प्रधानमन्त्रीको संसद विघटन गर्ने प्रस्ताव आफैंमा अति गैरजिम्मेवार कदम त हो नै, सँगै नेकपाभित्रको शक्तिसंघर्षको अभिव्यक्ति भनिए पनि यसले अन्ततः प्रणालीमाथि नै आँच पुर्यायो। इतिहासले पहिलो पटक कम्युनिष्टहरूलाई देशको नेतृत्व गर्ने सुनौलो मौका दिएको थियो। यो मौकाको दुरुपयोग भयो। पार्टीभित्र आन्तरिक समस्याको समाधान गर्नका लागि जुन सुझबुझ, सामुहिकता र व्यवहार चाहिन्थ्यो, त्यस्को खिल्ली उडाइयो।
यसलाई विथोल्ने शाक्तिहरु को को छन् भन्ने कुरा समयले जानकारी गराउँदै जानेछ। संसद बिघटन गर्ने प्रधानमन्त्री प्रस्ताव आफैंमा दुखद घट्ना हो। यो संविधानले संसद बिघटनबारे सोचेकै छैन। त्यतिमात्र होइन, यसले मुलुक, प्रणाली र कम्युनिष्ट आन्दोलनमा नकारात्मक प्रभाव पार्छ। यो व्यक्तिको मात्रै कुरो होइन, प्रवृत्तिलाई हर्ने विषय पनि हो।
यो धरापको परिस्थिति कसरी उत्पन्न भयो, कम्युनिष्टहरूले त्यसबारे गम्भिर आत्मसमिक्षा गर्नुपर्ने बेला आयो। नेकपाभित्र र बाहिर रहेका पनि कम्युनिष्टहरूले आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ। यसभन्दा अगाडि घटेका दुर्घटनाभन्दा बढी दूरगामी प्रभाव राख्ने खालको घट्ना हो यो। यो घटनाले सिस्टम क्य्रास गराउने शक्तिलाई प्रोत्साहित गर्नेभन्दा अरु काम गर्दैन। सिस्टम क्य्रास गराउने शक्तिहरु यो कदमबाट बढी उत्साहित हुनेछन्।
(नेपाल रिडर्ससँग नेकपा नेता तथा चीनका लागि पूर्वराजदूत टंक कार्कीसँग गरेको कुराकानीमा आधारित।)