Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चार नेताको एक स्वरः ओलीले पार्टी निर्णय मानेनन्

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन २२, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सइन्द्र राई। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ लागेको आरोप लगाउँदै त्यसका लागि तयार रहेको संकेत गरेका छन्।

    पार्टीभित्रको विवाद उत्कृर्षमा पुगेका बेला १३ साउनदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चित बनेको छ। १८ साउनदेखि बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साक्षी राखेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भइरहेको छलफल समेत निष्कर्षमा पुग्न सकेको छैन।

    तर, दुवै समूहले आफूनिकट रहेकाहरुसँग छलफल अघि बढाइरहेका छन्। बुधबार दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले पत्रकारसँग अनौपचारिक कार्यक्रम नै राखे।

    विभिन्न मञ्चमा सँगै देखिन थालेका दाहाल र नेपाल बुधबार अन्य नेताहरुसहित उपस्थित थिए। नेकपाको रिपोर्टिङ गर्ने पत्रकारहरुसँग अनौपचारिक छलफल भनेर राखिएको कार्यक्रममा दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आ–आफ्ना कुरा राखे। स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र रघुजी पन्त समेत सामेल कार्यक्रममा नेताहरुको अभिव्यक्ति भने समान थियो– प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई अब धेरै फकाउन सकिन्न।

    गएको ४ मंसीर २०७६ को सहमति र त्यसपछि गत २० वैशाखमा भएको सहमति समेत पार्टीमा पालना नहुँदा विवाद बढेर गएको प्रवक्ता श्रेष्ठले त्यसक्रममा बताए। “एकतालाई बलियो बनाउनकै निम्ति नेताहरुले पद त्याग गर्न पनि सक्छन् भन्ने सन्देश दिनेगरी भएको सहमति समेत पालना भएन”, उद्घाटन मन्तव्य राख्दै श्रेष्ठले भनेका थिए।

    त्यसपछि बोलेका नेता नेपालले पनि पार्टीलाई विधि र प्रणालीमा चलाउन आफूहरु लागिपरेको तर, निकै कठिन बनिरहेको बताए। “अहिले पनि हाम्रा दुई नेताहरु (दाहाल र खनाल) साँझ–बिहान बालुवाटार धाइरहनुभएको छ। तर, ‘मै राज्य हुँ, मै पार्टी हुँ’ भनेपछि कुरा मिल्न सकिरहेको छैन”, उनले भने। पार्टीको विधानको धारा ६० मा बहुमतको निर्णय पार्टी निर्णय हुने भनेर प्रष्ट लेखिएको सम्झाउँदै नेपालले भने, “एउटाले गरेको निर्णयको सवै नेताले अपनत्व लिनुपर्ने अवस्थाले पार्टी बलियो हुँदैन।”

     

    दाहाल र ओली मिल्दा आफूले ‘नोट अफ डिसेन्ट’ लेखेको स्मरण गर्दै नेपालले भने, “कमिटीमा बहुमतबाट निर्णय हुँदा अध्यक्ष पनि अल्पमतमा परे भने ‘नोट अफ डिसेन्ट’ लेख्नुपर्छ।” तर, विधि र पद्धतिमा पार्टी नचलेकाले एकता प्रक्रिया समेत लम्बिदै गएको उनले बताए।

    वरिष्ठ नेता खनालले पार्टीको विधान पालना नगर्ने, बैठक नै नराख्ने र आफू विरोधीलाई तह लगाउने प्रवृत्ति प्रधानमन्त्री ओलीमा देखिएको दाबी गरे। “ओली कमरेड अध्यक्ष रहेको मदन भण्डारी फाउण्डेसनलाई अहिले तलसम्म सक्रिय बनाइएको छ। त्यसैलाई अर्को पार्टीको रुप दिने तयारी भइरहेको छ”, खनालले भने। उनले पार्टी निर्णय सबैले मान्नुपर्ने पनि बताए र प्रश्न गरे, “स्थायी कमिटीमा रहेका नेताहरुलाई हुल्लडबाज र केन्द्रीय सदस्यहरुलाई सडक छापको संज्ञा दिएपछि पार्टी कसरी रहन्छ?”

    नेता खनालले अनौपचारिक भनिएको यस्तै कार्यक्रमले अब निरन्तरता पाउने समेत बताए। दाहालको दायाँतर्फ बसेका खनालले भने, “यो थालनी मात्रै हो, अब यस्ता छलफल भइरहन्छन्।”

    खनालको भनाइमा दाहालले पनि सहमति जनाए। ४० मिनेट बोलेका दाहाल पूरा समय पार्टी विवादमै केन्द्रित भएका थिए। उनले पार्टी एकतालाई बलियो बनाउनकै लागि आफूले आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति छाडेको बताए। तर, अझै पनि पदकै बार्गेनिङ गरिरहेको प्रचार गराउनतिर प्रधानमन्त्री ओली लागेकाले आफूहरुले मुख खोलेको उनको भनाई थियो।

    नेकपा गठन हुँदा तत्कालीन एमाले र माओवादीबीच भएको एकतालाई सुदृढ बनाउन खोज्दा आफूले प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको अपमान सहनुपरेको गुनासो समेत दाहालले गरे। पार्टीको छबि धुमिल हुनेगरी सरकारले एकलौटी निर्णय गर्दै जानु र अध्यक्षले नै पार्टीको निर्णय मान्दिन भन्नु एकता बचाउने कुरा नभएको दाहालको भनाई थियो। पार्टी एकतालाई भर्याङ बनाउने काम भएको उल्लेख गर्दै उनले थपे, “कसैले पार्टी एकतालाई भर्याङ बनाउनु हुँदैन। अब माथि आइहालियो, यसलाई फालिदिऊँ भनेर सोच्ने कि पार्टी एकतालाई अझ सुदृढ बनाउने?”

    मन्तव्य राख्ने क्रममा दाहालले अन्त्यमा आफूहरु अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन लागिपर्ने बताए। तर, प्रधानमन्त्री ओलीले आफैं पार्टी विभाजन गरे तयार हुने संकेत समेत उनले गरे। “खतरा जुनसुकै बेला आउन सक्छ। त्यसका लागि तयार हुनुपर्छ। तर, हाम्रो तर्फबाट भने त्यस्तो हुँदैन”, दाहालले भने।

    त्यसक्रममा दाहालले एमाले नामको पार्टी दर्ता गराउने, स्थायी कमिटी सदस्य रहेकै नेता गएर मदन भण्डारी फाउण्डेसनका नाममा जबज (जनताको बहुदलीय जनवाद) को ब्यानर टाँग्ने र पार्टीकै नेताहरुलाई दलाल भन्दै देशभर जुलुस निकाल्न लगाएर प्रधानमन्त्री ओली विभाजनको पक्षमा देखिएको आरोपसमेत लगाए।

    नेकपामा चुलिएको शक्ति संघर्ष मत्थर पार्ने प्रयासस्वरुप बुधबार ओली र दाहालबीच भेट हुने तय भएको थियो। तर, अपराह्न त्यो भेट पनि स्थगित भयो। प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको महामारीविरुद्ध लड्ने थप रणनीति तय गर्न बोलाइएको सर्वपक्षीय छलफलमा पटक पटक आफ्नै पार्टीका नेताहरुलाई कटाक्ष गरेका थिए। – हिमालखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.