Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्यारेन्टिङ बहस : न्यायबिना माया हुँदैन

अभिभावकले बालबालिकालाई दिने गरेको शारीरिक सजायँ पितृसत्तात्मक संरचनाको उपज पनि हो

nepal_readers nepal_readers
पुस ७, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -रोहिणी घोस- ‘बुवाआमाको पिटाईमा माया मिसिएको हुन्छ,’ यो भनाई धेरैजसो अभिभावक र समाजले बालबालिकाको मस्तिष्कमा थोपरिदिने सबैभन्दा ठूलो भ्रम हो। अभिभावकले बालबालिकालाई दिने गरेको शारीरिक सजायँ पितृसत्तात्मक संरचनाको उपज पनि हो। कतिपय अभिभावकहरू आफ्ना छोराछोरीलाई सही बाटोमा हिँडाउने बहानामा उनीहरूलाई शारीरिक तथा मानसिक यातना दिने गर्छन्। यसमा अभिभावकमा आफ्ना सन्तानमाथिको स्वामित्वको विचारले काम गरेको हुन्छ, जहाँ अभिभावक सधैं आफुलाई सत्तामा राख्छ र बालबालिकालाई यस ‘पावर डाइनामिक’(शक्ति सम्बन्ध)लाई स्वीकार गर्न लगाइन्छ। आफूलाई माथि राखेर स्थापित गरिने वर्चश्व प्रायः परिवारको पदानुक्रम(हाइरार्की)को आधारशिला बन्छ।

    अमेरिकी लेखक, प्राध्यापक तथा महिलावादी अभियन्ता ग्लोरिया जिन वाट्किन (बेल हुक्स)ले आफ्ना लेखनहरूमार्फत यस ‘पावर डाइनामिक’को आलोचना गरेकी छिन्। यस पावर डाइनामिकले अक्सर अभिभावकीय हिंसा निम्त्याउने तर्क बेल हुक्सको छ। बलपूर्वक स्थापित गरिने अभिभावकको श्रेष्ठताले बालबालिकाको स्वायत्तता र अधिकारलाई नकार्छ। त्यसैले अभिभावकत्व निर्वाह गर्ने जबरजस्तीका उपायहरू बालबालिकाको हुर्काईका लागि हानिकारक हुन्छ।

    विषम पितृसत्तात्मक व्यवस्थाको यस खालको अभिभाकत्वलाई स्वतन्त्र अभिभावकत्वको विचारधाराले चुनौती दिन्छ। अभिभावकत्वसम्बन्धी बेल हुक्सको दर्शनले बालबालिकालाई अभिभावकसँगको सम्बन्धमा आफ्नो बालबालिका स्वयंलाई स्वतस्फुर्त निर्णय गर्ने अनुमति दिन्छ। उनले आफ्ना किताबहरूमा स्वतन्त्र अभिभाकत्वको दुुईवटा महत्वपूर्ण पाटोलाई अगाडि सारेकी छिन्। ती हुन्ः ‘रिभोल्युसनरी प्यारेन्टिङ’ (क्रान्तिकारी अभिभावकत्व) र ‘फेमिनिस्ट प्यारेन्टिङ’ (महिलावादी अभिभावकत्व)।

    जबकि ‘रिभोल्युसनरी प्यारेन्टिङ’ले बालबालिकाको प्रभावकारी हेरचाहका लागि उनीहरूको अधिकारको बारेमा कुरा गर्छ भने बालबालिकाको हेरचाहको जिम्मेवारी महिलाको मात्रै हो भन्ने परम्परागत झुटो भाष्यलाई नकार्छ। ‘फेमिनिस्ट प्यारेन्टिङ’ले अभिभावकीय पालनपोषणमा हुने लिङ्गभेदको अन्त्य गर्ने कुरा गर्छ। तसर्थ, बेल हुक्सका अनुसार अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई दिगो बनाउनका लागि स्वतन्त्र अभिभावकत्व नै एउटा स्वस्थ उपाय हो।

    मायामा हिंसा हुँदैन

    सन् १९९९ मा प्रकाशित ‘अल अबाउट लभः न्यू भिजन’मा बेल हुक्सले भिन्न–भिन्न तहमा मायाका विभिन्न पक्षका बारेमा कुरा गरेकी छिन्। उनले मायाकै विषयमा लेखिएको एउटा किताबमा ‘मायाको विपरित’ के हुन्छ भन्ने बारे पनि खोज गरेकी छिन्। हाम्रो समाजमा विद्यमान मायासम्बन्धी पूर्वाग्रही विचारमाथि प्रतिक्रिया दिँदै उनले जीवनमा मायाको अभावमा निक्लने परिणामहरूको पनि परिक्षण गरेकी छिन्।

