्रले पनि ठुलो बाबु जन्मिएपछि नेपालमै बसेर स्टाफ नर्स पढ्दै बुवा–आमासहित घर व्यबहार सम्हालिन्।

    हरेक बर्ष छुट्टीमा आउने जाने हुँदै गर्दा सन्तोष र मबीच बीच–बीचमा घरायसी लगायत प्रगतिका कुरा हुन्थ्यो। सन्तोष लि–रोयल होटलको बाजा क्याफेमा मेनेजरको रूपमा काम गर्थ्यो अनि नयाँ शाखा खोल्न समय–समयमा साउदी अरब पनि जानु पर्थ्यो उसलाई। जब कोरोनाको प्रकोप आयो, कुबेत र साउदीमा ब्यापारमा पनि गिरावट आयो अनि उसले सन् २०२०को फेब्रुअरीमा नेपाल छुट्टी आउने निर्णय गर्यो। नेपाल आएपछि अन्र्तर्राष्ट्रिय रूपमै उडानहरू ठप्प भए। सन्तोष सपरिवार नेपालमा लामो समय बस्यो।

    बेला–बेलामा फोनमा कुरा हुँदा लामो समयसम्म सपरिवार बस्दाको सुखद अनुभब सुनाउँथ्यो। समुन्द्र पनि १० बर्षको छोरोलाई पढाउँदै नर्सको काम गर्दै थिइन् बिराटनगरमा। दुखम् सुखम् उनीहरूले संयुक्त रूपमा बिराटनगरमै सुबिधायूक्त नयाँ घर पनि बनाएका थिए। लकडाउन र छुट्टीको सदुपयोग गर्दै घरको फिनिसिङमा आफैँ जुटेका थिए सन्तोष। उ भन्थ्यो, ‘बुवा–आमाको मेहनतको घर त सुनसरीमा छ। यता बिराटनगरमा पनि एउटा घर बनाउँदै छौँ हामी दाजुभाइ मिलेर।’ करिब सात महिनाको छुट्टी कटाएर सन्तोष सन् २०२० सेप्टेम्बर २६ तारिकमा गर्भवती श्रीमतीलगायतको परिवारलाई छोडेर उनी यूएयी हुँदै कुवेत फर्किए।

    जुम्ल्याहा छोराहरूले सन्तोषलाई देख्नै पाएनन

    यूएयीमा १४ दिन क्वारेन्टाइन बसेर सन्तोष सेप्टेम्बर–२०२०को अन्तिममा कुबेत फर्किए। कोरोनाको कारण साउदी अरब जानु नपरेकाले कुबेतकै शाखामा काम गर्थे उनी।उता कुबेतमा कामकाजमै दिन बित्दै थियो भने यता नेपालमा पनि बि.सं. २०७७ कार्तिक ३० गतेका दिन उनिहरूको जुम्ल्याहा छोराहरू जन्मिए। जुम्ल्याहा बच्चा जन्मिएको खुशीको कुरालाई बाँढ्दै सन्तोषले फोनमा भनेथ्यो, ‘सँगै बसेर जुम्ल्याहा बच्चा जन्मिएको खुशी साट्न पाइएन यार। कोरोनाले गर्नु गर्यो। इन्सल्ला, २०७८ सालको दशैँमा घर जान्छु, त्यो बेलामा त बाबुहरु ११ महिनाका हुन्छन।’

    हामीबीच समय–समयमा कुरा हुन्थ्यो फोनमै। ८ वर्षको फरकमा जुम्ल्याहा छोराहरू जन्मिएकोमा सन्तोष निकै हर्सित थियो र भन्थ्यो, ‘दुईजना बाबुहरूलाई हुर्काउन श्रीमतीलाई पनि गार्है हुने भयो। यस्तो समयमा समेत सँगै हुन पाईएन। कति बेला बाबुहरुलाई भेटाँझैँ भएको छ।’ यति धेरै कुरा हुँदै गरेको साथीको अप्रिल १५ तारिक, २०२१ का दिन कोरोनाको कारण कुवेतमै मृत्यु भयो। उसले न आफ्ना कलिला जुम्ल्याहा छोरालाई अँगाल्न पायो न त जुम्ल्याहा बाबुहरुले आफ्नो बुवालाई देख्न पाए। सन्तोषलाई पापी कोरोनाले कुबेतमै लग्यो, कहिल्यै फर्कन नमिल्ने गरी।

