Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » मन्त्री भूसालले थाले अभियानः अब किसानको आफ्नै राष्ट्रिय बजार 

मन्त्री भूसालले थाले अभियानः अब किसानको आफ्नै राष्ट्रिय बजार 

नेपाल रिडर्स by नेपाल रिडर्स
May 24, 2020
- कृषि, यो हप्ता, समाचार
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

देशभर किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको छ। सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरुसँग कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले आइतबार भर्चुअल बैठक गरी आगामी आर्थिक वर्षबाटै किसानको राष्ट्रिय बजार निर्माणको काम शुरु गर्ने सहमति गरेका हुन्।

सहमति अनुसार, ७५३ वटै स्थानीय तहमा कृषि सेल निर्माण शुरु गरिने भएको छ। “हरेक स्थानीय सरकारसँग आफ्नो छुट्टै संकलन विधि, भण्डारण गृह र वितरण प्रणाली हुने व्यवस्था शुरु नगरे कृषि क्षेत्र बचाउँन सकिदैन”, मन्त्री भूसालको प्रस्ताव थियो। त्यी स्थानीय सेललाई प्रदेश र संघीय सरकारले जोडेर किसानको वैकल्पिक बजारको राष्ट्रिय नेटवर्क बनाइने भएको छ।

यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेट केन्द्रीत गर्ने सहमति भएको छ। मन्त्री भूसालले संघीय सरकारले किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गर्नेगरी बजेट ल्याउने जानकारी दिदैं प्रदेश सरकारहरुलाई पनि त्यहीअनुसार बजेट ल्याउन आग्रह गरेका छन्।

प्रदेशका मन्त्रीहरुले पनि किसानले उत्पादन गरेको उपज बजारसम्म नपुग्ने तर, बजारमा भने अन्य मुलुकबाट उपभोग्य सामग्री आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न किसानको राष्ट्रिय बजार निर्माण गर्ने प्रस्तावमा सहमति जनाएका छन्। “एउटा प्रदेशबाट अर्को प्रदेश र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहसम्म किसानले उत्पादन गरेको उपज पुग्न सकिरहेको छैन” मन्त्री भूसालले भने, “किसानको राष्ट्रिय बजार निर्माणले अहिलेको अस्तव्यस्तताको अन्त्य हुनेछ।”

कृषि क्षेत्रको पुनर्संरचनाका लागि मन्त्रालयले अगाडि बढाएको ‘सुरक्षित कृषि, सुनिश्चित बचत’ कार्यक्रमको एक महत्वपूर्ण काम किसानको आफ्नै राष्ट्रिय बजार निर्माण भएको मन्त्री भूसाले बताएका छन्। प्रदेश मन्त्रीहरुले भने अहिले नै केही स्थानीय सरकारले त्यो अभ्यास शुरु गरिसकेको जानकारी गराएका थिए। कुनै पनि किसानलाई न्यूनतम नाफा सुनिश्चित गर्नेगरी सरकारले कार्यक्रम ल्याउने घोषणा गरेका मन्त्री भूसालले बजेटबारे नै गत फागुन २५ र २६ गते सातै प्रदेशका मन्त्रीहरुसँग छलफल गरेका थिए।

“सवै क्षेत्र, प्रदेश मन्त्रीहरु र स्थानीय सरकारको कुरा सुन्दा अहिलेको प्रमुख समस्या किसानले उत्पादन गरेको उपज बजारसम्म पुग्ने नेटवर्क नहुनु नै हो। त्यसैका लागि सरकारले किसानको राष्ट्रिय बजार सञ्चालन गर्नुपर्छ।” राजधानी उपत्यकाबाटै यो अभियान शुरु गर्ने मन्त्रीको योजना छ। यसका लागि राजधानी उपत्यकाका मेयरहरुसँग छलफल समेत मन्त्री भूसालले गरिसकेका छन्।

