Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

नेपाल रिडर्स नेपाल रिडर्स
मंसिर २, २०७६
- इतिहास, यो हप्ता, समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गएको २० जूनमा बिबिसी नेपालीले खोपबारे एक रिपोर्ट प्रसार गरेको थियो। त्यसलाई नेपाल रिडर्सले केही दिन अघि साभार गरेको थियो। त्यो लेख सरसर्ति पढ्दा ज्ञानबर्द्धक नै थियो तर त्यसले विफरको खोपको इतिहासबारे गलत संप्रेषण गरेको थियो। हुन त पश्चिमाहरुले उनीहरुको औपनिवेशिक विस्तारसँगै एशिया, अफ्रिका र दक्षीण अमेरिकाका स्रोत साधनमात्र होइन ती महादेशका इतिहास र आविस्कारहरु समेतमा कव्जा जमाउन शुरु गरेका थिए। त्यो परम्परा हालपनि कायम नै छ। यो कुरा बुझ्न विफरको खोपको विकास र आविष्कारसम्बन्धी इतिहासलेखनलाई एक उदाहरणका रुपमा लिन सकिन्छ।

    गिर्वाण विक्रम र उनकी रानी विफरले नै मरेकी थिए

    विफर हावाबाट तुरुन्तै सर्ने अति नै संक्रामक रोग हो। यसको मृत्यु दर ३० प्रतिशत रहेको छ। यो पुरापुर कालदेखि नै भएको कुरा ३०० इश्वी पूर्वका मिश्रका मानव अवशेषमा भएका विफर दागले जानकारी दिन्छ।  विशौं शताव्दीमा मात्र विफरले ५ करोडको ज्यान लिएको अनुमान छ । यसले मानव वस्तिका कुनै भागलाई र के राजा के प्रजा कसैलाई छाडेन। हाम्रै देशमा पनि राजा गिर्वाण विक्रम र उनकी रानी यसै संक्रमणले मरेका थिए। नेपाली इतिहासमा विफर महामारी फैलेको अनेकौं दृष्टान्त छन्। नेपालमा परापूर्वकाल देखि नै यसको रोकथामका लागि यसका रोगीबाट अलग रहन पर्ने ज्ञान थियो। यसका रोगीलाई मानववस्तिबाट भन्दा टाढा राख्ने चलन थियो। यसैकारण रणबहादुर शाहका पालामा काठमाडौंका सम्भावित के बृद्ध के बालबच्चा के महिला के पुरुष सबैलाई’ उपत्यका कटाइएको’ थियो। यसबारे नेपाल भाषाको एक विरही गीत हाल प्रचारमा आएको पनि छ । यस्ता चलन विश्वका अनेकन भागहरुमा प्रचलनमा थिए। यो ज्ञान कुन मानव हुल वा जातिले फैलायो, थाहा छैन।

    एडवर्ड जेनर नै किन ?

    जव हामी विफर उन्मूलनबारे कुरा गर्छौं तब एडवर्ड जेनर बाहेक यसमा अन्य व्यक्ति थिए भन्नेबारे कहिले पनि सोच्दैनौ। यदाकदा कुनै खोज वास्तवमा एक व्यक्तिको दिमाग वा ध्यानबाट भएका छन्। तर अधिकांश खोजहरुमा कैयन व्यक्तिका दिमाग र ध्यान परेका र खास प्रक्रिया र परम्पराबाट विकसित भएका हुन्छन्। आगो कसले पत्ता लगायो थाहा छैन। तर यो खोजले मानवमाथि प्रकृतिका कैयन प्रहार र पृथ्वीका अन्य प्राणीलाई वशमा राख्न सक्यो। यसता कैयन खोजहरु छन् जसमा कैयनले ध्यान र ज्ञान लगाए तर प्रायश एक व्यक्तिलेमात्र प्रशिद्धि पाए। यस्तो हुनुमा खोजसम्बन्धी प्रयाशका तत्कालीन सूचना नहुनु भन्न सकिन्छ तर कैयन अवस्थामा सूचना नै लुकाइएका पनि हुन सक्छन्। यस्ता काम पश्चिमा र विश्वका सबैजसो शासकहरुले आफू शासित दुनिया खासगरी महिला, विपन्न वर्ग तथा समुदायका सफलता र गौरवहरु लुकाउने गरेका छन्।  विफर उन्मूलनको मामलामा पनि यस्तै भएको छ।