    यस पुस्तकमा बेल हुक्सले मायाको अर्थपूर्णतालाई जोड दिएकी छिन्। अभिभावकत्वको दर्शन बुुझ्नका लागि सुरुमा मायाका विषयमा महिलावादी व्याख्या बुझ्न उनले सुझाएकी छिन्। उनले माया र मायहिनताको फरकपनलाई स्पष्ट पारेकी छिन्।
    हामीले सानैदेखि माया महशुस गर्न सिक्यौँ। सानो उमेरमा आफूलाई माया गर्ने व्यक्तिले बोक्दा पाउने ‘निटी ग्रिटी’ (जिस्क्याउने÷हँसाउने) मायालाई बुझ्यौँ।

    हाम्रा अभिभावकहरूले हामीलाई कुनै न कुनै रुपमा एउटा निश्चित बाटोमा डोहो-याउने गर्छन्। तर त्यसो गर्ने क्रममा अभिभावकले अक्सर हामीलाई झुठ सिकाउँछन्। बालबालिका र अभिभावकबीचको सम्बन्धको समीकरणमा धेरै जसो बच्चालाई तल पार्ने गरिन्छ अर्थात् बालबालिकालाई अभिभावकले भनेका कुरा जबरजस्ती अपनाउन लगाइन्छ।

    -बेल हुक्स

    सन्तानलाई अनुशासनमा हिडाँउने र तोकिएको अनुशासनमा नचलेमा सजाय दिने काम ‘माया’को खोलमूनि जायज मानिन्छ। त्यो सजाय चाहे जतिसुकै कठोर किन नहोस्। अत्याएपछि, कुटेपछि या हिंसा गरेपछि ‘यो तिम्रै भलाईका लागि हो’ र ‘तिमीलाई माया गर्छु, त्यसैले यसो गरेको हुँ’– यी शब्दहरू शारीरिक सजाय र दुर्व्यवहारलाई सामान्यीकरण गर्नका अभिभावकले बालबालिकासँग बोल्ने सबैभन्दा साझा भनाई हुन्।

    हुक्सले घर जतिसुकै निस्क्रिय वा सक्रिय भएपनि घरलाई ‘मायाको मूल विद्यालय’का रूपमा व्याख्या गरेकी छिन्। र, उनका अनुसार माया भनेको मात्र ‘राम्रो भावना’ हो। तर अभिभावकले आफ्ना बालबालिकालाई अुनशासित बनाउने नाममा अपनाइएका जबरजस्तीका उपायहरूले बालबालिकाको दिमागमा अन्यौलता र द्वन्द्वबाहेक केही सिर्जना गर्दैन। अभिभावकको दुर्व्यवहारपूर्ण व्यवहारका कारण बालिकालिकाहरू मायाको अर्थमाथि प्रश्न गर्न थाल्छन्।

    ‘अल अबाउट लभः न्यू भिजन्स्’मा हुक्सले एउटा शब्द उल्लेख गरेकी छिन्ः ‘क्याथेसिक्स।’ हाम्रो जीवनमा साँच्चै नै सरोकार राख्ने मानिसको संवेदना र भावनाको खोजलाई ‘क्याथेसिक्स’ भनिन्छ। उनले भनेकी छिन्, ‘कोही व्यक्ति आफूलाई चोट पुर्‍याउने वा बेवास्ता गर्ने व्यक्तिले पनि आफूलाई माया नै गरिररहेका हुन्छन् भन्ने कुरामा जोड गरिरहेका हुन्छन् वा त्यस कुरामा विश्वास गर्छन्। उनीहरू त्यस्ता व्यक्तिसँग पनि ‘क्याथेक्टिङ’ माध्यमबाट जोडिएका हुन्छन्।’

    बेल हुक्सल कसैप्रति आशक्ति (क्याथेसिक्स) र वास्तविक मायाबीचको फरकपनलाई छुट्याएकी छिन्। माया गर्नेले कहिल्यै दुर्व्यवहार नगर्ने उनको तर्क छ। तर अभिभावकहरू यो तथ्यलाई बेवास्ता गर्छन्। बेल हुक्स भन्छिन्, ‘दुर्व्यवहार र उपेक्षाले मायालाई नकार्छ। हेरचाह र समर्थन नै मायाका आधार हुन् र दुर्व्यवहार र अपमानका विपरित हुन्।’

    मायाको अपरिहार्य अंग : न्याय

    आफ्ना बालबालिकालाई कठोर शक्ति सम्बन्ध र सजाय दिलाउने प्रक्रियामा अभिभावकहरू पीडक बन्न पुुग्छन्। बालबालिकालाई क्रुुर सजाय दिनु वास्तविक मायाको एउटा हिस्सा नै हो भन्ने कुरा विश्वास दिलाइनु हाम्रो समाजमा सामान्य बनेको छ। बेल हुक्सले अभिभावकको त्यस्तो विचारलाई बारबार चुनौती दिएकी छिन्।