RelatedPosts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

May 19, 2022
Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

May 17, 2022
अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

May 16, 2022

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

May 12, 2022

कोभिड–१९ महामारीका कारण कृषि क्षेत्रमा सवैभन्दा बढी चुनौती देखिएको संघ र प्रदेशका मन्त्रीहरुले निष्कर्ष निकालेका छन्। महामारीकै कारण देशमा थपिन सक्ने बेरोजगारलाई कृषि क्षेत्रमा सामेल गराउन थप बजेट समेत माग गरिएको मन्त्री भूसालले जानकारी दिएका थिए। “कृषि क्षेत्रमा जान चाहनेलाई सस्तो ब्याजमा ऋण दिलाउन थप बजेट मागिएको छ। त्यो थपिएको बजेटले बेरोजगारलाई रोजगार र कृषि क्षेत्रमा उत्पादन बढाउनेछ”, मन्त्री भूसालले भने।

कृषि क्षेत्रमा देखिएको समस्याबारे पनि छलफल गरेको छ। महामारीकै कारण कतिपय ठाउँहरुमा मल तथा बीऊ पुग्न नसकिरहेकाले अन्तर मन्त्रालय समन्वय गरी तत्काल यो समस्या हल गर्न प्रदेशका मन्त्रीहरुले आग्रह गरेका थिए। प्रदेश–१ र २ मा उत्पादित उपज महामारीकै कारण भारत तर्फ निकासी गर्न नसकिएकोबारे पनि छलफल भएको छ।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

by nepal_readers
May 19, 2022

-संजय राय- आवश्यकता र वस्तुबीचको एउटा स्थानको नाम हो बजार। वास्तवमा आवश्यकताका वस्तुहरू आपूर्तिका लागि बजार अस्तित्वमा आएको हुनुपर्छ। बजारको...

Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

by nepal_readers
May 17, 2022

-चन्द्रप्रकाश बानियाँ- स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणामले अहिले नै खासै केही संकेत गर्दैन। अहिलेसम्म देखिएको यो नतिजा परम्परागत ढाँचामै...

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

by मीना पौडेल
May 16, 2022

नेपालको अहिलेको राजनीतिलाई निस्पक्ष र आलोचनात्मक रुपले हेर्दा यहाँ विचारको शुन्यता देखिन्छ। कुनैपनि पार्टीले एउटा निश्चित विचार दिन सकेका छैनन्।...

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

by सरिता तिवारी
May 12, 2022

हाम्रो राजनीतिमा एउटा वामपन्थ, अर्को दक्षिणपन्थ पक्ष तथा वाम र दक्षिणपन्थीबीचको अर्को पक्ष छ। समाजलाई प्रगतिशील बनाउनका लागि फरक शक्तिहरूबीच...

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

by nepal_readers
May 10, 2022

-कैटलिन हेकनहठ- वातावरणमा निरन्तरको औपनिवेशीकरण र र्हासले सबैभन्दा बढी सिमान्तकृत, गरीब र मजदुर वर्गका समुदायलाई असर पुर्याएको छ। तर, यही...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

Leave Comment

Recommended

जनस्वास्थ्यका इमिरेट्स प्रोफेशर तथा भूपू स्वास्थ्यमन्त्री भन्छन्– कोभीड–१९ नेपालमा चीनबाट होइन खुला सिमाना तथा हवाइमार्गबाट छिर्न सक्छ

जनस्वास्थ्यका इमिरेट्स प्रोफेशर तथा भूपू स्वास्थ्यमन्त्री भन्छन्– कोभीड–१९ नेपालमा चीनबाट होइन खुला सिमाना तथा हवाइमार्गबाट छिर्न सक्छ

2 years ago
मदनको भाषणकलाकै कारण ‘दिवाना’ बनेका कार्यकर्ता र जबज

मदनको भाषणकलाकै कारण ‘दिवाना’ बनेका कार्यकर्ता र जबज

1 year ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In