    सन्तोषसँगको अन्तिम कल

    सन्तोषले मार्च २८ तारिक २०२१ का दिन मलाई म्यासेन्जरमा फोन गरेको थियो। उसले कुवेतको फर्वानिया अस्पतालको बेडबाट भिडियो कल गरेको थियो। त्यति राम्रो बोल्न नसक्ने अवस्थामा उसले लामोलामो सास फेर्दै मलाई भन्यो, ‘मलाई तपाईँको सहयोग चाहिन सक्छ। मलाई कोभिड भएछ, म फर्वानिया अस्पातलमा छु। समुन्द्र र राजु दाईहरूलाई सम्पर्क गरेर मेरो अपडेट दिईराख्नु। अनि मेरो राम्रो उपचारको लागि दुताबासमा पनि कुरा गरिदिनुहोला।’ उसले फोन राखेपछि मेरो मन दिनैभर गर्हुंगो भईरह्यो। यस्तो खाइलाग्दो साथी कोरोनाको कारण निकै सिथिल भएको पाएँ। मैले सन्तोषको दाजु र श्रीमतीसँग पनि नियमित संचार सम्पर्क गरिरहेँ। यता कुबेतमा रहेको उसको गाउँकै साथी फणिन्द्र निरौलासँग पनि सम्पर्कमा रही दुताबास र सन्तोषको कम्पनीसँग संपर्क गरिरहन भने।

    उसले पुनः मार्च ३० तारिकमा मलाई भिडियो कल गर्यो र भन्यो, ‘अहिले त अलिक सुधार भए जस्तो छ यार। अब त बाँच्छु कि?,’ सँगै उसले यो पनि भन्यो, ‘मलाई कोभिड पोजेटिभ मात्र होइन, छातीमा हल्का इन्फेक्सन भएको छ भनेको छ डाक्टरले।’ मैले भने, ‘सन्ते, अरु चिन्ता नलिइकन औषधी–उपचारमा ध्यान देउ, तँलाई छिट्टै ठीक हुन्छ यार, हरेस नखा, म घरमा पनि र तसँग पनि निरन्तर संपर्कमा रहन्छु।’ उसले भन्यो, ‘“बड्डी, आइएम रियल्ली विक दिस् टाइम, प्लिज हेल्प मी इन अ निड।’ मैले उसलाई भनेँ, ‘डन्ट वरी यार, वि आर हेयर, टेक केयर।’ यति भनेर मैले कल राखेँ। त्यही कल नै हामीबीचको अन्तिम कल बन्न पुग्यो।

    उसलाई कोरोनाले भित्री रूपमै कमजोर बनाइसकेका कारण फर्वानिया अस्पतालबाट कोभिडकै लागि बनाईएको ‘कोभिड बिशेष जाबेर अस्पताल’ लगिएछ। मैले त्यहाँको डिउटी इन्चार्ज नर्स ‘नाइमा’सँग उसको स्वास्थ्य अवस्थाबारे अपडेट लिईरहन्थेँ र सन्तोषको स्वास्थ्य अवस्था अझै खराब हुँदै गरेको कुरा मन नलाग्दानलाग्दै पनि सन्तोषको श्रीमती र दाईलाई सुनाइ रहनु पर्थ्यो। यता सन्तोषकै छिमेकी साथी फणिन्द्र निरौला पनि कुबेतमै धेरै चिन्तित थियो। उसले पनि सन्तोषको मेनेजरसँग सहकार्य गर्दै अस्पातलको सिसा बाहिरबाटै भए पनि कोभिडको बिशेष भेन्टिलेसनमा अचेत रुपमा ढलिरहेको सन्तोष फोटो र भिडियो पठाउँथ्यो।

    सास र लाश कुवेतमै बिलायो

    सन्तोषको जीवनको करिब १८ बर्ष लामो उर्जाशिल समय र जवानी कुबेत,इराक र साउदी लगायतका मरुभूमी देशहरूमा बित्यो। सुखी जीवनका लागि सस्तोमा समेत पसिना साट्दै सुन्दर भबिश्य बनाउने र स्वदेशमा सपरिवार रिटायर्ड लाइफ बिताउने सपना बोकेका सन्तोषको सास मात्र होइन, लाशसमेत कुबेतमै बिलायो। कोरोनाका कारण मृत्यु भएका ब्यक्तिको शबलाई एक देशबाट अर्को देश लान नपाउने नियम भएका कारण अप्रिल १७ तारिकमा सन्तोषको शबलाई पनि कुवेतको सुलेबियाखातमा अन्त्येस्टी गरियो। पापी कोरोना कारण असंख्य मान्छेहरूले बिदेशमा ज्यान गुमाए। त्यसो हुँदा, धेरैले आफ्ना आफन्तको अन्त्येस्टीमा समेत सामेल हुन पनि पाएनन्। प्रिय साथी सन्तोषको अल्पायूमै भएको अकल्पनिय दुःखद मृत्यू अनि उनको कुबेतमै गरिएको अन्त्येस्टीलाई आज पनि पत्याउन सकिरहेको छैन। प्रिय सन्तोषको मृत आत्माको चिरशान्तीको कामना। मिस यू सन्ते।  -श्रमिकसंजालडटओआरजी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      हरिकृष्ण न्यौपाने

      हरिकृष्ण न्यौपाने

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.