    यसै परम्परामा दिक्षित बिबिसिबाट विफरको खोपको विकासबारे तथ्यसत्य समाचारमा आलोचनात्मक हुने कुरा नै भएन। त्यसले लेख्यो कि ‘ जेनरले १७९६ मइ १४ का दिन ८ वर्षीय जेम्स फिप्समा काउपक्स भएको घाउको पीप ती बालकलाई दले। उनमा विफरको सामान्य लक्षण (ज्वरो-नेरि डेस्क) विकास भएपनि केही दिनमा उनी निको भए। त्यसपछि उनलाई विफरका रोगीको संसर्गमा राखियो तर उनीलाई विफर सरेन। यही घटनाबाट विफर खोपको आविस्कार भयो।’

    एडवर्ड जेनर

    तर कुरा यहाँबाट शुरु भएको थिएन

    विफरको खोपको विकास परापूर्वकाल देखि र पृथ्वीका अन्य मानववस्तिमा सदियौं देखि हुँदै आएकाथिए। तर ती प्रयाशहरु के कसरी भए र कुन मानव समूह वा व्यक्तिले गरेका थिए सबैजसो नै गुमनाम छन्। ती गुमनाम को थिए ? त्यसबारे जेनर भक्तहरुले कहिल्यै प्रष्ट गरेनन्। जेनरले  सन् १७९६ मइ १४ का दिन जेम्स फिप्समाथि प्रयोग गरेको लेखियो र तर त्यस अघि विश्वका कैयन भाग र कैयन व्यक्तिहरुमाथि प्रयोग हुँदै आएको अनुमान गर्न सकिन्छ। काउपक्स र विफरका संक्रमितबाट स्राव  निकालेर मानवशरीरमा प्रयोग भइसकेका र भइरहेका कुरा पश्चिमाहरुले उपनीवेश विस्तार गर्ने क्रममा मात्र थाहा पाएका थिए। अफ्रिका र एशियाका प्रचलन सिकेर जेनरले गरेको यो प्रयोग भन्दा ७० वर्षभन्दा अघि नै बेलायतमा नै दुई जना व्यक्तिहरुले खोप अभियान चलाइसकेका थिए ।

    एक थिइन् – मेरी वोर्टली मोन्टागु जो टर्कीका लागि बेलायतको राजदुतकी पत्नि। उनका भाई विफरले मरेका थिए भने उनी बाँचेकी थिइन्। त्यसैले उनी आफ्ना बालबच्चालाई विफर लाग्नबाट बचाउने तरिकाबारे जान्न उत्सुक थिइन्। टर्कीमा श्रीमानसँगै बस्दा उनले विफरबाट बच्नका लागि गरिने स्थानीय प्रचलन सिकेकी थिइन्।  त्यो प्रचलन सजिलो थियो- विफरको बिमिराको पीप जम्मा गरेर निरोगी व्यक्तिको छालामा सानो घाउ पारेर सो घाउमा पीप दल्नु। यो प्रचलन १००० वर्ष अघिदेखि चीनमा अभ्यास हुँदै आइरहेको थियो। त्यहाँ विफरका रोगीको नाकभित्रको विमिराको जमेको पीप वा स्राव निरोगीमा राखिन्थ्यो। मेरीले टर्कीको प्रचलनलाई विश्वास गरेर उनका छोरामा यसको प्रयोग सन् १७१५ मा नै गरिसकेकी थिइन्। सन् १७२१ मा मेरीले शाही चिकित्सकहरुका सामू यस्तै प्रक्रिया आफ्नी छोरीमा गरिन्। उनले यस प्रचलनलाई अपनाउनु पर्छ भनेर व्यापक अभियान समेत चलाएकी थिइन्।

    अर्का थिए – कटन माथर जो अमेरिकाको मासाच्युट्सको बोस्टन शहरका एक प्रभावशाली मन्त्रि।  उनीकहाँ एक अफ्रिकी दाश थिए जसको नाम ओनसीमस थियो। सन् १७२१ मा नै बोस्टन शहरमा विफरले हाहाकार मच्चाइरहेको थियो। एक दिन उनीसँग रहेको ओनसीमले विफरका रोगीको स्राव सार्दा हुने फाइदाबारे मन्त्रिलाई बताए। ओनसीमसका अनुसार निरोगी व्यक्तिको छालामा सानो घाउ पारेर सो घाउमा विफरको विमिराको स्राव राख्नु हो। मन्त्रिले यस्तो प्रचलन चीन र इजिप्टमा भएको कुरा कताकता सुनेका थिए। त्यसपछि मन्त्रिले ज्याबदेल व्याइलस्टन नामक एक डाक्टरसँग मिलेर अमेरिकामा सर्वप्रथम खोप अभियान शुरु गरे।

    राजदूत पत्नी मन्टागु र अमेरिकी मन्त्रि कटन माथरको कहिले भेटघाट र भलाकुसारी भएन। तिनीहरु आन्ध्र महासागरका वारिपारि धेरै टाढा बस्दथे। तर पनि ती दुवैले मिल्दाजुल्दा  अभ्यासहरुलाई विकास गर्ने काम गरेका थिए।