    हुक्सले न्यायलाई मायाको अपरिहार्य अंगको रुपमा परिभाषित गरेकी छिन्। अब प्रश्न उठ्छः बालबालिकाप्रतिको मायामा न्यायलाई कसरी शुनिश्चित गर्ने? जब हामी बालबालिकाको राजनीतिक र नागरिक अधिकारलाई स्वीकार गर्छौँ, तब उनीहरूप्रतिको मायामा न्याय निश्चित हुन्छ। आफ्ना सन्तानको जीवनका लागि अभिभावकहरू जिम्मेवार हुनुपर्छ। तर हामी यो कुरामा पनि ढुक्क हुनुपर्छ कि कुनैपनि बुवाआमाले बच्चालाई आफ्नो सम्पत्ति ठान्नुहुँदैन।

    कुनैपनि बालिका/बालकले आफ्नो स्वायत्तताको पहिचान गर्नु र उनले आफ्नो विचार राख्न पाउनु नै उसको सर्वाधिक हितमा छ। यसले बालबालिका र अभिभावकबीचको सम्बन्धमा अडिएको समस्याग्रस्ता संरचनागत पदानुक्रमलाई तोड्ने छ। बच्चाको हुर्काईमा अभिभावकको वर्चस्वले बालबालिकाको अधिकारलाई चुनौती दिन्छ। यो वर्चस्व बालबालिकाको नागरिक अधिकारको पहिचानमा असफलता मात्रै होइन, बालबालिकाले परिवारभित्र पाउने माया, पालनपोषण र सुरक्षित स्थानको सिर्जनामा पनि असफलता हो।

    बेल हुक्स बालबालिकामाथि अभिभावकको वर्चस्वको विषयको जरा पितृसत्तात्मक सोचमा गहिरो रूपमा गाडिएको तर्क गर्छिन्। उनले भनेकी छिन्, ‘पितृसत्तात्मक सोचलाई अँगाल्नका लागि हामी सबैलाई प्रशिक्षित गरिएको छ, जसमा वर्चस्वको कुरा पनि पर्छ। जसले शक्तिशालीलाई शक्तिहिनमाथि शासन गर्नका लागि अधिकार दिन्छ र शक्तिहिनलाई अधिनस्थ गर्न शक्तिशालीले जुनसुकै माध्यमको प्रयोग गर्न सक्ने कुराको वकालत गर्छ।’ कुनैपनि सम्बन्धमा सहकार्य र साझोदारी देखाउन सकेमात्रै त्यसमा मायाको घोषणा गर्न सकिन्छ।

    बेल हुक्स प्रत्येक अभिभावक र बालबालिकाको हेरचाह गर्ने जुनसुकै व्यक्तिलाई लिङ्गभेदविरुद्ध लड्न आग्रह गर्छिन्। उनी महिलाहरूले नै अभिभावकत्वको बढी जिम्मेवारी बहन गर्नुपर्ने पूरातन संरचनालाई दोहोर्‍याउँदै अहिले पनि पितृसत्ताको रक्षा गरिने गरेकामा आलोचना गर्छिन्। आफूलाई प्राथमिक अभिभावकीय ‘केयरगिभर’को रूपमा स्वीकार गर्दै तथा पितृसत्ताबाट सबैभन्दा धेरै पीडित आमाहरूले पनि आफ्ना बच्चामाथि उही शोषण लाद्न पुग्छन्।

    पुरुषहरूले पनि समान रूपमा अभिभावकत्व बहन गर्नेपर्ने कुरामा उनको जोड छ। उनी पुरुषलाई लिङ्गभेद अस्वीकार गर्न र ‘महिलावादी अभिभावकत्व’को अभ्यास गर्न सुझाव दिन्छिन्। सबै अभिभावकको स्वरुपमा स्वतन्त्र अभिभाकत्व निहित हुन्छ, जसले लिङ्गको कुनै पर्वाह गर्दैन।

    शक्ति, नियन्त्रण र वर्चस्वलाई जब अभिभावकीय हेरचाहमा घुसाइन्छ, यसले दुर्व्यवहारको विषाक्त संस्कारलाई सिर्जना गर्छ। बेल हुक्स बालबालिकाको अधिकारको रक्षा गर्ने जिम्मा युवाहरूलाई दिन्छिन्। बालबालिकासँग जोडिएका सबै युवाहरूमा यो जिम्मेवारी निहित हुन्छ। बालबालिकाप्रति धेरैभन्दा धेरै माया र सहानुभूतिपूर्ण संस्कृतिलाई बढावा दिन प्रत्येक युवाले बालबालिकाको स्वायत्तताको रक्षा गर्नुपर्छ। बालबालिकाले हामीमाथि भरोसा गरेका हुन्छन्। माया, व्यक्तिगत स्वायत्तता र शक्ति पदानुक्रमका बारेमा उनीहरूले हामीबाटै सिक्छन्। हामीले उनीहरूलाई बाँच्नका लागि एउटा सुरक्षित र मायालु संसार निर्माण गर्न प्रयास गर्नैपर्छ।

    फेमिनिजम इन इन्डियाबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.