    जोखिमरहित खोपको खोजी

    खोप जोखिमरहित हुँदै होइन। यस्तै खोप गर्दा सन् १७८३मा राजा जर्ज तृतीयका छोरा ओक्टभाइसको ज्यान गएको थियो। कतिपय खोप दिइएका व्यक्तिहरु नै संक्रमणमा पर्न सक्छन्। यसकारण यसको विकल्प खोजी भइरहेका थिए।

    सन् १७६८ मा नै जोन फ्युस्टर (जसलाई अहिलेका डाक्टरले प्रयोग गर्ने भाषामा भन्दा “पानी डाक्टर” हुन्)ले काउपक्सबाट पनि विफरसँग प्रतिरक्षा गर्नसकिने भन्दै रोगीको पीव वा स्राव निरोगीमा सार्ने पेशा नै गर्दथे। सन् १७७४ मा येटिमिनिस्टर डर्सेटको गाइगोठालो बेन्जामिन फेस्टिले उनकी श्रीमति र बालबच्चा काउपक्सबाट संक्रमित भएपछि उनीहरुमा प्रतिरोध क्षमता बढेको थाहा पाए । उनले आफ्नो छोरालाई विफरका रोगीसँग संसर्ग लगाए। तर उनको छोरालाई विफर संक्रमण भएन। यही प्रक्रियालाई भ्याक्सिन भनियो, ल्याटिन भाषामा गाईलाई भाक्या भनिने कारण।

    माथि भनिएका व्यक्तिहरुका प्रयोगबारे कुनै र कतै रिपोर्ट छापिएनन् । त्यसैले उनीहरुको नाम विफरको खोप खोज गर्नेहरु हुन् भनेर प्रचार भएन।

    फ्रान्समा एक राजनीतिज्ञ अन्टोनिओ राबुट- पोम्मियर थिए जसले सन् १७८०मा एक अस्पताल खोले र धमाधम विफरका विरुद्ध भ्याक्सिनेशन गर्न थाले। यस अभियानका बेला उनले एक बेलायती डाक्टर पगलाई यो अभ्यास सिकाए। ती डाक्टरले आफ्ना एक मित्र डाक्टरलाई यस भ्याक्सिनका बारे बताए । उनका मित्रको नाम थियो – एडवर्ड जेनर ।

    एडवर्ड जेनरले विफरको बचावटका लागि भ्याक्सीनेशनबारे रिपोर्ट प्रकाशन गरे। सन् १८४० मा  वेलायति संसदले घाउ बनाएर पीप दल्ने कार्यलाई गैरकानूनी भन्दै भ्याक्सिनबारे एक ऐन जारी गर्‍यो।

    कटन माथुर

    इतिहासले कुरा चपाउनु हुँदैन, तथ्य बोल्नु पर्छ

    तर्क गरेर जेनरको योगदानलाई खारेज गर्न खोजिएको होइन अरुको योगदान पनि खोजिएको हो। अमेरिकी एक लगानीकर्ताले भनेका छन् कि “लाखौंले रुखबाट स्याउ झरेको देखेका थिए तर न्युटनमात्र एक व्यक्ति थिए जसले यो किन खस्यो हँ भनेर सोधे।” न्युटनले नै सोचे कि “मैले यो धेरै कुरा देख्नसकें किनभने म दैत्यको काँधमाथि चढेको थिँए।”

    पश्चिमाहरुको इतिहासले गोरा र धनीहरुलाई बढाइचडाइ गर्ने गर्छ, त्यसले जहिले पनि दाश, पुर्वीया र महिलालाई बहिस्कार गर्ने गर्छ। विफरको मामलामा जेनरलाई प्रशंशा गर्दा तिनको इतिहासले यसै गरेको छ। तिनीहरुका इतिहासले कुरा चपाएको छ र एक मात्र तथ्य बोलेको छ। जेनरको प्रशंसा नगर्ने भनेको होइन तर उनीले कुन दैत्यको काँधमा चढेर विफरको भ्याक्सिन पत्ता लगाए ती दैत्यहरुको पनि प्रशंशा गरिनै पर्छ।

    ती दैत्यहरु भनेका वोर्ट्ली मोन्टागु (राजदूत पत्नि/महिला) तथा ओनिसमस (अफ्रिकी दाश) र जोन फ्युस्टर (“पानी डाक्टर”) तथा बेन्जामिन फेस्टि (गाइगोठालो) र सदियौं देखि अभ्यास गरिएको चिनीया र टर्कीका जनप्रचलन हुन्। (विभिन्न स्रोतबाट सहयोग लिई नेरिले तयार गरेको)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.